प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 २/१ पृ. १५
  • ‘संसारमा ज्योतिझैं चम्कने’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘संसारमा ज्योतिझैं चम्कने’
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • रगतको प्रयोग द्वारा जीवन बचाउने–कसरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • तपाईंले नो ब्लड—मेडिसिन मिट्‌स द च्यालेन्ज भन्‍ने भिडियो हेर्नै पर्छ
    हाम्रो राज्य सेवकाई—२००२
  • यहोवाका शिक्षा अनुसार हिंड्‌नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • मैले रगतसम्बन्धी परमेश्‍वरको दृष्टिकोणलाई स्वीकारें
    ब्यूँझनुहोस्‌!—२००४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 २/१ पृ. १५

राज्य उद्‌घोषकहरूका रिपोर्ट

‘संसारमा ज्योतिझैं चम्कने’

यहोवाका साक्षीहरू अरूभन्दा भिन्दै छन्‌ र रक्‍तक्षेपणलाई अस्वीकार गरेकोले तिनीहरूबारे भए नभएका कुराहरू अक्सर प्रचार प्रसारमा ल्याइन्छ। तथापि, तिनीहरूको यो अडान पूर्णतया बाइबलमा आधारित छ। परमेश्‍वरको नजरमा रगत मूल्यवान्‌ छ। त्यसैकारण रगतको दुरुपयोगलाई उहाँले भर्त्सना गर्नुहुन्छ भनेर बाइबलले देखाउँछ। (उत्पत्ति ९:३, ४; लेवी १७:१४) यस विषयमा धर्मशास्त्रलाई जाँचेको हुनाले ‘रगतबाट अलग रहनू’ भनेर बाइबलले दिएको निर्देशनमा रक्‍तक्षेपण गरिने आधुनिक तरिका पनि सुस्पष्ट समावेश छ भन्‍ने निष्कर्षमा यहोवाका साक्षीहरू पुगेका छन्‌।—प्रेरित १५:१९, २०, २८, २९.

हालै चिकित्सा मण्डलका सदस्यहरू तथा केही मुलुकका अदालतहरूले यस विषयमा यहोवाका साक्षीहरूलाई समर्थन गरेका छन्‌। उदाहरणका लागि, रगतसम्बन्धी बाइबलको दृष्टिकोणसित परिचित डेनमार्ककी एउटी जवान आमा सवारी दुर्घटनामा परेर मरिन्‌। तिनले रक्‍तक्षेपण गर्न इन्कार गरेकी हुँदा तिनको उपचार गर्ने चिकित्सकहरूले यहोवाका साक्षीहरू विरुद्ध संचार माध्यम मार्फत एक महिने लामो विरोध अभियान गरे।

त्यस जवान स्त्रीका आमाबाबुले यस विषयमा अनुसन्धान गरिदिन निवेदन गरे। अनि अप्रिल १९९४ मा डेनमार्कको कमिशन अफ पेसेन्ट्‌स कम्प्लेन्स्‌ले एउटा निर्णय पारित गऱ्‍यो। त्यसमा यसो लेखिएको थियो, बिरामीको मृत्यु रगत नलिएकोले होइन तर गलत औषधोपचारले गर्दा भएको हो। यो निर्णय बोर्ड अफ फोरेन्सिक मेडिसिन र स्वस्थ अधिकृतहरूले गरेको जाँच पडतालमा आधारित थियो। डेनमार्कका प्रत्येक स्वस्थोपचार केन्द्रहरूमा एउटा विज्ञप्ती जारी गरियो। त्यसमा यहोवाका साक्षीहरूले रगत नलिने भएको हुँदा तिनीहरूलाई यथाशक्य सर्वोत्तम वैकल्पिक उपचार उपलब्ध गराउनु चिकित्सकहरूको दायित्व हो भनेर नेशनल बोर्ड अफ हेल्थले उल्लेख गरेको थियो।

अर्को उदाहरण १५ वर्षिय डानसित सम्बन्धित छ। ल्युकोमिया रोगले गर्दा तिनको मृत्यु भयो। डानले साहसी भई रक्‍तक्षेपण इन्कार गरेको निर्णयलाई चिकित्सकहरूले कदर गरे। तर डानको मृत्यु चिकित्सकहरूले गर्दा भएको हो भनेर पत्रपत्रिकाहरूमा व्यापक प्रचार प्रसार गरियो। तथापि, धेरैले यो नकारात्मक अफवाहलाई समर्थन गरेनन्‌।

उदाहरणका लागि, डानको स्कूलका प्रधानाध्यापक अन्त्येष्टि भाषण सुन्‍न राज्य भवनमा आएका थिए। डानको मृत्युबारे फैलाएको अनुचित समाचारप्रति तिनले क्षोभ प्रकट गरे। एक साक्षी सहकर्मीलाई तिनले यहोवाका साक्षीहरूबारे निकै प्रश्‍नहरू सोधे अनि जेहोभाज्‌ विट्‌नेसेज्‌—द अर्गनाइजेशन बिहाइण्ड द नेम (यहोवाका साक्षीहरू—त्यस नाउँपछाडिको संगठन) नामक भिडिओ चलचित्रको एक प्रति स्वीकारे। यो भिडिओले तिनलाई निकै प्रभाव पारेछ। फलतः तिनले स्कूलका जम्मै शिक्षकशिक्षिकाहरूलाई यो देखाउने प्रबन्ध मिलाए। पछि, पालैसित एक एक कक्षा गरी सम्पूर्ण विद्यार्थीहरूलाई पनि त्यो भिडिओ देखाइयो।

डेनमार्कका स्वस्थ मन्त्रीले पनि डानको उपचार गर्ने चिकित्सकहरूमाथि लगाइएको लाञ्छनाको विरोध गरे। डानको परिपक्व निर्णय र दृढ विश्‍वासलाई कदर गरेर नै चिकित्सकहरूले सही कदम चालेका हुन्‌ भनेर तिनले बताए।

परमेश्‍वरका नियमप्रति आज्ञाकारी हुने राज्य उद्‌घोषकहरू लाखौंको संख्यामा छन्‌। आज्ञाकारी भएकोले नै तिनीहरू “संसारमा ज्योतिझैं देखा“ परेका छन्‌।—फिलिप्पी २:१२, १५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने