के तपाईंलाई सम्झना छ?
के तपाईंले हालै प्रकाशित प्रहरीधरहरा-का अंकहरू पढेर त्यसको मूल्यांकन गर्नुभएको छ? यदि छ भने, निम्न प्रश्नहरूका जवाफ दिन सक्नुहुन्छ वा सक्नुहुन्न हेर्नुहोस्:
▫ अक्वीला र प्रिस्किलाले बसालेको उत्कृष्ट उदाहरण आज कतिपय विवाहित दम्पतीहरूले कसरी पछ्याएका छन्?
अक्वीला र प्रिस्किलाले थुप्रै मण्डलीहरूमा सेवा गरे। तिनीहरूजस्तै आधुनिक समयका थुप्रै जोसिला मसीहीहरू आवश्यकता बढी भएको ठाउँमा बसाइँ सरेका छन्। तिनीहरू पनि परमेश्वरको राज्यसम्बन्धी क्रियाकलापको वृद्धि देखेर अनि अमूल्य मसीही मित्रता गाँस्न सक्षम भएर प्राप्त हुने आनन्द र सन्तुष्टि महसुस गर्छन्।—१२/१५, पृष्ठ २४.
▫ मादक पेयपदार्थप्रति बाइबलको दृष्टिकोण कस्तो छ?
मादक पेयपदार्थप्रति बाइबलको दृष्टिकोण सन्तुलित छ। एकातर्फ, बाइबलले रक्सी परमेश्वरको वरदान हो भन्छ। (भजन १०४:१, १५) अर्कोतर्फ, मात्तिनेगरि पिउने कुराको यसले निन्दा गर्छ। (लूका २१:३४; १ तिमोथी ३:८; तीतस २:३; १ पत्रुस ४:३)—१२/१५, पृष्ठ २७.
▫ बाइबल पुस्तक हाग्गैको उल्लेखनीय पक्ष के हो?
हाग्गैको पुस्तकमा जम्मा ३८ पदहरू मात्रै भए तापनि परमेश्वरको नाउँ भने ३५ पटक प्रयोग गरिएको छ। यहोवाको ठाउँमा “परमप्रभु” पदावली राख्दा यस्ता भविष्यवाणीहरू निर्जीव देखिन्छन्।—१/१, पृष्ठ ६.
▫ दाऊद र मनश्शेले गरेका पापहरूबाट के पाठ सिक्नसक्छौं?
यहोवाले दाऊद र मनश्शे दुवैलाई क्षमा त दिनुभयो तर तिनीहरूसँगसँगै इस्राएलले पनि पापी कार्यहरूका परिणाम भोग्नुपऱ्यो। (२ शमूएल १२:११, १२; यर्मिया १५:३-५) त्यस्तैगरि यहोवाले पश्चात्तापी पापीहरूलाई आज पनि माफी त दिनुहुन्छ तैपनि तिनीहरूका कार्यको कारण कतिपय परिणामहरू भने तिनीहरूले भोग्नैपर्ने हुन्छ।—१/१, पृष्ठ २७.
▫ परमेश्वरको राज्यको ‘शुभ समाचार ल्याउनेहरूका खुट्टा’ कुन तरिकामा “राम्रा” छन्? (यशैया ५२:७)
त्यस पदमा उल्लिखित खुट्टाको मदतद्वारा कुनै व्यक्ति अरूलाई प्रचार गर्न गतिशील हुन्छन्। यस्ता खुट्टाहरूले व्यक्तिलाई प्रतिनिधित्व गर्छन्। अतः, परमेश्वरको राज्यको शुभ समाचार सुनेर स्वीकार्ने थुप्रैको लागि त्यस्ता सन्देशवाहकहरूको खुट्टा साँच्चै राम्रा हुन्।—१/१५, पृष्ठ १३.
▫ ‘सुसमाचार सुनाउनेमा’ कुन द्विपक्षीय काम समावेश छ? (१ कोरिन्थी ९:१६)
प्रथमतः, हामीले परमेश्वरको राज्यको सुसमाचार घोषणा गर्नैपर्छ। यस कार्यको दोस्रो पक्ष हो, परमेश्वरको राज्यको सन्देश स्वीकार्ने व्यक्तिहरूलाई सिकाउनु।—१/१५, पृष्ठ २३.
▫ मण्डलीका सभाहरूमा राज्य गीतहरू गाउँदा कस्ता व्यक्तिगत लाभहरू हुनसक्छ?
हामीले गाउँदा हाम्रो सृष्टिकर्तालाई आफ्ना भावनाहरू व्यक्त गर्ने अवसर पाउँछौं। (भजन १४९:१, ३) हामीले मण्डलीमा भावविभोर भएर गाउँदा यहोवाको उपासनामा अझ सहभागी हुन हामीलाई उत्प्रेरित गर्ने प्रबन्धमा तनमनले लाग्न मदत पाउनसक्छौं।—२/१, पृष्ठ २८.
▫ कस्तो अवसरमा जन्मेको दिनभन्दा मृत्युको दिन उत्तम हो? (उपदेशक ७:१)
विश्वासी जनहरूको पुनरुत्थान गर्न सक्नुहुने यहोवासामु कसैले असल नाउँ कमाएको छ भने उसको लागि मृत्युको दिन जन्मेको दिनभन्दा उत्तम हुनसक्छ। (यूहन्ना ११:२५)—२/१५, पृष्ठ १२.
▫ उपदेशकको पुस्तकले हामीलाई व्यक्तिगत रूपमा किन मदत गर्नुपर्ने हो?
यसले हामीलाई जीवनप्रति सही दृष्टिकोण राख्न र के मा हाम्रो ध्यानकेन्द्रित गर्ने हो, त्यो बुझ्न मदत दिन्छ। (उपदेशक ७:२; २ तिमोथी ३:१६, १७)—२/१५, पृष्ठ १६.
▫ के यहोवाका साक्षीहरू कट्टरपन्थी हुन्?
अहँ, होइनन्। तिनीहरूको धार्मिक विश्वास दह्रो भए तापनि आज जुन अर्थमा कट्टरपन्थी भन्ने पदावली चलाएको छ, त्यससँग भने मेल खाँदैन। तिनीहरूले आफ्नो विचारधारालाई प्रचारप्रसार गर्न राजनैतिक नेताहरूलाई दबाब दिंदैनन् र जुलुसहरू निकाल्दैनन्। तिनीहरू आफ्नो नेता येशू ख्रीष्टको अनुसरण गर्छन्।—३/१, पृष्ठ ६.
▫ परमेश्वरको निम्ति बदला लिन येशू आउनुहुने निश्चित समयबारे थाह नभएकोले मसीहीहरूलाई कस्तो प्रभाव पार्नुपर्ने हो?
हामी चनाखो हुन्छौं र यहोवाको सेवा निःस्वार्थ भई गर्छौं भनेर प्रमाणित गर्ने मौका दिनहुँ पाउँछौं।—३/१, पृष्ठ १३.
▫ हामीसित जालसाजी गरेको भाइ विरुद्ध कानुनी कारवाही गर्नुअघि के कुराको विचार गर्नुपर्छ?
कानुनी कारवाही चाल्ने विचार गरिरहेका छौं भने, त्यसले आफू र अरू व्यक्तिहरू, मण्डली वा मण्डलीबाहिरका व्यक्तिहरूमाथि पार्नसक्ने सम्भाव्य असरहरू विचार गर्नुपर्छ। (१ कोरिन्थी ६:७)—३/१५, पृष्ठ २२.
▫ साँचो सुख कसरी पाउनसक्छौं?
साँचो आनन्द त विश्वास र यहोवा परमेश्वरसितको घनिष्ठ सम्बन्धमा आधारित हृदयको अवस्था हो। (मत्ती ५:३)—३/१५, पृष्ठ २३.
▫ मसीहीलाई कचहरीमा भाग लिन बोलाइयो भने के गर्ने?
मसीहीले कचहरी सेवा गर्ने सम्बन्धमा के गर्ने अनि के नगर्ने भन्ने कुरा बाइबल आधारित ज्ञान र आफ्नो अन्तस्करणको आधारमा निर्णय गर्नुपर्छ। (गलाती ६:५)—४/१, पृष्ठ २९.