प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ३/१ pp. २०-२४
  • उत्कृष्ट मसीही सम्पदाको लागि कृतज्ञ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उत्कृष्ट मसीही सम्पदाको लागि कृतज्ञ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल सच्चाइको लागि बुबाको जोस
  • युद्धको बेला चुनौती
  • जवाफ दिन तयार
  • अप्रत्याशित निमन्त्रणा
  • मिसनरी कार्यभार
  • कार्यभारमा हेरफेर
  • नाइजेरियाको काम
  • आशाले सँभालिएका
  • यहोवाले सधैँ हामीलाई बल दिनुभयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • यहोवा मेरो शरणस्थान र बल हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • पूर्ण-समय सेवाद्वारा यहोवालाई धन्यवाद!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • यहोवाले मलाई उहाँको इच्छाअनुसार गर्न सिकाउनुभयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ३/१ pp. २०-२४

उत्कृष्ट मसीही सम्पदाको लागि कृतज्ञ

ग्वेन गुचको वृत्तान्तमा आधारित

स्कूलमा मैले भजनहरूमा यी शब्दहरू गाएकी थिएँ, ‘आफ्नो महिमामा सिंहासनारुढ महान्‌ यहोवा।’ म प्रायः सोच्ने गर्थें, ‘यो यहोवा को हो?’

मेरा हजुरबुबामुमा ईश्‍वरभीरु हुनुहुन्थ्यो। यस शताब्दीको सुरुतिरै उहाँहरू बाइबल स्टुडेन्टस्‌सित संगत गर्नुहुन्थ्यो, यहोवाका साक्षीहरू त्यतिबेला त्यही नाउँले चिनिन्थे। मेरो बुबाको व्यापार राम्रो चलेको थियो तर सुरुमा उहाँले आफ्नो मसीही सम्पदा हामी तीन छोराछोरीलाई दिनुभएन।

बुबाले मेरो दाइ डग्लस, बहिनी एन र मलाई उहाँका कार्यहरू र परमेश्‍वर को हुनुहुन्छ? (अंग्रेजी) शीर्षक भएको साना पुस्तिकाहरू दिनुभएपछि मात्र साँचो परमेश्‍वरको नाउँ यहोवा रहेछ भनेर थाह पाएँ। (भजन ८३:१८) म खुसीले गद्‌गद भएँ! तर कुन कुराले बुबाको चासो फेरि जागेको थियो?

सन्‌ १९३८ मा राष्ट्रहरूले पुनः युद्धको तयारी गर्दैथिए र त्यतिखेर बुबाले बुझ्नुभयो कि संसारका समस्याहरू मानव प्रयासले मात्र समाधान हुँदैन। हजुरमुमाले उहाँलाई यहोवाका साक्षीहरूद्वारा प्रकाशित शत्रुहरू (अंग्रेजी) पुस्तक दिनुभयो। यो पढेपछि मानिसजातिको शत्रु वास्तवमा शैतान अर्थात्‌ दियाबल हो र परमेश्‍वरको राज्यले मात्र विश्‍व शान्ति ल्याउन सक्छ भनेर बुझ्नुभयो।a—दानियल २:४४; २ कोरिन्थी ४:४.

युद्ध हुनुभन्दा केही समयअघि हाम्रो परिवारले उत्तरी लण्डनस्थित वुड ग्रीनका यहोवाका साक्षीहरूको राज्य भवनमा सभाहरू धाउन थाल्यो। जून १९३९ मा हामी नजीकैको एलेक्जान्ड्रा प्यालेसमा वाच टावर सोसाइटीको तत्कालीन अध्यक्ष, जोसेफ एफ. रदरफोर्डको “सरकार तथा शान्ति” विषयक जनभाषण सुन्‍न गयौं। न्यु योर्क शहरको मेडिसन स्क्वेर गार्डनमा रदरफोर्डले दिएको भाषण लण्डन तथा अन्य प्रमुख शहरहरूमा रेडियोद्वारा प्रसारण गरिएको थियो। हामीले त्यो भाषण यति स्पष्टसित सुन्‍न सक्यौं कि न्यु योर्कको एउटा हुल्याहा भीडले होहल्ला गर्न खोज्दा हाम्रै सभागृहबाट पो त्यो आवाज आएको हो कि भनेर फर्केर हेरें।

बाइबल सच्चाइको लागि बुबाको जोस

हरेक शनिबार साँझ हाम्रो सम्पूर्ण परिवारले बाइबल अध्ययनमा भाग लिनुपर्छ भनेर बुबाले जोड दिनुहुन्थ्यो। हाम्रो अध्ययन भोलिपल्टको प्रहरीधरहरा छलफलमा आधारित बाइबल विषयमा केन्द्रित हुन्थ्यो। यी अध्ययनहरूले मलाई निकै प्रभाव पाऱ्‍यो किनभने मे १, १९३९ को प्रहरीधरहरा-मा (अंग्रेजी) यहोशू र ऐ शहरको आक्रमणबारे छलफल गरिएको विवरण मेरो दिमागमा अझसम्म प्रस्टै बसेको छ। त्यो विवरणले मलाई यस्तो छाप पाऱ्‍यो कि मैले आफ्नो बाइबलमा त्यस विवरणका सबै प्रसंगहरू केलाएँ। त्यस्तो अनुसन्धान गर्दा मलाई असाध्यै रमाइलो लाग्यो र अहिले पनि लाग्छ।

आफूले सिकेका कुराहरू अरूलाई बताउँदा मेरो हृदयमा बाइबल शिक्षाहरू ठप्प बसे। एक दिन बुबाले मलाई बाइबल सन्देश रेकर्ड गरिएको फोनोग्राफ, बाइबल अध्ययनको निम्ति प्रयोग गरिने सानो पुस्तिका र एउटी वृद्धाको ठेगाना दिनुभयो। त्यसपछि उहाँले मलाई त्यस वृद्धाकहाँ जाऊ भन्‍नुभयो।

मैले भनें, “त्यहाँ गएर के भन्‍ने अनि के गर्ने?”

बुबाले भन्‍नुभयो, “तिमीसित चाहिने जति सबैथोक छँदै छ नि। रेकर्ड बजाऊ, प्रश्‍न सोध अनि घरधनीलाई जवाफ पढ्‌न लगाऊ, त्यसपछि शास्त्रपदहरू पढ।”

उहाँले भन्‍नुभए जस्तै गरें र यसरी मैले बाइबल अध्ययन गर्न सिकें। सेवकाईमा यसरी धर्मशास्त्र चलाएपछि मैले अझ राम्रोसित बुझ्न सकें।

युद्धको बेला चुनौती

सन्‌ १९३९ मा दोस्रो विश्‍वयुद्ध सुरु भयो र त्यसपछिको साल यहोवाप्रतिको समर्पणलाई जनसमक्ष देखाउन मैले बप्तिस्मा लिएँ। म १३ वर्षकी मात्र थिएँ। त्यतिबेला नै मैले अग्रगामी अर्थात्‌ पूर्ण-समय सेवक बन्‍ने निर्णय गरें। मैले १९४१ मा स्कूल छोडेर लेस्टर अधिवेशनमा डग्लससित पूर्ण-समय क्रियाकलापमा लागें।

त्यसपछिको साल युद्धमा भाग नलिने धार्मिक अडान लिनुभएको कारण बुबा थुनामा पर्नुभयो। हामी छोराछोरीहरू आमाको मदत गर्न आयौं र युद्धको कठिन समयमा घरायसी कामकुरामा उहाँलाई सघायौं। त्यसपछि बुबा थुनाबाट मुक्‍त हुनुभएको धेरै समय नबित्दै डग्लसलाई सैनिक सेवामा भर्ती हुन बोलाइयो। स्थानीय अखबारको मुख्य समाचारमा यसो लेखिएको थियो, “किन छोरा पनि बुबाको पछि लागेर झ्यालखाना गएको।” साँचो मसीहीहरू किन सहमानवहरूलाई मार्ने कार्यमा भाग लिंदैनन्‌ भनी बुझाउने मौका मिलेको हुँदा राम्रो साक्षी दिन पाइयो।—यूहन्‍ना १३:३५; १ यूहन्‍ना ३:१०-१२.

ती युद्धका वर्षहरूमा पूर्ण-समय सेवकाईमा लागेका थुप्रै साक्षीहरू हाम्रो घरमा सधैंजसो आउनेजाने गर्थे र तिनीहरूको उत्थानदायी बाइबल-आधारित छलफलले मेरो मनमा अमेट छाप पाऱ्‍यो। यी विश्‍वासी भाइहरूमध्ये जोन बार र अल्बर्ट श्रोडर पनि थिए जो अहिले यहोवाका साक्षीहरूको परिचालक निकायका सदस्य हुन्‌। मेरा आमाबाबुले पाहुनाहरूको अतिथि सत्कार गर्न कुनै कसर छोड्‌नुभएन र हामीलाई पनि त्यसै गर्न सिकाउनुभयो।—हिब्रू १३:२.

जवाफ दिन तयार

मैले अग्रगामी गर्न थालेको केही समयभित्रै ढोका-ढोकाको सेवकाईमा हिल्डालाई भेटें। उनले रिसाउँदै भनिन्‌: “मेरो श्रीमान्‌ तपाईंजस्ता मानिसहरूको लागि युद्ध लडिरहनुभएको छ! तपाईं पनि बरु युद्धको लागि किन केही गर्नुहुन्‍न?”

मैले सोधें, “मैले जे गर्दैछु, त्यसबारे तपाईंलाई के के थाह छ? म यहाँ आउनुको कारण तपाईंलाई थाह छ?”

उनले भनिन्‌, “मलाई के थाह, तपाईं नै भित्र आएर बताउनुस्‌ न।”

प्रायःजसो परमेश्‍वरको नाउँमा हुने नराम्रा कार्यहरूले गर्दा दुःख भोगिरहेका मानिसहरूलाई साँचो आशा प्रदान गर्ने कार्यमा हामी संलग्न छौं भनेर मैले उनलाई बुझाउन सकें। हिल्डाले मूल्यांकन गर्दै कुरा सुनिन्‌ र मेरो प्रथम नियमित बाइबल विद्यार्थी पनि भइन्‌। उनी सक्रिय साक्षीको हैसियतमा सेवा गरिरहेकी अहिले ५५ वर्ष भइसक्यो।

युद्धको अन्तमा मैले दक्षिणपश्‍चिम इंग्ल्याण्डको एउटा गाउँ डोरचेस्टरमा अग्रगामी गर्ने नयाँ कार्यभार पाएँ। यसअघि म घरबाट अलग्गै कहिल्यै बसेकी थिइनँ। हाम्रो सानो मण्डली एउटा रेस्टुरेन्टमा भेला हुने गर्थ्यो र त्यो १६ औं शताब्दीको भवनलाई “दी ओल्ड टी हाउस” भनिन्थ्यो। हामीले हरेक सभाको लागि मेच टेबलहरू मिलाउनुपर्थ्यो। मैले पहिला धाउने गरेको राज्य भवनभन्दा एकदम बेग्लै थियो। तैपनि, एकै प्रकारको आध्यात्मिक भोजन तथा मसीही भाइबहिनीको मायालु संगति पनि त्यहाँ पाइन्थ्यो।

यसै दौडान मेरा आमाबाबु इंग्ल्याण्डको दक्षिणतर्फ पर्ने टनब्रिज वेल्समा बसाइँ सर्नुभयो। बुबा, एन र म मिलेर अग्रगामी गर्न म घर फर्कें। हाम्रो सानो मण्डलीमा चाँडै साक्षीहरूको संख्या बढेर १२ जनाबाट ७० पुग्यो। अतः हाम्रो परिवारलाई राज्य उद्‌घोषकहरूको खाँचो बढी भएको ठाउँ दक्षिणी तटको ब्राइटनमा सर्न आग्रह गरियो। हाम्रो अग्रगामी परिवारसित प्रचार गर्न धेरै जना जोसका साथ सामेल भए र यहोवाले हाम्रो कार्यमा प्रचुर मात्रामा आशिष्‌ दिनुभयो। थोरै समयभित्र एउटा मण्डली बढेर तीन वटा भयो!

अप्रत्याशित निमन्त्रणा

सन्‌ १९५० को ग्रीष्म ऋतुमा न्यु योर्क शहरको यांकी स्टेडियममा सम्पन्‍न ईश्‍वरतन्त्रको वृद्धि अन्तरराष्ट्रिय सम्मेलनमा बेलाइतबाट भाग लिने ८५० प्रतिनिधिमध्ये हाम्रो परिवार पनि थियो। बाहिरी मुलुकबाट त्यस अधिवेशनमा आउने थुप्रै अग्रगामीहरूलाई न्यु योर्कको साउन लान्सिंगमा अवस्थित वाचटावर बाइबल स्कूल अफ गिलियडको आवेदन पठाइएको थियो। त्यो आवेदन पाउनेहरूमध्ये डग्लस, एन र म पनि थिएँ! आवेदन भरेर पत्र पेटीमा खसालेपछि मैले मनमनै सोचें, ‘अब भने मैले आफूलाई साँच्चै अर्पण गरें! अब मेरो जीवनले कस्तो मोड लिने हो?’ तैपनि मेरो कटिबद्धता यही थियो: “म हाजिर छु। मलाई पठाउनुहोस्‌।” (यशैया ६:८) डग्लस र एनसँगसँगै मैले पनि अधिवेशनपछि गिलियडको १६ औं कक्षामा उपस्थित हुने निमन्त्रणा पाउँदा म असाध्यै खुसी भएँ। अब संसारको जुनसुकै भागमा पनि मिसनरीको रूपमा खटाइनसक्छौं भनेर हामी सबैलाई राम्ररी थाह थियो।

सम्पूर्ण परिवार एकसाथ मिलेर अधिवेशनमा उपस्थित भइसकेपछि हाम्रा आमाबाबु मात्रै इंग्ल्याण्ड फर्किने समय आयो। हामी तीन छोराछोरी उहाँहरूसित बिदा भयौं र उहाँहरू मरिटानिया जहाज चढेर घर फर्कनुभयो। त्यो असाध्यै हृदयविदारक क्षण थियो!

मिसनरी कार्यभार

गिलियडको १६ औं कक्षामा संसारका विभिन्‍न भागका १२० जना विद्यार्थीहरू थिए र त्यसमा नाजी यातना शिविरमा सास्ती खाएका भाइबहिनीहरू पनि थिए। हाम्रो कक्षालाई स्पेनी भाषा पनि सिकाइएको हुँदा हामी दक्षिण अमेरिकाको स्पेनी भाषी देशमा खटाइनेछौं होला भन्ठानेका थियौं। तर स्नातक उपाधि वितरण गरेको दिन डग्लस जापानमा अनि एन र म सिरिया खटाइको थाह पाउँदा हामी तीन छक पऱ्‍यौं। त्यसकारण हामी केटीहरूले अरबी भाषा सिक्नुपऱ्‍यो र पछि हामीलाई लेबनानमा खटाइँदा पनि यो भाषा सिक्नुपऱ्‍यो। भीसा पर्खुञ्जेल हामीले वाच टावर सोसाइटीको अरबी प्रहरीधरहरा छाप्ने जर्ज शाकशिरीसित हप्ताको दुई चोटि अरबी भाषा सिक्यौं।

हामीले कक्षामा पढेको बाइबल भूमिमा जान पाउनु अत्यन्तै रोमाञ्चकारी थियो! हाम्रो साथमा किथ र जोइस चु, एड्‌ना स्टाकहाउस, अलिभ टर्नर, डरिन वरबर्टन, डरिस वुड थिए। हामी एउटा साँच्चै आनन्दित मिसनरी परिवार भयौं! हामीलाई भाषा सिक्ने मदत दिन एक जना स्थानीय साक्षी मिसनरी गृहमा आउँथे। दिनहुँको कक्षामा हामी एउटा छोटो प्रस्तुति अभ्यास गर्थ्यौं र पछि प्रचारकार्यमा जाँदा त्यो प्रयोग गर्थ्यौं।

हामीले सुरुको केही वर्ष ट्रिपोलीमा बितायौं। त्यहाँ एउटा मण्डली स्थापना भइसकेको थियो। जोइस, एड्‌ना, अलिभ, डरिन, डरिस, एन तथा मैले स्थानीय साक्षीहरूका श्रीमती तथा छोरीहरूलाई सभा धाउन तथा जन सेवकाईमा भाग लिन मदत गऱ्‍यौं। त्यतिञ्जेल हाम्रा मसीही भाइबहिनीहरू स्थानीय चलनअनुरूप सभाहरूमा सँगै बस्दैनथे र घर-घरको सेवकाईमा मसीही बहिनीहरूले कमै मात्र भाग लिन्थे। जन प्रचारकार्यमा स्थानीय भाषा बोल्न हामीलाई तिनीहरूको सहयोग चाहिन्थ्यो र हामीले तिनीहरूलाई पनि यस कार्यमा भाग लिन प्रोत्साहन दियौं।

त्यसपछि एन र मलाई पुरातन शहर साइडोनका साक्षीहरूको सानो समूहलाई मदत गर्न खटाइयो। त्यहाँ धेरै समय बस्न नपाउँदै हामीलाई राजधानी बेरूत फर्क भनियो। त्यहाँ आर्मेनियाली भाषी समुदायका मानिसहरूमाझ बाइबल सच्चाइको बीउ छरिसकेको हुनाले तिनीहरूलाई मदत गर्न त्यो भाषा सिक्यौं।

कार्यभारमा हेरफेर

इंग्ल्याण्ड छोड्‌नुअघि मैले विल्फ्रेड गुचलाई भेटेको थिएँ। तिनी जोसिला अनि मायालु थिए र लण्डन बेथेलमा सेवारत थिए। विल्फ गिलियडको १५ औं कक्षाका सदस्य थिए र १९५० को यांकी स्टेडियमको अधिवेशनमा स्नातक भएका थिए। मिसनरी कार्यभारमा तिनी नाइजेरियास्थित वाच टावर सोसाइटीको शाखा कार्यालयमा खटाइएका थिए र केही समय हामीले पत्राचार गऱ्‍यौं। सन्‌ १९५५ मा हामी दुवै लण्डनमा सम्पन्‍न “विजयी राज्य” अधिवेशनमा उपस्थित भयौं र त्यसको थोरै समयपछि हाम्रो मगनी भयो। त्यसपछिको साल घानामा हाम्रो विवाह भयो र म विल्फसित तिनको मिसनरी कार्यभारमा लागोस, नाइजेरिया गएँ।

म लेबनानबाट गएपछि एनले जेरूशलेममा बाइबल सच्चाइ सिकेका एक असल मसीही भाइसित विवाह गरिन्‌। मेरा आमाबाबु हामी छोराछोरीमध्ये कसैको पनि विवाहमा सामेल हुन सक्नुभएन किनभने डग्लस, एन र मेरो विवाह संसारको बेग्लाबेग्लै ठाउँमा भयो। तैपनि, हामी सबैले यहोवा परमेश्‍वरको खुसीसाथ सेवा गरिरहेका छौं भनी थाह पाएर उहाँहरू सन्तुष्ट हुनुभयो।

नाइजेरियाको काम

लागोसको शाखा कार्यालयमा मलाई हाम्रो शाखा कार्यालयका आठ सदस्यहरूको कोठा सफा गर्न तथा तिनीहरूको निम्ति भोजन तयार पार्न र लुगा धुन खटाइयो। मैले पति मात्र होइन एउटा तयारी परिवार पनि पाएँ जस्तो लाग्यो!

विल्फ र मैले योरूबा भाषामा छोटो बाइबल प्रस्तुतिहरू गर्न सिक्यौं र हामीले आफ्ना प्रयासहरूको आशिष्‌ पायौं। हामीले त्यतिबेला भेटेको जवान विद्यार्थीको छोरा र छोरी अहिले ४०० सदस्य भएको नाइजेरियाको ठूलो बेथेल परिवारमा सेवारत छन्‌।

सन्‌ १९६३ मा विल्फले न्यु योर्कस्थित ब्रुकलिनमा विशेष निर्देशनको लागि दस महिने कार्यक्रममा उपस्थित हुने निमन्त्रणा पाए। त्यसपछि उहाँले नचिताउनुभएको ठाउँ पुन इंग्ल्याण्ड खटाइयो। म नाइजेरियामै थिएँ र लण्डनमा विल्फलाई भेट्‌न १४ दिनको सूचना पाएँ। नाइजेरिया छोड्‌दा मलाई न्यास्रो लाग्यो किनभने त्यहाँ असाध्यै रमाइला क्षणहरू बिताएका थियौं। विदेशमा १४ वर्ष बिताइसकेको हुँदा इंग्ल्याण्डमा बसोबास गर्न केही छाँटकाँटहरू गर्नुपऱ्‍यो। तथापि, बूढाबूढी भइसकेका आमाबाबु नजिकै हुन तथा उहाँहरूको हेरचाह गर्न पाएकोमा कृतज्ञ थियौं।

आशाले सँभालिएका

सन्‌ १९८० देखि मैले विल्फसित विभिन्‍न देशहरूको परिभ्रमण गर्ने मौका पाएँ किनभने तिनी प्रान्त निरीक्षकको हैसियतमा सेवारत थिए। म विशेषगरि नाइजेरिया फेरि फर्कन उत्सुक थिएँ। पछि हामी स्क्यान्डेनेभिया, वेस्ट इन्डिज, मध्य पूर्व र लेबनान पनि गयौं। अतितका मीठा सम्झनाहरू र त्यतिबेलाका किशोरहरू अहिले मसीही प्राचीनको हैसियतमा सेवारत देख्न पाउनु विशेष आनन्द साबित भयो।

दुःखको कुरा, १९९२ सालको वसन्त ऋतुमा मेरो प्रिय श्रीमान्‌को मृत्यु भयो। उहाँ ६९ वर्षको मात्र हुनुहुन्थ्यो। यो पीडा एकदमै अप्रत्याशित भएको हुँदा असह्‍य भयो। पैंत्तीस वर्ष विवाहित दम्पतीको हैसियतमा बिताइसकेको हुँदा यो नयाँ परिस्थितिमा घुलमिल हुन सजिलो भएको छैन। तर मैले विश्‍वव्यापी मसीही परिवारबाट निकै मदत र माया पाएकी छु। मसँग थुप्रै आनन्दायी अनुभवहरूको सँगालो छ।

मेरा आमा र बुबा दुवैले मसीही निष्ठाको उत्तम उदाहरण बसाल्नुभयो। मुमा १९८१ र बुबा १९८६ मा बित्नुभयो। डग्लस र एन अझै विश्‍वासीपूर्वक सेवा गर्दैछन्‌। बुबाको हेरचाहमा लागेका डग्लस र उनकी पत्नी केम उहाँको शेषपछि लण्डनमै बसे। एन र उनको परिवार संयुक्‍त राज्यमा छन्‌। हामी सबै आफ्नो ईश्‍वर-प्रदत्त आशा तथा सम्पदाको निकै मूल्यांकन गर्छौं। हामी त्यो समयको “प्रतीक्षा” गर्छौं जब अहिले जीवितलगायत त्यतिबेला पुनरुत्थान हुने प्रियजनहरूसित मिलेर यहोवाको पार्थिक परिवारको हैसियतमा उहाँको सधैंभरि सेवा गर्नेछौं।—विलाप ३:२४.

[फुटनोट]

a मेरो बुबा, अर्नेस्ट बीभरको जीवनकथा मार्च १५, १९८० को प्रहरीधरहरा-मा (अंग्रेजी) प्रकाशित भएको थियो।

[पृष्ठ २३-मा भएका चित्रहरू]

घडीको सुई घुम्ने दिशाअनुसार माथि बाँयादेखि:

एन्फिल्ड राज्य भवनमा नमुना अध्ययन प्रदर्शन गरिरहेकी १३ वर्षीया ग्वेन

सन्‌ १९५१ मा लेबनानस्थित ट्रिपोलीको मिसनरी परिवार

ग्वेन, आफ्नो पति विल्फसित जसको मृत्यु भइसक्यो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने