प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ११/१५ pp. २४-२५
  • तिनीहरूको ज्योति निभेन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनीहरूको ज्योति निभेन
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • यर्मियाजस्तै साहसी हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • यहोवा यर्मियालाई प्रचार गर्न पठाउनुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • यर्मियाको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • बोल्न नडराउने मान्छे
    छोराछोरीलाई सिकाउनुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ११/१५ pp. २४-२५

तिनीहरूको ज्योति निभेन

बाइबलकालमा यहोवाका विश्‍वासी साक्षीहरूले असफलता र कठिनाइहरू अनुभव गरेका थिए। तिनीहरूले विरोध तथा असफलता सहनुपऱ्‍यो। तैपनि, तिनीहरूले निरुत्साहित भएर हार मानेनन्‌। भनौं भने, तिनीहरूको ज्योति निभेन।

उदाहरणको लागि, अगमवक्‍ता यर्मियालाई धर्मत्यागी राष्ट्र यहूदाको लागि परमेश्‍वरको अगमवक्‍ता हुन अह्राइयो। तिनले यरूशलेमको सन्‍निकट विनाशबारे घोषणा गरे। (यर्मिया १:११-१९) फलतः, सँगी देशबासीहरूसित यर्मियाको निकै मुठभेडहरू भयो जसले तिनलाई विपत्तिसूचक ठान्थे।

परमप्रभुको भवनको मुख्य अफिसर, पूजाहारी पशहूरले यर्मियाको अगमवाणी सुनेर तिनलाई एक चोटि पिटे र ठिंगुरोमा हाले। यसरी पराजित भएजस्तो देखिंदा यर्मियाले यसो भने: “दिनभरिनै म हाँसोको पात्र बनें, सबले मलाई ठट्टा गर्छन्‌। किनभने जब जब म बोल्छु, तब तब म साह्रो कराउँछु, ‘उपद्रव र सर्वनाश भयो,’ भनी म चिच्याउँछु। किनभने परमप्रभुको वचन मेरो निम्ति दिनभरिनै निन्दा र खिसीको कारण भएको छ।” अगमवक्‍ता यति निरुत्साहित भए, तिनले यसो भने: “म उहाँको [यहोवा] चर्चा गर्नेछैनँ, म फेरि उहाँको नाउँ लिन्‍नँ।”—यर्मिया २०:१, २, ७-९.

तथापि, निरुत्साहित हुँदा यर्मियाले हार मानेनन्‌। “परमप्रभुको वचन[बारे]” तिनले यस्तो घोषणा गरे: “मेरो हृदयमा जलिरहेको आगो हड्डीहरूका बीचमा थुनिराखेको जस्तै हुनेछ, त्यसलाई भित्र रोकि राख्ता म थकित हुन्छु, औ म त्यो थाम्न सक्‍तिनँ।” (यर्मिया २०:८, ९) परमेश्‍वरको न्यायदण्ड घोषणा गर्न निकै उत्प्रेरित भएका यर्मियालाई पवित्र आत्माले बल प्रदान गऱ्‍यो र तिनले आफ्नो जिम्मेवारी पूरा गरे।

प्रेरित पावलले हार मानेका भए तिनी निरुत्साहित हुनसक्ने थुप्रै कारणहरू थियो। तिनले प्राकृतिक प्रकोप, जहाज दुर्घटना, सतावट र पिटाइ- हरू सहे। यसबाहेक तिनलाई ‘दिनहुँ दबाब दिने कुरा सबै मण्डलीहरूको निम्ति फिक्री’ थियो। (२ कोरिन्थी ११:२३-२८) हो, पावलले दिनहुँ समस्याहरूको सामना गर्नुपर्थ्यो र आफूले स्थापना गर्न मदत गरेका नयाँ मण्डलीहरूको चिन्ता थियो। यसबाहेक, तिनी असिद्ध थिए र सम्भवतः कमजोर दृष्टिको कारण “शरीरमा एक किसिमको छेस्को” सहनुपर्थ्यो। (२ कोरिन्थी १२:७; रोमी ७:१५; गलाती ४:१५) केहीले पावलको अनुपस्थितिमा तिनको विरुद्धसमेत बोल्थे र त्यो तिनको कानसम्म पुग्यो।—२ कोरिन्थी १०:१०.

तापनि, पावल निरुत्साहित हुँदा विचलित भएनन्‌। तिनी कुनै असाधारण मानव त थिएनन्‌। (२ कोरिन्थी ११:२९, ३०) कुन कुराले तिनको ‘आन्तरिक आगोलाई’ निभ्न दिएन? एउटा त, तिनलाई समर्थन गर्ने सहचरहरू थिए। केही त तिनलाई नजरबन्द गरिंदा तिनीसित रोमसम्मै गए। (प्रेरित २८:१४-१६) दोस्रो, प्रेरितले आफ्नो परिस्थितिप्रति सन्तुलित दृष्टिकोण राखेका थिए। पावललाई सतावट दिने र तिनका विरोधीहरू दोषी थिए तर तिनी निर्दोष थिए। आफ्नो पार्थिव जीवनको अन्ततिर तिनले आफ्नो सेवकाईलाई सकारात्मक ढंगमा केलाएर यसो भने: “अब उप्रान्त मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ, जो धार्मिक न्यायधीश प्रभुले त्यस दिन मलाई . . . दिनुहुनेछ।”—२ तिमोथी ४:८.

सबैभन्दा महत्त्वपूर्ण कुरा, पावलले नियमित तवरमा यहोवा परमेश्‍वरलाई प्रार्थना गरे। ‘प्रभु तिनको साथमा खडा हुनुभयो र तिनलाई खूब बलियो तुल्याउनुभयो।’ (२ तिमोथी ४:१७) पावलले यसो भने, “जसले मलाई शक्‍ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्नसक्छु।” (फिलिप्पी ४:१३) पावललाई यहोवाको सेवा गरिरहन परमेश्‍वर र सँगी मसीहीहरूसित कुराकानीको साथै आफ्नो सेवकाईको सकारात्मक मूल्यांकनले मदत दियो।

परमेश्‍वरले पावललाई यो लेख्न प्रेरित गर्नुभयो: “भलाइ गर्नमा हरेस नखाऔं, किनभने, यदि थाकेनौं भने, ठीक समयमा हामी कटनी गर्नेछौं।” (गलाती ६:७-९) कुन कुराको कटनी गर्ने? अनन्त जीवन। अतः, यर्मिया, पावल र शास्त्रमा उल्लिखित यहोवाका अरू थुप्रै विश्‍वासी साक्षीहरूजस्तै हुनुहोस्‌। हो, तिनीहरूजस्तै हुनुहोस्‌ र निरुत्साहित हुँदा हार नमान्‍नुहोस्‌। तपाईंको ज्योति निभ्न नदिनुहोस्‌।—मत्ती ५:१४-१६ तुलना गर्नुहोस्‌।

[पृष्ठ २५-मा भएका चित्रहरू]

पावल र यर्मियाले आफ्नो ज्योति निभ्न दिएनन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने