प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w92 १०/१ पृ. ३२
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • चीलझैं उँभो उँभो उड्‌ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • चीलको आँखा
    ब्यूँझनुहोस्‌!—२००३
  • युवाहरू हो—तपाईंका आमाबाबुलाई तपाईंको हृदय डोऱ्‍याउन दिनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
w92 १०/१ पृ. ३२

पाठकहरूका प्रश्‍नहरू

हितोपदेश ३०:१९ को लेखकको विचारमा एक जना पुरुषले एउटी कन्यालाई चलाखीसाथ फकाउने प्रक्रिया के वास्तवमा “उदेकलाग्दो” [न्युव०] थियो र?

हितोपदेश ३०:१९ को यो एउटा संभाव्य अर्थ हुनसक्छ। तर वास्तवमा यो त्यति सजिलैसित अर्थ लगाउन सकिने पद्य होइन।

यस पद्यको अर्थ खोज्दा हामीले यस पद्यको प्रसंग बिर्सनुहुदैंन। यस परिच्छेदभन्दा अगाडि प्रेरित लेखकले कहिल्यै तृप्त नहुने चारवटा कुराको उल्लेख गरेका थिए। (हितोपदेश ३०:१५, १६) त्यसपछि तिनले यसो भनेर लेखे: “तीनवटा कुरा छन्‌ जो मेरो निम्ति साह्रै अचम्मका छन्‌, औ चारवटा जो म बुझ्नै सक्‍तिन—आकाशमा गिद्धको चाल, समुद्रमा जहाजको चाल, स्त्रीसँग पुरुषको चाल।”—हितोपदेश ३०:१८, १९.

यी चारवटा कुराहरूमा त्यस्तो “उदेकलाग्दो” के हुनसक्थ्यो?

केही विद्वानहरूको विचारमा “उदेकलाग्दो” शब्दले सकारात्मक अथवा असलै कुरालाई संकेत गरेको हुनुपर्छ। यसकारण, तिनीहरूको व्याख्याअनुसार, यी चार कुराहरूले परमेश्‍वरको सृष्टिमा देखिने बुद्धिको प्रदर्शन गर्दछ। जस्तो कि खुला हावामा विशाल चराको उडानको रहस्य, पहरामा खुट्टा नभएको सर्पको चाल र उर्लदों समुद्रमा गह्रौं जहाजको तैरण र एउटी हिसी परेकी कन्यासित एक जना पठ्ठो जवानको जबरजस्त प्रेम, विवाह र एउटा सुन्दर मानव बच्चाको जन्म। त्यस्तै अर्को एकजना प्राध्यापकले यी चारकुरामा अझ एउटा समानता पाएका छन्‌ अर्थात यी चारैकुराहरू प्रत्येक पटक एउटा नयाँ पथबाट अघि बढ्‌दछन्‌। गिद्ध, सर्प र जहाजको पथ र स्त्री-पुरुष जोडीको बढ्‌दै गएको प्रेम पथको नयाँपन।

तथापि यिनीहरू सबैमा सकारात्मक कुरा छ भन्दैमा यी चारैकुराहरू सही अर्थमा “उदेकलाग्दो” हुनैपर्छ भन्‍नु मिल्दैन। हितोपदेश ६:१६-१९ मा “परमप्रभूले घृणा गर्नहुने” कुराहरूको सूचि दिएको छ। यहाँ छलफल गरिएको पद्यभन्दा अघि, हितोपदेश ३०:१५, १६ मा कहिल्यै “बस!” नभन्‍ने कुराहरूको (चिहान, बाँझो गर्भ, सुखा जमीन, र आगो) सूचि पाउदछौं। अवश्‍य यिनीहरूमध्ये कुनैपनि कुरा सकारात्मक रूपमा उदेकलाग्दो छैनन।

यहाँ हितोपदेश ३०:१८ मा, “उदेकलाग्दो” भनेर अनुवाद गरिएको हिब्रू शब्दको अर्थ “अलग गर्नु, छुट्ट्याउनु, विशिष्ट, असाधारण, अचम्मको” बनाउनु हो। कुनै कुरा असल नभएर पनि त्यो विशिष्ट, असाधारण वा उदेकलाग्दो हुनसक्छ। उदाहरणका लागी, पवित्र जनहरू र “ठूला ठूला जातिहरूको विध्वंस गर्ने” अर्थात “अवर्णनीय तरीकाले [उदेकलाग्दो तरीकाले, न्यु०व०]” विनाश गर्ने एक जना क्रूर राजाबारे दानियल ८:२३, २४ मा भविष्यवाणी गरिएको थियो।—तुलना गर्नुहोस व्यवस्था १७:८; २८:५९; जकरिया ८:६

लेखकलाई बुझ्न गाह्रो भएको कुरा ठम्याउने मद्दत, हामीले हितोपदेश ३०:१८, १९ पछिको पद्यबाट पाउनसक्छौं। २० वाँ पद्यमा एउटी व्यभिचारिणी स्त्रीको उल्लेख गरिएको छ जसले “खान्छे, त्यसपछि मुख पुछेर . . . भन्छे: ‘मैले त केही खराबी गरेको छैन।’” गुप्त चालले र चलाखी साथ तिनले पाप गरेकी हुन सक्छिन्‌। तर तिनको अपराधको कुनै चिन्ह नभएकोले तिनी निर्दोषिताको दावा गर्नसक्छिन्‌।

अघि उल्लेख गरिएको सूचिमा यस्तै समानता पाउछौं। गिद्ध खुला आकाशमा उड्‌छ, सर्पले पहरा पार गर्छ, जहाज छालहरूलाई काट्‌दै अघि बढ्‌छ—तर यिनीहरूमध्ये कसैले पनि पदचिन्ह छोड्‌दैन र यी तीनै कुराको बाटो पहिल्याउनु गाह्रो हुन्छ। यी तीन कुराहरूमा यो समानता छ। तर चौथो कुरा अर्थात “स्त्रीसँग पुरुषको चाल” बारे के भन्‍न सकिन्छ?

यो चाल पनि ठम्याउन गाह्रो हुन्छ। एउटी निर्दोष कन्याको माया प्राप्त गर्न एउटा युवकले छल, लोलोपातो र धुर्त्याइँ प्रयोग गर्नसक्छ। अनुभवी नभएकी हुनाकारण, तिनले उसको धुर्त्याइँको चाल नपाउन सक्छे। बहकिएपछि पनि तिनलाई फकाउन त्यो युवक कसरी सफल भयो भनेर उत्तर दिन समेत तिनी शायद असमर्थ हुनसक्छे; देख्ने व्यक्‍तिहरूलाई समेत यो बताउन गाह्रो हुनसक्छ। धेरै जवान स्त्रीहरूले यस्ता धुर्त धोकेबाजहरूको कारण आफ्नो चरित्र गुमाएका छन। यस्ता छली पुरुषहरूको चाल थाह पाउन गाह्रो हुन्छ। तथापि उड्‌दै गरेको गिद्ध, चिप्लिदैं गएको सर्प वा समुद्रमा जहाजको जस्तै यी पुरुषहरूको पनि लक्ष्य हुन्छ। बहकाउनेहरूको उद्देश्‍य अरूको नैतिक चरित्र बिगार्नु हो।

यी कुराहरूलाई ध्यानमा राखेर हेर्दा हितोपदेश ३०:१८, १९ मा गरिएको चर्चा कुनै वैज्ञानिक वा सृष्टिको प्रक्रियाहरू बारे होइन। बरु, हितोपदेश ७:१-२७ ले हामीलाई फुस्ल्याउने वेश्‍याबाट बच्न चेतावनी दिए झैं यस परिच्छेदमा पनि नैतिक चेतावनी हामी पाउँदछौं। बाइबल अध्ययन गर्ने इच्छा देखाउने पुरुषहरूसित होशियार भएर मसीही बहिनीहरूले यस हितोपदेश ३०:१८, १९ मा भएको सल्लाहलाई गम्भीरतापूर्वक ध्यान दिन सक्छन्‌। यदि कुनै मित्रैलो वा आफू सँग-सँगै काम गर्ने कुनै पुरुषले सत्यप्रति त्यस्तो चासो देखाउँछ भने, सो व्यक्‍तिको जिम्मा मण्डलीका कुनै भाइलाई लगाई दिनुपर्छ। किनभने “स्त्रीसँग पुरुषको चाल” बाट हुने खतराको सामना नगरिकनै यस भाइले सो व्यक्‍तिका कुनैपनि असली जिज्ञासा पूरा गरी दिनसक्छन्‌। (w92 7/1)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने