प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 १०/१ pp. ३-५
  • ५० वर्षदेखिको हतोत्साहजनक प्रयासहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ५० वर्षदेखिको हतोत्साहजनक प्रयासहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • शान्ति र सुरक्षा—पूरा गर्न नसकिएका लक्ष्यहरू
  • सञ्चार माध्यमको प्रभाव
  • युद्धरहित संसार—कहिले?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • युद्ध, यो पछि के हुनेछ?
    ब्यूँझनुहोस्‌!—१९९९
  • असल सरकारको खोजी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 १०/१ pp. ३-५

५० वर्षदेखिको हतोत्साहजनक प्रयासहरू

“हामी संयुक्‍त राष्ट्र संघका सदस्यहरू आउँदा पुस्ताहरूलाई युद्धको महामारीबाट बचाउन कटिबद्ध छौं। जसले हाम्रो जीवनकालभित्र मात्रै दुइ पटक सम्पूर्ण मानवजातिमाथि अनगिन्ती दुःख ल्याइसक्यो। मानिसको मोल र प्रतिष्ठालाई ध्यानमा राख्दै साना, ठूला सबै राष्ट्रहरूका पुरुष तथा स्त्री दुवैलाई समान अधिकार प्रदान गरेर हामी आधारभूत मानव अधिकारमाथि सबैको विश्‍वासलाई पुनः बलियो बनाउन दृढ छौं, . . .।”—संयुक्‍त राष्ट्र संघ बडापत्रको प्रस्तावना।

अक्टोबर २४, १९९५ मा संयुक्‍त राष्ट्र संघ ५० औं वर्षमा प्रवेश गर्नेछ। संघका वर्तमान १८५ सदस्य राष्ट्रहरू उपरोक्‍त बडापत्रमा अंकित संघको मूल सिद्धान्त तथा लक्ष्यहरूप्रति समर्पित छन्‌। ती हुन्‌, अन्तरराष्ट्रिय शान्ति सुरक्षा कायम गर्ने; विश्‍वशान्तिलाई खतरामा पार्ने आक्रामक गतिविधि दबाउने; राष्ट्रहरूबीच मैत्री सम्बन्ध कायम राख्न प्रोत्साहित गर्ने; जाति, लिंग, भाषा वा धर्मप्रति कुनै भेदभाव नराखी सबै मानिसहरूको आधारभूत स्वतन्त्रता सुरक्षित राख्ने; र आर्थिक, सामाजिक अनि सांस्कृतिक समस्याहरू समाधान गर्न अन्तरराष्ट्रिय सहयोग जुटाउने।

विश्‍वशान्ति सुरक्षा कायम गर्न संयुक्‍त राष्ट्र संघले गत ५० वर्षदेखि उल्लेखनीय प्रयास गर्दै आएको छ। अहिलेसम्म तेस्रो विश्‍वयुद्ध नहुनु र आणविक बमको प्रयोगद्वारा पुनः ठूलो नरसंहार नहुनुको कारण शायद संयुक्‍त राष्ट्र संघ हुनसक्छ भन्‍नु एक किसिमले तर्कसंगत छ। त्यसबाहेक संयुक्‍त राष्ट्र संघले करोडौं बालबच्चाहरूलाई भोजन तथा औषधीको प्रबन्ध गरेको छ। स्वच्छ पिउने पानी, डरलाग्दा रोगहरू विरुद्ध खोपलगायत अन्य कुराहरूको प्रबन्ध गरेर त्यसले अधिकांश राष्ट्रहरूमा जनमानसको स्वास्थ्यस्तर उकासेको छ। त्यस्तैगरि करोडौं शरणार्थीहरूलाई त्यसले मानवीय सहायता प्रदान गरेको छ।

यी र अन्य उपलब्धिहरूको सम्मानस्वरूप संयुक्‍त राष्ट्र संघलाई पाँच पटक नोबेल शान्ति पुरस्कार प्रदान गरिसकेको छ। यद्यपि, वास्तविकता के छ भने, हामी अहिलेसम्म युद्धरहित संसारमा बाँच्न पाएका छैनौं।

शान्ति र सुरक्षा—पूरा गर्न नसकिएका लक्ष्यहरू

पचास वर्षदेखिको प्रयासहरूका बावजूद अझै पनि शान्ति सुरक्षा प्राप्त गर्न सकिएको छैन। संयुक्‍त राष्ट्र संघको साधारण सभामा संयुक्‍त राज्यका राष्ट्रपतिले हालै आफ्नो हतोत्साह व्यक्‍त गर्दै यसो भने, “आशा, मौका र सफलताहरूले भरिएको यो शताब्दी, ठूलो विनाश तथा निराशाको शताब्दी पनि भएको छ।”

सन्‌ १९९४ को अन्ततिर वर्षभरिका उपलब्धिहरू अवलोकन गर्दै द न्यु योर्क टाइम्स-ले यस्तो टिप्पणी गऱ्‍यो: “झन्डै १५० वटा युद्ध वा मुठभेडहरू चलिरहेका छन्‌ र हजारौं मरिरहेका छन्‌। लेखाजोखा गर्दा सिपाहीहरूभन्दा गैरसिपाहीहरू त्यसका शिकार भएको पाइएका छन्‌। अर्कोतर्फ लाखौं मानिसहरू शरणार्थी बनिरहेका छन्‌।” संयुक्‍त राष्ट्र संघको डिपार्टमेन्ट अफ पब्लिक इन्फोरमेसनअनुसार सन्‌ १९४५ देखि यता दुइ करोड मानिसहरूले सशस्त्र संघर्षहरूमा ज्यान गुमाइसकेका छन्‌। संयुक्‍त राष्ट्र संघका लागि सं.रा.अ.-का राजदूत माड्‌लीन अल्ब्राइटको भनाइअनुसार “क्षेत्रीय संघर्षहरू पहिलेभन्दा धेरै नृशंस भएका छन्‌।” मानव अधिकार हनन भएको वा भेदभाव गरिएको खबर दिनहुँ सुनिन्छ। अधिकांश राष्ट्रहरू मित्रैलो होइन बरु एकअर्कालाई बेवास्ता गरिराखेको जस्तो देखिन्छ।

अतः संयुक्‍त राष्ट्र संघका लागि बेलाइतका राजदूत सर डेभिड हन्‍नेले के मानि लिए भने, “संयुक्‍त राष्ट्र राम्रै मनसायले स्थापित भएको भए तापनि आफ्नो सुरुआतदेखि सन्‌ १९८० को दशकसम्म लगभग असफल मात्र भएको छ।” शान्ति अभियानप्रति सदस्य राष्ट्रहरूको बढ्‌दो भावशून्यता अनि दिकदारी देखेर संयुक्‍त राष्ट्र संघका महासचिव बुत्रोस बुत्रोस घालीले हालै दुःख व्यक्‍त गरे। निष्कर्षमा, तिनको भनाइअनुसार अधिकांश सदस्यहरू “संयुक्‍त राष्ट्र संघलाई प्राथमिकता दिंदैनन्‌।”

सञ्चार माध्यमको प्रभाव

संयुक्‍त राष्ट्र संघ जति नै शक्‍तिशाली देखिए तापनि राजनीति तथा सञ्चार माध्यमहरूले त्यसका प्रयासहरूमा प्रायः बाधा पुऱ्‍याउँछन्‌। संयुक्‍त राष्ट्र संघ आफ्ना सदस्यहरूको समर्थनबिना शक्‍तिविहीन हुन्छ भने जनताको अनुमोदनबिना सं.रा.सं.-का सदस्यहरू संयुक्‍त राष्ट्र संघलाई समर्थन गर्दैनन्‌। उदाहरणको लागि, द वल स्ट्रिट जर्नल-अनुसार “सोमालिया र बोस्नियाको ज्वलन्त असफलताले गर्दा अधिकांश अमेरिकीहरूले सं.रा.सं. बेकार मात्र नभई खतरापूर्ण छ भन्‍ने धारणा राख्न थालेका छन्‌।” फलतः जनताको यस्तो मनोवृत्तिले गर्दा केही अमेरिकी राजनीतिज्ञहरू संयुक्‍त राष्ट्र संघलाई सं.रा.अ.-ले दिने वित्तीय सहायता घटाउने प्रस्ताव राख्न राजी भएका छन्‌।

अर्कोतर्फ समाचार संस्थाहरू संयुक्‍त राष्ट्र संघको कडा आलोचना गर्न कुनै कसर बाँकी राख्दैनन्‌। सं.रा.सं. अभियानहरूका विभिन्‍न पक्षहरू वर्णन गर्दा तिनीहरूले “पूर्णतया असमर्थ,” “सुस्त,” “अयोग्य,” “अप्रभावकारी” जस्ता शब्दहरू कञ्जुसी नगरी चलाउँछन्‌। हालै द वाशिंगटन पोस्ट नेशनल विक्ली एडिसन-ले “संयुक्‍त राष्ट्र संघलाई वास्तविक संसारसँग परिचित हुन संघर्ष गर्ने सुस्त नोकरशाही” भनेर उल्लेख गरेको थियो।

अर्को समाचारपत्रले चाहिं महासचिव बुत्रोस बुत्रोस घालीले रूवाण्डाको नरसंहारप्रति व्यक्‍त गरेको यस्तो हतोत्साह उद्धृत गऱ्‍यो: “यो हार संयुक्‍त राष्ट्र संघको मात्र होइन तर अन्तरराष्ट्रिय समाजको हार हो। अनि हामी सबै जना त्यसका लागि जिम्मेवार छौं।” सन्‌ १९९३ मा एउटा लोकप्रिय टेलिभिजन विशेष-समाचार बुलेटिनले संयुक्‍त राष्ट्र संघ “शान्तिको सबैभन्दा ठूलो खतरा अर्थात्‌ आणविक हतियारको फैलावटलाई रोक्न असफल भएको छ” भनेर उल्लेख गरेको थियो। सोही टेलिभिजनले के पनि भन्यो भने, “दशकौंदेखि संयुक्‍त राष्ट्र संघले कामभन्दा बढी मुख चलाइरहेको छ।”

यस्तो व्यापक निराशाजनक भावनाले संयुक्‍त राष्ट्र संघका अधिकारीहरूलाई असाध्यै चिन्तित बनाउनुका साथै तिनीहरूको हतोत्साह अझै बढाउँछ। यद्यपि, यस्तो हतोत्साहको बावजूद संयुक्‍त राष्ट्र संघको ५० औं वार्षिकोत्सवका दौडान धेरै जना पुनः सकारात्मक हुने र एउटा नयाँ आशा पलाउने प्रतीक्षामा छन्‌। अतः संयुक्‍त राष्ट्र संघका कमजोरीहरू मानि लिए तापनि राजदूत अल्ब्राइटले अधिकांश मानिसहरूको भावना व्यक्‍त गर्दै यसो भनिन्‌: “विगतलाई बिर्सेर अब हामीले भविष्यबारे सोच्नुपर्छ।”

हो, यो संसार कतातिर लम्कँदैछ? के यो संसार युद्धबाट मुक्‍त हुनेछ? हुनेछ भने, संयुक्‍त राष्ट्र संघले त्यसमा कस्तो भूमिका निर्वाह गर्नेछ? यसमाथि यदि तपाईं ईश्‍वरभीरु हुनुहुन्छ भने आफैसित यस्तो प्रश्‍न गर्नुपर्ने हो, ‘यसमा परमेश्‍वरले कस्तो भूमिका निर्वाह गर्नुहुनेछ?’

[पृष्ठ ४-मा भएको पेटी]

हतोत्साहजनक प्रयासहरू

जबसम्म युद्ध, गरिबी, अपराध र भ्रष्टाचार हुन्छ, तबसम्म शान्ति र सुरक्षा हुनसक्दैन। हालै संयुक्‍त राष्ट्रले निम्न तथ्यांकहरू प्रकाशित गरेको थियो।

युद्ध: “सन्‌ १९८९ र १९९२ बीच चर्केका ८२ वटा सशस्त्र संघर्षहरूमध्ये ७९ संघर्ष राष्ट्रहरूबीच नभई राष्ट्रहरूभित्र जाति-जातिहरूबीच भएका थिए। त्यसबाट प्रभावित हुने ९० प्रतिशत मानिसहरू गैरसैनिक थिए।”—युनाइटेड नेशन डिपार्टमेन्ट अफ पब्लिक इन्फोरमेसन (युएनडिपिआइ)

हातहतियार: “आइसिआरसिको [अन्तरराष्ट्रिय रेड क्रस समिति] अनुमानअनुसार ४८ देशहरूका ९५ उत्पादकहरूले जमीनमुनि लुकाउने ५० लाखदेखि १ करोड विस्फोटक पदार्थ वर्षेनी उत्पादन गर्छन्‌।”—संयुक्‍त राष्ट्र संघ शरणार्थी उच्च पदाधिकारी (युएनएचसिआर)

“अठारभन्दा धेरै अफ्रिकी देशहरूमा लगभग तीन करोड विस्फोटक पदार्थ जमीनमुनि बिछ्याइएका छन्‌।”—युएनएचसिआर

गरिबी: “संसारभरि हरेक पाँच जना मानिसहरूमध्ये एक जना अर्थात्‌ एक अरबभन्दा धेरै मानिसहरू गरिबीको रेखामुनि छन्‌ र १ करोड ३० लाखदेखि १ करोड ८० लाख मानिसहरू वर्षेनी गरिबीले मर्ने अनुमान गरिएको छ।”—युएनडिपिआइ

अपराध: “सन्‌ १९८० को दशकदेखि यता सारा संसारमा वर्षेनी औसतन ५ प्रतिशतको दरले अपराध गतिविधिहरूका रिपोर्ट बढ्‌दैछन्‌; संराअ-मा मात्रै वर्षेनी ३ करोड ५० लाख अपराधहरू हुन्छन्‌।”—युएनडिपिआइ

भ्रष्टाचार: “आमभ्रष्टाचार साधारण भैसकेको छ। केही देशहरूमा मुलुकको कुल आन्तरिक उत्पादनको १० प्रतिशत रकम भ्रष्टाचारमा खेर जाने अनुमान गरिएको छ।”—युएनडिपिआइ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने