प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ६/१५ पृ. ३१
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको पवित्र शक्‍तिको डोऱ्‍याइ—प्रथम शताब्दीमा अनि आज
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • “पवित्र शक्‍ति आफैले . . . साक्षी दिन्छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • आत्माको भरमा हिंड्‌नुहोस्‌ र समर्पण अनुरूप जीवन बिताउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • के तपाईंले “सत्यका आत्मा” पाउनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ६/१५ पृ. ३१

पाठकहरूका प्रश्‍नहरू

आज पार्थिव आशा भएका परमेश्‍वरका सेवकहरूसित आत्मा-अभिषिक्‍त मसीहीहरूको जत्तिकै परमेश्‍वरको आत्मा छ भनेर के हामी भन्‍नसक्छौं?

यो प्रश्‍न नयाँ होइन। अप्रिल १५, १९५२ प्रहरीधरहरा-को (अंग्रेजी) “पाठकहरूका प्रश्‍नहरू”-मा यही विषयबारे सोधिएको थियो। त्यतिबेलादेखि अहिलेसम्म धेरै व्यक्‍तिहरू साक्षी भइसके, त्यसैले यो प्रश्‍नबारे फेरि छलफल गर्नसक्छौं। र छलफलको दौडान, हामीले पहिलाको विषयवस्तुमा भनिएको कुरा पनि पुनरावृत्ति गर्नसक्छौं।

वस्तुतः, हामी यसप्रकारको सकारात्मक जवाफ दिनसक्छौं। अरू भेडाका विश्‍वासी भाइबहिनीहरूले अभिषिक्‍त जनहरूले जत्तिकै परमेश्‍वरको पवित्र आत्मा पाउनसक्छन्‌।—यूहन्‍ना १०:१६.

तर यो भन्‍नुको अर्थ पवित्र आत्मा सबै व्यक्‍तिविशेषहरूमा एउटै तरिकामा परिचालन हुन्छ भनेको होइन। परमेश्‍वरको पवित्र आत्मा निश्‍चित रूपमा पाउने मसीहीपूर्व समयका विश्‍वासी सेवकहरूलाई सम्झनुहोस्‌। आत्माको शक्‍तिद्वारा तिनीहरूमध्ये केहीले हिंस्रक जनावरहरूलाई मारे, बिरामीलाई निको पारे र मृत मानिसलाई समेत जीवित पारे। अनि बाइबलका प्रेरित पुस्तकहरू लेख्न तिनीहरूलाई त्यही आत्मा चाहियो। (न्यायकर्त्ता १३:२४, २५; १४:५, ६; १ राजा १७:१७-२४; २ राजा ४:१७-३७; ५:१-१४) माथि उल्लिखित प्रहरीधरहरा-ले यसो भन्यो: “अभिषिक्‍त वर्गका नभए तापनि तिनीहरू पवित्र आत्माले भरिएका थिए।”

अर्कोतर्फ, प्रथम शताब्दीमा पवित्र आत्माद्वारा अभिषिक्‍त पुरुष तथा स्त्रीहरूलाई विचार गर्नुहोस्‌। तिनीहरू स्वर्गीय आशासहित परमेश्‍वरका आध्यात्मिक छोराहरू हुने आशा थियो। तिनीहरू सबै अभिषिक्‍त भएका थिए तर त्यो भन्‍नुको अर्थ त्यसपछि तिनीहरू सबैमा आत्मा त्यही तरिकामा परिचालन भने भएन। यो १ कोरिन्थी अध्याय १२ बाट स्पष्ट हुन्छ। त्यहाँ प्रेरित पावलले आत्माको वरदानबारे छलफल गरे। हामी पद ८, ९ र ११ मा यस्तो पढ्‌छौं: “एउटालाई आत्माद्वारा ज्ञानको कुरो दिएको छ, औ अर्कोलाई त्यही आत्माअनुसार बुद्धिको कुरो, कसैलाई उही आत्मामा विश्‍वास, र कसैलाई एउटै आत्मामा निको पार्ने वरदान . . . तर यी सब काम आफ्नो इच्छाअनुसार हरेकलाई विभिन्‍न किसिमले बाँड़िदिएर उही एउटै आत्मा काम गर्नुहुन्छ।”

उल्लेखनीय कुरा के हो भने, त्यतिबेला सबै अभिषिक्‍त जनहरूसित आत्माको अद्‌भुत वरदान थिएन। पहिलो कोरिन्थी अध्याय १४ मा पावलले मण्डलीको सभामा एकसित अन्य भाषा बोल्ने वरदान भएको तर उपस्थित कसैसँग पनि अनुवाद गर्नसक्ने वरदान नभएको उल्लेख गरेका छन्‌। त्यसोभए तापनि कुनै एक समयमा तिनीहरू हरेकले आफू आत्माले अभिषिक्‍त भएको अनुभव गरेका थिए। अन्य भाषा बोल्नसक्ने वरदान भएको भाइसित उपस्थित अरूसितभन्दा धेरै आत्मा थियो भन्‍नु के मुनासिब होला त? कदापि हुँदैन। अन्य अभिषिक्‍त जनहरू तिनीहरूभन्दा बाइबलीय कुराहरू बुझ्न वा परीक्षाहरूको सामना गर्न असक्षम भएको होइन। अहँ, तिनीहरू पिछडिएका अभिषिक्‍त जनहरू होइनन्‌। अन्य भाषा बोल्नसक्ने भाइमा आत्मा विशेष ढंगमा परिचालन भएको थियो। तैपनि तिनी र अरूहरू यहोवासित घनिष्ठ र “आत्माले भरिपूर्ण भएका” हुनुपर्छ भनेर पावलले लेखे।—एफिसी ५:१८.

आजका अभिषिक्‍त जनहरूको सन्दर्भमा भन्‍ने हो भने, तिनीहरूले पक्कै पनि परमेश्‍वरको आत्मा पाएका छन्‌। एक समयमा अर्थात्‌ तिनीहरू अभिषिक्‍त भएर आत्मिक धर्मपुत्रको रूपमा स्वीकृत हुँदा तिनीहरूमा परमेश्‍वरको आत्मा विशेष ढंगले परिचालन भएको थियो। तत्पश्‍चात्‌ तिनीहरूले बाइबलबारे अझ स्पष्ट समझ पाउने प्रयास गर्दा, प्रचारकार्यमा नेतृत्व लिंदा वा व्यक्‍तिगत तथा संगठनात्मक परीक्षाहरूको सामना गर्दा “आत्माले भरिपूर्ण” हुन्छन्‌ र त्यसबाट मदत पाउँछन्‌।

“अरू भेडा[का]” सदस्यहरूले आफू अभिषिक्‍त भएको अनुभव नगरे तापनि अन्य कुराहरूमा पवित्र आत्मा पाउँछन्‌। अप्रिल १५, १९५२ को प्रहरीधरहरा-ले यस्तो अवलोकन गऱ्‍यो:

“अभिषिक्‍त जनहरूले जस्तै आज ‘अरू भेडाका’ सदस्यहरूले पनि त्यस्तै कठिन परिस्थितिहरूमा प्रचार गर्छन्‌ अनि त्यस्तै विश्‍वास र निष्ठा प्रदर्शन गर्छन्‌। तिनीहरू एकै खालको सत्य सिक्दै एउटै आध्यात्मिक टेबुलमा बसेर एउटै खाना खान्छन्‌। पार्थिव आशा भएको समूह भएकोले तिनीहरू पार्थिव कुराहरूमा गहिरो चासो लिन्छन्‌ र तिनीहरूले शायद नयाँ संसारमा हुने अवस्थासम्बन्धी शास्त्रपदहरूमा बढी चासो लेलान्‌ अनि स्वर्गीय आशा भएका शेष अभिषिक्‍त जनहरूले भने आत्माका कुराहरूमा गहिरो चासो लिनसक्छन्‌ र परमेश्‍वरको वचनमा आत्मासम्बन्धी कुराहरूमा लगनशील भई अध्ययन गर्लान्‌। . . . यद्यपि, दुवै वर्गलाई त्यही सत्य र समझ उपलब्ध हुन्छ र व्यक्‍तिविशेषले अध्ययन गरेको कुरा कसरी लागू गर्छ त्यसैमा तिनीहरूले प्राप्त गर्ने स्वर्गीय र पार्थिव कुरा भर पर्छ। प्रभुको आत्मा दुवै वर्गलाई समान रूपमा उपलब्ध छ र दुवैलाई ज्ञान तथा समझहरू बुझ्ने समान अवसरहरू दिइएको छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने