प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ४/१ पृ. २७-२९
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईंलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—१९९६
  • जे जे सिजरका हुन्‌ सिजरलाई दिने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • के परमेश्‍वरले इस्राएललाई दिनुभएको व्यवस्था निष्पक्ष र न्यायोचित थियो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ४/१ पृ. २७-२९

पाठकहरूका प्रश्‍नहरू

मसीहीलाई कचहरीमा भाग लिन बोलाइयो भने के गर्ने?

कुनै कुनै मुलुकमा अदालती मामिलामा न्यायाधीशलाई मदत गर्न न्यायिक समितिका मानिसहरूले जनतालाई पनि बोलाउँछन्‌। यस्तो चलन भएको ठाउँमा कचहरीमा भाग लिन बोलाइँदा कसरी जवाफ दिने हो, त्यसको निर्णय मसीही आफैले गर्नुपर्छ। शद्रक, मेशक र अबेद्‌नगो पनि बेबिलोनी सरकारले दूराको मैदानमा जम्मा हुने उर्दी दिंदा उपस्थित भए। रोमी सरकारको निर्देशनअनुसार यूसुफ र मरियम बेतलेहम गए। (दानियल ३:१-१२; लूका २:१-४) त्यसैले धेरै मसीहीहरूको भनाइअनुसार यस्तो सेवा गर्दा आफ्नो अन्तस्करणलाई बाधा दिंदैन भने यो बाइबल सिद्धान्त विपरीत होइन भन्‍ने निष्कर्षमा पुगेका छन्‌। यद्यपि, यसमा निष्कपट मसीहीहरूले विचार गर्नुपर्ने केही कारणहरू छन्‌।

कचहरीमा बोलाउने व्यवस्था संसारको सबै देशहरूमा लागू छैन। कुनै कुनै देशमा सार्वजनिक र फौजदारी मुद्दाहरू चाहिं पेशेवर न्यायाधीश अथवा न्यायाधीशहरूको कचहरीद्वारा नै निर्णय गरिन्छ। कतिपय ठाउँमा भने मुलुकी ऐनबमोजिम निर्णय गरिन्छ र कचहरीद्वारा न्याय गरिन्छ। तैपनि, प्रायजसो मानिसहरूलाई कचहरीका सदस्यहरू कसरी छानिन्छन्‌ अनि तिनीहरूले के गर्छन्‌ भन्‍नेबारे कमै जानकारी छ। त्यसकारण कचहरी व्यवस्थासँग तपाईं मुछिनुभए पनि नभए पनि सारांशमा यसबारे जानकारी लिइराख्नु मदतकारी नै हुनेछ।

परमेश्‍वरका जनहरूले सबैभन्दा महान्‌ न्यायाधीश यहोवा नै हुनुहुन्छ भनेर मानिलिएका छन्‌। (यशैया ३३:२२) प्राचीन इस्राएलमा सदाचारी र निष्पक्ष अनि अनुभवी मानिसहरू व्यवस्थासम्बन्धी मुद्दा र झगडाहरू मिलाउन परमेश्‍वरका न्यायकर्ताको रूपमा काम गर्थे। (प्रस्थान १८:१३-२२; लेवी १९:१५; व्यवस्था २१:१८-२१) येशू यस पृथ्वीमा आउनुभएको बेला महासभा अर्थात्‌ यहूदीहरूको मुख्य न्यायालयले न्यायिक कामहरू सम्हाल्थ्यो। (मर्कूस १५:१; प्रेरित ५:२७-३४) अन्य यहूदी जनसाधारणलाई उक्‍त सार्वजनिक कचहरीमा भाग लिने कुनै प्रबन्ध थिएन।

अरू देशमा भने कचहरीका सदस्यहरू स्थानीय नागरिकहरूबाटै छानिन्थ्यो। सुकरातलाई ५०१ कचहरीहरूले पुर्पक्ष गरेको थियो। गणतन्त्र रोममा पनि पहिले सोधपुछ गर्न कचहरीमा लैजाने व्यवस्था थियो तर बादशाहले पछि उक्‍त व्यवस्था खारेज गरिदिए। पछि, बेलाइतका राजा हेनरी तृतीयले कसैलाई कुनै दोष लाग्यो भने उसकै छिमेकीहरूले छिनफान गर्ने व्यवस्था बनाए। किनभने त्यतिबेलाको चलनअनुसार पक्ष र विपक्षलाई आपसमा लडाएर वा एकदमै कडा परीक्षा लिएर न्याय गरिन्थ्यो। त्यसो गर्नुभन्दा छिमेकीहरूले गरेको न्याय उचित हुनसक्छ। समय बित्दै जाँदा, कचहरी प्रथा अर्कै व्यवस्थामा परिवर्तन भयो। यसअनुसार पञ्चकचहरीले मुद्दा हेर्ने गर्थ्यो र तथ्यहरूका आधारमा फैसला गरिन्थ्यो। पेशेवर न्यायाधीशले कचहरीका सदस्यहरूलाई तथ्यका विभिन्‍न बुँदाहरूमा निर्देशन दिने गर्थे।

कचहरी विभिन्‍न किसिमका हुन्छन्‌ र कचहरीमा बस्ने सदस्यहरूको संख्या पनि फरक फरक हुन्छ। त्यसैगरि फैसला गर्ने तरिका पनि फरक हुन्छ। उदाहरणका लागि, संयुक्‍त राज्यमा १२ देखि २३ जनासम्म सदस्यहरू भएको महाकचहरीले कुनै व्यक्‍तिलाई अपराधीको अभियोग लगाउन मिल्ने यथेष्ट प्रमाण छ कि छैन भन्‍ने फैसला गर्छ। तर यसले दोषी र निरअपराधी को हो भनेर ठहर गर्दैन। त्यस्तैगरि, हत्यासम्बन्धी सोधपुछ गर्ने कचहरीले (सोधपुछ कचहरी) हत्या भएको हो कि हैन भनेर प्रमाणहरूको छानबिन गर्छ।

धेरैजसो मानिसहरू कचहरी भन्‍ने बित्तिकै न्याय गर्न बसेको १२ जना सदस्यको एउटा समूहलाई सम्झन्छन्‌। जसले सार्वजनिक मामला अथवा हत्यासम्बन्धी मुद्दाहरू फैसला गर्छ। अनि कुनै व्यक्‍ति दोषी हुन्‌ कि होइनन्‌ भनेर जाँच गर्न वकिलहरूको बयान सुन्छ। महाकचहरीको तुलनामा यो सानो हुन्छ। साधारणतया अदालतले नै कचहरीको लागि उपस्थित हुन व्यक्‍ति व्यक्‍तिलाई सूचना पठाउँछ। यसरी बोलाउँदा चुनावका उम्मेदवार, सवारी अनुमतिप्राप्त चालकहरू र त्यस्तै अरू बोलाइन्छ। यीमध्ये कोही फौजदारी अभियोगमा परिसकेका र मानसिक असन्तुलन भएका छन्‌ भने स्वतः अयोग्य ठहरिन्छन्‌। स्थानीय कानुनअनुसार चिकित्सक, पादरी, कानुनविद्‌ अथवा सानातिना उद्योगपतिहरूले चाहिं कचहरीमा बस्न नपर्ने छुट पाउनसक्छन्‌। (कसै कसैले भने आफ्नो अन्तस्करणले नदिएको हुँदा कचहरी सेवामा भाग नलिन छुट पाएका छन्‌।) तापनि, सरकारले यस्तो असमर्थतालाई दिनप्रतिदिन मान्यता दिन छाडेकोले सबै जना नै कचहरीमा बसेर प्रतिवेदन दिन बाध्य छन्‌। शायद, कहिलेकाहीं त वर्षौंसम्म।

कचहरीका सबै सदस्यहरू फैसला गर्न बस्नैपर्छ भन्‍ने बाध्यता छैन। बोलाइएका ती सदस्यहरूमध्येबाट योग्य योग्यलाई पालै पालो भिन्‍नाभिन्‍नै मुद्दामा निसाफ गर्न लगाइन्छ। कसैलाई चाहिं निश्‍चित क्षेत्रमा कहिलेकाहीं सम्भाव्य सदस्यको रूपमा काम गर्न छानिएको हुन्छ। त्यसपछि न्यायाधीशले मुद्दाको किसिम, तिनीहरूका वारिसहरू र त्यसको प्रकृति बयान गर्छन्‌। उनी र वकिल मिलेर यसको लागि सक्षम व्यक्‍तिहरू छान्छन्‌। हो, त्यसबेला चाहिं कसैलाई त्यो मुद्दामा निसाफ गर्न अन्तस्करणले दिएन भने बताउनुपर्छ।

त्यो समूहका सदस्यहरू सबै जना एकै चोटि मुद्दा फैसला गर्न बस्दैनन्‌। फैसलाको लागि आवश्‍यक संख्या मात्र राखिन्छ। मुद्दा फैसलामा बसेका कचहरीका कुनै सदस्यले निष्पक्षता नदेखाई कुनै पक्षलाई बढी चाख देखाएको खण्डमा न्यायाधीशले उनलाई हटाउन पनि सक्छन्‌। दुवै पक्षका वकिलहरूलाई पनि कचहरीका केही सदस्यलाई हटाउने अधिकार हुन्छ। यसरी, मुद्दा फैसला गर्ने कचहरी सदस्य समूहबाट हटाइएकाहरू कचहरी सदस्यको समूहमै रहन्छन्‌ र अरू मुद्दाहरूमा आक्कलझुक्कल कचहरीमा निसाफ गर्ने मौका पर्खन्छन्‌। केही मसीहीहरूले यस्तो अवसरमा अनौपचारिक साक्षी दिने मौका छोपेका छन्‌। फैसला गर्न कचहरीको सदस्यको रूपमा बसे पनि नबसे पनि केही समयपछि उसको कार्यकाल सिद्धिन्छ।

मसीहीहरू “आफ्नो आफ्नो काम गर्न” र ‘अर्काको कुरामा हात नहाल्न’ प्रयत्न गर्छन्‌। (१ थिस्सलोनिकी ४:११; १ पत्रुस ४:१५) एक पटक येशूलाई एउटा यहूदीले अंश भाग लगाइदिने आग्रह गर्दा उहाँले त्यस व्यक्‍तिसँग सोध्नुभयो: “ए मानिस, कसले मलाई तिमीहरूमाथि न्यायकर्त्ता अथवा बाँड़िदिने तुल्यायो?” (लूका १२:१३, १४) येशू कानुनी कुराहरूको फैसला गर्न होइन, राज्यको सुसमाचार घोषणा गर्न आउनुभएको थियो। (लूका ४:१८, ४३) येशूको यस्तो प्रतिक्रियाले उक्‍त व्यक्‍तिलाई परमेश्‍वरको व्यवस्थाअनुसार विवाद सुल्झाउन प्रेरित गराएको हुनुपर्छ। (व्यवस्था १:१६, १७) यी तथ्यहरू महत्त्वपूर्ण भए तापनि कचहरी सेवाको लागि बोलाउँदा काम गर्नु भनेको चाहिं अर्काको मामलामा हात हाल्ने कुराभन्दा भिन्‍नै छ। यो दानियलका तीन साथीहरूको परिस्थितिसँग मिल्दोजुल्दो छ। बेबिलोनी सरकारले तिनीहरूलाई दूराको मैदानमा खडा हुन आज्ञा दियो। तिनीहरूले त्यसो गर्दा परमेश्‍वरको नियम उल्लंघन भएन। तिनीहरूसम्बन्धी त्यसपछिको बाइबल विवरण भने यससँग सम्बन्धित छैन।—दानियल ३:१६-१८.

परमेश्‍वरका सेवकहरूले मोशाको व्यवस्थाबाट फुकुवा पाएपछि तिनीहरूले विभिन्‍न देशहरूमा संसारका विभिन्‍न अदालतहरूको काममा भाग लिनुपर्थ्यो। पावलले कोरिन्थका “पवित्र जनहरूलाई” मण्डलीभित्रका समस्याहरू समाधान गरिदिने आग्रह गरे। पावलले न्यायिक अदालतकाहरूलाई “अधर्मीहरू” भनेर सम्बोधन गर्दा, सांसारिक मामलाहरूमा तिनीहरूले न्याय गर्नसक्ने कुरालाई नकार्न खोजेका होइनन्‌। (१ कोरिन्थी ६:१) सिजरकहाँ समेत आफ्नो मुद्दाको अपील गरेर पावलले रोमी न्यायिक सभामा आफ्नो वकालत गरे। सांसारिक अदालतहरू पूर्णतया खराब हुँदैनन्‌ भन्‍ने कुरा यसले देखाउँछ।—प्रेरित २४:१०; २५:१०, ११.

सांसारिक अदालतहरू सबै नै “उच्च अख्तियारवालाहरूका” कामअन्तर्गत पर्छन्‌। ती “अख्तियारहरू चाहिं परमेश्‍वरबाट खटिएका हुन्छन्‌,” अनि तिनीहरूले नियम बनाउँछन्‌ र पालन गर्न लगाउँछन्‌। पावलले लेखे: “असलै कामको लागि तिनी तिम्रो निम्ति परमेश्‍वरका सेवक हुन्‌। तर तिमीले खराब काम गऱ्‍यौ भने डराऊ, किनभने तिनले तरवार व्यर्थमा भिर्दैनन्‌। किनकि तिनी खराब काम गर्नेमाथि क्रोधको निम्ति बदला लिने परमेश्‍वरका सेवक हुन्‌।” तिनीहरूले कानुन कार्यान्वयन गराउने हुनाले मसीहीहरू ‘अख्तियारको विरोध’ गर्दैनन्‌। अख्तियारवालाहरूले माथि उल्लिखित काम गर्ने भएकोले नै मसीहीहरू ‘तिनीहरूको विरोधमा खडा भएर’ दण्ड पाउन चाहँदैनन्‌।—रोमी १३:१-४; तीतस ३:१.

जहाँसम्म सन्तुलन कायम राख्ने कुरा छ, मसीहीहरूले सिजरका कतिपय मागहरूमा झुक्ने कि नझुक्ने भनेर विचार गर्नुपर्छ। पावलले सल्लाह दिए: “तिर्नु पर्ने कुरा सबैलाई [उच्च अख्तियारवालाहरू] तिर—कर तिर्नु पर्नेलाई कर, महसूल तिर्नु पर्नेलाई महसूल डराउनु पर्नेसँग डराऊ, आदर गर्नु पर्नेलाई आदर गर।” (रोमी १३:७) करसम्बन्धी यो स्पष्ट निर्देशन हो। (मत्ती २२:१७-२१) यदि सिजरले सडक सफा गर्ने अथवा सिजरको कार्यअन्तर्गत पर्ने अरू काम गर्न अह्राउँछ भने, गर्ने कि नगर्ने प्रत्येक मसीहीले आफै निर्णय गर्नुपर्छ।—मत्ती ५:४१.

केही मसीहीहरूले कचहरीमा भाग लिनु भनेको सिजरको कुरा सिजरलाई दिए जस्तो हो भन्‍ने दृष्टिकोण राखेका छन्‌। (लूका २०:२५) कचहरी सेवामा गर्ने काम नै, के भएको हो सबै सुन्‍नु अनि वास्तविकता र कानुनअनुसार इमानदारीपूर्वक आफ्नो दृष्टिकोण पेश गर्नु हो। उदाहरणको लागि, महाकचहरीमा यस कचहरीका सदस्यहरूले तथ्यहरूको आधारमा कसैलाई केरकार गर्ने कि नगर्ने भन्‍ने कुराको मात्र निर्णय गर्छन्‌, तिनीहरूले दोषी ठहराउँदैनन्‌। साधारण केरकार गर्दा के गरिन्छ? त्यस्तो सार्वजनिक मुद्दामा तिनीहरूले पक्ष अथवा विपक्षलाई क्षतिपूर्ति गराउन लगाउँछन्‌। अपराधको मुद्दामा भने तिनीहरूले प्रमाणले उक्‍त व्यक्‍तिलाई दोषी ठहर गर्छ कि गर्दैन भन्‍ने फैसला गर्नुपर्छ। कहिलेकाहीं तिनीहरूले कानुनअनुसार यो सजाय दिनुपर्छ भनेर सिफारिस पनि गर्छन्‌। त्यसपछि सरकारले “खराब काम गर्नेहरूलाई बदला लिन र असल काम गर्नेहरूलाई प्रशंसा गर्न” आफ्नो अधिकार प्रयोग गर्छ।—१ पत्रुस २:१४.

यदि मसीहीलाई कुनै प्रकारको कचहरी सेवा गर्न अन्तस्करणले नदिएको महसुस भयो भने नि? बाइबलले कचहरी सेवाबारे नबताएकोले ‘कुनै पनि कचहरी सेवामा भाग लिनु मेरो धर्मविपरीत हो’ भन्‍न मिल्दैन। मुद्दाको प्रकृतिअनुसार त्यस्तो कचहरी सेवामा भाग लिंदा अन्तस्करणलाई बाधा दिन्छ भन्‍नसक्छन्‌। यौन अनैतिकता, गर्भपतन, मानिसको हत्या अथवा त्यस्तै अरू विषयहरू मुछिएका छन्‌ भने यसमा बाइबल प्रशिक्षित अन्तस्करण र सरकारी नियम मेल नखाने हुनाले माथि उल्लिखित कुरा लागू हुनसक्छ। तर यथार्थमा, उनले निसाफ गर्नुपर्ने मुद्दाहरूमा त्यस्ता कुराहरू मुछिएको नहुन पनि सक्छ।

परिपक्व मसीहीले न्यायाधीशहरूले सुनाएको दण्डसित सरोकार राख्नु उचित हुन्छ कि हुँदैन, त्यो पनि विचार गर्नुपर्छ। (उत्पत्ति ३९:१७-२०; १ तिमोथी ५:२२ तुलना गर्नुहोस्‌।) यदि कुनै व्यक्‍तिलाई गलत निर्णय गरेर मृत्युदण्ड दिइयो भने के कचहरीमा भाग लिने मसीही रक्‍तदोषी हुन्छन्‌? (प्रस्थान २२:२; व्यवस्था २१:८; २२:८; यर्मिया २:३४; मत्ती २३:३५; प्रेरित १८:६) येशूको फैसला सुनाउँदा पिलातस “धार्मिक मानिसको रगतदेखि निर्दोष” हुन खोजे। यहूदीहरूले ढुक्कैसँग भने: “उसको रगत, हामीहरू र हामीहरूका सन्तानमाथि परोस्‌।”—मत्ती २७:२४, २५.

यदि कुनै मसीहीलाई सरकारको निर्देशनबमोजिम निसाफ गर्न बोलाइयो तर न्यायाधीशले अनुरोध गर्दा पनि उसको व्यक्‍तिगत अन्तस्करणले खास किसिमको मुद्दामा निसाफ गर्न दिएन भने त्यसको नतिजा भोग्न तयार हुनुपर्छ। यस्तो परिस्थितिमा या त उसले जरिवाना तिर्नुपर्छ वा जेल सजाय भोग्नुपर्छ।—१ पत्रुस २:१९.

समष्टिगत रूपमा भन्‍ने हो भने, मसीहीले कचहरी सेवा गर्ने सम्बन्धमा के गर्ने अनि के नगर्ने भन्‍ने कुरा बाइबल आधारित ज्ञान र आफ्नो अन्तस्करणको आधारमा निर्णय गर्नुपर्छ। केही मसीहीहरूले कचहरी सेवामा भाग लिएका छन्‌ र त्यस्ता केही कचहरीमा काम पनि गरेका छन्‌। अरू कतिले भने सजाय पाए तापनि त्यसमा भाग लिन इन्कार गरेका छन्‌। के गर्ने भन्‍ने कुरा प्रत्येक मसीही आफैले निर्णय गर्नुपर्छ र उसको निर्णयमा अरू कसैले आलोचना गर्न पनि मिल्दैन।—गलाती ६:५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने