प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w94 ७/१ pp. १२-१७
  • अख्तियार सम्बन्धी मसीही दृष्टिकोण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अख्तियार सम्बन्धी मसीही दृष्टिकोण
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “परमेश्‍वरको बाहेक अरूको अख्तियार हुँदैन”
  • प्रारम्भिक मसीहीहरू र रोमी अख्तियारवालाहरू
  • अख्तियारवालाप्रति उचित आदर
  • मसीही घरहरूमा अख्तियार
  • मण्डलीभित्र अख्तियार
  • उच्च अख्तियारवालाहरू प्रति मसीही दृष्टिकोण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • तपाईंले कसको अख्तियारलाई मान्यता दिनुपर्छ?
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • अख्तियारवालाहरूलाई आदर गर्नु किन अत्यावश्‍यक?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • हामीले किन अख्तियारको आदर गर्नुपर्छ?
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
w94 ७/१ pp. १२-१७

अख्तियार सम्बन्धी मसीही दृष्टिकोण

“परमेश्‍वरका बाहेक अरूको अख्तियार हुँदैन।”—रोमी १३:१.

अख्तियार शब्द सृष्टिकर्त्ताको गुणसित जोडिएको छ। जीव र निर्जीव सबै सृष्टिलाई अस्तित्वमा ल्याउने सर्वोच्च व्यक्‍ति यहोवा परमेश्‍वर हुनुहुन्छ। यसमा कुनै दुई मत छैन, उहाँ सर्वोच्च अख्तियारवाला हुनुहुन्छ। साँचो मसीहीहरूले ती स्वर्गीय प्राणीहरूको अनुभूति महसुस गर्छन्‌ जसले यसो भने: “हे हाम्रा प्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर र शक्‍ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंलेनै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती भए, र सृजिए।”—प्रकाश ४:११.

२ पूर्ववर्ती मानव शासकहरूले आफूलाई परमेश्‍वर अथवा परमेश्‍वरको प्रतिनिधि हुँ भनी दाबी गरेर आफ्नो अख्तियारलाई वैधानिक बनाउने प्रयास गरेका थिए। मानवले मानवमाथि शासन गर्ने अन्तर्निहित अधिकार छैन भनेर त्यसले मौन साक्षी दिन्छ।a (यर्मिया १०:२३) अख्तियारको एक मात्र वैध स्रोत यहोवा परमेश्‍वर हुनुहुन्छ। यहूदिया प्रान्तका हाकिम पिलातसलाई येशूले यसो भन्‍नुभयो: “तपाईंलाई यो माथिबाट नदिएको भए तपाईंको ममाथि केही अधिकार हुनेथिएन।”—यूहन्‍ना १९:११.

“परमेश्‍वरको बाहेक अरूको अख्तियार हुँदैन”

३ रोमी साम्राज्यको अधीनमा बस्ने मसीहीहरूलाई प्रेरित पावलले यसरी लेखे: “हरेक प्राणी उच्च अख्तियारवालाहरूका अधीनमा रहोस्‌, किनभने परमेश्‍वरका बाहेक अरूको अख्तियार हुँदैन, औ अख्तियारहरूचाहिं परमेश्‍वरबाट खटिएका हुन्छन्‌।” (रोमी १३:१) “माथिबाट” नदिएको भए पिलातसले अधिकार पाउने थिएन भनेर येशूले के भन्‍न खोज्दै हुनुहुन्थ्यो? र पावलका समकालीन राजनैतिक अख्तियारहरू परमेश्‍वरबाटै खटिएका थिए भनेर पावलले कसरी भन्‍न सके? यस संसारको प्रत्येक राजनैतिक शासकको नियुक्‍ति यहोवा आफैले गर्नुहुन्छ भनेर के यी दुवैले भन्‍न खोजेका हुन्‌?

४ त्यो कसरी हुनसक्थ्यो र? किनभने येशूले शैतानलाई “यस संसारको शासक” भनी सम्बोधन गर्नुभएको थियो र प्रेरित पावलले त्यसलाई “यस संसारको देव” भन्‍ने संज्ञा दिएका थिए। (यूहन्‍ना १२:३१; १६:११; २ कोरिन्थी ४:४) साथै, येशूलाई प्रलोभनमा पार्ने कोशिश गर्दा शैतानले “जगत्‌का सारा राज्य” को “अख्तियार” दिने प्रस्ताव राखेको थियो। त्यसले ती सबै अख्तियार आफूलाई दिइएको दाबी पनि गरे। येशूले त्यसको त्यो प्रस्तावलाई अस्वीकार गर्नुभयो तर त्यस्तो अख्तियार दिनु शैतानको हातको कुरा होइन भनी इन्कार भने गर्नुभएन।—लूका ४:५-८.

५ शैतान आफैले विद्रोह गरेपछि त्यसले आदम अनि हव्वालाई प्रलोभनमा पारेर यहोवाको सार्वभौमिकताको विद्रोह गर्न लगाए। तथापि, यहोवाले त्यसलाई जीवितै रहन दिनुभएर यस संसारको शासन सुम्पिदिनुभयो। (उत्पत्ति ३:१-६; तुलना गर्नुहोस्‌ प्रस्थान ९:१५, १६.) तसर्थ येशू र पावलका ती शब्दहरूको अर्थ प्रथम मानव दम्पतीले ईश्‍वरतन्त्र अर्थात्‌ परमेश्‍वरको शासनलाई इन्कार गरेपछि यहोवाले ती विमुख मानिसहरूलाई आफू बस्न सक्ने व्यवस्थित समाजको अख्तियार प्रणाली सृजना गर्न दिनुभयो भन्‍ने हुनुपर्छ। बेला-बेलामा आफ्नो उद्देश्‍य पूरा गर्न यहोवाले कुनै कुनै शासक वा सरकारको पतन गराउनु भएको छ। (दानियल २:१९-२१) र अरू केहीलाई शक्‍तिमा रहन पनि दिनु भएको छ। यहोवाले अस्तित्वमा रहन अनुमति दिनुभएका शासकहरूको विषयमा तिनीहरूको “अख्तियारहरूचाहिं परमेश्‍वरबाट खटिएका हुन्छन्‌” भन्‍न सकिन्छ।

प्रारम्भिक मसीहीहरू र रोमी अख्तियारवालाहरू

६ इस्राएललाई कब्जा गर्ने रोमीहरूको विरुद्धमा षड्यन्त्र रच्ने र युद्ध गर्ने यहूदी सम्प्रदायहरूसित प्रारम्भिक मसीहीहरू सामेल भएनन्‌। जहाँसम्म रोमी अख्तियारवालाहरूको प्रश्‍न छ, तिनीहरूले आफ्नो व्यवस्थित कानुन प्रणालीद्वारा भूमि र समुद्रमा सुव्यवस्था कायम गरे; थुप्रै लाभदायी नहर, बाटो र पुलहरू बनाए; र खासगरि जनकल्याण हुने कामहरू गरे। अतः मसीहीहरूले तिनीहरूलाई ‘तिनीहरूका असल कामका लागि परमेश्‍वरका सेवक’ भनी सम्झे। (रोमी १३:३, ४) तिनीहरूको कानुन र सुव्यवस्थाले तयार पारेको वातावरणले गर्दा येशूले आज्ञा दिनुभएझैं टाढा टाढासम्म मसीहीहरूले सुसमाचार प्रचार गर्न सके। (मत्ती २८:१९, २०) रोमीहरूले उठाउने करको केही हिस्सा परमेश्‍वरले अनुमोदन नगर्नुहुने कामहरूमा लगाइने भए तापनि तिनीहरूले पूर्ण असल अन्तस्करणका साथ कर तिरे।—रोमी १३:५-७.

७ रोमी अध्याय १३ को प्रथम सात पदहरूलाई राम्ररी पढेर हेर्दा “उच्च अख्तियारवालाहरू” असल गर्नेहरूको प्रशंसा गर्ने र खराब गर्नेहरूले दण्ड दिने “परमेश्‍वरका सेवक” रहेछन्‌ भनेर प्रष्टै देखिन्छ। तर असल-खराबको निर्णय गर्ने व्यक्‍ति, उच्च अख्तियारवालाहरू नभइ परमेश्‍वर हुनुहुन्छ भनेर प्रसङ्‌गले देखाउँछ। तसर्थ, रोमी सम्राट वा अरू कुनै राजनैतिक अख्तियारवालाले परमेश्‍वरले निषेध गर्नुभएका काम गर्न चाहेमा अथवा परमेश्‍वरले चाहनुभएका कामलाई निषेध गरेमा त्यस उप्रान्त उसले परमेश्‍वरको सेवकको हैसियतमा काम गरिरहेको हुने थिएन। येशूले यसो भन्‍नुभयो: “जे जे सिजरका हुन्‌ सिजरलाई, र जे जे परमेश्‍वरका हुन्‌ परमेश्‍वरलाई देओ।” (मत्ती २२:२१) रोमी सरकारले कुनै व्यक्‍तिको जीवन अथवा उपासना जस्ता परमेश्‍वरलाई दिइनु पर्ने कुराको माग गर्दा साँचो मसीहीहरूले प्रेरितहरूको यो सल्लाह पालन गर्थे: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ।”—प्रेरित ५:२९.

८ प्रारम्भिक मसीहीहरूले सम्राट तथा मूर्ति उपासना गर्न र मसीही सभाहरू अनि सुसमाचार प्रचारलाई बन्द गर्न अस्वीकार गर्दा तिनीहरूमाथि सतावट आयो। सम्राट नेरोको हुकुममा प्रेरित पावललाई मारिएको थियो भनेर सामान्यतः विश्‍वास गरिन्छ। विशेषगरि डोमिसियन, मार्कस औरिलियस, सेप्टिमियस, सेवारस, डेसियस र डाइक्लोसियन जस्ता अन्य सम्राटहरूले पनि प्रारम्भिक मसीहीहरूलाई सताए। निस्सन्देह यी मसीहीहरूलाई सताउँदा ती सम्राटहरू र तिनीहरूका सहायक अख्तियारवालाहरूले “परमेश्‍वरको सेवक” को हैसियतमा काम गरिरहेका थिएनन्‌।

९ अतः यसबाट प्रष्ट देखिन्छ, मानव समाजमा सुव्यवस्था कायम राख्न राजनैतिक उच्च अख्तियारवालाहरूले केही हदसम्म “परमेश्‍वरको प्रबन्ध” अनुरूप सेवा गरे तापनि तिनीहरू त्यही सांसारिक रीतिरिवाजकै भाग भइरहन्छन्‌, जसको ईश्‍वर शैतान हो। (१ यूहन्‍ना ५:१९) तिनीहरू प्रकाश १३:१, २ मा उल्लिखित “जङ्‌गली जनावर” द्वारा चित्रित विश्‍वव्यापी राजनैतिक संगठनका सदस्य हुन्‌। त्यस जनावरले “अजिङ्‌गर,” शैतान अर्थात्‌ दियाबलबाट शक्‍ति र अख्तियार पाउँछ। (प्रकाश १२:९) तसर्थ, त्यस्ता अख्तियारवालाहरूप्रति मसीहीहरूको अधीनता पूर्ण नभइ सापेक्षिक हो भन्‍नु तर्कपूर्ण कुरा हो।—दानियल ३:१६-१८ तुलना गर्नुहोस्‌।

अख्तियारवालाप्रति उचित आदर

१० तथापि, त्यसको अर्थ मसीहीहरूले राजनैतिक उच्च अख्तियारवालाहरूप्रति हठी, विद्रोही मनोवृत्ति अपनाउनु पर्छ भनेको होइन। हो, तिनीहरूमध्ये धेरै जना व्यक्‍तिगत र आम जीवनमा समेत अरूभन्दा आदरणीय छैनन्‌। यद्यपि, अख्तियारमा रहेका मानिसहरूलाई आदरपूर्ण व्यवहार गर्नुपर्छ भनेर प्रेरितहरूले आफ्नो उदाहरण र सल्लाहद्वारा प्रकट गरे। हाडनाताकरणी गर्ने राजा हेरोद अग्रिपा द्वितीय समक्ष खडा हुँदा पावलले उचित सम्मानका साथ कुरा गरे।—प्रेरित २६:२, ३, २५.

११ विशेषगरि हाम्रो जीवन अनि मसीही क्रियाकलापलाई असर गर्ने निर्णयका लागि अपिल गर्दा सांसारिक अख्तियारवालाहरूलाई हाम्रो प्रार्थनामा सामेल गर्न उपयुक्‍त हो भनेर समेत पावलले उल्लेख गरे। तिनले लेखे: “यसकारण सबैभन्दा पहिले म अर्ती दिन्छु, कि अन्तरबिन्ती, प्रार्थना, विनम्र निवेदन, धन्यवादहरू सबै मानिसहरूका निम्ति, सब प्रकारका भक्‍ति र गम्भीरतामा हामीले शान्ति र चैनको जीवन बिताउन पाऔं भनेर राजाहरू र उच्च पदाधिकारीहरूका निम्ति पनि गरिऊन्‌। हाम्रा मुक्‍तिदाता परमेश्‍वरको दृष्टिमा यो असल र ग्रहणयोग्य छ। सबै मानिसहरूले उद्धार पाऊन्‌ र तिनीहरू सत्यको ज्ञानमा आऊन्‌ भन्‍ने इच्छा उहाँ गर्नुहुन्छ।” (२ तिमोथी २:१-४) त्यस्ता अख्तियारवालाहरूलाई आदरपूर्ण व्यवहार गर्दा “सबै मानिसहरूलाई” बचाउन कोशिश गर्ने हाम्रो कामलाई तिनीहरूले अझ स्वतन्त्रतापूर्वक अघि बढाउने अनुमति दिन सक्छन्‌।

१२ प्रेरित पत्रुसले लेखे: “प्रभुको खातिर मानिसका हरेक विधानको अधीनमा रहो, चाहे राजाको, जो सर्वोच्च हुन्‌, अथवा बड़ा-हाकिमहरूको, जो खराब काम गर्नेहरूलाई बदला लिन र असल काम गर्नेहरूलाई प्रशंसा गर्न उनीबाट पठाइएका हुन्छन्‌। किनकि परमेश्‍वरको इच्छा यही छ, कि असल गरेरनै तिमीहरूले मूर्ख मानिसहरूको अज्ञानतालाई चूप गराउनुपर्छ। स्वतन्त्रजस्तै भएर हिंड़, तर दुष्टताको ओढ़नेले तिमीहरूका स्वतन्त्रतालाई ढाकेर होइन, तर परमेश्‍वरको दासहरूझैं भएर चल। सबै मानिसहरूलाई आदर गर। भाइ-बन्धुहरूलाई प्रेम गर। परमेश्‍वरसँग डराओ। राजाको आदर गर।” (१ पत्रुस २:१३-१७) कस्तो सन्तुलित सल्लाह! हामीले परमेश्‍वरको दास भएर उहाँप्रति पूर्ण अधीनता र खराब काम गर्नेहरूलाई दण्ड दिने राजनैतिक अख्तियारवालाहरूप्रति सापेक्षिक तथा आदरपूर्ण अधीनता देखाउनुपर्छ।

१३ यहोवाका साक्षीहरूप्रति थुप्रै सांसारिक अख्तियारवालाहरूको अनौठो गलत धारणा रहेको पाइन्छ। परमेश्‍वरका जनहरूप्रति द्वेषपूर्ण भावना राख्ने शत्रुले दिएको गलत जानकारीहरूले गर्दा प्रायः त्यसो भएको हुन्छ। अथवा तिनीहरूले हाम्रोबारे जे-जति जानेका छन्‌ ती सबै पत्र-पत्रिका वा समाचारहरूद्वारा लिइएका हुनसक्छन्‌। त्यस्ता माध्यमहरूले सधैं निष्पक्ष विवरण दिइरहेको हुँदैन। हाम्रो आदरपूर्ण व्यवहारद्वारा र सम्भव भएमा अख्तियारवालाहरूलाई यहोवाका साक्षीहरूको काम र विश्‍वासको सही विवरण दिएर त्यस्तो पूर्वाग्रहलाई हटाउन सकिन्छ। जेहोभाज्‌ विटनेसेज्‌ इन द ट्‌वेन्टीयथ सेन्च्युरी पुस्तिकाले व्यस्त अधिकारीहरूलाई सङ्‌क्षिप्त जानकारी प्रदान गर्छ। स्थानीय र राष्ट्रिय जन पुस्तकालयमा राख्न सुहाउने राम्रो पुस्तक, जेहोभाज्‌ विटनेसेज्‌—प्रोक्लेमर्स अफ गड्‌स किङ्‌गडम विस्तृत जानकारीका लागि दिन सकिन्छ।

मसीही घरहरूमा अख्तियार

१४ प्रष्ट छ, परमेश्‍वरले चाहनुभएबमोजिम मसीहीहरूले सांसारिक अख्तियारवालाहरूलाई उचित आदर देखाउने हो भने मसीही परिवारभित्र परमेश्‍वरले स्थापना गर्नुभएको अख्तियार प्रणालीलाई पनि तिनीहरूले त्यसरी नै आदर देखाउनुपर्छ। यहोवाका जनहरूबीच हुनु पर्ने शिरत्वको सिद्धान्तलाई प्रेरित पावलले सङ्‌क्षेपमा यसो भने: “तिमीहरूले यो जान भन्‍ने म चाहन्छु, कि हरेक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ, औ स्त्रीको शिर पुरुष हो, र ख्रीष्टका शिर परमेश्‍वर हुनुहुन्छ।” (१ कोरिन्थी ११:३) यो ईश्‍वरतन्त्र अथवा परमेश्‍वरको शासनको सिद्धान्त हो। तर यसमा के के समावेश छ?

१५ ईश्‍वरतन्त्रको आदर घरदेखि सुरु हुन्छ। आफ्नो पति सङ्‌गी विश्‍वास होस्‌ वा नहोस्‌, तिनलाई उचित आदर नदेखाउने मसीही पत्नी ईश्‍वरतान्त्रिक हुनसक्दिनन्‌। पावलले मसीहीहरूलाई यस्तो सल्लाह दिए: “ख्रीष्टको भयमा एउटा अर्कोको अधीनमा बस। ए पत्नी हो, प्रभुको अधीनमा रहेजस्तै आफ्ना आफ्ना पतिको अधीनमा बस। किनकि पत्नीको शिर पति हुन्‌, जस्तो ख्रीष्ट शरीरको मुक्‍तिदाता भइ मण्डलीका शिर हुनुहुन्छ। तर जसरी मण्डली ख्रीष्टको अधीनमा छ, उसरी पत्नीहरू पनि हरेक कुरामा पतिहरूका अधीनमा रहून्‌।” (एफिसी ५:२१-२४) मसीही पुरुषहरू ख्रीष्टको शिरत्वको अधीनमा बस्नु परेजस्तै आ-आफ्ना पतिलाई दिइएको ईश्‍वरप्रदत्त अख्तियारको अधीनमा बस्नु पर्ने कुरालाई मसीही पत्नीहरूले बुझ्नुपर्छ। यसो गरेमा तिनीहरूले गहिरो आत्मसन्तुष्टि र त्योभन्दा ठूलो कुरा, यहोवाको आशिष्‌ पाउनेछन्‌।

१६ आफ्नो आमाबाबुप्रति उचित आदर देखाउन ईश्‍वरतान्त्रिक छोराछोरीहरू खुशी हुन्छन्‌। आखिरी दिनको जवान पुस्ता “आमा-बाबुको आज्ञा पालन नगर्ने” हुनेछन्‌ भनेर अगमवाणी गरिएको थियो। (२ तिमोथी ३:१, २) तर मसीही छोराछोरीहरूबारे परमेश्‍वरको प्रेरित वचनले यसो भन्छ: “ए बालक हो, सबै कुरामा आमा-बाबुका आज्ञा पालन गर। किनकि यो प्रभुमा बढ़ता खुशी तुल्याउनेहुन्छ।” (कलस्सी ३:२०) आमाबाबुको अख्तियारको आदरले यहोवालाई प्रसन्‍न पार्छ र उहाँको आशिष्‌ ल्याउँछ।

१७ यसको उदाहरण येशूसँग सम्बन्धित घटनामा पाइन्छ। लूकाको विवरणले यसो भन्छ: “उहाँ तिनीहरूसित [आफ्नो आमाबाबु] ओर्लेर नासरतमा आउनुभयो, र तिनीहरूको अधीनमा बस्नुभयो [बसिरहनुभयो, न्यु व.]। . . . येशू बुद्धि, कद र परमेश्‍वर र मानिसको अनुग्रहमा बढ़दै जानुभयो।” (लूका २:५१, ५२) त्यतिबेला येशू १२ वर्षको हुनुहुन्थ्यो र यहाँ प्रयोग गरिएको युनानी क्रियाले उहाँ आफ्नो आमाबाबुको “अधीनमा बसिरहनुभयो” भनेर जोड दिन्छ। अतः किशोरावस्थामा पुगेपछि उहाँले अधीनतामा बस्न छाड्‌नु भएन। तपाईं जवानहरू आध्यात्मिकता र यहोवा तथा ईश्‍वरीय मानिसहरूको अनुग्रहमा प्रगति गर्न चाहनुहुन्छ भने घरभित्र र बाहिर अख्तियारप्रति आदर देखाउन छाड्‌नु हुनेछैन।

मण्डलीभित्र अख्तियार

१८ मसीही मण्डलीभित्र सुव्यवस्था हुनु पर्ने आवश्‍यकतामाथि जोड दिंदै पावलले लेखे: “परमेश्‍वर गोलमालका परमेश्‍वर होइन, तर शान्तिका परमेश्‍वर हुनुहुन्छ। . . . सबै काम शिष्ट रुपले र नियमपूर्वक गर्नू।” (१ कोरिन्थी १४:३३, ४०) सबै काम सुव्यवस्थित ढङ्‌गमा गराउन मसीही मण्डलीको शिर, ख्रीष्टले विश्‍वासी पुरुषहरूलाई आफ्नो अख्तियार बाँड्‌नु भएको छ। हामी यसो लेखेको पढ्‌छौं: “औ उहाँलेनै कुनैलाई प्रेरित, कुनैलाई अगमवक्‍ता, कुनैलाई प्रचारक र कुनैलाई मण्डलीको गोठालो र शिक्षक हुनालाई, सेवाको काममा . . . नियुक्‍त गर्नुभयो। तर प्रेममा सत्य बोलेर हामी सबै कुरामा उहाँसम्मै, अर्थात्‌ ख्रीष्टसम्मै बढ़दै जाऔं, जो शिर हुनुहुन्छ।”—एफिसी ४:११, १२, १५.

१९ यस आखिरी दिनमा ख्रीष्टले “आफ्नो सारा सम्पत्तिमाथि” सामूहिक “विश्‍वासी र बुद्धिमान दास” लाई नियुक्‍त गर्नुभएको छ। (मत्ती २४:४५-४७) प्रथम शताब्दीमा जस्तै यस दासलाई अभिषिक्‍त मसीही पुरुषहरूको परिचालक निकायले प्रतिनिधित्त्व गर्छ, जसलाई ख्रीष्टले निर्णय गर्ने र अरू निरीक्षकहरू नियुक्‍त गर्ने अख्तियार दिनुभएको छ। (प्रेरित ६:२, ३; १५:२) तत्पश्‍चात्‌ परिचालक निकायले शाखा समितिहरू, जिल्ला तथा क्षेत्रिय निरीक्षकहरू र संसारभरि यहोवाका साक्षीहरूको ७३,००० भन्दा बढी मण्डलीहरूका प्राचीनहरूलाई अख्तियार बाँड्‌छ। यहोवाको सेवामा अर्पित यी मसीही पुरुषहरू हाम्रो समर्थन र आदरका योग्य छन्‌।—१ तिमोथी ५:१७.

२० मसीही मण्डलीका अख्तियारवालाहरूलाई दिइनुपर्ने आदरको सम्बन्धमा सांसारिक अख्तियारवालाहरूलाई दिइनु पर्ने अधीनताको चाखलाग्दो तुलना गर्न सकिन्छ। कुनै व्यक्‍तिले परमेश्‍वरले अनुमोदन गर्नुहुने मानव नियम उल्लङ्‌घन गर्दा “शासकहरू” ले दिने दण्ड वास्तवमा “खराब काम गर्नेमाथि” परमेश्‍वरको क्रोधको अप्रत्यक्ष अभिव्यक्‍ति हो। (रोमी १३:३, ४) कुनै व्यक्‍तिले मानव नियम उल्लङ्‌घन गर्दा र सांसारिक अख्तियारवालाहरूप्रति उचित आदर नदेखाउँदा त यहोवा रिसाउनु हुन्छ भने समर्पित मसीहीले बाइबलका सिद्धान्तहरूको अवहेलना गर्दा र अख्तियारमा भएका सङ्‌गी मसीहीहरूको अनादर गर्दा झन्‌ कति अप्रसन्‍न हुनुहोला!

२१ विद्रोही अथवा स्वतन्त्र मनोवृत्ति लिएर यहोवालाई अप्रसन्‍न बनाउनुको सट्टा पावलले फिलिप्पीका मसीहीहरूलाई दिएको यस सल्लाहलाई हामी अपनाउनेछौं: “ए मेरा प्रिय हो, जसरी तिमीहरूले सधैं आज्ञा पालन गरेका छौ, मेरो उपस्थितिमा जस्तो मात्र होइन, तर अब अरू बढ़ी मेरो अनुपस्थितिमा डर र कम्पसाथ आफ्नो मुक्‍तिको काम पूरा गर्दै जाओ। किनभने उहाँको आफ्नै मन खुशमा तिमीहरूलाई इच्छा गर्ने र काम गर्ने तुल्याउनुहुने परमेश्‍वरै हुनुहुन्छ। गनगनाइ र वाद-विवाद नगरीकन सबै काम गर्दैजाओ, कि तिमीहरूचाहिं निष्खोट र सुधा भएर टेढ़ा र बरालिएको पुस्ताका बीचमा परमेश्‍वरका निर्दोषी सन्तान होओ, जसको बीचमा तिमीहरू संसारमा ज्योतिहरूझैं देखा पर्दछौ।” (फिलिप्पी २:१२-१५) आफूमाथि अख्तियारको सङ्‌कट ल्याउने अहिलेको टेढा र बरालिएका पुस्ताको विपरीत यहोवाका जनहरू राजीखुशीसाथ अख्तियारको अधीनमा बस्छन्‌। यसप्रकार तिनीहरू धेरै लाभान्वित हुन्छन्‌, आउँदो लेखमा हामी त्यसमाथि विचार गर्नेछौं। (w94 7/1)

[फुटनोट]

a अघिल्लो लेख हेर्नुहोस्‌।

पुनरावृतिद्वारा

▫ सर्वोच्च अख्तियारवाला को हुनुहुन्छ र उहाँको अधिकार किन वैध छ?

▫ कुन अर्थमा उच्च अख्तियारवालाहरू “परमेश्‍वरबाट खटिएका हुन्छन्‌?”

▫ कुन अवस्थामा उच्च अख्तियारवालाहरू “परमेश्‍वरका सेवकहरू” हुँदैनन्‌?

▫ मसीही परिवारभित्र कुन अख्तियार प्रणाली हुन्छ?

▫ मसीही मण्डलीभित्र कसरी अख्तियार बाँडिएको छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

१. यहोवा नै सर्वोच्च अख्तियारवाला हुनुहुन्छ भनेर किन भन्‍न सकिन्छ?

२. आफ्ना सङ्‌गी मानवहरूमाथि अधिकार गर्ने स्वाभाविक हक छैन भनेर प्रारम्भिक मानव शासकहरूले एक अर्थमा कसरी मानिलिए र येशूले पिलातसलाई के भन्‍नुभयो?

३. “उच्च अख्तियारवालाहरू” बारे प्रेरित पावलले के भने अनि येशू र पावलको बयानले कस्ता प्रश्‍नहरू खडा गर्छन्‌?

४. येशू र पावलले शैतानलाई के भने र शैतानको कुन दाबीलाई येशूले इन्कार गर्नुभएन?

५. (क) मानव अख्तियारबारे येशू र पावलका शब्दहरूलाई हामीले कसरी बुझ्नु पर्छ? (ख) कुन अर्थमा उच्च अख्तियारवालाहरू “परमेश्‍वरबाट खटिएका हुन्छन्‌?”

६. प्रारम्भिक मसीहीहरूले रोमी अख्तियारवालाहरूलाई कुन दृष्टिले हेर्थे र किन?

७, ८. (क) रोमी १३:१-७ लाई राम्ररी पढ्‌दा के कुरा प्रष्ट बुझिन्छ र प्रसङ्‌गले के भन्छ? (ख) कस्ता परिस्थितिहरूमा रोमी अख्तियारवालाहरू “परमेश्‍वरका सेवकहरू” जस्तै चलेनन्‌ र यस्तो अवस्थामा प्रारम्भिक मसीहीहरूले कस्तो मनोवृत्ति अपनाए?

९. (क) राजनैतिक उच्च अख्तियारवालाहरूबारे कुन कुरा अझै सत्य ठहरिन्छ र राजनैतिक जनावरले कसबाट शक्‍ति तथा अख्तियार पाउँछ? (ख) उच्च अख्तियारवालाप्रति मसीही अधीनताबारे कुन तर्कपूर्ण कुरा भन्‍न सकिन्छ?

१०, ११. (क) अख्तियारमा बसेका मानिसहरूप्रति हामीले आदरपूर्ण व्यवहार गर्नुपर्छ भनेर पावलले कसरी देखाए? (ख) “राजाहरू र उच्च पदाधिकारीहरूका निम्ति” कसरी र किन प्रार्थना गर्न सकिन्छ?

१२, १३. (क) पत्रुसले अख्तियार सम्बन्धी कस्तो सन्तुलित सल्लाह दिए? (ख) यहोवाका साक्षीहरूको विरुद्धमा पूर्वाग्रह सृजना गर्ने “मूर्ख मानिसहरूको अज्ञानतालाई चूप” कसरी गराउन सक्छौं?

१४, १५. (क) मसीही परिवारभित्र अख्तियारको आधार के हो? (ख) आ-आफ्ना पतिहरूप्रति मसीही पत्नीहरूको कस्तो मनोवृत्ति हुनुपर्छ र किन?

१६, १७. (क) मसीही घरमा हुर्केका छोराछोरीहरूलाई अहिलेका थुप्रै जवानहरूबाट कसरी छुट्टयाउन सकिन्छ र तिनीहरूका लागि कस्तो प्रेरणा छ? (ख) अहिलेका जवानहरूका लागि येशू कसरी असल उदाहरण हुनुहुन्थ्यो र तिनीहरूलाई के गर्न प्रोत्साहित गरिएको छ?

१८. मसीही मण्डलीको शिर को हुनुहुन्छ र उहाँले कसलाई आफ्नो अख्तियार बाँड्‌नुभएको छ?

१९. (क) आफ्नो सारा सम्पत्तिमाथि ख्रीष्टले कसलाई नियुक्‍त गर्नुभएको छ र कसलाई उहाँले विशेष अख्तियार दिनुभएको छ? (ख) मसीही मण्डलीभित्र कसरी अख्तियार बाँडिएको छ र यसले हामीलाई कुन आवश्‍यकताको बोध गराउँछ?

२०. अख्तियारमा भएका सङ्‌गी मसीहीहरूको आदर नगर्नेहरूसित यहोवा अप्रसन्‍न हुनुहुन्छ भनेर कुन उदाहरणले देखाउँछ?

२१. कुन शास्त्रीय सल्लाह पालन गर्नु आनन्दको कुरा हुनेछ र आउँदो लेखमा कुन कुरा छलफल गरिनेछ?

[पृष्ठ १२-मा भएका चित्रहरू]

येशूले भन्‍नुभयो: “जे जे सिजरका हुन्‌ सिजरलाई . . . देओ”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने