प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 १२/१ pp. २-४
  • जब प्राकृतिक प्रकोप आइपर्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जब प्राकृतिक प्रकोप आइपर्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • प्राकृतिक प्रकोपबारे बाइबल के भन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • किन यतिबिघ्न प्राकृतिक प्रकोप?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • के भगवान्‌ले हामीलाई सजाय दिनुभएको हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • असाध्यै गाह्रो प्रश्‍न
    ब्यूँझनुहोस्‌!—२००७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 १२/१ pp. २-४

जब प्राकृतिक प्रकोप आइपर्छ

आक्रा, घाना, जुलाई ४, १९९५: झन्डै ६० वर्ष यता परेको सबैभन्दा मुसलधारे वर्षाले गर्दा ठूलो बाढी आयो। लगभग २,००,००० मानिसहरूले सर्वस्व गुमाए भने ५,००,००० को घरबार नाश भयो र २२ जनाको ज्यान गयो।

सान एन्जेलो, टेक्सास, सं.रा.अ., मे २८, १९९५: भुँवरी र असिनाले ९०,००० निवासीहरू भएको यस शहरलाई अस्तव्यस्त पाऱ्‍यो। परिणामस्वरूप, लगभग १२ करोड अमेरिकी डलर बराबरको धनजन क्षति भयो।

कोबे, जापान, जनवरी १७, १९९५: केवल २० सेकेन्डको भैंचालोको परिणामस्वरूप हजारौं मरे, दशौं हजार घाइते र लाखौं घरबारविहीन भए।

हामी बाँचिरहेको समयलाई प्रकोपको युग भन्‍न सकिन्छ। संयुक्‍त राष्ट्रको प्रतिवेदनअनुसार १९६३-९२ को ३० वर्षीय समयावधिमा प्रकोपहरूले गर्दा मरेका, घाइते भएका वा घरबार छाड्‌नु परेका मानिसहरूको संख्या वार्षिक सरदर ६ प्रतिशतले बढेको छ। त्यस निराशाजनक परिस्थितिकै कारण संरा-ले १९९० दशकलाई “प्राकृतिक प्रकोप कटौती अन्तरराष्ट्रिय दशक” भनेर नामकरण गऱ्‍यो।

निस्सन्देह, आँधीबेहरी, ज्वालामुखी विस्फोटन वा भैंचालोजस्ता प्राकृतिक शक्‍तिले गर्दा सधैं प्रकोप आइपर्दैन। मानवहरूलाई हानि नपुऱ्‍याई वर्षेनी सयौं घटनाहरू भइरहन्छन्‌। तर निकै ठूलो धनजनको खति हुँदा भने यसलाई प्रकोप भन्‍न सुहाउँछ।

प्राकृतिक प्रकोपहरूको वृद्धि अवश्‍यम्भावी देखिन्छ। प्राकृतिक प्रकोप—परमेश्‍वरको कार्य वा मानिसको? (अंग्रेजी) पुस्तक बताउँछ: “मानिसहरूले वातावरणलाई परिवर्तन गरेर केही प्रकोपहरू अझ निम्ताउनुकासाथै ती खतराहरूबाट आफैलाई असुरक्षित पार्ने कार्यहरू गरिरहेका छन्‌।” त्यही पुस्तकले एउटा अनुमानित उदाहरण यसरी प्रस्तुत गर्छ: “प्रकोपले ल्याउने मानव मृत्यु र पीडाबारे ईंटा र माटोद्वारा निर्मित झुप्रोहरू भएको भिरालो इलाकामा आएको हल्का भैंचालोले राम्ररी प्रमाणित गर्ला। तर प्रकोपले ल्याउने अझ धेरै परिणामहरू भूकम्पले गर्दा हो वा त्यस्तो खतरापूर्ण ठाउँ तथा कच्चा घरहरूमा बस्नुको नतिजा हो?”

यद्यपि, बढ्‌दो प्राकृतिक प्रकोपहरूबारे बाइबल विद्यार्थीहरूले अचम्म नमान्‍नुको एउटा अर्को पनि कारण छ। लगभग २,००० वर्षअघि येशू ख्रीष्टले अरू कुराहरूमध्ये “ठाउँ ठाउँमा अनिकाल र भैंचालो[द्वारा]” “जगत्‌को अन्त” चिह्नित हुनेछ भनेर अगमवाणी गर्नुभएको थियो। (मत्ती २४:३, ६-८) “आखिरी दिन[को]” दौडान मानिसहरू स्वार्थी, धनका लोभी, स्वाभाविक स्नेह नभएका र असल नरुचाउने हुनेछन्‌ भनेर पनि बाइबलमा अगमवाणी गरिएको थियो।a (२ तिमोथी ३:१-५) यी प्रवृत्तिहरूले गर्दा मानिसहरू वातावरण विरुद्ध कार्यहरू गरेर मानवजातिलाई प्राकृतिक शक्‍तिहरूबाट झन्‌ असुरक्षित बनाउँछन्‌। मानिसकै कारण आइपर्ने प्रकोपहरू त्यस प्रेमरहित समाजको उपज हो जहाँ अधिकांश मानिसहरू बसोबास गर्छन्‌।

हामी बसेको ग्रहमा मानिसको जनसंख्या बढ्‌दै गयो, मानव व्यवहारको कारण मानिसहरूमाथि खतरा बढ्‌दै गयो र पृथ्वीका सम्पदाहरूको झन्‌ झन्‌ दुरुपयोग गरियो भने प्रकोपहरू मानिसमाथि आइनै रहनेछन्‌। राहत दिंदा चुनौतीहरू आइपर्छन्‌ भनेर यसपछिको लेखले देखाउनेछ।

[फुटनोट]

a अन्तिम दिनको चिह्नबारे थप जानकारीको लागि वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तकको पृष्ठ ९८-१०७ हेर्नुहोस्‌।

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

Top: Information Services Department, Ghana; right: San Angelo Standard-Times

[पृष्ठ २-मा भएको चित्रको स्रोत]

COVER: Maxie Roberts/Courtesy of THE STATE

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने