प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ८/१ पृ. ३-४
  • समय परिवर्तन भइसकेको छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • समय परिवर्तन भइसकेको छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • सुलेमान बुद्धिमानीसाथ शासन गर्छन्‌
    बाइबल—यसले दिने सन्देश के हो?
  • तिनी तपाईंको लागि राम्रो उदाहरण हुन्‌ वा चेतावनीका पात्र?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • गरिबी नामेट पार्ने प्रयास
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • मदतको लागि पुकार्नेहरूलाई कसले छुटकारा दिन सक्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ८/१ पृ. ३-४

समय परिवर्तन भइसकेको छ

पुरातन इस्राएलमा विश्‍वासी राजा सुलेमानको महिमित शासनको छत्रछायामा जीवन बिताउनु कति आनन्ददायी थियो होला! त्यो युग, शान्ति, फलिफाप र खुशीको युग थियो। त्यतिबेला सुलेमानले वफादार भएर साँचो उपासनालाई समर्थन गरेको हुँदा यहोवाले इस्राएल राष्ट्रलाई प्रशस्त आशिष्‌हरू दिनुभयो। परमेश्‍वरले राजा सुलेमानलाई प्रशस्त धन मात्र दिनुभएन तर धार्मिकता अनि प्रेमले राज्य गर्न सकोस्‌ भनेर “बुद्धि र समझ भएको मन” पनि दिनुभयो। (१ राजा ३:१२) बाइबल यसो भन्छ: “परमेश्‍वरले तिनको हृदयमा हालिदिनुभएको बुद्धि सुन्‍न संसारका सबै राजाहरूले तिनको दर्शन खोज्थे।”—२ इतिहास ९:२३.

यहोवाले तिनका प्रजाहरूलाई सुरक्षा, शान्ति र प्रशस्त असल कुराहरू दिनुभयो। यसबारे परमेश्‍वरको वचन यसो भन्छ: “यहूदा र इस्राएलका मानिसहरू समुद्रका बालुवाझैं असंख्य थिए।” शाब्दिक र प्रतीकात्मक दुवै अर्थमा मानिसहरू “तिनको राजत्वकालभरिनै . . . आफ्ना आफ्नै दाखबारी र नेभाराका बोटमनि सुखपूर्वक दिन बिताउँथे।”—१ राजा ४:२०, २५.

तर अहिले समय त्यस्तो छैन। धेरै समयअघिका ती रमाइला दिनहरूमा जस्तो अहिले जीवन बिताउनु सजिलो छैन। सुलेमानको समय विपरीत अहिले मानिसहरूको मुख्य समस्या नै गरिबी भएको छ। धनी राष्ट्रहरूमा समेत गरिबी छ। उदाहरणको लागि, संयुक्‍त राज्य र युरोपेली राष्ट्रहरूमा समेत लगभग १५ प्रतिशत मानिसहरू गरिब छन्‌ भनेर संयुक्‍त राष्ट्र विकास कार्यक्रमले बताउँछ।

विश्‍वस्थितिको कुरा गर्ने हो भने, युनिसेफको (संयुक्‍त राष्ट्र संघीय बाल कोष) प्रतिवेदन, द स्टेट अफ द वर्ल्डस चिल्ड्रेन १९९४-अनुसार विश्‍व जनसंख्याको पाँच भागमध्ये एक भाग साह्रै गरिब छ। सोही प्रतिवेदनले अझ के पनि भन्छ भने, संसारका अधिकांश गरिबहरूको जीवन “दिनानुदिन कठिन र निराशाजनक भइरहेको छ।”

केही देशहरूको आकासिंदो मुद्रास्फीतिले गर्दा गरिबहरूलाई झन्‌ गाह्रो भएको छ। अफ्रिकी मुलुककी एउटी महिलाले यसो भनिन्‌: “बजारमा देखेको सामान किन्‍न एक घण्टापछि पैसा लिएर फर्कंदा त किन्‍नै नसकिने भइसकेको हुन्छ। क्षणभरमै भाउ बढिसकेको हुन्छ। खै, अब कसरी पो जीवन धान्‍ने? सोच्दा साह्रै दिक्क लाग्छ।”

सोही मुलुककी अर्की महिलाले चाहिं यसो भनिन्‌: ‘बाँच्ने हो भने अब अरू आवश्‍यकताहरूबारे सोचेर फाइदै छैन। कसरी खानेकुरा प्राप्त गर्ने त्यो पो अहिले हाम्रो ठूलो चिन्ता भइरहेको छ।’

संयुक्‍त राष्ट्र संघअनुसार भविष्य अन्धकार देखिन्छ। उदाहरणको लागि, युनिसेफको अनुमानअनुसार वर्तमान जनसंख्या वृद्धि दर कायमै रहने हो भने “एक व्यक्‍तिको जीवनकालभित्र” सारा संसारभरि गरिबहरूको जनसंख्या चौगुना बढ्‌नेछ।

यद्यपि, बिग्रँदो आर्थिक तथा सामाजिक परिस्थितिहरूको बावजूद परमेश्‍वरका सेवकहरू आशावादी हुनसक्छन्‌। हुन त तिनीहरू भविष्यप्रति झन्‌ झन्‌ निराशावादी दृष्टिकोण राख्ने मानिसहरूबीच जीवन बिताउँछन्‌। तैपनि तिनीहरू आनन्दित अनि निर्धक्क भई भविष्यतर्फ हेर्छन्‌। अर्को लेखले यसका कारणहरू बताउनेछ।

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

De Grunne/Sipa Press

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने