प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w93 ११/१ pp. १७-२२
  • ठूला कप्तान माइकलको अन्तिम विजय

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ठूला कप्तान माइकलको अन्तिम विजय
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “समयको अन्तमा”
  • ‘मिस्र देश उम्कन पाउनेछैन’
  • उत्तरी राजाको अन्तिम अभियान
  • पूर्वबाट आउने समाचार
  • उत्तरबाट आउने समाचार
  • तेस्रो राजा
  • प्रतिद्वन्द्वी राजाहरूको अन्त नजिकै
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • अहिले “उत्तरका राजा” को हुन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • अन्तको समयमा “उत्तरका राजा”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • एक जना राजाले यहोवाको पवित्रस्थानको अनादर गर्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
w93 ११/१ pp. १७-२२

ठूला कप्तान माइकलको अन्तिम विजय

“त्यस बेला माइकल देखा पर्नेछन्‌, ती ठूला कप्तान माइकल, जसले तिम्रा संगी-देशबासीहरूमाथि रक्षा गरिरहन्छन्‌।”—दानियल १२:१.

१. यहोवाको सार्वभौमिकताप्रति संसारका अधिकांश शासकहरूले कस्तो मनोवृत्ति देखाएका छन्‌ र कसरी उत्तरका राजा यिनीहरूभन्दा भिन्दै छैन?

“परमप्रभु को हो, र म तिनको कुरा सुनेर इस्राएलीहरूलाई जानदिऊँ?” (प्रस्थान ५:२) फिरऊनले ललकार्दै मोशालाई यी शब्दहरू सुनाए। यहोवाको सर्वोच्च ईश्‍वरत्वलाई मानिलिन अस्वीकार गर्दै तिनले इस्राएलीहरूलाई दासत्वमै राख्ने अठोट गरे। अरू शासकहरूले पनि यहोवाप्रति त्यस्तै तिरस्कार जनाएका छन्‌ र यसमा दानियलको भविष्यवाणीमा बताइएका राजाहरू पनि समावेश छन्‌। (यशैया ३६:१३-२०) निस्सन्देह, उत्तरका राजाले ज्यादती नै गरेको छ। यसबारे स्वर्गदूतले यसो भन्छ: “हरेक देवताभन्दा तिनले आफैलाई उच्च पार्ने र ठूला देखाउनेछन्‌, र ईश्‍वरहरूका परमेश्‍वरको विरुद्धमा तिनले भयानक निन्दा बोल्नेछन्‌। . . . आफ्ना पिता-पुर्खाहरूका देवताहरू र स्त्रीहरूका प्रिय देवताको पनि तिनले अवहेलना गर्नेछन्‌। तिनले कुनै देवताको वास्ता गर्नेछैनन्‌। तर तिनले तिनीहरू सबैभन्दा आफैलाई उच्च पार्नेछन्‌।”—दानियल ११:३६, ३७.

२, ३. अर्को “देवता”-को उपासना गर्न कुन ढङ्‌गमा उत्तरका राजाले “पिता-पुर्खाहरूका देवताहरू” लाई त्यागे?

२ यी भविष्यसूचक शब्दहरूलाई पूरा गर्दै, उत्तरका राजाले “आफ्ना पिता-पुर्खाहरूका देवताहरू”-लाई (अथवा “आफ्नो पुर्खौली देवताहरू”-लाई) त्यागे, चाहे त्यो रोमका गैर-मसीही देवताहरू वा मसीहीजगतका त्रिएक ईश्‍वर नै किन नहोस्‌। हिटलरले आफ्नो स्वार्थसिद्धि गर्न मसीहीजगतलाई चलायो तर प्राप्त प्रमाणअनुसार तिनले त्यही मसीहीजगतको ठाउँमा नयाँ जर्मनी गिर्जालाई राख्ने योजना पनि बनाए। त्यसका उत्तराधिकारी शासकले पूर्ण अनिश्‍वरवादीलाई प्रवर्तन गरे। यसप्रकार उत्तरका राजाले ‘आफैलाई सबैभन्दा उच्च पारेर’ आफैलाई ईश्‍वर बनाएको छ।

३ भविष्यवाणी अझ यसो भन्दै जान्छ: “त्यसको सट्टामा तिनले आफ्ना पिता-पुर्खाहरूले पनि नजानेको किल्लाको देवतालाई सुन र चाँदी, रत्न र बहुमूल्य उपहार चढ़ाएर मान गर्नेछन्‌।” (दानियल ११:३८) वास्तवमा भन्‍ने हो भने, उत्तरका राजाले आधुनिक वैज्ञानिक सैन्य शक्‍ति अर्थात्‌ “किल्लाको देवता”-माथि आफ्नो भरोसा राख्यो। अन्तको समयमा त्यसले यही “देवता”-द्वारा उद्वार खोजेको छ र त्यसको वेदीमा थुप्रै धनसम्पत्ति बलि चढाएको छ।

४. उत्तरका राजाले कस्तो सफलता पाएको छ?

४ “तिनले विदेशी मानिसहरू [देवता न्यु व०] राखेर आफ्ना किल्लाहरूलाई बलियो पार्नेछन्‌। तिनको निगाहमा भएकाहरूलाई तिनले मान दिनेछन्‌। साधारण मानिसहरूमाथि कर्मचारी नियुक्‍त गरी जागीर दिएर मानले तिनीहरूलाई परिपूर्ण पार्नेछन्‌।” (दानियल ११:३९) आफ्नो सैन्य शक्‍तिको “विदेशी देवता”-माथि भरोसा राख्दै उत्तरका राजा अति “प्रभावकारी” (न्यु व०) ढङ्‌गमा चलेको छ र “आखिरी दिनमा” डरलाग्दो सैन्य शक्‍ति साबित भएको छ। (२ तिमोथी ३:१) त्यसको दृष्टिकोणलाई समर्थन गर्नेहरूजति राजनैतिक, वित्तीय, र यदाकदा सैन्य सहयोगद्वारा लाभान्वित पनि भए।

“समयको अन्तमा”

५, ६. दक्षिणका राजाले कसरी ‘आक्रमण गर्ने निहुँ खोजेको छ’ र उत्तरका राजाले कस्तो प्रतिक्रिया देखाएको छ?

५ दानियल ११:४०-को पहिलो भागले यसो भन्छ: “तोकिएको समयको अन्तमा तिनी र दक्षिणका राजाले एक अर्कोमाथि झूटा आक्रमण गर्ने निहुँ गर्नेछन्‌।” यो र यसभन्दा अघिका पदहरूलाई भविष्यमा पूरा हुने कुराहरूको रूपमा लिइएको छ। तथापि, यहाँ बताइएको “समयको अन्त” र दानियल १२:४, ९-को अर्थ एउटै हो भने, हामीले अन्तको समयभरि यी शब्दहरूको पूर्ति हुने आशा गर्नुपर्छ। के यस समयावधिमा दक्षिणका राजाले उत्तरका राजासँग “आक्रमण गर्ने निहुँ” खोजेको छ? निश्‍चय नै छ। प्रथम विश्‍व युद्धपछि गरिएको प्रतिकारी शान्ति सन्धि वास्तवमा बदला लिने प्रेरक अर्थात्‌ “आक्रमण गर्ने निहुँ” थियो। दोस्रो विश्‍व युद्धको विजयपछि, दक्षिणका राजाले आफ्नो शत्रुमाथि डरलाग्दा आणविक हातहतियारहरू तेर्साए र त्यसको विरुद्धमा एउटा शक्‍तिशाली सैन्य मैत्री सम्बन्ध, नेटोको स्थापना गरे। जसै समय बित्दै गयो, त्यसको “आक्रमण गर्ने निहुँ”-मा उच्च-प्राविधिक जासुसीका साथै कूटनीतिक र सैन्य आक्रमण समेत समाविष्ट भयो।

६ उत्तरका राजाले कस्तो प्रतिक्रिया देखायो त? “उत्तरका राजा रथहरू, घोड़चढ़ीहरू र धेरै जहाजहरू लिएर तिनको विरुद्धमा आँधीझैं आक्रमण गर्न आउनेछन्‌।” (दानियल ११:४०ख) आखिरी दिनको इतिहासमा देखिएको एउटा कुरा उत्तरका राजाको विस्तारवाद पनि हो। दोस्रो विश्‍व युद्धको दौडान, नाजी “राजा”-ले आफ्नो सिमाना वरपरका राष्ट्रहरूमाथि कब्जा गऱ्‍यो। त्यस युद्धको अन्तमा, उत्तराधिकारी “राजा”-ले आफ्नो सीमाबाहिर शक्‍तिशाली साम्राज्य बनायो। शीत युद्धको दौडान दक्षिणका राजाले प्रतिनिधि युद्धहरूमा अनि अफ्रिका, एशिया र ल्याटिन अमेरिकामा अराजकता खडा गरेर आफ्नो शत्रुसँग लड्यो। त्यसले साँचो मसीहीहरूलाई सतायो र तिनीहरूका क्रियाकलापलाई सीमित पाऱ्‍यो (तर कुनै पनि हालतमा पूर्णतया रोक्न भने सकेन)। त्यसको सैन्य र राजनैतिक आक्रमणले गर्दा निकै मुलुकहरू त्यसको नियन्त्रणमा आए। त्यसको यो कार्य दुरुस्त स्वर्गदूतले भविष्यवाणी गरेका यी शब्दहरूझैं छन्‌: “तिनले देशमाथि देश [सजावटको देशमाथि न्यु व०] [परमेश्‍वरका जनहरूको आध्यात्मिक अवस्था] चढ़ाइ गर्नेछन्‌। बाढ़ीझैं तिनीहरूमाथि जित्दै जानेछन्‌, र हजारौं हजार तिनको शिकार हुनेछन्‌।”—दानियल ११:४१क.

७. उत्तरका राजाको विस्तारवाद नीतिको कस्तो सीमाहरू थिए?

७ यद्यपि, त्यसको शत्रु—दक्षिणका राजाको दृष्टिमा उत्तरका राजाको उपस्थिति खतरनाक देखिए तापनि, त्यसले संसारमाथि विजय भने प्राप्त गर्न सकेको छैन। “यी सबै देश (एदोम, मोआब, र बाँकी अम्मोनीहरूलगायत) तिनको आक्रमणदेखि बाँच्नेछन्‌।” (दानियल ११:४१ख) प्राचीन समयमा एदोम, मोआब, र अम्मोन देशहरू मिस्र र सिरियाको लगभग बीचमा पर्थे। आज उत्तरका राजाले तारो बनाएको तर आफ्नो नियन्त्रणमा ल्याउन नसकेका राष्ट्र र सङ्‌गठनहरूको प्रतीकका रूपमा यी राष्ट्रहरूलाई लिन सकिन्छ।

‘मिस्र देश उम्कन पाउनेछैन’

८, ९. आफ्नो मुख्य शत्रुले समेत उत्तरका राजाको कस्तो प्रभाव महसुस गरेको छ?

८ त्यो स्वर्गदूत अझ यसो भन्दै जान्छ: “देश देशहरू तिनले जित्दै जानेछन्‌, औ मिस्र देश पनि उम्कन पाउनेछैन। तिनले मिस्र देशका सुन, चाँदी र त्यसका सबै धन-सम्पत्तिहरूका गुप्त भण्डारहरू आफ्नो अधीनमा पार्नेछन्‌। लिब्नीहरू र कूशीहरू पनि तिनका पछिपछि लाग्नेछन्‌।” (दानियल ११:४२, ४३) दक्षिणका राजा, “मिस्र” समेत उत्तरका राजाको विस्तारवादी नीतिको प्रभावबाट उम्केन। दक्षिणका राजाले नोक्सान बेहोर्नु पऱ्‍यो। उदाहरणको लागि भियतनाममा भएको उल्लेखनीय पराजय। “लिब्नीहरू र कूशीहरू” बारे के नि? प्राचीन मिस्रका यी छिमेकी मुलुकहरूले भौगोलिक दृष्टिकोणमा आधुनिक “मिस्र”-का छिमेकीहरूलाई पूर्वचित्रण गर्नसक्छ जो बेलाबेलामा उत्तरका राजाको ‘पछिपछि लाग्ने’ समर्थकहरू भएका छन्‌।

९ के उत्तरका राजाले ‘मिस्रका सबै धनसम्पत्तिहरूको गुप्त भण्डार’-माथि कब्जा गरेको छ? वास्तवमा त्यसले दक्षिणका राजामाथि भने निश्‍चय नै विजय पाइसकेको छैन, र अहिले १९९३ सम्मको विश्‍व स्थितिलाई हेर्दा विजय पाउला जस्तो पनि देखिदैंन। तर दक्षिणका राजाले जुन नीतिले आफ्नो वित्तीय स्रोतहरू परिचालन गरिरहेको छ, त्यसमाथि त्यसले शक्‍तिशाली प्रभाव भने पारेको छ। आफ्नो शत्रुको डरमा दक्षिणका राजाले सालिन्दा ठूलो धनराशी आफ्नो भीषण सेना, जलसेना र हवाइसेनालाई बलियो पार्न खर्च गरिरहेको छ। यस नतिजासम्म, दक्षिणका राजाको सम्पत्ति खर्चमाथि उत्तरका राजाले “अधीन” वा नियन्त्रण गरेको छ भन्‍न सकिन्छ।

उत्तरी राजाको अन्तिम अभियान

१०. दुई राजाहरूबीचको दुश्‍मनीको अन्तलाई स्वर्गदूतले कसरी वर्णन गर्छ?

१० के यी दुई राजाहरूबीचको दुश्‍मनी सधैंभरि चल्नेछ? चल्नेछैन। यसबारे स्वर्गदूतले दानियललाई यसो भन्यो: “तब पूर्व र उत्तरका झूटा समाचारहरूले तिनलाई [उत्तरका राजा] तर्साउनेछन्‌, र धेरैलाई नाश गर्न र नामेट पार्न रीसले तिनी झोंकिएर जानेछन्‌। तिनले समुद्र र पवित्र डाँड़ा, अर्थात्‌ सबैभन्दा सुन्दर डाँड़ाका बीचमा आफ्नो शाही शिविर खड़ा गर्नेछन्‌। औ तिनलाई कसैले पनि सहायता नदिई तिनको अन्त हुनेछ।”—दानियल ११:४४, ४५.

११, १२. उत्तरका राजा र दक्षिणका राजाबीचको दुश्‍मनीसँग हालसालै घटेका कुन घटनाहरू सम्बन्धित छन्‌ र हामीले अझ के सिक्न बाँकि नै छ?

११ यी घटनाहरू भविष्यमा हुने कुराहरू हुन्‌। अतः यो भविष्यवाणी कसरी पूरा हुनेछ हामी भन्‍न सक्दैनौं। यी दुई राजाहरूको राजनैतिक स्थितिमा हालसालै परिवर्तन भएको छ। संयुक्‍त राज्य र पूर्वीय युरोपका मुलुकहरूबीचको कटु दुश्‍मनी शान्त भएको छ। यसबाहेक सन्‌ १९९१-मा सोभियत संघ टुक्रियो र हाल अस्तित्वमा पनि छैन।—जून १, १९९२ अङ्‌कको प्रहरीधरहरा, पृष्ठ ४ र ५ हेर्नुहोस्‌।

१२ त्यसोभए उत्तरका राजा अहिले को हो त? पुरानो सोभियत संघको देशहरूमध्ये कुनै एक हो कि? वा पहिले निकै पटक गरेझैं अहिले पनि त्यसले आफ्नो चिनारी फेर्दैछ कि? हामी केही भन्‍न सक्दैनौं। त्यसोभए दानियल ११:४४, ४५ पूर्ति हुँदा उत्तरका राजा को हुनेछन्‌? के यी दुई राजाहरूबीचको दुश्‍मनी फेरि चर्कनेछ? र आज निकै मुलुकहरूमा बाँकि रहेको आणविक हातहतियारको असिम भण्डारबारे के भन्‍न सकिन्छ नि? समयले मात्र यी प्रश्‍नहरूको उत्तर दिनेछ।

१३, १४. यी दुई राजाहरूको भविष्यबारे हामीलाई के थाहा छ?

१३ तर एउटा कुरा भने हामीलाई अवश्‍य थाहा छ। त्यो हो, चाँडै “पूर्व र उत्तरका झूटा समाचारहरू”-बाट तर्सिएर उत्तरका राजाले आक्रमक अभियान सुरु गर्नेछ। यस अभियानको लगत्तैपछि त्यसको “अन्त” हुनेछ। बाइबलका अन्य भविष्यवाणीहरूलाई विचार गऱ्‍यौं भने यी “समाचारहरू”-बारे अझ धेरै जान्‍नसक्छौं।

१४ प्रथमतः यसलाई विचार गर्नुहोस्‌, दक्षिणका राजाको विरुद्धमा उत्तरका राजाले यी कार्यहरू गर्दैछ भनेर भनिएको छैन। आफ्नो सबैभन्दा ठूलो दुश्‍मनको हातबाट त्यसको अन्त हुँदैन। त्यस्तैगरि दक्षिणका राजा पनि उत्तरका राजाद्वारा नाश हुँदैन। दक्षिणी राजा (जसलाई अन्य भविष्यवाणीहरूमा जङ्‌गली जनावरको अन्तिम सिङ्‌गको रूपमा प्रतिनिधित्व गरिएको छ) “कुनै मानिसको हातविनानै” परमेश्‍वरको राज्यद्वारा नाश हुन्छ। (दानियल ७:२६; ८:२५) वास्तवमा भन्‍ने हो भने अन्ततोगत्वा पृथ्वीका सबै राज्यहरू आर-मागेडोनको युद्धमा परमेश्‍वरको राज्यद्वारा नाश हुन्छन्‌ र स्पष्टतः त्यस्तै दुर्दशा उत्तरका राजाको पनि हुन्छ। (दानियल २:४४; १२:१; प्रकाश १६:१४, १६) दानियल ११:४४, ४५-ले त्यस अन्तिम युद्धअघि हुने घटनाहरू बताउँछन्‌। उत्तरका राजाको अन्त हुँदा “तिनलाई कसैले पनि सहायता” दिनेछैन!

१५. कुन महत्त्वपूर्ण प्रश्‍नहरूको छलफल गर्न बाँकि नै छ?

१५ त्यसो भए “धेरैलाई नाश गर्न” उत्तरका राजालाई उक्साउने त्यस “समाचार” माथि प्रकाश पार्ने अरू भविष्यवाणीहरू के के हुन्‌? र त्यसले नाश गर्न खोज्ने ती “धेरै” को हुन्‌?

पूर्वबाट आउने समाचार

१६. (क) आर-मागेडोन अघि कुन विशेष घटना हुनै पर्छ? (ख) “सूर्योदय पट्टिबाट आउने राजाहरू” को हुन्‌?

१६ अन्तिम युद्ध आर-मागेडोन सुरु हुनअघि साँचो उपासनाको ठूलो दुश्‍मन—वेश्‍याजस्तो महान बेबिलोन, झूटा धर्मको विश्‍व साम्राज्य नाश हुनु जरुरी छ। (प्रकाश १८:३-८) परमेश्‍वरको क्रोधको छैटौं कचौरालाई प्रतीकात्मक युफ्रेटिस नदीमा खन्याएर त्यसको विनाशलाई पूर्वचित्रण गरिएको छ। कचौरा खन्याउने बित्तिकै “सूर्योदय पट्टिबाट आउने राजाहरूको बाटो तयार होस्‌ भनेर त्यसको पानी” सुकिहाल्छ। (प्रकाश १६:१२) यी राजाहरू को हुन्‌? ती राजाहरू हुनुहुन्छ स्वंय यहोवा परमेश्‍वर र येशू ख्रीष्ट!a

१७. (क) महान बेबिलोनको नाशबारे बाइबलले हामीलाई के भन्छ? (ख) “पूर्व”-बाट आउने समाचार सम्भवतः के साबित हुनसक्छ?

१७ प्रकाशको पुस्तकमा महान बेबिलोनको विनाशलाई स्पष्ट वर्णन गरिएको छ: “औ तिमीले देखेका ती दश सीङ [अन्तको समयमा राज्य गर्ने ‘राजाहरू’] र त्यस जनावरले [संयुक्‍त राष्ट्र संघलाई चित्रण गर्ने वैजनी रङ्‌गको जङ्‌गली जनावर] त्यस वेश्‍यासँग दुश्‍मनी गर्नेछन्‌, र त्यसलाई उजाड़ र नाङ्‌गो पार्नेछन्‌। औ त्यसको मासु खानेछन्‌, र त्यसलाई आगोमा भस्म पारिदिनेछन्‌।” (प्रकाश १७:१६) साँच्चै नै ती राष्ट्रहरूले कति धेरै ‘मासु खान्छन्‌’! (दानियल ७:५) तर उत्तरका राजा लगायत अरू शासकहरूले किन महान बेबिलोनलाई नाश गर्नेछन्‌? किनभने ‘परमेश्‍वरको वचन पूरा गर्न परमेश्‍वरले तिनीहरूलाई त्यस्तो मन दिनुहुन्छ।’ (प्रकाश १७:१७) त्यस ठूलो धार्मिक वेश्‍यालाई नाश गर्ने विचार मानव शासकहरूको मनमा राखिदिन यहोवाले छान्‍नुभएको कार्यलाई “पूर्व”-बाट आउने त्यस समाचारले सम्भवतः राम्ररी चित्रण गर्न सक्छ।—दानियल ११:४४.

उत्तरबाट आउने समाचार

१८. उत्तरका राजाको अर्को कुन तारो पनि छ र उत्तरका राजाको अन्त आउँदा यसले उत्तरका राजालाई कहाँ दिग्दर्शन गराउँछ?

१८ तर उत्तरी राजाको क्रोधको अर्को तारो पनि छ। स्वर्गदूतको भनाइअनुसार त्यसले “[ठूलो न्य व०] समुद्र र पवित्र डाँड़ा, अर्थात्‌ सबैभन्दा सुन्दर डाँड़ाका बीचमा आफ्नो शाही शिविर खड़ा गर्नेछन्‌।” (दानियल ११:४५) दानियलको समयमा भूमध्य सागर ठूलो समुद्र र सियोन पर्वत पवित्र डाँडा थियो जो एकताका परमेश्‍वरको मन्दिरस्थल पनि थियो। यसर्थ, भविष्यवाणीको पूर्तिमा उत्तरका क्रोधित राजाले परमेश्‍वरको जन विरुद्ध सैनिक अभियान सुरु गर्छ! आत्मिक अर्थमा भन्‍ने हो भने आज “[ठूलो न्यु व०] समुद्र र पवित्र डाँड़ा . . . बीचमा” त्यसलाई परमेश्‍वरका अभिषिक्‍त सेवकहरूको आध्यात्मिक अवस्था दिग्दर्शन गराउँछ। यी अभिषिक्‍त जनहरू परमेश्‍वरबाट विमुख भएका मानिसहरूको “समुद्र”-बाट आएका हुन्‌ र येशू ख्रीष्टसँग स्वर्गीय सियोन पर्वतमा राज्य गर्ने तिनीहरूको आशा छ।—यशैया ५७:२०; हिब्रू १२:२२; प्रकाश १४:१.

१९. इजकिएलको भविष्यवाणीको सङ्‌केतअनुसार हामीले कसरी गोगलाई आक्रमण गर्न उक्साउने समाचारलाई चिन्‍न सक्छौं? (फुटनोट हेर्नुहोस्‌।)

१९ दानियलको समकालीन भविष्यवक्‍ता इजकिएलले पनि “अन्तका [न्यु व०] दिनहरूमा” परमेश्‍वरका जनमाथि हुने आक्रमणबारे भविष्यवाणी गरे। शैतान अनि दियाबललाई चित्रण गर्ने मागोगको गोगले यो वैमनस्यता सुरु गर्नेछ भनेर तिनले भने। (इजकिएल ३८:१६) प्रतीकात्मक रूपमा गोग कुन दिशाबाट आउँछ? इजकिएल मार्फत्‌ यहोवा यसो भन्‍नुहुन्छ: ‘सुदूर उत्तरदेखि तँ आउँनेछस्‌’ (इजकिएल ३८:१५) यसर्थ, यहोवाका जनमाथि आक्रमण गर्न उत्तर र अन्य राजाहरूलाई उक्साउन शैतानले फैलाउने हल्ला नै सम्भवतः “उत्तर”-बाट आउने समाचार हुनसक्छ।b—प्रकाश १६:१३, १४; १७:१४ तुलना गर्नुहोस्‌।

२०, २१. (क) परमेश्‍वरको जनहरूमाथि आक्रमण गर्न गोगले किन उत्तरका राजा लगायत सबै राष्ट्रहरूलाई उक्साउनेछ? (ख) के त्यसको आक्रमण सफल हुनेछ?

२० गोगले यस पूर्ण आक्रमणको व्यवस्था गर्छ किनभने “परमेश्‍वरको इस्राएल” समृद्धशाली भएको छ र परमेश्‍वरको इस्राएलका साथै अरू भेडाका ठूलो भीड त्यसको संसारदेखि अलग बसेका छन्‌। (गलाती ६:१६; यूहन्‍ना १०:१६; १७:१५, १६; १ यूहन्‍ना ५:१९) “जाति जातिहरूबाट भेला भएका मानिसहरू [आत्मिक] गाई-वस्तु सम्पत्ति प्राप्त” गरेका छन्‌। यस्ता मानिसहरूलाई गोगले तुच्छ नजरले हेर्छ। (इजकिएल ३८:१२; प्रकाश ५:९; ७:९) ती शब्दहरूको पूर्तिमा, आज यहोवाका जनहरू पहिलेभन्दा कयौं गुना फस्टाउँदै गइरहेका छन्‌। पहिले प्रतिबन्ध लागेका युरोप, अफ्रिका र एशियाका कैयन्‌ मुलुकहरूमा तिनीहरूले अहिले स्वतन्त्रतापूर्वक उपासना गरिरहेका छन्‌। सन्‌ १९८७ देखि १९९२ मा मात्रै राष्ट्र राष्ट्रहरूबाट दश लाखभन्दा बढी सङ्‌खयामा “धन सम्पत्तिहरू” यहोवाको साँचो उपासनाको भवनमा ओइरिएका छन्‌। यिनीहरू आध्यात्मिक तवरमा धनी र शान्त छन्‌।—हग्गै २:७; यशैया २:२-४; २ कोरिन्थी ८:९.

२१ गोगले मसीहीहरूको यस्तो आध्यात्मिक अवस्थालाई “पर्खाल विनाका गाउँहरू” झैं ठान्छ। त्यसकारण मानिसहरूमाथि पूर्ण नियन्त्रण गर्न नदिने यस अड्‌चनलाई हटाउन त्यसले भरमग्दुर प्रयास गर्छ। (इजकिएल ३८:११) तर त्यो सफल हुँदैन। पृथ्वीका राजाहरूले परमेश्‍वरका जनमाथि आक्रमण गर्दा तिनीहरू ‘आफूनै अन्त हुनेछन्‌।’ तर कसरी?

तेस्रो राजा

२२, २३. गोगले आक्रमण गर्दा परमेश्‍वरका जनहरूको पक्षमा को खडा हुनुहुन्छ र नतिजा कस्तो हुन्छ?

२२ गोगको आक्रमण, यहोवा परमेश्‍वरका लागि आफ्ना जनहरूको रक्षा गर्न खडा हुने र “इस्राएलका पर्वतहरूमा” गोगको सेनालाई नाश गर्ने एउटा संकेत हो भनेर इजकिएल भन्छन्‌। (इजकिएल ३८:१८; ३९:४) यस कुराले दानियललाई स्वर्गदूतले भनेका कुराहरू हामीलाई सम्झना गराउँछ। त्यस स्वर्गदूतले यसो भन्छ: “त्यस बेला माइकल देखा पर्नेछन्‌, ती ठूला कप्तान माइकल, जसले तिम्रा संगी-देशबासीहरूमाथि रक्षा गरिरहन्छन्‌। औ यस्तो सँकष्टको समय आउनेछ, तिनीहरू एक राष्ट्र भएको समयदेखि त्यस बेलासम्म त्यस्तो ता कहिल्यै भएको थिएन। तर त्यसै बेला तेरा जातिहरूले, हरेक जसको नाउँ यस पुस्तकमा लेखिएको छ, तिनीहरूले छुटकारा पाउनेछ।—दानियल १२:१.

२३ स्वर्गमा हुनुहुने योध्दा माइकल—येशू—१९१४ मा परमेश्‍वरको स्वर्गीय राज्यको राजा हुनुभयो। (प्रकाश ११:१५; १२:७-९) त्यस समयदेखि यता उहाँले ‘दानियलका संगी-देशबासीहरूमाथि रक्षा गरिरहनुभएको छ।’ चाँडै नै उहाँ एक जना अजय योद्धा-राजा भएर यहोवाका नाउँमा “देखा पर्नेछन्‌” र “परमेश्‍वरलाई नचिन्‍नेहरूलाई, हाम्रा प्रभु येशूको सुसमाचार नमान्‍नेहरूलाई बदला” लिनुहुनेछ। (२ थिस्सलोनिकी १:८) दानियलको भविष्यवाणीमा बताइएका ती राजाहरू लगायत पृथ्वीका सबै राष्ट्रहरूले “विलाप गर्नेछन्‌।” (मत्ती २४:३०) ‘दानियलका संगी-देशबासीहरू’ प्रति अझैसम्म आफ्नो हृदयमा दुष्ट विचारहरू राख्दै तिनीहरू “ठूला कप्तान माइकल”-को हातबाट सदाका लागि नष्ट हुनेछन्‌।—प्रकाश १९:११-२१.

२४. दानियलको भविष्यवाणीको यस अध्ययनले हामीमाथि कस्तो प्रभाव पार्नुपर्ने हो?

२४ के हामी माइकल र उहाँको परमेश्‍वर, यहोवाको यस्तो भव्य विजयलाई हेर्ने इच्छा गर्दैनौं र? किनभने त्यस विजयको अर्थ साँचो मसीहीहरूका लागि “छुटकारा” अर्थात्‌ बचाउ हुनेछ। (मलाकी ४:१-३ सँग तुलना गर्नुहोस्‌।) यसर्थ, भविष्यप्रति व्यग्र प्रत्याशा राख्दै हामी प्रेरित पावलका यी शब्दहरू सम्झन्छौं: “वचन प्रचार गर, समय र बेसमयमा तयार रह।” (२ तिमोथी ४:२) त्यसकारण समय हुँदा नै जीवनको वचनलाई बलियोगरि पक्रौं र परिश्रमपूर्वक यहोवाका भेडाहरूको खोजी गरौं। हामी जीवनको दौडको अन्तिम चरणमा छौं। इनाम हाम्रो आखाँ समक्षै छ। अतः अन्तसम्मै धीरजी र उद्वार पाउनेहरूमध्येका हुन हामी सबै जना कटिबद्ध हौं।—मत्ती २४:१३; हिब्रू १२:१. (w93 11/1)

[फुटनोटहरू]

a वाचटावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटीद्वारा प्रकाशित रेभलेसन—इट्‌स ग्य्राण्ड क्लाइमेक्स एट ह्‍याण्ड, पृष्ठ २२९-३० हेर्नुहोस्‌।

b अर्को तर्फ गोगलाई यहोवाले भन्‍नु भएका शब्दहरूलाई विचार गर्ने हो भने, “उत्तरको” त्यो समाचार यहोवाबाट आएको पनि हुनसक्छ। ती शब्दहरू हुन्‌: “तेरो मुखमा बल्छी लगाउनेछु।” “म तँलाई उत्तरको पल्लो छेउदेखि पक्रेर इस्राएलका पर्वतहरूमा ल्याउनेछु।”—इजकिएल ३८:४; ३९:२; भजनसंग्रह ४८:२ तुलना गर्नुहोस्‌।

के तपाईंलाई थाहा छ?

▫ अन्तको समयभरि दक्षिणका राजाले कसरी उत्तरका राजासँग आक्रमण गर्ने निहुँ खोजेको छ?

▫ दुई राजाहरूबीचको दुश्‍मनीको नतिजाबारे अझ के जान्‍न बाँकी नै छ?

▫ आर-मागेडोनअघि हुने कुन दुई घटनाहरूमा उत्तरका राजा निश्‍चय नै मुछिनेछ?

▫ “ठूला कप्तान माइकल”-ले परमेश्‍वरका जनहरूलाई कसरी बचाउनेछ?

▫ दानियलको भविष्यवाणीको यस अध्ययन पछि हाम्रो प्रतिक्रिया कस्तो हुनुपर्ने हो?

[पृष्ठ १८-मा भएको चित्र]

उत्तरका राजाले आफ्नो पूर्वाधिकारीहरूका भन्दा भिन्दै परमेश्‍वरहरूको उपासना गरेको छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने