प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 १२/१ पृ. २९-३१
  • के गुनासो गर्नै हुँदैन?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के गुनासो गर्नै हुँदैन?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आफू र अरूमाथि नराम्रो असर
  • के गुनासो पटक्कै गर्नु हुँदैन?
  • मसीही मण्डली
  • उचित अख्तियारवालासमक्ष गुनासो
  • हामीले किन गनगन गर्नु हुँदैन?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • ‘गनगन नगर्नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • काँधमा काँध मिलाएर सेवा गरिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 १२/१ पृ. २९-३१

के गुनासो गर्नै हुँदैन?

गुनासोलाई मनमा गुम्साएर राख्नुभन्दा पीडादायी त अरू के होला र?— मार्कि डे कस्टीन, १७९०-१८५७.

उनले दुई वर्षसम्म सँगी कामदारबाट यौन दुर्व्यवहार सहिन्‌। उनले विरोध गर्दा उल्टो मौखिक दुर्व्यवहार पाउनुका साथै आँखाको कसिंगरजस्तो व्यवहार गरियो। यसरी गुम्साउनुपरेको पीडाले उनको स्वास्थ्यमा नकारात्मक असर पारिरहेको थियो तर उनी के नै गर्नसक्थिन्‌ र? त्यस्तैगरि, सबैभन्दा पढन्ते विद्यार्थीलाई स्कूलबाट निकालियो किनभने स्कूलमा मार्शल आर्टमा भाग लिनुपर्ने नियम थियो तर उसको अन्तस्करणले दिंदैनथ्यो। दुवैलाई आफूमाथि अन्याय भएजस्तो लाग्यो तर गर्ने के, गुनासो गर्ने? गरे नै भने पनि के उनीहरूले राहत पाउने आशा गर्नसक्थे वा कामकुरा झनै बिग्रनेथियो?

आजकाल यस्ता गुनासोहरू सामान्य भइसके किनभने हामी असिद्ध मानिसहरूको हूलमा बाँचिरहेका छौं र यो संसारलाई आदर्श संसार भन्‍न पटक्कै मिल्दैन। गुनासो पनि थरिथरिका हुन्छन्‌। जस्तै, कुनै परिस्थिति चित्त नबुझ्दाको खिन्‍नता, दुःख, पीडा, द्वेष मनमै गुम्साएर राख्ने वा कसैमाथि प्रत्यक्ष दोष लाउने इत्यादि। धेरैजसो मानिसहरू सकेसम्म गुनासो गर्न वा कसैसित मुखामुख गर्न चाहँदैनन्‌। यद्यपि, के सधैं चुपो लागेर बस्नुपर्छ र? बाइबलको दृष्टिकोण कस्तो छ?

आफू र अरूमाथि नराम्रो असर

निस्सन्देह, सधैं गुनासो गर्ने बानी हानिकारक त हो नै। त्यसमाथि बाइबलले पनि निषेध गरेको छ। गुनासो गर्ने व्यक्‍तिले आफूमाथि शारीरिक तथा आध्यात्मिक हानि ल्याउनुका साथै जसको बारेमा गुनासो गरिन्छ, उसलाई पनि रीस उठाउँछ। गुनासो गर्ने पत्नीबारे बाइबलको हितोपदेश यसो भन्छ: “कचकच गर्ने पत्नी वर्षाको तपतपे झरीजस्तै हो।” (हितोपदेश २७:१५) विशेषगरि यहोवा र उहाँका प्रबन्धहरूको गुनासो गर्नु दोषपूर्ण हुन्छ। इस्राएल राष्ट्रले उजाडस्थानमा ४० वर्ष बिताउँदा चमत्कारपूर्ण ढंगमा प्रबन्ध गरिएको मन्‍नलाई “तुच्छ खानेकुरा” भनी गनगन गर्दा यहोवाले तिनीहरूलाई दण्ड दिन विषालु सर्पहरू पठाउनुभयो र सर्पको टोकाइले थुप्रै मरे।—गन्ती २१:५, ६.

यसबाहेक, येशूले आफ्ना अनुयायीहरूलाई सँगी मानवको “कसिंगरको” गुनासो नगरी आफ्ना त्योभन्दा ठूलठूला दोषहरू अर्थात्‌ “मूढ़ा[बारे]” सजग हुने सल्लाह दिनुभयो। (मत्ती ७:१-५) त्यस्तैगरि, पावलले अर्काको न्याय गर्नु (यो पनि गुनासो गर्नु जस्तै हो) पनि गलत हो भने। किनभने ‘अर्कालाई दोष लगाउने व्यक्‍तिले पनि त्यही काम गर्छ।’ गुनासो गर्नु विरुद्ध दिइएका यस्ता चेताउनीहरूले अनावश्‍यक आलोचना तथा किचकिच नगर्न उत्प्रेरित गर्नुपर्ने हो।—रोमी २:१.

के गुनासो पटक्कै गर्नु हुँदैन?

त्यसोभए, के हामीले गुनासो पटक्कै गर्नु हुँदैन भन्‍ने निष्कर्षमा पुग्नु ठीक होला त? त्यसो होइन। आजको त्रुटिपूर्ण संसारमा थुप्रै अन्यायपूर्ण कुराहरू भइरहेका छन्‌ र त्यसलाई सच्याउनु खाँचो छ भनी बाइबलले बताउँछ। येशूले एउटा उखानमा परमेश्‍वरको भय नमान्‍ने न्यायाधीशबारे उल्लेख गर्नुभयो जसले थिचोमिचोमा परेकी एउटी विधवाको नचाहँदा नचाहँदै पनि इन्साफ गरे नत्रता उनी ‘बारम्बार आएर दिक्क पार्नेथिइन्‌।’ (लूका १८:१-८) कुनै कुनै अवस्थामा हामीले पनि परिस्थिति नसुध्रिउञ्जेल गुनासो गरिरहनुपर्ने हुनसक्छ।

परमेश्‍वरको राज्य आओस्‌ भनी प्रार्थना गर्न प्रोत्साहन गर्नुभएर के येशूले हामीलाई यस वर्तमान संसारका कमजोरीहरू मानी लिन अनि समाधानको लागि परमेश्‍वरसमक्ष ‘आवाज उठाउन’ आग्रह गर्नुभएन र? (मत्ती ६:१०) पुरातन सदोम र गमोरामा व्याप्त दुष्टताबारे गुनासो गरिएको “आवाज” यहोवाको कानसम्म पुग्दा उहाँले “त्यही आवाजअनुसार तिनीहरूले यो काम गरेको हो कि होइन भनी हेर्न” र समाधान गर्न दूतहरू पठाउनुभयो। (उत्पत्ति १८:२०, २१) उहाँसमक्ष गुनासो गर्नेहरूका छुटकाराको लागि तत्पश्‍चात्‌ यहोवाले ती दुइ शहर तथा त्यहाँका अनैतिक बासिन्दाहरूको विनाश गरेर अवस्था सुधार्नुभयो।

मसीही मण्डली

के मसीही मण्डलीमा भाइहरूबीच यो कुरा लागू हुँदैन? असिद्ध मानिसहरू भए तापनि मसीहीहरू शान्ति र एकतामा परमेश्‍वरको सेवा गर्ने प्रयास गरिरहेका छन्‌। यद्यपि, केही हदसम्म गुनासो र समाधान गर्नुपर्ने परिस्थितिहरू तिनीहरूबीच पनि अवश्‍य हुनेछन्‌। प्रथम शताब्दीमा पेन्तिकोसको अलिक समयपछि अभिषिक्‍त जनहरूको मण्डलीमा एउटा परिस्थिति सृजना भयो। भर्खरै मसीही भएकाहरू थप निर्देशन र प्रोत्साहनको लागि यरूशलेममै बसे। त्यसकारण जे जति खाद्यान्‍न थियो, त्यो सबैलाई बाँड्‌नुपर्ने भयो। तथापि, “हिब्रूहरूका विरुद्धमा ग्रीक-यहूदीहरूले गनगन गरे किनभने दिनहुँको सेवामा तिनीहरूका विधवाहरूको वास्ता राखिएको थिएन।” यसरी गनगन गर्नेहरूलाई समस्याको पोको भनी बेवास्ता गर्नुको साटो प्रेरितहरूले परिस्थिति सुधार्न कदम चाले। हो, उचित आदर तथा सही मनोभाव राखेर गरिएका औचित्यपूर्ण गुनासोहरू मण्डलीको रेखदेख गर्नेहरूले नम्रतापूर्वक सुन्छन्‌ र त्यसलाई सच्याउन कदम पनि चाल्छन्‌।—प्रेरित ६:१-६; १ पत्रुस ५:३.

उचित अख्तियारवालासमक्ष गुनासो

सही मनोभाव राखेर उचित अख्तियारवालालाई गुनासो गर्नुपर्छ भनेर के तपाईंले उपरोक्‍त उदाहरणहरूबाट बुझ्नुभयो? उदाहरणका लागि, अचाक्ली करबारे प्रहरीलाई वा स्वास्थ्य समस्याहरूबारे वकिललाई गुनासो गर्नु बेकार हुनेछ। त्यसरी नै, अख्तियार नभएको वा मदत गर्न नसक्ने व्यक्‍तिलाई मण्डलीभित्र वा बाहिरको कुनै अवस्थाबारे गुनासो गर्नु उचित हुनेछैन।

आजकाल प्रायजसो मुलुकमा, अदालत तथा अन्य उपयुक्‍त अख्तियारहरू हुन्छन्‌ जहाँ अपील गरेर केही हदसम्म राहत पाउने आशा गर्न सकिन्छ। यस लेखको सुरुमा उल्लिखित विद्यार्थीले अदालतसमक्ष आफ्नो गुनासो पोख्दा उसको पक्षमा सुनुवाइ भयो र स्कूलले उनीसित क्षमायाचना गरेर पुनः भर्ना लिए। त्यसरी नै, यौन दुर्व्यवहार सहनुपरेकी महिला कामदारले पनि महिला मजदूर संघबाट राहत पाइन्‌। उनलाई विद्यालय परिषद्‌ले क्षमायाचना गरे। उनका मालिकहरूले कार्यालयमा यौन दुर्व्यवहार रोक्न आवश्‍यक कदम चाले।

तथापि, गुनासो गर्दा परिणाम सधैं यस्तै हुन्छ भनेर आशा गर्न मिल्दैन। बुद्धिमान्‌ राजा सुलेमानले व्यवहारिक भएर यसो भने: “जे बांगो छ त्यो सोझो बन्‍नसक्‍तैन।” (उपदेशक १:१५) कतिपय कुराहरू त परमेश्‍वरले उहाँको आफ्नै समयमा सच्याउनुहुनेछ भनेर पर्खनुसिवाय अर्को उपाय छैन भनी स्वीकार्नुमा नै बुद्धिमानी हुन्छ।

[पृष्ठ ३१-मा भएको चित्र]

प्राचीनहरूले औचित्यपूर्ण गुनासो सुन्छन्‌ र त्यसअनुरूप कदम चाल्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने