प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ४/१५ p. ३०
  • के तपाईंलाई सम्झना छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई सम्झना छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • कमजोरी, दुष्टता र पश्‍चात्तापबीच भिन्‍नता छुट्ट्याउने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • प्रार्थनाहरूको गुणस्तर तपाईं कसरी बढाउन सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • बाइबल अध्ययन गरेर तपाईंका प्रार्थनाहरूको गुणस्तर बढाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ४/१५ p. ३०

के तपाईंलाई सम्झना छ?

के तपाईंले हालैका प्रहरीधरहरा-का अंकहरू पढेर त्यसको मूल्यांकन गर्नुभएको छ? यदि छ भने, निम्न प्रश्‍नहरूका जवाफ दिन सक्नुहुन्छ वा सक्नुहुन्‍न हेर्नुहोस्‌:

▫ प्रारम्भिक मसीहीहरूले येशूको जन्मोत्सव किन मनाएनन्‌?

द वर्ल्ड बुक इन्साइक्लोपीडिया-अनुसार “प्रारम्भिक मसीहीहरूले [येशूको] जन्मोत्सव मनाएनन्‌ किनभने तिनीहरूले कसैको जन्मोत्सव मनाउनु मूर्तिपूजक चलन ठान्थे।”—१२/१५, पृष्ठ ४.

▫ के प्रार्थनाहरू येशूतर्फ केन्द्रित हुनुपर्छ?

पर्दैन, किनभने प्रार्थनाहरू सर्वशक्‍तिमान परमेश्‍वरलाई मात्र चढाइने उपासनाको भाग हो। हाम्रा सारा प्रार्थनाहरू यहोवा परमेश्‍वरलाई सम्बोधन गर्दा हामीले प्रार्थनासम्बन्धी येशूको निर्देशन हृदयंगम गरिरहेका हुन्छौं: “हाम्रो स्वर्गमा बस्ने पिता।” (मत्ती ६:९)—१२/१५, पृष्ठ २५.

▫ राजा दाऊदको गम्भीर पापलाई हननिया र सफीराको पापसित तुलना गर्दा किन बेग्लाबेग्लै न्याय गरियो? (२ शमूएल ११:२-२४; १२:१-१४; प्रेरित ५:१-११)

शारीरिक कमजोरीको कारण राजा दाऊद गम्भीर पापमा फँसेका थिए। आफूले गरेको कुरा प्रकाशमा ल्याइएपछि तिनले पश्‍चात्ताप गरे र यहोवाले माफी दिनुभयो। तर तिनले आफ्नो पापका परिणामहरू भने भोग्नु पऱ्‍यो। हननिया र सफीराले ढोंगी भएर मसीही मण्डलीलाई छक्याउन खोजे र ‘पवित्र आत्मासँग झूट बोलेर’ पाप गरे। (प्रेरित ५:३, ४) त्यो दुष्ट हृदयको प्रमाण थियो। यसर्थ, तिनीहरूप्रति बढी कठोरतापूर्वक न्याय गरियो।—१/१, पृष्ठ २७, २८.

▫ आनन्दको हृदयले यहोवाको सेवा गर्न हामीलाई कुन कुराले मदत पुऱ्‍याउन सक्छ?

हाम्रा आशिष्‌हरू र ईश्‍वरप्रदत्त विशेषाधिकारहरूप्रति सकारात्मक तथा मूल्यांकित दृष्टिकोणले मदत पुऱ्‍याउन सक्छ। अनि उहाँको वचनअनुसार हिंडेर उहाँलाई खुशी तुल्याइरहेका छौं भनी कहिल्यै बिर्सनु हुँदैन।—१/१५, पृष्ठ १६, १७.

▫ प्रभावशाली प्रोत्साहन दिन हामीले मनमा राख्नसक्ने दुइटा कुराहरू के के हुन्‌?

प्रथमतः, के भन्‍ने भनेर सोच्नुहोस्‌ ताकि तपाईंको प्रोत्साहन स्पष्ट हुनेछ। दोस्रो, सराहना गर्न योग्य अथवा हौसलाको खाँचो भएको व्यक्‍तिलाई प्रोत्साहन दिने अवसर खोज्नुहोस्‌।—१/१५, पृष्ठ २३.

▫ “ठूलो भीड[को]” “हातमा खजूरका हाँगाहरू” किन छन्‌? (प्रकाश ७:९)

खजूरको हाँगा हल्लाउनुको अर्थ “ठूलो भीड[ले]” आनन्दपूर्वक यहोवाको राज्य र उहाँको अभिषिक्‍त राजा, येशू ख्रीष्टको जयजयकार गाउनु हो। (लेवी २३:३९, ४० हेर्नुहोस्‌।)—२/१, पृष्ठ १७.

▫ अय्यूबको पुस्तकमा कस्ता मूल्यवान पाठहरू पाइन्छन्‌?

समस्याहरू आइपर्दा कसरी व्यवहार गर्ने भनेर अय्यूबको पुस्तकले सिकाउँछ। परीक्षाहरू भोगिरहेका व्यक्‍तिहरूलाई कसरी सल्लाह दिनु हुन्छ र कसरी दिनु हुँदैन भनेर पनि यसले उल्लेखनीय उदाहरण प्रदान गर्छ। यसबाहेक, कठिन परीक्षाहरूले घेरिंदा सन्तुलित ढंगमा व्यवहार गर्न अय्यूब स्वयंको अनुभवले हामीलाई मदत दिनसक्छ।—२/१५, पृष्ठ २७.

▫ येशूका चमत्कारहरूले हामीलाई के सिकाउँछन्‌?

येशूका चमत्कारहरूले परमेश्‍वरको महिमा गर्छ र मसीहीहरूको निम्ति परमेश्‍वरको महिमा गर्ने पद्धति बसाल्छ। (रोमी १५:६) त्यसले असल कार्य गर्न, उदारता देखाउन र अनुकम्पा प्रदर्शन गर्न प्रोत्साहन दिन्छ।—३/१, पृष्ठ ८.

▫ नवसमर्पित व्यक्‍तिहरूसित प्राचीनहरूले पूर्वतयार प्रश्‍नहरू पुनरावलोकन गर्नुको उद्देश्‍य के हो?

प्रत्येक उम्मेदवारले बाइबलका आधारभूत शिक्षाहरू राम्ररी बुझेको छ र यहोवाको साक्षी हुनुमा के के सम्मिलित छ भनी यसले पुष्टि गर्छ।—३/१, पृष्ठ १३.

▫ बाइबल-आधारित प्रार्थनाहरूले हामीलाई कसरी लाभ पुऱ्‍याउन सक्छन्‌?

यी शास्त्रीय प्रार्थनाहरू गहिरिएर केलाउँदा हाम्रोजस्तै परिस्थितिमा भनिएका ती प्रार्थनाहरू राम्ररी बुझ्नसक्छौं। त्यस्ता प्रार्थनाहरू भेटाउँदा, पढ्‌दा र मनन गर्दा यहोवासित तपाईंको सञ्चारलाई गुणस्तरीय बनाउन मदत मिल्नेछ।—३/१५, पृष्ठ ३, ४.

▫ ईश्‍वरीय भय भनेको के हो?

ईश्‍वरीय भय यहोवाप्रतिको विस्मय अनि गहिरो श्रद्धा तथा उहाँलाई अप्रसन्‍न तुल्याउने स्वस्थकर त्रास हो। (भजन ८९:७)—३/१५, पृष्ठ १०.

▫ परमेश्‍वरको नजरमा हामी मूल्यवान छौं भनेर बाइबलले हामीलाई देखाउने तीन तरिकाहरू के के हुन्‌?

हामी प्रत्येक परमेश्‍वरको नजरमा मूल्यवान छौं भनेर बाइबलले हामीलाई सिकाउँछ (लूका १२:६, ७); यहोवाले हाम्रो कुन कुराको मोल गर्नुहुन्छ भनेर यसले पुष्टि गर्छ (मलाकी ३:१६); हामीप्रति आफ्नो प्रेम प्रदर्शित गर्न यहोवाले गर्नुभएका कुराहरूबारे यसले बताउँछ। (यूहन्‍ना ३:१६)—४/१, पृष्ठ ११, १२, १४.

▫ हिब्रू १०:२४, २५ मसीहीहरूलाई एकसाथ भेला हुन दिइएको आज्ञा मात्र किन थिएन?

हाम्रा सबै मसीही सभाहरू र अझ भन्‍ने हो भने, आपसी संगतको आनन्द उठाउन मसीहीहरू भेला हुने जुनसुकै अवसरहरूका लागि ती शब्दहरूले ईश्‍वरप्रेरित स्तर प्रदान गर्छ।—४/१, पृष्ठ १६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने