प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 २/१५ p. २९
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरले कारवाही गर्नुहुँदा के तपाईं बच्नुहुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • “हामीलाई भन्‍नुहोस्‌, यी कुराहरू कहिले हुनेछन्‌?”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • “हामीलाई भन्‍नुहोस्‌, यी कुराहरू कहिले हुनेछन्‌?”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • महा संकष्टबाट बचाइएका मानिसहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 २/१५ p. २९

पाठकहरूका प्रश्‍नहरू

अगस्त १५, १९९६ को “प्रहरीधरहरा”-ले यसो भन्यो: “संकष्टको अन्तिम चरणमा . . . भागेर यहोवाको पक्ष लिने जति ‘देहधारी’ बचाइनेछन्‌।” के यसको मतलब महासंकष्टको पहिलो चरणपछि अरू धेरैले परमेश्‍वरको पक्ष लिनेछन्‌ भन्‍न खोजिएको हो?

त्यसो भन्‍न खोजिएको होइन।

आउँदो महासंकष्टको पहिलो चरणमा अर्थात्‌ धर्ममाथि आक्रमण हुँदा मत्ती २४:२२ मा पाइने येशूका शब्दहरूको पहिलो पूर्ति हुनेछ। उक्‍त लेखले यसो भन्यो: “पुनः स्मरण रहोस्‌, संकष्टको प्रथम चरणमा महान्‌ बेबिलोन एकै झोक्कामा पूर्णतया नाश हुँदा शेष अभिषक्‍त जनहरू अनि ‘ठूलो भीड’ चाहिं बचाइसकेको हुनेछ।”

महासंकष्टको अन्तिम चरणमा येशू र स्वर्गीय सेनाले कारबाही गर्नुहुँदा त्यस्ता विश्‍वासी जनहरूलाई कुनै खतरा हुनेछैन। तर महासंकष्टको त्यस्तो चरमबिन्दुबाट को बच्नेछ त? पार्थिव आशा भएको ठूलो भीडले मुक्‍ति पाउनेछ भनेर प्रकाश ७:९, १४ ले बताउँछ। आत्मा-अभिषिक्‍त मसीहीहरू नि? अगस्त १५, १९९० को प्रहरीधरहरा-को (अंग्रेजी) “पाठकहरूका प्रश्‍नहरू”-ले पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त मसीहीहरू कहिले स्वर्ग लगिनेछन्‌ भनेर हामीहरूले मत मतान्तर खडा गरिरहनु आवश्‍यक छैन भनेर छलफल गरेको थियो। त्यसैले हालैको लेखले (अगस्त १५, १९९६) त्यसबारे कुनै किटान गरेको छैन, खालि यस्तो टिप्पणी गरेको छ: “त्यस्तैगरि संकष्टको अन्तिम चरणमा पनि भागेर यहोवाको पक्ष लिने जति ‘देहधारी’ बचाइनेछन्‌।”

महासंकष्ट सुरु हुँदा कोही कोहीले सत्य सिकेर परमेश्‍वरको पक्षमा खडा हुनसक्छन्‌ कि भनी बुझ्न मत्ती २४:२९-३१ मा लेखिएका येशूका शब्दहरूलाई ध्यान देऔं। महासंकष्ट सुरु भएपछि मानिसको पुत्रको चिह्न देखा पर्नेछ। येशूले यसो भन्‍नुभयो, पृथ्वीका सबै जातिका मानिसहरू विलाप गर्नेछन्‌। त्यतिबेला पश्‍चात्ताप गर्ने, परमेश्‍वरको पक्ष लिने र साँचो चेलाहरू बन्‍ने मानिसहरूबारे उहाँले केही पनि भन्‍नुभएन।

त्यसैगरि, भेडा र बाख्राको उखानमा पनि मानिसको पुत्र देखा पर्नुहुन्छ र बितेको समयमा तिनीहरूले के के गरे र के के गरेनन्‌ त्यसको आधारमा न्यायपूर्वक छुट्याउनुहुनेछ। पहिला धेरै समयसम्म बाख्राजस्तो चालचलन भएको मान्छे एक्कासि परिवर्तन भएर भेडाजस्तो भएकोबारे येशूले केही पनि बताउनुभएन। मानिसहरूले पहिले नै गरेका कामको आधारमा उहाँले न्याय गर्नुहुन्छ।—मत्ती २५:३१-४६.

तर अझै पनि यस विषयमा मत मतान्तर गरिरहनुपर्ने कुनै कारण छैन। परमेश्‍वरका जनहरू अर्थात्‌ अभिषिक्‍त र ठूलो भीड दुवैलाई अहिले के गर्नुपर्छ, त्यो थाह छ। त्यो हो, प्रचार गर्ने अनि चेला बनाउने। (मत्ती २८:१९, २०; मर्कूस १३:१०) हाम्रोलागि अहिले यो उपदेश आत्मसात गर्ने समय हो: “उहाँसँगै काम गर्दै हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्ती पनि गर्छौं, कि परमेश्‍वरको अनुग्रह व्यर्थैमा ग्रहण नगर। (किनभने उहाँ भन्‍नुहुन्छ, ‘खुशी भएको समयमा मैले तिम्रो कुरा सुनें, औ उद्धारको दिन मैले तिमीलाई सहायता दिएँ,’ हेर, ग्रहणयोग्य समय अहिले छ, हेर, उद्धारको दिन अहिले छ)। ”—२ कोरिन्थी ६:१, २.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने