प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w92 ११/१ pp. ८-११
  • ‘तपाईंको प्रगति सबैमा प्रकट होस्‌’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘तपाईंको प्रगति सबैमा प्रकट होस्‌’
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आत्म-परिक्षण गर्ने समय
  • “केटा-केटीको कुरो”
  • प्रगति कसरी प्रकट हुन्छ
  • के तपाईं “परिपक्व” मसीही हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • तपाईंको प्रगति प्रकट होस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • प्रगति गरिरहनुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • ‘सत्य वचनलाई ठीकसँग प्रयोग गर्ने’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
w92 ११/१ pp. ८-११

‘तपाईंको प्रगति सबैमा प्रकट होस्‌’

“अब म जवान भएको छु, र केटा-केटीको कुरो छोड़िदिएको छु।”—१ कोरिन्थी १३:११.

१. बढ्‌ने प्रक्रियाले अचम्मलाग्दो सृष्टिबारे कसरी प्रमाण दिंदछ?

एउटा माइक्रोस्कोपले मात्र हेर्न सकिने सानो अण्डाबाट एउटा ह्वेल माछा निस्कन्छ जो पछि गएर ३० मिटरको लम्बाइ र ८० टनभन्दा पनि बढी तौल भएको जन्तु हुन सक्छ। त्यस्तै गरी, सानोभन्दा सानो एउटा बीउ ९० मिटरभन्दा पनि अग्लो सेक्वा रूख हुन सक्छ। साँच्चै नै, बढ्‌ने प्रक्रिया पनि जीवनका अचम्मलाग्दा कुराहरू मध्ये एउटा हो। र प्रेरित पावलले भने झैं, हामीले रोप्न र पानी हाल्न त सक्छौं, तर “बढाउने परमेश्‍वरनै हुनुहुन्छ।”—१ कोरिन्थी ३:७.

२. बाइबलमा कुन प्रकारको वृद्धिको अग्रिमवाणी गरिएको थियो?

२ तथापि, यतिकै उदेकलाग्दो एउटा अर्को बढ्‌ने प्रक्रिया पनि छ। यो यशैया अगमवक्‍ताले गरेको एउटा अगमवाणी हो: “थोरै चाहिं हजार हुनेछ, र तुच्छ चाहिं एउटा सामर्थी जाति हुनेछ। म, परमप्रभुले, त्यसको समयमा त्यो चाँड़ै पूरा गर्नेछु।” (यशैया ६०:२२) यो अगमवाणी परमेश्‍वरका जनहरूको बढोत्तरीसित सम्बन्धित छ र हाम्रो दिनमा यसको विशेष पूर्ति हुँदै छ।

३. यहोवाले आफ्ना जनको कार्यकलापलाई तीव्रतासाथ बढाउनु हुँदै छ भन्‍ने कुरा १९९१ सेवा वर्षको रिपोर्टबाट कसरी थाहा लाग्छ?

३ यहोवाका साक्षीहरूको विश्‍वव्यापी गतिविधिको सम्बन्धमा गत १९९१ सेवा-वर्षको रिपोर्टबाट थाहा लाग्दछ कि ४२,७८,८२० राज्य प्रकाशकहरूको सङ्‌ख्‌याले एउटा नयाँ शिखर छोयो, तथा त्यस वर्षमा बप्तिस्मा लिनेहरूको कुल सङ्‌ख्‌या ३,००,९४५ थियो। यत्तिका थुप्रै नयाँ व्यक्‍तिहरू आएका हुनाले ३,१९१ नयाँ मण्डलीहरूका साथसाथै आवश्‍यक मात्रामा नयाँ सर्कटहरू तथा जिल्लाहरूको स्थापना पनि गरियो। यसको अर्थ प्रत्येक दिन आठवटा नयाँ मण्डली, र प्रत्येक दुई दिनमा एउटा नयाँ सर्कटको स्थापना हो। यो कस्तो उदेकलाग्दो वृद्धि हो! स्पष्टतया, यहोवाले उहाँको कामकुराको गति तीव्रतासाथ बढाउनु हुँदैछ र उहाँको आशिष आफ्ना जनहरू माथि छ।—भजनसंग्रह १२७:१.

आत्म-परिक्षण गर्ने समय

४. भविष्यतर्फ हेर्दा कुन कुन प्रश्‍नहरूमाथि हामीले विचार गर्नु पर्छ?

४ यी सबै देखेर हाम्रो हृदय प्रफुल्लित हुन्छ। तर साथै यो आशिषले केही जिम्मेवारीहरू पनि ल्याउँछ। यी सबै नयाँ मानिसहरूका आध्यात्मिक आवश्‍यकताहरूको हेरविचार गर्न पर्याप्त मात्रामा परिपक्व एवं इच्छुक व्यक्‍तिहरू के पाउन सकिन्छ होला र? भविष्यतिर हेर्दा, यो बढोत्तरी तथा विस्तारको हेरचार गर्नका लागि पर्याप्त सङ्‌खयामा अग्रगामीहरू, सहायक सेवकहरू, प्राचीनहरू, तथा परिभ्रमण ओभरसियरहरूको तथा यो काममा सहयोग पुऱ्‍याउनका निम्ति शाखा कार्यालय तथा बेथेल घरहरूमा आवश्‍यक पर्ने स्वयंसेवकहरूको सङ्‌खया विचार गर्दा हाम्रो मनै खलबलिन्छ। यत्तिका धेरै मानिसहरू कहाँबाट आउने होलान्‌? निःसन्देह फसल त प्रशस्त छ। तर त्यो फसल भित्र्याउने खेतालाहरूको हेरविचार गर्ने अवस्थामा आज को छन्‌ र?—मत्ती ९:३७, ३८.

५. चाँड-चाँडो वृद्धि भएको हुनाकारण कतिपय क्षेत्रहरूमा के भइरहेको छ?

५ उदाहरणका लागि, प्राप्त रिपोर्टअनुसार संसारका केही भागहरूमा सय जना राज्य प्रकाशकहरू भएको मण्डलीको देखरेख गर्न एक जना प्राचीन अथवा दुई सहायक सेवक मात्र छन्‌। कहिले काहीं त एउटै प्राचीनले दुईवटा मण्डलीको सेवा गर्नु पर्छ। अरू ठाउँहरूमा बाइबल अध्ययन सञ्चालन गर्नका लागि सुयोग्य मसीही सेवकहरूको यत्ति ठूलो अभाव छ कि अध्ययन गर्न चाहने नयाँ व्यक्‍तिहरूको नाउँको सूची बनाएर राख्नु पर्छ। अझ अरू क्षेत्रहरूमा नयाँ मण्डलीहरू यत्ति चाँड-चाँडो स्थापित हुँदै छन्‌ कि एउटै राज्य सभागृहको प्रयोग तीन, चार, अथवा पाँचवटा मण्डलीहरू समेतले गर्नु परिरहेको छ। तपाईं बस्नु भएको इलाकामा पनि सायद यस्तै प्रकारको बढोत्तरी अनुभव गरी रहनु भएको छ होला।

६. हामीले आत्म-परिक्षण गर्नु किन समयानुकूल हो?

६ उक्‍त कुराहरू बाट हामी के थाहा लगाउन सक्छौं? यही कि समयको मागअनुसार र परिआएको आवश्‍यकतालाई पूरा गर्नका लागि हामीले आफ्नो समय र साधनहरूको सदुपयोग गरेका छौं कि छैनौं भनी बुझ्न हामीले आफ्ना परिस्थितिहरूबारे आत्म-परिक्षण गर्नु आवश्‍यक छ। (एफिसी ५:१५-१७) प्रथम शताब्दीका युनानी मसीहीहरूलाई प्रेरित पावलले यसरी लेखे: “किनकि यतिका समयसम्म ता तिमीहरू शिक्षक होइसक्नुपर्दथियो, तर अझै तिमीहरूलाई कसैले परमेश्‍वरका वचनको शुरुका शिक्षाहरू सिकाइदिनु परेको छ। तिमीहरूलाई खँदिलो खानेकुराको होइन, तर अझै दूधैको दरकार पर्नेजस्ता तिमीहरू भएका छौ।” (हिब्रू ५:१२) यी शब्दहरूले संकेत गरेझैं, प्रत्येक मसीहीले उन्‍नति गर्नु आवश्‍यक छ। मसीही परिपक्वतातर्फ उन्‍नतिशील नभएर आध्यात्मिक बाल्यावस्थामा नै आले-टाले गरिरहने एउटा वास्तविक खतरा हुन सक्छ। यसैले पावल हामीसित आग्रह गर्छन्‌: “तिमीहरू विश्‍वासमा छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर तिमीहरू आफ्नो प्रमाण देओ।” (२ कोरिन्थी १३:५) बप्तिस्मा लिएदेखि यता तपाईंको आध्यात्मिक उन्‍नति भएको छ कि छैन भनी हेर्न के तपाईंले आफूलाई जाँच्नु भएको छ? कि के तपाईं जहींकोतहीं उभिरहनु भएको छ? यो कसरी थाहा लगाउन सकिन्छ?

“केटा-केटीको कुरो”

७. आध्यात्मिक उन्‍नति प्रकट हुनका लागि हामीले के गर्नु पर्छ?

७ प्रेरित पावलले भने: “जब म बालक थिएँ, तब बालकले जस्तै बोल्थें, बालकले जस्तै सोच्थें, बालकले जस्तै विचार गर्थें, तर अब म जवानभएको छु, र केटा-केटीको कुरो [स्वभाव] छोड़िदिएको छु।” (१ कोरिन्थी १३:११) कुनै समयमा हामी सबै नै आफ्ना सोचाई र कामकार्वाहीमा बालक जस्तै थियौं। तसर्थ, आफ्नो प्रगति प्रकट गर्ने हो भने, पावलले चर्चा गरेका “केटा-केटी”-को स्वभावलाई हामीले छाड्‌नै पर्छ। त्यो स्वभावमा कुन कुन कुरा समावेश छन्‌?

८. हिब्रू ५:१३, १४-मा पावलका शब्दहरू अनुसार आध्यात्मिक बालकको एउटा गुण के हो?

८ सर्वप्रथम, हिब्रू ५:१३, १४-मा पावलका शब्दहरू माथि ध्यान दिनुहोस्‌: “किनभने दूधको सह-भागी हुने हरेक मानिस धार्मिकताको वचनको अनुभव गर्न नसक्नेहुन्छ, किनकि त्यो बालकै हो। तर खँदिलो खानेकुराचाहिं पूरा बढ़ेका मानिसहरूका निम्ति हो, जो त्यसको प्रयोगबाट खराब र असल छुट्याउनालाई ज्ञानेन्द्रियको अभ्यास भएको हुन्छ।” के तपाईं “धार्मिकताको वचन”-सित परिचित हुनुहुन्छ? के तपाईंसँग परमेश्‍वरको वचन, बाइबलको पर्याप्त ज्ञान छ? के तपाईं त्यो ज्ञानको प्रयोग गर्दै “असल र खराब” छुट्याउन सक्नु हुन्छ? पावलको भनाइअनुसार परिपक्व मानिसहरूले यसो गर्न सक्छन्‌ किनकि तिनीहरूले “खँदिलो खानेकुरा” नियमित रूपमा खाने गर्छन्‌। अतः, आध्यात्मिक तवरमा कुनै व्यक्‍तिको उन्‍नति भएको छ वा उनी अझै पनि आध्यात्मिक बालक नै छन्‌ भन्‍ने कुरा खँदिलो आध्यात्मिक आहारप्रति तिनको तृष्णा वा भोकबाटै थाह लाग्न सक्छ।

९. आत्मिक कुराहरूका लागि गरिने भोकबाट मानिसको आध्यात्मिक प्रगति कसरी थाह लाग्न सकिन्छ?

९ त्यसो भए, आध्यात्मिक कुराहरूका लागि तपाईं कतिको भोकाउनु हुन्छ? बाइबलमा आधारित प्रकाशनहरू तथा मसीही सभाहरू र सम्मेलनहरू मार्फत यहोवाले उपलब्ध गराउनु भएका प्रशस्त आध्यात्मिक भोजनलाई तपाईं कुन दृष्टिले हेर्नु हुन्छ? (यशैया ६५:१३) वार्षिक जिल्ला सम्मेलनहरूमा नयाँ प्रकाशनहरूको विमोचन हुँदा तपाईं निःसन्देह अत्यन्तै रमाउनु हुन्छ। तर घर पुगेपछि ती प्रकाशनहरूलाई लिएर तपाईं के गर्नु हुन्छ? वॅचटावर वा अवेक!-का नयाँ अङ्‌कहरू आइपुग्दा तपाईं के गर्नु हुन्छ? यी प्रकाशनहरूलाई पढ्‌ने समय के तपाईं निकाल्नु हुन्छ? कि के मुख्य मुख्य विषयहरू फरर पल्टाएर हेरेपछि, तिनलाई अरू पुस्तकहरूको थाकमा अल्मारीमा थन्क्‌याइ दिनु हुन्छ? मसीही सभाहरूको सम्बन्धमा पनि यस्तै प्रकारका प्रश्‍नहरू सोध्न सकिन्छ। के तपाईं सबै सभाहरू नियमित रूपले धाउनु हुन्छ? यिनका लागि तयारी गरेर के तपाईं तिनमा भाग पनि लिनु हुन्छ? आध्यात्मिक आहार लिने सम्बन्धमा कसै कसैको बानी प्रत्यक्षतया दुःखलाग्दो भएको छ। भनौं भने हतार हतार, सरसरती पढ्‌ने तिनीहरूलाई बानी लागेको छ। यो भन्दा कति बेग्लै प्रकारको विचार भजनसंग्रहका लेखकले व्यक्‍त गरेका छन्‌: “आहा! तपाईंको व्यवस्थालाई म कस्तो प्रेम गर्दछु! दिनभरि मेरो ध्यान त्यसैमा रहन्छ।” यस बाहेक, राजा दाऊदले पनि लेखे: “ठूलो समुदायमा म तपाईंमा धन्यवाद चढ़ाउनेछु। धेरै मानिसहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु।” (भजनसंग्रह ३५:१८; ११९:९७) हो, आध्यात्मिक प्रबन्धहरूको हामी कतिको मूल्याङ्‌कन गर्द छौं, त्यसैबाट हाम्रो आध्यात्मिक प्रगति थाह लाग्न सक्छ।

१०. एफिसी ४:१४-मा आध्यात्मिक बालकको एउटा अर्को कुन स्वभावको चर्चा गरिएको छ?

१० आध्यात्मिक बालकको अझ अर्को स्वभावलाई पावलले यो चेतावनीद्वारा औंलाए: “हामी भ्रमको धूर्त कारवाईहरू अनुसार छलमा मानिसहरूको धूर्तताले सिद्धान्तको प्रत्येक बतासबाट ओल्ट्याङपल्ट्याङ पारिएर यताउता हुर्रिने बालकहरू अब नहोऔं।” (एफिसी ४:१४) बालकहरूले सबै कुराहरू जान्‍न चाहने जिज्ञासा प्रकट गर्छन्‌ भन्‍ने कुरा आमा-बाबुहरूलाई राम्ररी थाह छ। एक प्रकारले यो एउटा सकारात्मक कुरा हो किनकि यसले तिनीहरूलाई खोजी गर्ने, सिक्ने तथा बिस्तारै एउटा परिपक्व व्यक्‍तिमा परिणत हुने मद्दत दिन्छ। तथापि, तिनीहरूको ध्यान एउटा कुरादेखि अर्को कुरातिर सजिलैसित अलमलिने खतरा छ। साथै, अनुभवको अभावले तिनीहरूको यो जिज्ञासाले तिनीहरूलाई ठूलो झन्झटमा पार्न सक्‍तछ, यहाँसम्म कि यसबाट तिनीहरू आफै र अरूहरू समेत खतरामा पर्न सक्‍तछन्‌। आध्यात्मिक बालकहरूको सम्बन्धमा पनि यही कुरा लागू हुन्छ।

११. (क)“सिद्धान्तको प्रत्येक बतास” भन्‍ने अभिव्यक्‍तिको प्रयोग गर्दा पावलको मनमा कुन कुरा हुन सक्थ्यो होला? (ख) आज हामीले सामना गर्नु परेका ‘बतासहरू’ के हुन्‌?

११ तर, “सिद्धान्तको प्रत्येक बतास” बाट आध्यात्मिक बालकहरू ओल्ट्याङ-पल्ट्याङ हुन्छन्‌ भनेर जब पावलले भने, तब तिनको मनमा के विचार थियो? यहाँ, “बतास” शब्द युनानी एʹनिमोस्‌-बाट अनुवाद गरिएको हो। इन्टर्‌नेशनल्‌ क्रिʹटिकल्‌ कॅमेन्ट्री-अनुसार, यो शब्द “परिवर्तनशीलताको विचारसित मिल्ने” भएको हुनाकारण छानिएको हुनु पर्छ। उक्‍त विचार पावलले यसपछि प्रयोग गरेका “मानिस- हरूको धूर्तता” भन्‍ने शब्दहरूबाट अझ स्पष्ट हुन्छ। मूल भाषामा यो “धूर्त” शब्दको मौलिक अर्थ “पासा” वा “पासाको खेल” हो। यसलाई संयोगको खेल पनि भन्‍न सकिन्छ। कुरा के हो भने, हाम्रो सामुन्‍ने बारम्बार अहानिकारक, लोभलाग्दो र हेर्दा उचित समेत देखिने नयाँ-नयाँ विचारहरू आइ रहन सक्छन्‌। पावलका शब्दहरू मुख्यतया हाम्रा विश्‍वास सम्बन्धी विषयहरूमा लागू हुन्छन्‌—जस्तो कि गिर्जाहरू बीच विश्‍व एकतालाई सङ्‌गठनात्मक रूप दिने प्रयत्न, सामाजिक एवं राजनैतिक गतिविधिहरू इत्यादि। (१ यूहन्‍ना ४:१-सित तुलना गर्नु होस्‌.) तर यो सिद्धान्त संसारका सदैव-परिवर्तनशील चलनहरू अर्थात्‌ फैसन, मनोरञ्जन, भोजन, स्वास्थ्य, शारीरिक व्यायामको नित्यक्रम र वेषभूषा जस्ता कुराहरूमा पनि लागूहुन्छ। अनुभव तथा ठीक समझशक्‍तिको अभावले गर्दा आध्यात्मिक बालकको मन यस्तै कुराहरूमा अलमलिन सक्छ र यसबाट ऊ आफ्नो आध्यात्मिक उन्‍नति तथा अन्य महत्त्वपूर्ण मसीही दायित्वहरू पूरा गर्न असमर्थ हुन सक्छन्‌।—मत्ती ६:२२-२५.

१२. दायित्वको विषयमा वयस्कहरू भन्दा बालकहरू किन छुट्टै हुन्छन्‌?

१२ बालकहरूलाई छिन-छिनमा सहायता र ध्यान दिइरहनु पर्दछ। यो तिनीहरूको एउटा अर्को विशेषता हो। जिम्मेवारीबारे तिनीहरूलाई नता केही चेतना, न चिन्ता नै हुन्छ; बाल्यवस्था जीवनको यस्तो समय हो जब प्रायः सबै नै कुरालाई हल्का मोजमज्जा ठानिन्छ। पावलले भने झैं, तिनीहरू ‘बालकले जस्तै बोल्छन्‌, बालकले जस्तै सोंच्छन्‌, बालकले जस्तै विचार गर्छन्‌।’ आफ्नो हेरचाह अरूहरूले गरिहाल्छन्‌ भनी तिनीहरू ढुक्क हुन्छन्‌। आध्यात्मिक बालक बारे पनि यस्तै भन्‍न सकिन्छ। कुनै नयाँ व्यक्‍तिले आफ्नो पहिलो भाषण दिंदा वा क्षेत्र सेवामा पहिलो पटक जाँदा, तिनका आध्यात्मिक आमा-बाबुले खुशीका साथ तिनलाई हर मद्दत दिन्छन्‌। तर यी नयाँ व्यक्‍ति यस्तै प्रकारको सहायतामाथि निरन्तर भर परिरहन्छन्‌ तथा स्वयं आफ्नो हेरविचार गर्ने दायित्वलाई स्वीकार गर्न सक्‍तैनन्‌ भने नि? यसको अर्थ तिनले सिकेका कुराहरूलाई प्रयोगमा न ल्याएको हो।

१३. प्रत्येकले आ-आफ्नो निज भार उठाउन किन सिक्नु पर्छ?

१३ यसै सम्बन्धमा, पावलले दिएका नसिहतलाई पुनःविचार गर्नु होस्‌। तिनको भनाइअनुसार “एउटाले अर्कोको भार” उठाउन उचित हो। तापनि, “हरेक मानिसले आफ्नै निज भार उठाउनु पर्छ।” (गलाती ६:२, ५) हुनः त हो, आफ्नो मसीही जिम्मेवारी वहन गर्न सिक्न समय लाग्छ र प्रयत्न गर्नु पनि आवश्‍यक हुन्छ। यसको अर्थ, कुनै कुनै क्षेत्रहरूमा त्यागहरू पनि गर्न जरुरी पर्न सक्छ। तथापि, मनोरञ्जन, घुमफिर, उपकरणहरू, वा सांसारिक कामधन्दामा व्यस्त हुनु चाहिं एउटा अति नै गम्भीर गल्ती हो। यसले गर्दा हामी निष्क्रिय हुन सक्‍तछौं। चेला बनाउने काममा आफ्नो योगदान बढाउन अथवा आध्यात्मिक प्रगति र जिम्मवारीतिर लम्कने इच्छा नै हामीमा सेलाएर जानु सक्छ। चेला याकूबले आग्रह गरे: “वचनका पालन गर्ने होओ। आफैलाई धोका दिएर सुन्‍ने मात्र होइन।”—याकूब १:२२; १ कोरिन्थी १६:१३.

१४. आध्यात्मिक बालकको गुण प्रदर्शन गर्दै बस्नमा हामी किन सन्तुष्ट हुनु हुँदैन?

१४ को बालक हो र को वयस्क हो, सजिलैसँग छुट्ट्याउने धेरै गुणहरू छन्‌। तथापि, पावलले भने जस्तै महत्त्वपूर्ण कुरा चाहिं यो हो कि हामीले केटा-केटीको स्वभावलाई बिस्तारै छाडनु पर्छ र परिपक्वतातर्फ बढदै जानुपर्छ। (१ कोरिन्थी १३:११; १४:२०) नत्रता, हामीलाई आध्यात्मिक प्रगति गर्न अति नै धेरै समय लाग्नेछ। तर प्रगति कसरी गर्न सकिन्छ? परिपक्वता तर्फ बढदै जानका लागि, आध्यात्मिक प्रगति कायम राख्नुमा के विथोलित छ?

प्रगति कसरी प्रकट हुन्छ

१५. बढ्‌ने प्रक्रियाका आधारभूत क्रमहरू के के हुन्‌?

१५ प्राकृतिक बढ्‌ने प्रक्रियालाई हामी कसरी वर्णन गर्न सक्‍तछौं? “प्रत्येक व्यक्‍तिले आफ्नो जीवन एउटा कोषबाट थाल्छ” भनेर द वर्ल्ड बुक्‌ एनसाइक्लपीʹडिया व्याख्या गर्दछ। “यो कोषले बढनाका लागि आवश्‍यक सामग्रीहरू लिन्छ र तिनीहरूलाई निर्माणका एकाइहरूमा परिणत गर्छ। यसप्रकार, त्यो एक्लो कोष भित्रैबाट बढ्‌न थाल्छ। यो कोष स्वयं वृद्धि हुँदै र फेरि विभाजित हुँदै अन्य कोषहरू बन्दै जान सक्छन्‌। यो निर्माण, वृद्धि र विभाजित हुने क्रमलाई बढने प्रक्रिया भनिन्छ।” यसरी बढ्‌ने प्रक्रिया भित्रबाट नै सुरु हुनु एउटा उल्लेखनीय कुरा हो। उचित पौष्टिक आहार लिएर त्यसलाई पचाइंदा र काममा लगाइंदा, बढने प्रक्रिया कायम रहन्छ। नवजात बच्चामा यो प्रक्रिया स्पष्टतसित देखिन्छ। बढ्‌नका लागि नवजात बच्चाले बोसो र प्रोटीन पर्याप्त मात्रामा भएको विशेष भोजन अथवा दूध निरन्तर लिने गर्दछ। यसको परिणाम के हुन्छ? पहिलो वर्षभित्र बच्चाको वजन र उँचाइमा जतिको वृद्धि हुँदछ, त्यतिको वृद्धि त त्यसको जीवनभरि कहिले पनि हुँदैन।

१६. बाइबलका अधिकांश नयाँ विद्यार्थीहरूले कुन प्रकारको वृद्धि गरेको देखिन्छ, र यो कसरी सम्भव हुन गएको छ?

१६ यो प्राकृतिक बढने प्रक्रियाबाट हामीले सिकेका धेरै नै कुराहरूलाई हामीले आधारभूत कुरादेखि लिएर परिपक्वतासम्मको हाम्रो आध्यात्मिक प्रगतिमा प्रयोग गर्न सक्‍त छौं। सर्वप्रथम, नियमित रूपमा आहार लिने कार्यक्रम आवश्‍यक छ। तपाईंले बाइबल अध्ययन गर्न सुरु गर्नु भएको बेलालाई सम्झनु होस्‌। तपाईं प्रायः अरू धेरै मानिसहरू जस्तै हुनु हुन्थ्यो भने, सायद परमेश्‍वरको वचनबारे तपाईंलाई केही थाहा थिएन होला। तर प्रत्येक हप्ता तपाईंले आफ्नो पाठ तयार गर्नु हुँदै व्यक्‍तिगत बाइबल अध्ययन गर्नु भयो र थोरै समयमा तपाईंले शास्त्रका सबै मौलिक शिक्षाहरू बुझ्नु भयो। यो एउटा अद्‌भुत प्रकारको बढ्‌ने प्रक्रिया थियो भनी तपाईंले स्वीकार्नै पर्छ र यो वृद्धि परमेश्‍वरको वचन नियमित रूपमा अध्ययन गर्नु भएको हुनाकारण भयो!

१७. नियमित रूपमा आध्यात्मिक आहार लिने गर्नु किन अनिवार्य छ?

१७ तर, अहिले तपाईं के गर्नु हुँदैछ? के अझ पनि तपाईं एउटा नियमित अध्ययन कार्यक्रम अनुसार हिंड्‌नु हुन्छ? बप्तिस्मा लिनु भएको छ भन्दैमा, अब उपरान्त नियमित तथा क्रमानुसार ढङ्‌गमा पौष्टिक आत्मिक आहार लिने केही खाँचो छैन भन्‍नु मिल्दैन। तिमोथी एक जना परिपक्व मसीही अध्यक्ष भए तापनि, पावलले तिनलाई यसरी आग्रह गरे: “यी कुरामा परिश्रम गर। तिनीहरूमा नै लागिरह, र तिम्रो प्रगति सबैमा प्रकट होस्‌।” (१ तिमोथी ४:१५) हामी प्रत्येकले यो भन्दा अझ कति बढी गर्नु पर्ने हो! तपाईंलाई आफ्नो आध्यात्मिक प्रगति प्रकट गर्नमा चासो छ भने यसप्रकारको प्रयत्न गर्नु अनिवार्य छ।

१८. एक जना व्यक्‍तिको आध्यात्मिक प्रगति कसरी प्रकट हुन्छ?

१८ आफ्नो प्रगतिलाई प्रकट गर्नुको अर्थ अरूहरूको सामुन्‍ने आफूले जानेका कुराहरूको प्रदर्शन गर्ने कोशिश गर्नु अथवा अरूहरूलाई प्रभावित पार्ने प्रयास गर्नु होइन। येशूले भन्‍नु भयो: “तिमीहरू जगत्‌का ज्योति हौ। डाँड़ामा बसालिएको शहर लुक्नसक्‍तैन” र “हृदयमा भरिएका कुरानै मुखले बोल्दछ।” (मत्ती ५:१४; १२:३४) हाम्रो हृदय तथा मन परमेश्‍वरका वचनका राम्रा राम्रा कुराहरूले भरिएको छ भने, यो हाम्रो मुखबाट निस्केका कुराहरूबाट स्वतः प्रकट हुन्छ।

१९. कुन कुरालाई ध्यानमा राखेर, हामीले आध्यात्मिक प्रगति गर्न दृढ संकल्प गर्नु पर्दछ?

१९ तसर्थ, प्रश्‍न यो छ: आफ्नो आन्तरिक, आध्यात्मिक प्रगतिको विकास गराउनका लागि, के तपाईं नियमित रूपले बाइबल अध्ययन गर्नु हुन्छ? पौष्टिक खाद्यान्‍न खानका लागि के तपाईं मसीही सभाहरू धाउनु हुन्छ? आध्यात्मिकता विकास गर्ने सम्बन्धमा एक जना निष्क्रिय दर्शक भएर मात्र सन्तोष नमान्‍नुहोस्‌। यहोवाले उपलब्घ गराउनु भएका प्रशस्त आध्यात्मिक आहारलाई पूर्ण रूपमा प्रयोग गर्नका लागि, सकारात्मक पाइलाहरू चाल्नु होस्‌। यदि तपाईं “परमप्रभुको व्यवस्थामानै प्रसन्‍न” रहनु हुने र “दिनरात उहाँकै व्यवस्थामा . . . ध्यान” दिनु हुने मानिस हुनुहुन्छ भने, तपाईंको विषयमा यसो भन्‍न सकिन्छ: “खोलाको धारको छेउमा रोपेको बोटजस्तै त्यो हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ, जसको पात कहिल्यै ओइलाउँदैन, र त्यसले जे गर्छ, त्यसमा त्यो सफल हुन्छ।” (भजनसंग्रह १:२, ३) यसरी निरन्तर आध्यात्मिक प्रगति गरी नै रहनका लागि, तपाईंले के गर्न सक्नु हुन्छ? यस विषयमा हामी अर्को लेखमा छलफल गर्ने छौं। (w92 8/1)

के तपाईं उत्तर दिन सक्नु हुन्छ?

◻ हाम्रो आध्यात्मिक प्रगतिलाई जाँच गर्नु किन समयानुकूल हो?

◻ आध्यात्मिक भोक र आध्यात्मिक विकास कसरी सम्बन्धित छन्‌?

◻ “सिद्धान्तको प्रत्येक बतास” भन्‍नुको अर्थ के हो?

◻ हरेकले आफ्नो निज भार किन उठाउनु पर्छ?

◻ आध्यात्मिक प्रगति कसरी प्राप्त गर्न सकिन्छ?

[पृष्ठ १०-मा भएको चित्र]

के तपाईं बाइबलमा आधारित प्रकाशनहरू पढ्‌ने समय निकाल्नु हुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने