प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 २/१ पृ. ८
  • सबैकहाँ सत्य पुऱ्‍याउनु

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सबैकहाँ सत्य पुऱ्‍याउनु
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • साथीहरूको दबाब—के यो साँच्चै शक्‍तिशाली हुन्छ र?
    ब्यूँझनुहोस्‌!—२००२
  • म कसरी साथीहरूको दबाबको सामना गर्न सक्छु?
    ब्यूँझनुहोस्‌!—२००३
  • युवाहरू हो—साथीहरूको दबाबको प्रतिरोध गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • साथीहरूको दबाउ र प्रचार गर्ने सुअवसर
    हाम्रो राज्य सेवकाई—२०००
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 २/१ पृ. ८

राज्य उद्‌घोषकहरूका रिपोर्ट

सबैकहाँ सत्य पुऱ्‍याउनु

प्रेरित पावल परमेश्‍वरको राज्यका एक जोसिला उद्‌घोषक थिए। तिनले “सुसमाचार” प्रचार गर्ने आदेश पाएका थिए र उक्‍त आदेश पूरा गर्न कुनै पनि विरोधले तिनलाई अलमल्याउन सकेन। (१ कोरिन्थी ९:१६; प्रेरित १३:५०-५२) पावलले अरूलाई पनि आफ्नो उदाहरण अनुकरण गर्न आग्रह गरे।—१ कोरिन्थी ११:१.

जस्तोसुकै परिस्थितिमा पनि प्रचार गर्ने दृढ संकल्पका लागि यहोवाका साक्षीहरू विश्‍वभरि चिरपरिचित छन्‌। वास्तवमा, परमेश्‍वरले सुम्पनुभएको ‘चेला बनाउने’ काम पूरा गर्न तिनीहरू “समय र बेसमयमा” अरूलाई सत्यबारे बताउँछन्‌। (२ तिमोथी ४:२; मत्ती २८:१९, २०) तिनीहरूको कामको विरोध गर्ने मुलुकहरूमा पनि तिनीहरू इमानदार हृदय भएकाहरूलाई परमेश्‍वरको राज्यको अत्यन्त महत्त्वपूर्ण सन्देश सुनाउन पछि हटेका छैनन्‌ भनेर निम्न उदाहरणहरूले देखाउँछन्‌।

◻ पश्‍चिमी प्रशान्त महासागरको एउटा टापुमा यहोवाका साक्षीहरूको काम प्रतिबन्धित छ। त्यहाँ, १२ वर्षको एउटा केटोका प्रायजसो सहपाठीहरू कुलतमा फसेका थिए। उसका सहपाठीहरूलाई चुरोट पिउने लत लागिसकेको थियो, तिनीहरू अश्‍लिल साहित्यहरू पढ्‌थे, शिक्षकशिक्षिकालाई हैरान पार्थे र झैझगडा गर्थे। स्थिति असाध्यै गएगुज्रिएको देखेर त्यो केटोले अर्कै स्कूलमा भर्ना हुन मिल्ला कि भनेर आफ्नो बुबासित सोध्यो। तर अरू स्कूलका विद्यार्थीहरूको आनीबानी पनि त्यस्तै हुनसक्ने भएकोले स्कूल फेर्दैमा समस्या टर्दैन भनेर बुबा चाहिंले उसलाई सम्झाए। त्यसोभए, छोरालाई कसरी पो मदत गर्ने?

जवान मानिसहरूको निम्ति लेखिएको एउटा पुस्तक घरमा थियो भनेर बुबा चाहिंले सम्झे। त्यो पुस्तक तिनीहरूको नातेदारले उपहारस्वरूप दिएका थिए र तिनी यहोवाका साक्षी रहेछन्‌। अनि तिनले त्यो पुस्तक खोज्न थाले र भेट्टाएपछि छोरालाई पढ्‌न दिए। त्यस पुस्तकको शीर्षक यस्तो थियो, युवा जनहरूले सोध्ने प्रश्‍न—त्यसका उपयोगी जवाफहरू।a त्यो केटोलाई “साथीहरूको दबाब मैले कसरी सामना गर्ने?” अध्याय विशेषगरि निकै मदतकारी लाग्यो। त्यो अध्यायले उसलाई आत्मसम्मान कायम राख्नुपर्छ भनेर मात्र होइन तर साथीहरूले मूर्ख काम गर्न दबाब दिंदा कसरी कुशलतासाथ नाइँ गर्दिनँ भन्‍ने, त्यो पनि सिकायो। त्यस पुस्तकमा बताइएअनुसार धर्मशास्त्रमा आधारित सिद्धान्तहरूलाई प्रयोग गर्दा त्यस जवान व्यक्‍तिले साथीहरूले दबाब दिंदा के गर्नुपर्छ, त्यो थाह पायो।

छोरामा भएका असल परिवर्तनहरू देखेर बुबाले पनि त्यो पुस्तक पढ्‌ने निधो गरे। पुस्तकमा दिइएका व्यवहारिक सल्लाहहरूले तिनी निकै प्रभावित भए र गृह बाइबल अध्ययन गर्न सकिन्छ कि भनेर यहोवाका साक्षीहरूलाई सोधे। पछि तिनको परिवारका अन्य सदस्यहरूले पनि तिनीसँगसँगै अध्ययन गर्न थाले। यसको परिणाम? त्यो केटो, उसको भाइ, उसको बुबा, हजुरबुबा र हजुरआमा सबै अहिले यहोवाका साक्षीहरू भएका छन्‌।

◻ त्यही टापुमा भएको अर्को एउटा घटना यस्तो छ। बाइबल सिद्धान्तहरू जस्तो लेखिएका छन्‌, त्यस्तै पालन गरेकाले यहोवाका दुइ साक्षीहरू थुनामा परेका थिए। यस्तो परिस्थिति आइपरे तापनि तिनीहरूले परमेश्‍वरको राज्यबारे निडरतापूर्वक बताउन छाडेनन्‌। तिनीहरूले झ्यालखानाका हाकिमलाई भेटेर थुनामै प्रभु येशूको साँझको भोज मनाउने अनुमति मागे। त्यहाँका कैदीहरूमध्ये १४ जनाले बाइबलका कुराहरू सिक्ने इच्छा व्यक्‍त गर्दा र त्यस महत्त्वपूर्ण अवसरमा उपस्थित हुँदा ती दुइ भाइहरू औधी रमाए। ती कैदीहरूमध्ये कुनै कुनैले थुनाबाट छुटेपछि पनि बाइबल अध्ययन गर्न छाडेनन्‌ र यहोवाका साक्षीहरूसित संगत गरिरहेका छन्‌।

प्रतिबन्ध अथवा विभिन्‍न प्रकारका विरोध वा सतावटको कारण २५ भन्दा धेरै मुलुकहरूमा यहोवाका साक्षीहरू सताइएका छन्‌। तथापि, प्रेरितहरूले जस्तै तिनीहरूले पनि “शिक्षा दिन र येशूनै ख्रीष्ट हुन्‌ भन्‍ने सुसमाचार सुनाउन बन्द गरेका छैनन्‌।”—प्रेरित ५:४२.

[फुटनोट]

a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने