के सबै धर्महरूले परमेश्वरलाई खुशी तुल्याउँछन्?
सबै धर्महरूले परमेश्वरलाई खुशी तुल्याउँछन् जस्तो के तपाईंलाई लाग्छ? तपाईंलाई थाह भएका सबै धर्महरूले असल आचरण राख्न केही हदसम्म प्रोत्साहन देलान्। तर के परमेश्वरलाई खुशी तुल्याउन त्यति भए पुग्छ?
कोही भन्छन्, ‘निष्कपट भई उपासना गर्नुहोस् त परमेश्वर खुशी भइहाल्नुहुन्छ। आखिर, सबै धर्ममा केही न केही असल कुरा त छँदैछ नि।’ उदाहरणका लागि, बहाइ धर्मले यही दृष्टिकोणअनुसार संसारका नौवटा मुख्य धर्महरूको विश्वासलाई समेटेको छ। यी सबै धर्मको स्रोत ईश्वर हुनुहुन्छ र ती एउटै सत्यका विभिन्न पक्षहरू हुन् भनेर यस धार्मिक गुटले विश्वास गर्छ। यो कसरी हुनसक्छ?
त्यसबाहेक, आफ्ना सदस्यहरूलाई सार्वजनिक इलाकाहरूमा थुप्रै मानिस मार्नसक्ने स्नायु ग्याँस हान्न आज्ञा दिने धर्मले परमेश्वरलाई खुशी तुल्याउन सक्ला के त भनेर सोच्ने असल कारण तपाईंसित छ। जापानको एउटा धार्मिक गुटलाई त्यस्तो आरोप लगाइएको छ। वा के परमेश्वर त्यस्तो धर्मसित खुशी हुनुहुन्छ होला, जसले आफ्ना सदस्यहरूलाई आत्महत्या गर्न उस्काउँछ? केही वर्षअघि धार्मिक नेता जिम जोन्सका अनुयायीहरूले त्यसै गरेका थिए।
विगततिर दृष्टि घुमाउँदा यो प्रश्न सोध्नु बेस होला, सन् १६१८ देखि १६४८ सम्म लडिएको तीस वर्षीय युद्धजस्ता युद्धहरूलाई उस्काउने धर्महरूले के परमेश्वरलाई खुशी तुल्याउनसक्छन्? संसारको ब्रह्माण्डीय इतिहास-अनुसार (अंग्रेजी) क्याथोलिक र प्रोटेस्टेन्टहरूबीचको त्यो धार्मिक संघर्ष “युरोपेली इतिहासको सबैभन्दा डरलाग्दा युद्धहरूमध्ये एक थियो।”
एघारौंदेखि तेह्रौं शताब्दीसम्म लडिएका धार्मिक युद्धहरूले पनि भयानक रक्तपात मच्चाए। उदाहरणका लागि, प्रथम धार्मिक युद्धमा मसीही धार्मिक योद्धा भनौंदाहरूले यरूशलेममा बसोबास गर्ने मुस्लिम र यहूदीहरूको निर्ममतापूर्वक हत्या गरे।
तेह्रौं शताब्दीमा सुरु भएर लगभग ६०० वर्षसम्म चलेको इन्क्विजिशनको दौडानका घटनाहरूलाई पनि विचार गर्नुहोस्। धार्मिक नेताहरूको आज्ञाअनुसार हजारौंलाई यातना दिइए र जिउँदै जलाइए। आफ्नो पुस्तक ख्रीष्टका प्रतिनिधिहरू—पोपतन्त्रको अन्धकार पक्ष-मा (अंग्रेजी) पिटर डे रोजा यसरी बताउँछन्: “[मानव]जातिको इतिहासमा मानव मर्यादामाथि सबैभन्दा क्रूर र भीषण आक्रमणको लागि पोपबाट अख्तियार पाएका [इन्क्विजिटरहरू] जिम्मेवार थिए।” स्पेनका डोमिनिकन इन्क्विजिटर टोक्वेमाडाबारे डे रोजा यसो भन्छन्: “तिनी सन् १४८३ मा नियुक्त भए र पन्ध्र वर्षसम्म तिनले निरंकुश शासन गरे। तिनको अत्याचारमा मर्ने १,१४,००० मध्ये १०,२२० जनालाई जिउँदै जलाइएका थिए।”
निस्सन्देह, मसीहीजगत्का धर्महरू मात्र रक्तदोषी होइनन्। आफ्नो पुस्तक पान्से-मा फ्रान्सेली दार्शनिक ब्लेज पास्कलले बताए: “धार्मिक विश्वासद्वारा उत्प्रेरित भएर जति यस्तो पूर्णतया र प्रसन्न भएर मानिसहरू कहिल्यै खराबी गर्दैनन्।”
तिनीहरूका फलहरूद्वारा चिनिन्छन्
परमेश्वरको दृष्टिकोणमा कुनै धर्म स्वीकार्य हुन केवल एउटा तत्त्वमा मात्र निर्भर हुँदैन। परमेश्वरसामु धर्म स्वीकार्य हुने हो भने त्यसका शिक्षा र क्रियाकलापहरू उहाँको लिखित सत्य वचन, बाइबलअनुरूप हुनैपर्छ। (भजन ११९:१६०; यूहन्ना १७:१७) परमेश्वरद्वारा अनुमोदित उपासनाको फल यहोवा परमेश्वरको स्तरअनुरूप हुनैपर्छ।
परमेश्वरका प्रतिनिधि हौं भनी झूटो दाबी गर्ने भविष्यवक्ताहरू खडा हुनेछन् भनेर येशू ख्रीष्टले डाँडाको उपदेशमा संकेत गर्नुभयो। येशूले यसो भन्नुभयो: “झूटा अगमवक्ताहरूदेखि होशियार रह, जो तिमीहरूकहाँ भेड़ाका भेषमा आउँछन्, तर भित्रपट्टि चाहिं लुटाहा ब्वाँसाहरू जस्ता हुन्छन्। तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। के काँढ़ाका बोटहरूबाट अङ्गूर अथवा सिउँड़ीहरूबाट नेभारा बटुलिन्छ र? त्यसैगरी हरेक असल रूखले बढ़िया फल फलाउँछ। तर बिग्रेको रूखले खराब फल फलाउँछ। असल रूखले खराब फल फलाउनसक्तैन, नता बिग्रेका रूखले असल फल फलाउनसक्तछ। बढ़िया फल नफलाउने हरेक रूख काटी ढालिन्छ, र आगोमा फालिन्छ। यसकारण तिनीहरूका फलबाटनै तिमीहरूले तिनीहरूलाई चिन्नेछौ।” (मत्ती ७:१५-२०) यी शब्दहरूले हामी आध्यात्मिक तवरमा सतर्क रहनुपर्ने आवश्यकतालाई देखाउँछन्। परमेश्वर र ख्रीष्टले धार्मिक नेता वा समूहलाई स्वीकार्नुहुन्छ भनेर हामी सोचौंला तर हाम्रो सोचाइ गलत हुनसक्छ।
सावधान हुनुपर्ने आवश्यकता
धर्मले परमेश्वरको अनुमोदन पाएको र त्यसका सेवकहरूले बाइबलका केही परिच्छेदहरू पढेको दाबी गर्दैमा त्यो परमेश्वरलाई खुशी तुल्याउने धर्म हुन सक्दैन। त्यसका नेताहरूले परमेश्वरकै माध्यमबाट काम गरेकोझैं भान पार्ने प्रभावशाली कार्यहरू गर्लान्। तैपनि, त्यो धर्म अझै झूटा नै हुनसक्छ किनभने त्यसले परमेश्वरसामु स्वीकार्य फल फलाउँदैन। मोशाको समयका जादुगरी गर्ने मिश्री पूजाहारीहरूले प्रभावशाली कार्यहरू गर्नसक्थे। तर वास्तवमा तिनीहरूले परमेश्वरको अनुमोदन पाएका थिएनन्।—प्रस्थान ७:८-२२.
परमेश्वरले घोषणा गर्नुभएको सत्यलाई अंगाल्नुको साटो विगतमा जस्तै आज पनि थुप्रै धर्महरूले मानव विचारधारा र दर्शनहरूलाई उस्काउँछन्। त्यसैले विशेषगरि बाइबलको यो चेताउनी उपयुक्त छ: “होशियार बस, नत्रता कसैले ख्रीष्टअनुसारको होइन, तर मानिसहरूको कुलाचार, संसारको अनुसारका तत्त्वज्ञान, र फोस्रो छलले तिमीहरूलाई शिकार बनाउला।”—कलस्सी २:८.
येशूले असल र खराब फलबारे बताउनुभएपछि यसो भन्नुभयो: “मलाई ‘प्रभु, प्रभु,’ भन्ने सबै स्वर्गको राज्यमा पस्न पाउनेछैन। तर त्यो, जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्दछ। त्यो दिन धेरैले मलाई भन्नेछन्, ‘हे प्रभु, हे प्रभु के हामीले तपाईंको नाउँमा सामर्थ्यका काम गरेनौं र?’ अनि म तिनीहरूलाई खुल्लमखुल्ला भन्नेछु, मैले तिमीहरूलाई कहिले चिनेकै छैनँ। ए अधम काम गर्ने हो, मबाट दूर होओ।”—मत्ती ७:२१-२३.
फल जाँच्नुहोस्
स्पष्टतया, कुनै धर्म परमेश्वरको दृष्टिमा स्वीकार्य छ भनेर निष्कर्षमा पुग्नुभन्दा पहिला त्यसको फल जाँच्नु अत्यावश्यक छ। उदाहरणका लागि, के त्यो धर्म राजनीतिमा मुछिएको छ? त्यसो हो भने याकूब ४:४ मा लिपिबद्ध यी शब्दहरूलाई ध्यान दिनुहोस्: “जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ।” येशूले आफ्ना साँचो अनुयायीहरूबारे अझ यसो भन्नुभयो: “जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्!” (यूहन्ना १७:१६) परमेश्वरको दृष्टिमा असल ठहरिने धर्म त अदृश्य आत्मिक प्राणी शैतान अर्थात् दियाबल, “त्यस दुष्टको अधीनमा परेको” यस संसारका राजनीतिहरूमा मुछिंदैन। (१ यूहन्ना ५:१९) बरु, परमेश्वरले अनुमोदन गर्नुहुने धर्मले त येशू ख्रीष्ट अधीनस्थ उहाँको राज्यलाई वफादारीसाथ स्वीकार्छ र त्यस स्वर्गीय सरकारसम्बन्धी सुसमाचार घोषणा गर्छ।—मर्कू. १३:१०.
के सरकारको निजामति माग अस्वीकार गर्ने धर्मलाई परमेश्वरले ग्रहण गर्नुहुन्छ? यसको स्पष्ट जवाफ हामी प्रेरित पावलको यस सल्लाहबाट पाउँछौं: “शासकहरू र अख्तियारवालाहरूको अधीनमा बसी उनीहरूका आज्ञा पालन गर्नू, र हरेक असल काममा तत्पर रहून्।” (तितस ३:१) निस्सन्देह, आफ्ना अनुयायीहरूले ‘सिजरका चीजहरू सिजरलाई र परमेश्वरका चीजहरू परमेश्वरलाई’ दिनुपर्छ भनेर येशूले देखाउनुभयो।—मर्कूस १२:१७.
मानौं, कुनै धर्मले राष्ट्रहरूबीचको युद्धमा भाग लिन प्रोत्साहन दिन्छ। पहिलो पत्रुस ३:११ ले ‘जे असल छ त्यही गर्न’ र ‘शान्ति खोजेर त्यसको पछि लाग्न’ आग्रह गर्छ। कुनै धर्मका सदस्यहरू अर्को देशका सँगी उपासकहरूलाई युद्धमा मार्न इच्छुक छन् भने त्यस धर्मले परमेश्वरलाई कसरी खुशी तुल्याउनसक्छ? परमेश्वरले अनुमोदन गर्नुहुने धर्मका सदस्यहरूले त उहाँको मुख्य गुन प्रेम झल्काउँछन्। अनि येशूले भन्नुभयो: “यदि तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्नेछन्।” (यूहन्ना १३:३५) राष्ट्रहरूबीचको युद्धमा मडारिएको हिंसा र घृणासित त्यस्तो प्रेमले कुनै मेल राख्दैन।
साँचो धर्मले युद्धप्रिय मानिसहरूलाई शान्तिप्रिय बनाउँछ। यसबारे यी शब्दहरूमा भविष्यवाणी गरिएको थियो: “तिनीहरूले आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया बनाउनेछन्। एउटा जातिले अर्को जातिको विरुद्धमा तरवार उठाउनेछैन, औ तिनीहरूले अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्।” (यशैया २:४) साँचो धर्म मान्नेहरूले घृणास्पद शब्दहरू बोल्नुको साटो यस आज्ञा पालन गर्छन्: “तैंले आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू।”—मत्ती २२:३९.
साँचो धर्म मान्नेहरूले अनैतिक जीवनपद्धतिलाई अस्वीकार गरेर यहोवा परमेश्वरका उच्चस्तरहरूअनुरूप जीवन व्यतीत गर्ने प्रयास गर्छन्। परमेश्वरको वचनले यसो भन्छ: “अधर्मीहरू परमेश्वरको राज्यको हकदार हुँदैनन् भन्ने के तिमीहरूलाई थाह छैन? न ठगियौ। व्यभिचारीहरू, मूर्त्तिपूजकहरू, जारी गर्नेहरू, लुच्चाहरू, पुरुषगामीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, गाली गर्नेहरू, लुटाहाहरू परमेश्वरको राज्यको हकदार हुनेछैन। औ तिमीहरूमा कोही कोही यस्तै थिए, तर प्रभु येशू ख्रीष्टको नाउँमा, र हाम्रा परमेश्वरका आत्माले तिमीहरू पखालिएका, पवित्र भएका र धर्मी ठहरिएका छौ।”—१ कोरिन्थी ६:९-११.
निर्णायक कदम उठाउने समय
झूटा उपासना र साँचो धर्म छुट्याउनु अत्यावश्यक छ। बाइबलको पुस्तक प्रकाशमा झूटो धर्मको विश्वसाम्राज्यलाई “पृथ्वीका राजाहरूले व्यभिचार [गरेका]” प्रतीकात्मक वेश्या “महान् बेबिलोन” भनेर चिनाइएको छ। ऊ रक्तदोषी छे र उसले “व्यभिचारका अशुद्ध कुराहरू भरिएको” सुनको कचौरा हातमा लिएकी छे। (प्रकाश १७:१-६) ऊ परमेश्वरसामु पटक्कै स्वीकार्य छैन।
यो निर्णायक कदम उठाउने समय हो। अझै पनि महान् बेबिलोनको भाग भइरहेका निष्कपट मानिसहरूलाई हाम्रो मायालु सृष्टिकर्ताले यो निमन्त्रणा दिनुहुन्छ: “हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ। त्यसका पापसँग तिमीहरूको केही संगत हुन नपाओस्। त्यसका विपत्तिहरू तिमीहरूले भोग्न नपरोस्।”—प्रकाश १८:४.
परमेश्वरलाई खुशी तुल्याउने धर्म मान्न चाहनुहुन्छ भने यहोवाका साक्षीहरूसित राम्ररी परिचित हुनुभए कसो होला? यहाँ सँगैको चार्टमा तिनीहरूका विश्वासहरू र त्यसका धर्मशास्त्रीय कारणहरू सूचीबद्ध छन्। यहोवाका साक्षीहरूका विश्वासहरू परमेश्वरको वचनसित मिल्छन कि मिल्दैनन्, आफ्नो बाइबलमा जाँच्नुहोस्। साँचो उपासनाबाट तपाईंले चाहनुभएको फल तिनीहरूको धर्मले फलाएको छ कि छैन, छानबिन गर्नुहोस्। छ भने, परमेश्वरलाई खुशी तुल्याउने धर्म तपाईंले भेट्टाउनुभएको हुनेछ।
[पृष्ठ ५-मा भएको पेटी]
यहोवाका साक्षीहरू के विश्वास गर्छन्
विश्वास बाइबलीय आधार
परमेश्वरको नाउँ यहोवा हो प्रस्थान ६:३; भजन ८३:१८
बाइबल परमेश्वरको वचन हो यूहन्ना १७:१७; २ तिमोथी ३:१६, १७
येशू ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ मती ३:१६, १७; यूहन्ना १४:२८
मानिसजाति विकास भएर आएको होइन उत्पत्ति १:२७; २:७
तर सृजिएका हुन्
प्रथम मानिसको पापले गर्दा रोमी ५:१२
मानव मृत्यु भएको हो
मृत्युपछि प्राणको अस्तित्व हुँदैन उपदेशक ९:५, १०; इजकिएल १८:४
नरक मानिसजातिको सामान्य चिहान हो अय्यूब१४:१३; प्रकाश२०:१३
किङ जेम्स भर्सन
मृतकहरूको आशा यूहन्ना ५:२८, २९; ११:२५; प्रेरित२४:१५
पुनरुत्थान हो
येशूले आफ्नो पार्थिव शरीर मत्ती२०:२८;१ पत्रुस२:२४;
आज्ञाकारी मानवहरूका १ यूहन्ना २:१, २
लागि छुटकाराको रूपमा दिनुभयो
प्रार्थनाहरू ख्रीष्ट मार्फत यहोवालाई मत्ती ६:९; यूहन्ना१४:६,१३, १४
मात्र गर्नुपर्छ
नैतिकतासम्बन्धी बाइबलको १ कोरिन्थी ६:९, १०
व्यवस्था पालन गर्नैपर्छ
उपासनामा मूर्तिहरूको प्रस्थान २०:४-६; १ कोरिन्थी १०:१४
प्रयोग गर्नै हुँदैन
प्रेतवाद त्याग्नैपर्छ व्यवस्था १८:१०-१२;
रगत लिनै हुँदैन उत्पत्ति ९:३, ४; प्रेरित १५:२८, २९
येशूका साँचो अनुयायीहरू यूहन्ना १५:१९; १७:१६; याकूब १:२७; ४:४
संसारदेखि अलग बस्छन्
मसीहीहरूले सुसमाचार यशैया ४३:१०-१२; ; घोषणा गर्दै साक्षी दिन्छन् मत्ती२४:१४२८:१९, २०
पानीमा चुर्लुम्मै डुबेर लिएको मर्कूस १:९, १०; यूहन्ना ३:२२;
बप्तिस्माले परमेश्वरप्रतिको प्रेरित१९:४, ५
समर्मणलाई प्रतीकात्मक रूप दिन्छ
धार्मिक पदवीहरू अय्यूब ३२:२१, २२; मत्ती२३:८-१२
गैरधर्मशास्त्रीय हुन्
हामी “आखिरी समयमा” दानियल १२:४; मत्ती२४:३-१४;
बाँचिरहेका छौं २ तिमोथी ३:१-५
ख्रीष्टको उपस्थिति अदृश्य छ मत्ती २४:३; यूहन्ना १४:१९;
शैतान यस संसारको यूहन्ना १२:३१; १ यूहन्ना५:१९
अदृश्य शासक हो
परमेश्वरले वर्तमान दुष्ट दानियल २:४४; रीतिरिवाजलाई नष्ट गर्नुहुनेछ प्रकाश १६:१४, १६;१८:१-८
ख्रीष्ट अधीनस्थ परमेश्वरको यशैया ९:६, ७;दानियल७:१३, १४;
राज्यले पृथ्वीमा मत्ती ६:१०
धार्मिक शासन गर्नेछ
“सानो बगाल[ले]” ख्रीष्टसित लूका१२:३२;
स्वर्गमा शासन गर्नेछ प्रकाश १४:१-४; २०:४
परमेश्वरले अनुमोदन लूका २३:४३; यूहन्ना ३:१६;
गर्नुहुने अरू मानिसहरूले प्रकाश २१:१-४
अनन्त जीवन प्राप्त गर्नेछन्
[पृष्ठ ४-मा भएको चित्र]
इन्क्विजिशनको दौडान हजारौंको हत्या गरिए
[पृष्ठ ६-मा भएको चित्र]
धार्मिक युद्धहरूले भयानक रक्तपात मच्चाए
[पृष्ठ ७-मा भएको चित्र]
साँचो धर्म यसको असल फलद्वारा चिनिन्छ
[पृष्ठ २-मा भएको चित्रको स्रोत]
Cover: Garo Nalbandian