प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 १०/१५ पृ. १५-१९
  • पति तथा प्राचीन—जिम्मेवारीहरूलाई सन्तुलनमा राख्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पति तथा प्राचीन—जिम्मेवारीहरूलाई सन्तुलनमा राख्ने
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्राचीनको भूमिका तथा विवाह असंगत कुराहरू होइनन्‌
  • ‘विवाहित पुरुष विभक्‍त हुन्छन्‌’
  • असल पति तथा प्राचीन
  • पत्नीप्रति निर्वाह गर्नुपर्ने धर्मशास्त्रीय कर्त्तव्यहरू
  • ‘शरीरमा कष्ट’
  • आत्मत्यागी पत्नीहरू
  • पिता तथा प्राचीन—दुवै भूमिका निर्वाह गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • जसलाई परमेश्‍वरले एक साथ जोड्‌नुभएको छ, त्यसलाई नछुट्याउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • विवाहित दम्पतीहरूका लागि बुद्धिमानी डोऱ्‍याइ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • विवाह गर्ने र अविवाहित रहनेबारे बुद्धिमानी सल्लाह
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 १०/१५ पृ. १५-१९

पति तथा प्राचीन—जिम्मेवारीहरूलाई सन्तुलनमा राख्ने

‘बिशप [“निरीक्षक,” NW] एउटै स्त्रीको पति हुनुपर्छ।’—१ तिमोथी ३:२.

१, २. पादरीहरू कुमार रहिरहनुपर्ने कुरा किन धर्मशास्त्रीय होइन?

प्रेरित पावलले अविवाहित रहने मसीहीले “असल गर्दछ” भन्दा के तिनले त्यस्ता पुरुष मसीही मण्डलीमा निरीक्षकको हैसियतमा सेवा गर्न बढी उपयुक्‍त हुनेछन्‌ भन्‍न खोजेका हुन्‌? के तिनले वास्तवमा प्राचीनको भूमिका निर्वाह गर्न अविवाहितै हुनुपर्छ भन्‍न खोजेका हुन्‌? (१ कोरिन्थी ७:३८) क्याथोलिक पादरीहरू कुमारै हुनुपर्छ। तर के पूजाहारीगिरीको लागि कुमार रहनु धर्मशास्त्रीय आवश्‍यकता हो? इस्टर्न अर्थोडक्स चर्चहरूले विवाहित पुरुषहरूलाई आफ्ना स्थानीय पादरीहरू नियुक्‍त गर्छन्‌ तर विशपहरूलाई गर्दैनन्‌। के त्यो बाइबलअनुरूप हो?

२ मसीही मण्डलीको जग अर्थात्‌ ख्रीष्टका १२ प्रेरितहरूमध्ये थुप्रै, विवाहित पुरुषहरू थिए। (मत्ती ८:१४, १५; एफिसी २:२०) पावलले यसप्रकार लेखे: “के अरू प्रेरितहरू, प्रभुका भाइहरू र केफासलाई [पत्रुस] जस्तै हामीलाई पनि ख्रीष्टियान पत्नी लिएर हिंड़नालाई अधिकार छैन?” (१ कोरिन्थी ९:५) नयाँ क्याथोलिक विश्‍वकोश-ले (अंग्रेजी) कुमार रहनुपर्ने व्यवस्था पादरीहरूले थालेका हुन्‌” र “नयाँ नियमका सेवकहरू कुमार रहिरहन बाध्य छैनन्‌” भनी स्वीकार्छ। यहोवाका साक्षीहरूले पादरीको व्यवस्थाभन्दा धर्मशास्त्रीय नमुना पछ्याउँछन्‌।—१ तिमोथी ४:१-३.

प्राचीनको भूमिका तथा विवाह असंगत कुराहरू होइनन्‌

३. मसीही निरीक्षकहरू विवाहित पुरुषहरू पनि हुनसक्छन्‌ भनेर कुन धर्मशास्त्रीय तथ्यहरूले देखाउँछन्‌?

३ निरीक्षक नियुक्‍त हुने पुरुषहरू अविवाहित हुनुपर्छ भन्‍नुको साटो पावलले तितसलाई यसप्रकार लेखे: “यसकारण मैले तिमीलाई क्रेटमा छोड़ें, कि तिमीले त्यहाँ नचाहिंदो कुराहरूको सुधार गर्नू, र मैले तिमीलाई अह्राएबमोजिम हरेक शहरमा धर्म-गुरुहरू [युनानी, प्रेस्बाइटेरोस्‌] नियुक्‍त गर्न, जो निर्दोष, एउटै स्त्रीको पति, वशमा नआउने दंगा फसादको दोष नलागेको, विश्‍वासी छोरा-छोरीहरूका बाबु होस्‌। किनभने परमेश्‍वरको कारिन्दा हुनुपर्ने हुनाले, बिशप [“निरीक्षक,” NW] [युनानी, एपिस्कोपोस जसबाट बिशप शब्द निस्क्यो] चाहिं निर्दोष हुनुपर्दछ।”—तितस १:५-७.

४. (क) मसीही निरीक्षकहरू विवाहितै हुनुपर्छ भन्‍ने छैन भनेर हामी कसरी थाह पाउँछौं? (ख) अविवाहित प्राचीन भाइले कस्ता फाइदाहरू उठाउँछन्‌?

४ अर्कोतर्फ, प्राचीन हुन विवाह गर्नैपर्छ भन्‍ने धर्मशास्त्रीय आवश्‍यकता छैन। येशू अविवाहित रहनुभयो। (एफिसी १:२२) पावल, प्रथम शताब्दीको मसीही मण्डलीका उल्लेखनीय निरीक्षक थिए र त्यतिबेला तिनी अविवाहित थिए। (१ कोरिन्थी ७:७-९) आज, धेरै अविवाहित मसीहीहरू प्राचीनहरूको हैसियतमा सेवा गर्छन्‌। सम्भवतः, तिनीहरू अविवाहित भएकाले निरीक्षकहरूको हैसियतमा जिम्मेवारीहरू पूरा गर्न बढी समय पाउँछन्‌।

‘विवाहित पुरुष विभक्‍त हुन्छन्‌’

५. विवाहित भाइहरूले कुन धर्मशास्त्रीय तथ्यलाई स्वीकार्नुपर्छ?

५ मसीही पुरुषले विवाह गर्दा तिनले नयाँ जिम्मेवारीहरू वहन गर्दैछन्‌ र त्यसले आफ्नो बढी समय तथा ध्यान माग गर्नेछ भनी बुझ्नुपर्छ। बाइबल यसो भन्छ: “विवाह नभएकोले म प्रभुलाई कसरी खुशी राखूँ भन्‍ने प्रभुकै कुराको विषयमा फिक्री गर्दछ, तर विवाह भएकोले म पत्नीलाई कसरी खुशी राखूँ भनेर संसारको कुराको फिक्री गर्दछ। [“र तिनी विभक्‍त हुन्छन्‌,” NW]” (१ कोरिन्थी ७:३२-३४) कुन अर्थमा विभक्‍त हुन्छन्‌?

६, ७. (क) कुन अर्थमा विवाहित पुरुष “विभक्‍त” हुन्छन्‌? (ख) पावलले विवाहित मसीहीहरूलाई कस्तो सल्लाह दिन्छन्‌? (ग) कुनै कार्यभार स्वीकार्ने सन्दर्भमा यसले व्यक्‍तिविशेषलाई कसरी असर गर्नसक्छ?

६ एउटा कुरा, विवाहित पुरुषले आफ्नो शरीरमाथिको अधिकारलाई त्याग्छन्‌। पावलले यो कुरालाई स्पष्ट पारे: “पत्नीको आफ्नो शरीरमाथि केही अधिकार हुँदैन, तर पतिको हुन्छ, त्यसैगरि पतिको पनि आफ्नो शरीरमाथि केही अधिकार हुँदैन, तर पत्नीको हुन्छ।” (१ कोरिन्थी ७:४) विवाहबारे सोचिरहेका केही व्यक्‍तिहरूलाई यो त्यति महत्त्वपूर्ण नलाग्नसक्छ किनभने तिनीहरूको विवाहमा यौनसम्बन्ध सर्वमहत्त्वपूर्ण कुरा हुनेछैन जस्तो तिनीहरूलाई लाग्ला। तथापि, विवाहपूर्व चोखो रहनु धर्मशास्त्रीय आवश्‍यकता भएकोले मसीहीहरूलाई आफ्नो भावी पति वा पत्नीको यौन आवश्‍यकताहरू वास्तवमा विवाहअघि थाह हुँदैन।

७ ‘आत्माका कुरामा मन लगाउने’ दम्पतीले समेत एकअर्काको यौन आवश्‍यकतालाई विचार गर्नुपर्छ भनेर पावल देखाउँछन्‌। तिनले कोरिन्थका मसीहीहरूलाई यस्तो सल्लाह दिए: “पतिले पत्नीसँग गर्नु पर्ने व्यवहार गरोस्‌, औ त्यसैगरी पत्नीले पनि पतिसँग। प्रार्थनाको निम्ति तिमीहरूले फुर्सत पाउनालाई, र फेरि एकैसाथ हुनालाई, आपसको सम्मतिले थोरै समयको निम्ति बाहेक, एकले अर्कोलाई इन्कार नगर, कि तिमीहरूको असंयमले गर्दा शैतानले तिमीहरूको परीक्षा नगरोस्‌।” (रोमी ८:५; १ कोरिन्थी ७:३, ५) दुःखको कुरा, यो सल्लाह पालन नगर्दा व्यभिचारका घटनाहरू हुन गएका छन्‌। त्यसकारण आफ्नी पत्नीसित लामो समयसम्म छुट्टिएर बस्नुपर्ने कार्यभार स्वीकार्नुअघि विवाहित मसीही पुरुषले त्यस मामिलालाई होशियारीपूर्वक विचार गर्नुपर्छ। आफू अविवाहित छँदा तिनी जत्ति स्वतन्त्र थिए, अब तिनी त्यत्ति स्वतन्त्र हुँदैनन्‌।

८, ९. (क) विवाहित मसीहीहरू “संसारको कुराको फिक्री” गर्छन्‌ भनेर पावलले के भन्‍न खोजेका हुन्‌? (ख) विवाहित मसीहीहरू कस्ता कुराहरूको निम्ति चिन्तित हुनुपर्छ?

८ कुन अर्थमा प्राचीनहरूलगायत विवाहित मसीही पुरुषहरूले “संसारको [कस्मोस] कुराको फिक्री” गर्छन्‌ भन्‍न सकिन्छ? (१ कोरिन्थी ७:३३) स्पष्ट छ, पावलले सबै साँचो मसीहीहरूले त्याग्नैपर्ने यस संसारका खराब कुराहरूबारे भनिरहेका थिएनन्‌। (२ पत्रुस १:४; २:१८-२०; १ यूहन्‍ना २:१५-१७) परमेश्‍वरको वचनले हामीलाई “नास्तिकपना र संसारको [कस्मिकोस] तृष्णालाई इन्कार गरेर हामीले यस वर्त्तमान युगमा आत्मसंयम, धार्मिक र भक्‍तिको जीवनमा रहनुपर्दछ” भनेर निर्देशन दिन्छ।—तितस २:१२.

९ तसर्थ, विवाहित मसीही पुरुष वा स्त्री वैवाहिक जीवनका सानातिना कुराहरूबारे चिन्तित हुनु जायजै भएकोले “संसारको कुरामा फिक्री” गर्छन्‌। यसमा आवास, भोजन, लुगाफाटा, मनोरञ्जनजस्ता कुराहरू समावेश हुनुका साथै छोराछोरी पनि छन्‌ भने विचार गर्नुपर्ने अनगिन्ती कुराहरू त छँदैछन्‌। तैपनि निस्सन्तान दम्पतीले समेत वैवाहिक जीवनलाई सफल तुल्याउने हो भने, पति र पत्नी दुवै आफ्नो जीवनसाथीलाई ‘खुशी पार्न’ चिन्तित हुनैपर्छ। यो विशेषगरि मसीही प्राचीनहरूका लागि चासोको विषय हो किनभने तिनीहरूले आफ्ना जिम्मेवारीहरूलाई सन्तुलनमा राख्नुपर्ने हुन्छ।

असल पति तथा प्राचीन

१०. कुनै मसीही प्राचीन बन्‍न योग्य हुनका लागि तिनका सँगी भाइहरू तथा मण्डली बाहिरकाहरूले कुन कुरा देख्न सक्नुपर्छ?

१० प्राचीन नियुक्‍त हुनका लागि विवाहितै हुनुपर्ने आवश्‍यकता नभए तापनि मसीही पुरुष विवाहित छन्‌ भने तिनी प्राचीनको हैसियतमा नियुक्‍त हुने सिफारिस पाउनको लागि तिनले उचित शिरत्वको अभ्यास गर्दै असल, मायालु पति हुन प्रयास गरिरहेको प्रमाण दिनैपर्छ। (एफिसी ५:२३-२५, २८-३१) पावलले यसप्रकार लेखे: “यदि कुनै मानिसले बिशपको [“निरीक्षक,” NW] काम गर्न खोज्छन्‌ भने, तिनले असलै कामको इच्छा गर्छन्‌। यसकारण बिशप [“निरीक्षक,” NW] हुने—निर्दोष, एउटै स्त्रीका पति [हुनुपर्छ]।” (१ तिमोथी ३:१, २) आफ्नी पत्नी सँगी विश्‍वासी होस्‌ या नहोस्‌, प्राचीनले असल पति हुन यथाशक्य गरिरहेको प्रत्यक्ष हुनुपर्छ। वास्तवमा, मण्डली बाहिरका व्यक्‍तिहरूले समेत तिनले आफ्नी पत्नीको साथै अन्य जिम्मेवारीहरूको राम्रो हेरचाह गरेको देख्न सक्नुपर्छ। पावलले अझै यसप्रकार थपे: “तिनले मण्डली बाहिरकाहरूबाट असल नाउँ पाएका हुनुपर्छ, नत्रता तिनी निन्दा र शैतानको पासोमा पर्नेछन्‌।”—१ तिमोथी ३:७.

११. “एउटै स्त्रीका पति” भन्‍ने पदावलीको अर्थ के हो र प्राचीनहरूले कस्तो सावधानी अपनाउनुपर्छ?

११ निस्सन्देह, “एउटै स्त्रीका पति” भन्‍ने पदावलीले बहुविवाहलाई निषेध गर्छ तर यसले वैवाहिक विश्‍वासीलोपनलाई पनि बुझाउँछ। (हिब्रू १३:४) मण्डलीका बहिनीहरूलाई मदत गर्दा विशेषगरि प्राचीनहरू होशियार हुनुपर्छ। सल्लाह र सान्त्वना खाँचो परेकी बहिनीलाई भेट्‌न जाँदा तिनीसित एक्लै नहुन सतर्क हुनुपर्छ। आफूसित अर्को प्राचीन, सेवकाई सेवकलाई लैजानु वा प्रोत्साहनजनक भेटघाट मात्र हो भने आफ्नै पत्नीलाई लैजानु बेस हुनेछ।—१ तिमोथी ५:१, २.

१२. प्राचीन तथा सेवकाई सेवकका पत्नीहरूले कस्तो विवरणअनुरूप चल्ने प्रयास गर्नुपर्छ?

१२ संयोगको कुरा, प्रेरित पावलले प्राचीन तथा सेवकाई सेवकहरूले पूरा गर्नुपर्ने आवश्‍यकताहरू उल्लेख गर्दा त्यस्ता सुअवसरहरूका लागि नियुक्‍त हुन लागेका व्यक्‍तिहरूका पत्नीहरूलाई पनि सल्लाह दिए। तिनले यसो लेखे: “स्त्रीहरू पनि यही माफिक गम्भीर, अर्कालाई दोष नलाउने, परहेजी, र सबै कुरामा विश्‍वासी हुनुपर्दछ।” (१ तिमोथी ३:११) त्यस विवरणअनुरूपको हुन मसीही पतिले आफ्नी पत्नीलाई निकै मदत गर्नसक्छन्‌।

पत्नीप्रति निर्वाह गर्नुपर्ने धर्मशास्त्रीय कर्त्तव्यहरू

१३, १४. प्राचीनकी पत्नी सँगी विश्‍वासी नभए तापनि तिनी किन उनीसित बस्नुपर्छ अनि असल पति हुनुपर्छ?

१३ निस्सन्देह, प्राचीन तथा सेवकाई सेवकहरूका पत्नीहरू पनि समर्पित मसीहीहरू हुन्‌ भन्‍ने कुरा उक्‍त सल्लाहबाट स्वतः बुझिन्छ। साधारणतया यस्तै हुन्छ किनभने मसीहीहरूले “प्रभुमा मात्र” विवाह गर्नुपर्छ। (१ कोरिन्थी ७:३९) तर यहोवालाई आफ्नो जीवन समर्पण गर्दा भिन्‍न विश्‍वास भएको व्यक्‍तिसित विवाह गरिसकेका वा पतिको कुनै दोषबिना सत्यबाट तर्किएकी पत्नी भएको मसीही भाइबारे के भन्‍न सकिन्छ?

१४ यसो हुँदैमा तिनलाई प्राचीन हुनदेखि रोकिनेछैन। नता आफ्नो जस्तै विश्‍वास नभएकोले पत्नीसित छुट्टिएर बस्न नै मिल्छ। पावलले यस्तो सल्लाह दिए: “के तिमी विवाहको बन्धनमा परेका छौ? त्यसो भए स्वतन्त्र हुन नखोज।” (१ कोरिन्थी ७:२७) तिनले अझै यसो भने: “कुनै ख्रीष्टियानको विश्‍वास नगर्ने पत्नी छ, र त्यो उसित बस्न चाहन्छे भने उसले त्यसलाई नछोड़ोस्‌। तापनि विश्‍वास नगर्ने चाहिं छुट्टिन्छ भने छुट्टिओस्‌, यस्तो अवस्थामा त्यो ख्रीष्टियान पति अथवा पत्नी कुनै बन्धनमा रहनेछैन। तर परमेश्‍वरले हामीलाई मेल मिलापमा बोलाउनुभएको छ। तिमीले तिम्रो पतिलाई कतिसम्म बचाउने हो, ए स्त्री, तिमी यो कसरी जान्दछौ? अथवा तिमीले तिम्रो पत्नीलाई कतिसम्म बचाउने हो, ए पुरुष, तिमी यो कसरी जान्दछौ?” (१ कोरिन्थी ७:१२, १५, १६) तिनकी पत्नी यहोवाका साक्षी होइनन्‌ भने पनि प्राचीन असल पति हुनैपर्छ।

१५. प्रेरित पत्रुस मसीही पतिहरूलाई कस्तो सल्लाह दिन्छन्‌ र कुनै प्राचीन लापरवाह पति साबित भएमा कस्ता परिणामहरू हुनसक्छन्‌?

१५ आफ्नी पत्नी सँगी विश्‍वासी होस्‌ या नहोस्‌, मसीही प्राचीनले आफ्नी पत्नीलाई मायालु हेरचाहको खाँचो पर्छ भनेर बुझ्नैपर्छ। प्रेरित पत्रुसले यसप्रकार लेखे: “हे पति हो, त्यसैगरी जीवनको अनुग्रहको सजिया हकदारसमेत भएकोले निर्बल पात्रलाई जस्तो स्त्री जातिलाई आदर दिई बुद्धिमानीसाथ तिम्रा पत्नीसँग बस, र तिमीहरूका प्रार्थना नरोकिओस्‌।” (१ पत्रुस ३:७) लापरवाह पतिले यहोवासितको आफ्नै सम्बन्धलाई पनि खतरामा पार्छ। यहोवाकहाँ ‘कुनै पनि प्रार्थना नपुगोस्‌ भनेर बादलले ढाकिराखेझैं’ उहाँसितको सम्बन्धमा अवरोध खडा हुनसक्छ। (विलाप ३:४४) यसो भएमा मसीही निरीक्षकको हैसियतमा सेवा गरिरहन प्राचीन अयोग्य हुनसक्छन्‌।

१६. पावलले कुन मुख्य बुँदालाई स्पष्ट पार्छन्‌ र प्राचीनहरूले यसबारे कस्तो महसुस गर्नुपर्छ?

१६ माथि उल्लेख गरिएअनुसार पावलको तर्कको मूल निचोड के हो भने, कुनै पनि पुरुषले विवाह गर्दा अविवाहित छँदा जत्तिकै “बाधा विना प्रभुको भक्‍ति” गर्नसक्ने स्वतन्त्रतालाई केही हदसम्म त्याग्छन्‌। (१ कोरिन्थी ७:३५) प्रतिवेदनहरूले देखाएअनुसार कुनै कुनै विवाहित प्राचीनहरूले पावलको उक्‍त प्रेरित शब्दलाई सधैं सन्तुलित ढंगमा लिन सकेका छैनन्‌। कोही कोही प्राचीनहरूले आफू असल प्राचीन हुन त्यस्ता केही कुराहरू गर्नैपर्ने ठान्छन्‌ र यसो गर्ने इच्छा पूरा गर्न पतिको हैसियतमा आफूले निर्वाह गर्नुपर्ने कर्त्तव्यहरूलाई बेवास्ता गरिरहेका हुनसक्छन्‌। मण्डलीको सुअवसर स्वीकार्दा आफ्ना पत्नीहरूको लागि आध्यात्मिक तवरमा हानिकारक हुन्छ भनेर स्पष्ट हुँदाहुँदै त्यो अस्वीकार गर्न कसै कसैले गाह्रो महसुस गर्लान्‌। तिनीहरू विवाहसँगसँगै आउने सुअवसरहरू त चाहन्छन्‌ तर के तिनीहरू त्यससँगसँगै आउने जिम्मेवारीहरू पनि पूरा गर्न इच्छुक छन्‌?

१७. कुनै कुनै पत्नीहरू के भएका छन्‌ र यसो हुन नदिन के गर्न सकिन्थ्यो?

१७ निस्सन्देह, तिनीहरूले प्राचीनको हैसियतमा देखाउने जोश सराहनीय छ। तैपनि, मसीहीले मण्डलीमा आफ्ना कर्त्तव्यहरू निर्वाह गर्दा आफ्नी पत्नीप्रति पूरा गर्नुपर्ने धर्मशास्त्रीय जिम्मेवारीहरूलाई बेवास्ता गर्छन्‌ भने के तिनी सन्तुलित मसीही हुन्छन्‌? मण्डलीका अन्य सदस्यहरूलाई सहयोग गर्ने इच्छा गर्नुको साथै सन्तुलित प्राचीन आफ्नी पत्नीको आध्यात्मिकताबारे पनि चिन्तित हुनेछन्‌। कुनै कुनै प्राचीनहरूका पत्नीहरू आध्यात्मिक तवरमा कमजोर भएर तिनीहरूको आध्यात्मिक ‘जहाजसमेत डुबेको’ छ। (१ तिमोथी १:१९) आफ्नो मुक्‍तिको लागि मेहनत गर्न पत्नी स्वयं जिम्मेवार भए तापनि “मण्डलीलाई ख्रीष्टले गर्नुभएझैं” प्राचीनले पनि आफ्नी पत्नीको “पालन पोषण” गरेका भए कुनै कुनै अवस्थामा यसो हुने थिएन। (एफिसी ५:२८, २९) प्राचीनहरूले ‘आफ्नो र बगालको’ ध्यान दिनैपर्छ। (प्रेरित २०:२८) विवाहित छन्‌ भने यसमा तिनीहरूका पत्नीहरू पनि समावेश हुन्छन्‌।

‘शरीरमा कष्ट’

१८. विवाहित मसीहीहरूले अनुभव गर्ने “संकष्ट[का]” केही पक्षहरू के हुन्‌ र यसले प्राचीनको क्रियाकलापलाई कसरी असर गर्नसक्छ?

१८ प्रेरित पावलले यो पनि लेखे: “कन्ये केटीले विवाह गरेमा पाप हुँदैन। तरै पनि यस्ताहरूलाई शरीरमा कष्ट हुनेछ, र म तिमीहरूलाई जोगाउन चाहन्छु।” (१ कोरिन्थी ७:२८) पावल, आफ्नो उदाहरण पछ्याउँदै अविवाहित रहन सक्नेहरूलाई विवाहसँगसँगै आउने चिन्ताहरूबाट जोगाउन चाहन्थे। निस्सन्तान दम्पतीहरूका लागि समेत यस्ता चिन्ताहरूमा स्वास्थ्य समस्या वा आर्थिक कठिनाइलगायत आफ्नो पति वा पत्नीको वृद्ध आमाबाबुप्रति निर्वाह गर्नुपर्ने धर्मशास्त्रीय जिम्मेवारीहरू समावेश हुनसक्छन्‌। (१ तिमोथी ५:४, ८) प्राचीनले यी जिम्मेवारीहरूलाई अनुकरणीय ढंगमा स्वीकार्नैपर्छ र यसले मसीही निरीक्षकको हैसियतमा तिनको क्रियाकलापलाई कहिलेकाहीं असर गर्नसक्छ। आनन्दको कुरा, अधिकांश प्राचीनहरूले पारिवारिक तथा मण्डलीय दुवै जिम्मेवारीहरू पूरा गरेर असल भूमिका निर्वाह गरिरहेका छन्‌।

१९. “पत्नी भएका मानिसहरू पत्नी हुँदै नभएकाहरूजस्तै होऊन्‌” भनेर पावलले के भन्‍न खोजेका हुन्‌?

१९ पावलले अझ यसो भने: “समय अल्प भएको छ, र अब उप्रान्त पत्नी भएका मानिसहरू पत्नी हुँदै नभएकाहरूजस्तै होऊन्‌।” (१ कोरिन्थी ७:२९) निस्सन्देह, तिनले कोरिन्थीहरूलाई त्यस अध्यायमा लेखिसकेको कुरालाई ध्यान दिंदा एउटा कुरा स्पष्ट हुन्छ, विवाहित मसीहीहरूले आफ्ना पत्नीहरूलाई एक वा अर्को ढंगमा बेवास्ता गर्नुपर्छ भन्‍न खोजेका थिएनन्‌। (१ कोरिन्थी ७:२, ३, ३३) आफूले भन्‍न खोजेको कुरालाई बुझाउँदै तिनले यसप्रकार लेखे: “यस संसारका रीतिमा चल्नेहरू नचलनेहरूजस्ता होऊन्‌, किनभने यस संसारको रूप बितेर जाँदैछ।” (१ कोरिन्थी ७:३१) यो कुरा पावल वा प्रेरित यूहन्‍नाको समयमा भन्दा आज झन्‌ बढी लागू हुन्छ किनभने ‘संसार बितेर जाँदैछ।’ (१ यूहन्‍ना २:१५-१७) तसर्थ, ख्रीष्टलाई पछ्याउन केही त्यागहरू गर्नुपर्ने महसुस गर्ने विवाहित मसीहीहरू वैवाहिक जीवनका आनन्द तथा सुअवसरहरूमा चुर्लुम्मै डुब्न सक्दैनन्‌।—१ कोरिन्थी ७:५.

आत्मत्यागी पत्नीहरू

२०, २१. (क) धेरै मसीही पत्नीहरू कस्ता त्यागहरू गर्न इच्छुक छन्‌? (ख) आफ्नो पति प्राचीनै भए तापनि पत्नीहरूले तिनीबाट कस्तो जायज माग गर्नसक्छन्‌?

२० अरूको लाभको लागि प्राचीनहरूले त्यागहरू गरेझैं थुप्रै प्राचीनका पत्नीहरूले वैवाहिक जिम्मेवारीहरू तथा परमेश्‍वरका राज्यसम्बन्धी अत्यावश्‍यक क्रियाकलापहरूबीच सन्तुलन कायम गर्न प्रयास गरेका छन्‌। निरीक्षकहरूका हैसियतमा आफ्ना पतिहरूले दायित्वहरू पूरा गर्न सकोस्‌ भनेर सहयोग गर्न पाउँदा हजारौं मसीही पत्नीहरू खुशी छन्‌। यसो गरेकोमा यहोवाले तिनीहरूलाई प्रेम गर्नुहुन्छ र तिनीहरूले देखाउने असल मनोवृत्तिको लागि आशिष्‌ दिनुहुन्छ। (फिलेमोन २५) तैपनि, पावलको सन्तुलित सल्लाहले के देखाउँछ भने, निरीक्षकहरूका पत्नीहरूले आफ्ना पतिहरूबाट मनासिब समय वा ध्यानको जायज माग गर्नसक्छन्‌। आफ्ना पत्नीहरूसित यथेष्ट समय बिताएर पति र निरीक्षकको हैसियतमा आफ्ना जिम्मेवारीहरूलाई सन्तुलनमा राख्नु मसीही प्राचीनहरूको धर्मशास्त्रीय कर्त्तव्य हो।

२१ तर पति हुनुको अलावा मसीही प्राचीन पिता पनि हो भने नि? यसले झनै जिम्मेवारीहरू थप्छ र तिनले रेखदेख गर्नुपर्ने थप क्षेत्र देखा पर्छ। त्यसबारे हामी आउँदो लेखमा छलफल गर्नेछौं।

पुनरावृत्ति गर्दा

◻ मसीही निरीक्षक विवाहित पुरुष पनि हुनसक्छन्‌ भनेर कुन धर्मशास्त्रीय तथ्यहरूले देखाउँछन्‌?

◻ अविवाहित प्राचीनले विवाह गरेमा तिनी कुन कुराबारे सजग हुनुपर्छ?

◻ विवाहित मसीहीले कुन अर्थमा “संसारको कुराको फिक्री” गर्छन्‌?

◻ थुप्रै निरीक्षकहरूका पत्नीहरूले कसरी आत्मत्यागको असल मनोवृत्ति देखाउँछन्‌?

[पृष्ठ १७-मा भएको चित्र]

ईश्‍वरतान्त्रिक क्रियाकलापहरूमा असाध्यै व्यस्त भए तापनि प्राचीनले आफ्नी पत्नीको मायालु रेखदेख गर्नुपर्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने