प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 २/१ पृ. ८
  • राज्यको सुसमाचार प्रचार गरिनेछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • राज्यको सुसमाचार प्रचार गरिनेछ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • पहिला सुसमाचार प्रचार गरिएको हुनुपर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • “सब जातिहरूलाई साक्षी”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • भरोसायोग्य परमेश्‍वरको सेवा गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 २/१ पृ. ८

राज्य प्रचारकहरूको रिपोर्ट

राज्यको सुसमाचार प्रचार गरिनेछ

साँचो मसीही धर्म विस्तारमा बाधा ल्याउन परमेश्‍वरको मुख्य शत्रु शैतान तथा दियाबलले शताब्दीयौंदेखि राजनैतिक सरकार तथा झूटो धर्मलाई चलाएको छ। तर यी षड्यन्त्रहरू असफल हुनेछन्‌। “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार [“प्रचार गरिएला” वा “प्रचार गरिनसक्छ” होइन तर] गरिनेछ” भनेर येशूले अगमवाणी गर्नुभयो।—मत्ती २४:१४.

शैतानको असफलता ग्रीसमा प्रष्ट देखिएको छ। उक्‍त मुलुकमा ग्रीक अर्थोडक्स चर्चले यहोवाका साक्षीहरूमाथि राज्यको सुसमाचार प्रचार गर्न प्रतिबन्ध लगाउने कोशिश गरेको छ। तर विरोधको बावजूद सोझा हृदय भएका मानिसहरूकहाँ अन्ततः बाइबलको सच्चाइ पुग्दो रहेछ भनेर निम्न अनुभवले प्रकाश पार्छ।

लगभग ३० वर्षअघि ग्रीक अर्थोडक्स पादरीले सुसमाचार स्वीकारेका थिए र यहोवाका साक्षी बन्‍ने इच्छा समेत जाहेर गरेका थिए। तथापि, तिनको नातेदारहरूले यसको कडा विरोध गरे र साक्षीहरूसँग संगत नगर्न दबाब दिन थाले। आफ्नो परिवारलाई खुशी तुल्याउन तिनले पादरीको जागिर कायमै राखे; यद्यपि, यहोवाका साक्षीहरूले आफूलाई सत्य सिक्न मदत गरेको र झूटो धर्ममा आफूले पाएको उच्च पदको वापत आफूले सत्य त्यागेको हुँ भनी तिनले सधैं स्वीकार्थे।

यद्यपि, बेला-बेलामा यहोवाका साक्षीहरूको पक्षमा तिनी बोल्थे। बाइबलको सत्य सिक्ने हो भने साक्षीहरूसँग अध्ययन गर्नुपर्छ भनेर तिनले बेला मौकामा मानिसहरूलाई सल्लाह दिन्थे। समयको दौडानमा केही मानिसहरूले वास्तवमा तिनको सुझाव पालन गरे।

हालै यो पादरी सिकिस्त बिरामी भयो र आफ्नो मृत्यु नजिकै छ जस्तो तिनलाई महसुस भयो। अस्पतालमा हुँदा तिनले आफ्ना सबै छोराछोरीहरूलाई आफ्नो खाटको वरपर बस्ने आह्वान गरे।a त्यसपछि तिनले आफ्नो मृत्यु भए तापनि उनीहरूले फेरि तिनलाई भेट्‌न सक्ने सम्भावना छ भनी भने। पार्थिव प्रमोदवनमा यहोवाले पुनरुत्थान गर्नु हुनेछ भनी तिनले बाइबलको शिक्षाबारे बताए र उनीहरू साँच्चै नै त्यसो भएको हेर्न चाहन्छन्‌ भने बाइबलको सत्य सिक्न र झूटो धर्मबाट अलग बस्नुपर्छ भनेर पनि तिनले भने। यहोवाका साक्षीहरूसँग संगत गर्न र साँचो मसीही कसरी बन्‍ने भनी तिनीहरूसँग सिक्न तिनले आग्रह गरे।

केही समयपश्‍चात्‌ यो पादरीको मृत्यु भयो। तथापि, तिनले आफ्ना छोराछोरीहरूलाई दिएको अन्तिम सल्लाहले निकै राम्रा नतिजाहरू ल्यायो। तिनका अन्य नातेदारहरूले जस्तै तिनकी छोरीले पनि यहोवाका साक्षीहरू र तिनीहरूको गतिविधिको निकै विरोध गर्थिन्‌। तर मरणासन्‍न अवस्थामा पुगेको बाबुको निष्कपट निवेदनलाई उनले टार्न सकिनन्‌। अतः तुरुन्तै यहोवाका साक्षीहरूसँग सम्पर्क गरेर उनले बाइबल अध्ययन गर्न थालिन्‌। यहोवा परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गरेर हालसालै उनले पानीको बप्तिस्माद्वारा त्यसलाई प्रतीकात्मक रूप दिइन्‌ र यहोवाका साक्षी बनिन्‌।

ग्रीस लगायत अन्य २३० मुलुकहरूका यहोवाका साक्षीहरू परमेश्‍वरको पवित्र आत्माको शक्‍तिमा निर्भर गर्छन्‌। पवित्र आत्माकै पूर्ण समर्थनद्वारा तिनीहरूले येशूको यस भविष्यवाणीको पूर्तिमा भाग लिन्छन्‌: “पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्‍ति पाउनेछौ, औ तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तसम्म मेरा गवाही हुनेछौ।”—प्रेरित १:८.

[फुटनोट]

a ग्रीक अर्थोडक्स चर्चले आफ्ना पादरीहरूलाई विवाह गर्ने अनुमति दिन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने