प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • be p. ७४-p. ७७ par. २
  • प्रगति गरिरहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रगति गरिरहनुहोस्‌
  • ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ज्ञान अनि परिवर्तन
  • वरदानको सदुपयोग गर्नुहोस्‌
  • अनुभवले खेल्ने भूमिका
  • अगाडि लम्किरहनुहोस्‌
  • जवान हो—तपाईंको प्रगति सबैले देखून्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • तपाईंको उन्‍नति जाहेर गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९५
  • आफ्नो प्रगति प्रकट गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • तपाईंको प्रगति प्रकट होस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
be p. ७४-p. ७७ par. २

प्रगति गरिरहनुहोस्‌

बाइबल सिद्धान्तहरू लागू गर्न थालेदेखि तपाईंको सोचाइ, बोलीवचन अनि आनीबानीमा विस्तारै परिवर्तन देखा पर्न थाल्यो। तपाईंले ईश्‍वरतान्त्रिक सेवा स्कूलमा भाग लिनुअघिदेखि नै प्रायजसो परिवर्तन गर्न थालिसक्नुभएको थियो। सायद अहिलेसम्ममा त तपाईंले यहोवामा आफ्नो जीवन समर्पण गर्ने हदसम्म प्रगति गरिसक्नुभयो होला। तर के यसको अर्थ अब प्रगति गर्न पुग्यो भनेको हो? अहँ, पटक्कै होइन। तपाईंले बप्तिस्मा गर्नु त सुरुवात मात्र हो।

तिमोथीले एल्डरको रूपमा सेवा गरिरहेको भए तापनि पावलले तिमोथीलाई तिनको “प्रगति सबै मानिसहरूसामु प्रकट” गर्न अर्ती दिए। यस्तो प्रगति गर्न दिइएको सल्लाह र विशेष जिम्मेवारीबारे “चिन्तनमनन गर” अर्थात्‌ “त्यसैमा डुबिरह” भनेर पनि पावलले तिमोथीलाई बताए। (१ तिमो. ४:१२-१५) सत्यको मार्गमा भर्खरै हिंड्‌न थालेको होस्‌ वा ख्रीष्टियन जीवनशैली पछ्याउन थालेको वर्षौं भइसकेको होस्‌, अझै प्रगति गर्न तपाईं इच्छुक हुनै पर्छ।

ज्ञान अनि परिवर्तन

सँगी विश्‍वासीले “सत्यको चौडाइ, लम्बाइ, उचाइ र गहिराइ राम्ररी बुझोस्‌” भनेर पावलले गरेको प्रार्थनाबारे एफिसी ३:१४-१९ मा पाउँछौं। त्यसैकारण सिकाउन, सच्याउन अनि मण्डलीको निर्माण गर्न अर्थात्‌ उत्थान गर्न सकियोस्‌ भनेर वरदानको रूपमा येशूले पुरुषहरू दिनुभयो। अनुभवी शिक्षकको मार्गनिर्देशन पछ्याउँदै परमेश्‍वरको वचनमा नियमित तवरले मनन गर्दा आध्यात्मिक कुरामा “बढ्‌दै” जान मदत पाउँछौं।—एफि. ४:११-१५.

यसरी बढ्‌दै जान “दिमागलाई नयाँ मनोभावद्वारा उत्प्रेरित” गर्नुपर्छ। त्यसो गर्नुमा आफ्नो सोचाइलाई यहोवा परमेश्‍वर र ख्रीष्टको सोचाइ अनुरूप नै ढाल्नु समावेश छ। यसको लागि उहाँहरूको विचारलाई निरन्तर ध्यान दिनुपर्छ। फलस्वरूप हामी “नयाँ व्यक्‍तित्व धारण” गर्न सक्नेछौं। (एफि. ४:२३, २४) सुसमाचारका पुस्तकहरू पढ्‌दा के तपाईं येशूको जीवनका यी विवरणलाई आफूले पनि पछ्याउनुपर्ने नमुनाको रूपमा लिनुहुन्छ? येशूको स्वभाव बुझेर त्यही स्वभाव अनुकरण गर्ने अथक प्रयास गर्नुहुन्छ कि?—१ पत्रु. २:२१.

कुराकानीमा जुन विषय समावेश गर्नुहुन्छ, त्यसबाट तपाईंले कत्तिको प्रगति गर्नुभएको छ, त्यो देखिन्छ। नयाँ व्यक्‍तित्व धारण गर्नेहरू कुटिल, अश्‍लील वा नकारात्मक बोली अथवा दुर्वचन बोल्ने गर्दैनन्‌। बरु तिनीहरू ‘सुन्‍नेहरूलाई फाइदा’ हुनेगरि “अरूको उत्थान गर्ने” बोली बोल्छन्‌। (एफि. ४:२५, २६, २९, ३१; ५:३, ४; यहू. १६) तिनीहरूको जीवनमा बाइबल सत्यले परिवर्तन ल्याइरहेको छ भनेर तिनीहरूले व्यक्‍तिगत रूपमा वा मण्डलीमा व्यक्‍त गर्ने बोलीबाट छर्लङ्‌गै देखिन्छ।

अहिले तपाईं ‘हरकिसिमका शिक्षाको छालले उछालपछार गरेर यताउता हुर्रिनुहुन्‍न’ भने यो पनि तपाईंले गरेको प्रगतिको सङ्‌केत हो। (एफि. ४:१४) जस्तै, संसारले तपाईंलाई नयाँ-नयाँ विचार र सिद्धान्तअनुसार चल्न वा किसिम-किसिमका मनोरञ्जनले मन बहलाउन निरन्तर दबाब दिंदा तपाईं कस्तो प्रतिक्रिया देखाउनुहुन्छ? यस्ता कुराको पछि लाग्न आध्यात्मिक गतिविधिमा लगाउने समय खर्च गर्न लोभिनुहुन्छ कि? त्यसो गर्नुभयो भने आध्यात्मिक प्रगतिमा ठूलो अड्‌चन आइपर्छ। त्यसैले आध्यात्मिक गतिविधिमा लाग्न समयको सदुपयोग गर्नु नै बुद्धिमानी हुनेछ।—एफि. ५:१५, १६.

अरूसित तपाईंले गर्ने व्यवहार पनि तपाईंले कुन हदसम्म आध्यात्मिक प्रगति गर्नुभयो, त्यसको सङ्‌केत हुन सक्छ। के तपाईं भाइबहिनीलाई “कोमलताले भरिएको करुणा” देखाउँदै “खुला मनले क्षमा” गर्न सक्ने भइसक्नुभयो?—एफि. ४:३२.

यहोवाको तरिकाअनुसार चल्न तपाईंले गरेको प्रगति मण्डलीमा अनि घरमा पनि देखिनुपर्छ। स्कूलमा, सार्वजनिक ठाउँमा र काम गर्ने ठाउँमा पनि यस्तो प्रगति देखिनुपर्छ। (एफि. ५:२१–६:९) यीलगायत अन्य परिस्थितिमा पनि ईश्‍वरीय गुण पूर्णतया प्रकट गर्दै हुनुहुन्छ भने अरूले तपाईंको प्रगति प्रस्टै देख्नेछन्‌।

वरदानको सदुपयोग गर्नुहोस्‌

यहोवाले हामी प्रत्येकलाई केही न केही क्षमता र प्रतिभा दिनुभएको छ। हामीले यी क्षमता र प्रतिभा अरूलाई फाइदा पुग्नेगरि प्रयोग गरेको परमेश्‍वर चाहनुहुन्छ। यसो गर्दा परमेश्‍वरले हामीमार्फत अरूलाई असीम अनुग्रह देखाउनुहुन्छ। यस सम्बन्धमा प्रेषित पत्रुसले यसरी लेखे: “तिमीहरू हरेकले परमेश्‍वरबाट वरदान पाएका छौ। त्यसैले . . . परमेश्‍वरको असीम अनुग्रहको असल भण्डारेको रूपमा त्यो वरदान एक-अर्काको सेवा गर्नमा चलाओ।” (१ पत्रु. ४:१०) तपाईं आफूले पाएको भण्डारेको जिम्मेवारी कसरी सँभाल्दै हुनुहुन्छ?

पत्रुस अझै यसो भन्छन्‌: “यदि कोही बोल्छ भने परमेश्‍वरको पवित्र वचन बोलोस्‌।” (१ पत्रु. ४:११) यो पदले परमेश्‍वरको वचन अनुरूप उहाँको महिमा गर्नेगरि बोल्नुपर्ने जिम्मेवारीमाथि जोड दिएको छ। अनि बोल्ने तरिकाबाट पनि यहोवा परमेश्‍वरको महिमा गर्नुपर्छ। ईश्‍वरतान्त्रिक सेवा स्कूलमा पाइने तालिमले गर्दा हामी आफूले पाएको वरदान यहोवा परमेश्‍वरको महिमा हुनेगरि अरूलाई सघाउन प्रयोग गर्ने मदत पाउँछौं। त्यसो भए यस सन्दर्भमा तपाईंले कत्तिको प्रगति गरिसक्नुभयो?

वक्‍तृत्व सल्लाह फाराममा भएका कतिवटा बुँदामा काम गरिसक्नुभयो अथवा आफूलाई दिइएको भाग कुन-कुन तरिकामा प्रस्तुत गरिसक्नुभयो, त्यसबारे घोरिनुको साटो स्कूलबाट पाएको तालिमबाट तपाईंले चढाउने प्रशंसाको बलिदानको गुणस्तर कति बढ्यो, त्यसबारे विचार गर्नुहोस्‌। स्कूलले हामीलाई प्रचारमा अझै प्रभावकारी बन्‍न तयार पार्छ। त्यसैले आफैलाई यस्ता प्रश्‍न सोध्नुहोस्‌: ‘के म प्रचारमा भन्‍ने कुराबारे साँच्चै तयारी गर्छु? मैले प्रचार गरेका मानिसहरूमा व्यक्‍तिगत चासो देखाउन सिकेको छु? अर्को पटकको छलफलको लागि एउटा प्रश्‍न सोधेर पुनःभेट गर्ने बाटो खोलेको छु? कसैलाई बाइबल अध्ययन गराउँदैछु भने विद्यार्थीको हृदयसम्म पुग्नेगरि शिक्षकको रूपमा प्रगति गरिरहेको छु?’

तपाईंले सेवाको काममा जति सुअवसर पाउनुभयो, त्यो नै तपाईंको प्रगतिको चिह्न हो भनेर मात्र नसोच्नुहोस्‌। तपाईंलाई कस्तो जिम्मेवारी दिइएको छ, त्यसमा होइन, बरु त्यो जिम्मेवारी कसरी पूरा गर्नुहुन्छ, त्यसमा तपाईंको प्रगति देखिन्छ। सिकाउने जिम्मेवारी दिइएको छ भने आफैलाई यस्ता प्रश्‍न सोध्नुहोस्‌: के म सिकाउने कला प्रयोग गर्दै राम्ररी सिकाउँदै छु? विषयवस्तुलाई श्रोताको जीवनमा परिवर्तन नै ल्याउनेगरि प्रस्तुत गरेको छु?

वरदान प्रयोग गर्न दिइएको सल्लाहले अग्रसर हुनुपर्ने कुरालाई बुझाउँछ। के तपाईं अरूसित प्रचारमा जान अघि सर्नुहुन्छ? मण्डलीका नयाँ वा स-साना अथवा अशक्‍त भाइबहिनीलाई मदत गर्ने मौका खोज्नुहुन्छ? राज्यभवन सफा गर्न आफै अघि सर्नुहुन्छ अथवा सम्मेलन तथा अधिवेशनमा विभिन्‍न तरिकामा मदत गर्न अघि सर्नुहुन्छ? के तपाईं बेला-बेलामा सहायक अग्रगामीको रूपमा सेवा गर्नुहुन्छ? के तपाईं नियमित अग्रगामी सेवा गर्न सक्नुहुन्छ अथवा आवश्‍यकता धेरै भएको मण्डलीमा मदत गर्न सक्नुहुन्छ? तपाईं पुरुष हुनुहुन्छ भने सहायक सेवकको रूपमा सेवा गर्न वा एल्डरको रूपमा सेवा गर्न सक्ने हुन बाइबलले तोकेको आवश्‍यकता पूरा गर्दै हुनुहुन्छ? मदत गर्न र जिम्मेवारी स्वीकार्न तपाईंले देखाएको इच्छुकता तपाईंले प्रगति गरेको चिन्ह हो।—भज. ११०:३.

अनुभवले खेल्ने भूमिका

कम अनुभवी भएकोले ख्रीष्टियनको रूपमा गर्न सक्ने कुरा सीमित छ जस्तो लाग्छ भने हरेस नखानुहोस्‌। परमेश्‍वरको वचनले ‘निर्बोधहरूलाई बुद्धिमान्‌ तुल्याउन’ सक्छ। (भज. १९:७; ११९:१३०; हितो. १:१-४) बाइबलको सल्लाह प्रयोगमा ल्याउँदा यहोवाको बेजोड बुद्धिबाट फाइदा उठाउन सक्छौं। अनुभवबाट बटुल्न सकिने जस्तोसुकै बुद्धिको तुलनामा यहोवाको बेजोड बुद्धि कता हो कता अनमोल छ। तैपनि यहोवाको सेवामा प्रगति गर्दै जाँदा हामी पक्कै पनि थुप्रै अनमोल अनुभव बटुल्न सक्छौं। अरूलाई फाइदा हुनेगरि यी अनुभव कसरी बाँड्‌न सक्छौं?

जीवनमा विभिन्‍न परिस्थिति भोगिसकेका व्यक्‍तिले यस्तो भन्‍न सक्छन्‌: ‘आ, म पहिले पनि यस्तै अवस्थामा परिसकें क्यार! के गर्नुपर्छ मलाई थाह छ।’ तर के त्यसो भन्‍नु बुद्धिमानी हो र? हितोपदेश ३:७ यसरी सतर्क गराउँछ: “आफैलाई बुद्धिमान्‌ नसम्झी।” हो, हुन त अनुभवले हामीलाई जीवनमा आइपर्ने परिस्थितिलाई अझ राम्ररी बुझ्न मदत गर्छ। तर आध्यात्मिक प्रगति गरिरहेका छौं भने सफल हुन हामीलाई यहोवाको आशिष्‌ चाहिन्छ भन्‍ने तथ्यलाई हामीले दिमागमा र मनमा ठप्प बसाल्नुपर्छ। त्यसैकारण परिस्थितिलाई विश्‍वस्त भई आफ्नै बल-बुद्धिले सामना गर्दा होइन तर तुरुन्तै यहोवाको डोऱ्‍याइ खोजेर सामना गर्छौं भने मात्र वास्तवमा हामीले प्रगति गरेका छौं भनेर प्रकट हुन्छ। यहोवाले अनुमति नदिएसम्म केही पनि हुँदैन भनेर ढुक्क छौं भने र स्वर्गमा हुनुहुने हाम्रा बुबा यहोवालाई भरोसा गर्दै उहाँसित घनिष्ठ सम्बन्ध कायम गरेका छौं भने हाम्रो प्रगति प्रकट हुन्छ।

अगाडि लम्किरहनुहोस्‌

आध्यात्मिक तवरमा परिपक्व भए तापनि अभिषिक्‍त ख्रीष्टियन प्रेषित पावलले आफ्नो लक्ष्य हासिल गर्न ‘अगाडिका कुराहरूतिर लम्कनुपर्ने’ आवश्‍यकतालाई राम्ररी बुझेका थिए। (फिलि. ३:१३-१६) के तपाईंलाई पनि त्यस्तै लाग्छ?

तपाईंले कुन हदसम्म प्रगति गरिसक्नुभयो? कुन हदसम्म नयाँ व्यक्‍तित्व धारण गर्नुभएको छ, कुन हदसम्म यहोवाको सार्वभौमिकताको अधीनमा बस्नुभएको छ र यहोवाको आदर गर्न आफूलाई सुम्पिएको वरदान कत्तिको लगनशील भई प्रयोग गर्दै हुनुहुन्छ, त्यसको आधारमा आफूले गरेको प्रगतिलाई नाप्नुहोस्‌। तपाईंले ईश्‍वरतान्त्रिक सेवा स्कूलमा सिकेर फाइदा उठाउँदा परमेश्‍वरको वचनमा बताइएका गुणहरू तपाईंको बोलीमा र सिकाउने तरिकामा विस्तारै प्रकट हुँदै जान्छ। प्रगति गर्ने सम्बन्धमा यो तथ्यलाई कहिल्यै नबिर्सनुहोस्‌। बरु आफूले गरिरहेको प्रगतिमा रमाउनुहोस्‌। त्यसो गर्नुभयो भने तपाईंले गरेको प्रगति अरूले पनि देख्नेछन्‌।

तपाईंले कस्ता आध्यात्मिक लक्ष्य राख्नुभएको छ?

आगामी वर्षभित्रै हासिल गर्न सकिने कस्ता व्यावहारिक लक्ष्य तपाईंले राख्नुभएको छ?

  1. १. ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․

  2. २. ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․

लक्ष्य प्राप्त नभएसम्म कोसिस गरिरहने अन्य कस्ता अनमोल लक्ष्य राख्नुभएको छ?

  1. १. ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․

  2. २. ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․

  3. ३. ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने