राज्य प्रचारकहरूको रिपोर्ट
प्याराग्वेको अन्कन्टार इलाकामा गरिएको सेवा फलदायक भएको छ
राज्यको सुसमाचार आफ्नो सम्पूर्ण इलाकामा प्रचार गर्ने जिम्मावारी वाचटावर सोसाइटीको प्याराग्वेमा स्थित शाखा कार्यालयले राम्रोसँग महसुस गर्दछ। (प्रेरित १:८) आउँदो “महा-सङ्कष्टमा” यो दुष्ट रीतिरिवाज नष्ट हुनु भन्दा अघि सबैले यहोवाको सेवा गर्ने र राज्यको विषयमा सिक्ने समय यही नै हो। (मत्ती २४:२१, २२) कुनै मण्डलीलाई जिम्मा नलगाइएका इलाकाहरूमा बस्ने मानिसहरूलाई मदत दिन के गरिन्दैछ भनी निम्न अनुभवहरूले देखाउँछन्। शाखा कार्यालयको रिपोर्ट अनुसार:
अस्थायी विशेष-अग्रगामीहरू द्वारा ती जम्मै अन्कन्टार इलाकाहरूमा सम्पूर्ण रीतिले प्रचार गर्ने प्रबन्ध मिलाएको थियो। १९९० सालको नवम्बर देखिन् जनवरी महिनाहरू भित्र, ३९ भाइ र बहिनीहरूले जम्मा १०० शहरहरू र साना-साना नगरहरूभरि प्रचार गरे, जहाँ अहिलेसम्म राज्यका एक जना प्रचारक पनि छैनन्। तिनीहरूले मिलेर ६,११९ पुस्तकहरू, ४,२६२ पुस्तिकाहरू र ५,१४४ पत्रिकाहरू वितरण गर्न सके। यो गतीविधिको परिणाम स्वरुप त्यहाँ प्रचारकहरूका नया समूहहरूको गठन गरिंदैछ।
▫ यस प्रकारको अन्कन्टार इलाकामा काम गर्न गएकी एक जना अग्रगामी बहिनीले एउटी आइमाइसित पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ भन्ने पुस्तक छाड़ेकी थिइन्। यी अग्रगामीले तिनीसित बाइबल अध्ययन गर्ने इच्छा व्यक्त गर्दा तिनी खुशीका साथ तयार भइन्। अग्रगामी फर्केर आउँदा घरमा ती आइमाइसित तिनका श्रीमान र दशजना छोरा-छोरीहरू पनि पर्खीरहेका थिए। अर्को पटक आउँदा, त्यहाँ त्यस परिवारसित तिनीहरूका मित्रहरू र छिमेकीहरू पनि बाइबल अध्ययन गर्न तयार भएर पर्खी रहेका थिए! अध्ययन अति नै राम्रो छ र यहोवाले दिनु हुने आशा र आशिषहरू अद्भुत छन् भन्दै घरकी ती आइमाईले तिनीहरू सबैलाई निम्ताएकी थिइन्। तिनले यस प्रकारको कुरा पहिले कहिले पनि न सुनेकी हुनाकारण, यो सुसमाचार तिनका छिमेकीहरू र मित्रहरूले पनि सुन्नै पर्छ भनी तिनलाई मनमा लागेछ।
ती अग्रगामी त्यहाँ अध्ययनको निम्ति जाँदा, प्रत्येक पटक त्यहाँ यतिका धेरै मानिसहरू हुन्थ्ये कि त्यो एउटा सानो मण्डली जस्तै देखिन्थ्यो। चासो व्यक्त गर्ने यी मानिसहरूले धेरै प्रश्नहरू सोध्दै अध्ययनमा भाग लिने गर्द थिए। त्यस इलाकाभरि प्रचार गरिसके पछि अग्रगामी र तिनका मित्रहरू एउटा नया इलाकामा जानेछन् भनी हाम्री बहिनीले बताउँदा, ती आइमाईले तिनी र त्यहाँ चासो देखाउने सबैजनाको चाहिं के हुने हो भनी चिन्ता व्यक्त गर्दै सोधिन्। त्यहाँ देखिन् सबै भन्दा नजिकको मण्डलीका भाइहरूले त्यो अध्ययन कायम राख्ने प्रबन्ध मिलाइयो। हाल, चासो देखाउने यी भेडा खालका मानिसहरूलाई मदत दिन त्यहाँ विशेष अग्रगामीहरू नियुक्त गरिएका छन्।
▫ एउटा अर्कै अनिर्धारित क्षेत्रमा, घर घर प्रचार गर्दै हिंड़ेको बेलामा, एक जना अग्रगामी बहिनीको एउटा मानिस सित भेट भयो जसले करीब दश वर्ष अघि द ट्रुथ देट लिड्स टु इटर्नल लाइफ भन्ने पुस्तक प्राप्त गरेका थिए। त्यस समय पश्चात यहोवाका साक्षीहरूसित तिनको केही सम्पर्क रहेन। तथापि, सेनाहरूका यहोवा भनी तिनले सम्बोधन गर्ने यहोवा नै साँचो परमेश्वर हुनु हुन्छ र उहाँलाई मात्र उपासना गर्नु पर्छ भनी तिनलाई थाह थियो। आफूले चिनेका सबै जना सित तिनले यहोवाको विषयमा कुरा गर्द थिए। वास्तवमा, चासो देखाउने एउटा दम्पती सित परमेश्वरको विषयमा कुरा गर्न तिनी प्रत्येक हप्ताह दुई मीलको बाटो पैदल जाने गर्द थिए। किनकि, तिनका शब्दहरू अनुसार, ‘म तिनीहरूकहाँ जान छाडे भने, तिनीहरूले यहोवाको विषयमा बिर्सनेछन्।’ चासो देखाउने यो एक जना व्यक्तिले गरेको प्रचारको फलःस्वरूप, ती विवाहित दम्पती बाहेक, त्यहाँ करीब अझ दश जना व्यक्तिहरू बाइबल अध्ययन गर्न तयार भए।
विशेष ध्यान दिनु पर्ने एउटा अर्को कुरा के हो भने, यी मानिस कहाँ अग्रगामी आउनु भन्दा केही दिन अघि मात्र स्थानीय पादरी उसका अनुयायीहरूका साथ मरियमको मूर्ति लिएर यी मानिसको घरमा आउँदा तिनले तिनीहरूलाई भित्र पस्न दिएनन्। पादरी रीसले चूर भएको थियो। त्यही रात यी मानिसले यहोवालाई मदतका लागि प्रार्थना गरे। यसकारण, तपाईं नै कल्पना गर्नु होस्, त्यहाँ अग्रगामी पुग्दा यी मानिस कति खुशी भए होलान्! तुरुन्तै नियमित रूपमा बाइबल अध्ययन गर्ने प्रबन्ध मिलाइयो र आज यी मानिस ईश्वर-तन्त्रीय सङ्गठनसित प्रगतिशील ढङ्गमा सङ्गत गरिरहेकाछन्।
प्याराग्वेमा कुनै मण्डलीलाई नसुम्पिएका यी अन्कन्टार इलाकाहरूमा पूर्णरूपले प्रचार गर्ने हाम्रा भाइहरूका प्रयासलाई यहोवाले साँच्चै नै आशिष दिनु हुँदै छ। (w 4/15/92)