प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ५/१ pp. ३-४
  • यी सबका पछाडि को छन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यी सबका पछाडि को छन्‌?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा—उहाँ को हुनुहुन्छ?
    यहोवा—उहाँ को हुनुहुन्छ?
  • बायोकेमिस्टसितको कुराकानी
    ब्यूँझनुहोस्‌!—२००६
  • हामीलाई कसले बताउन सक्छ?
    जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?
  • रचनालाई हेर्नुहोस्‌, रचनाकारबारे जान्‍नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ५/१ pp. ३-४

यी सबका पछाडि को छन्‌?

उन्‍नाइसौं शताब्दीका फ्रान्सेली अन्वेषक आन्री म्वो कम्बोडियाको जंगल पार गर्दै चौडा नहरले घेरिएको एउटा मन्दिरनेर आइपुगे। तिनी उभिएको ठाउँदेखि झन्डै एक किलोमिटरको दूरीमा रहेको त्यस मन्दिरका ६० मिटरभन्दा माथिसम्म चुलिएका पाँचवटा बुर्जाहरू थिए। यो पृथ्वीभरिकै सबैभन्दा विशाल मन्दिर आंकोर वाट थियो। म्वोले यो मन्दिर फेला पार्दा उक्‍त मन्दिर त्यहाँ त्यसरी हुरीबतास खपेर बसेको सात शताब्दी भइसकेको थियो।

टन्‍न लेउ लागेको उक्‍त संरचना मानिसको हस्तकला हो भनेर एकै नजरमा म्वो भन्‍नसक्थे। तिनले लेखे, “उसबेलाको कुनै माइकलएन्जेलो भन्‍नेले खडा गरेको यो मन्दिर ग्रीस वा रोममा कुनै पनि संरचनाभन्दा कता हो कता भव्य छ।” यसरी शताब्दीयौंसम्म त्यसै लथालिंग छोडिएको भए तापनि यस सानदार संरचनाका रचनाकार हुनैपर्छ भनेर तिनले निःसंकोच स्वीकारे।

चाखलाग्दो कुरा के छ भने, शताब्दीयौंअघि लेखिएको ज्ञानगुनको पुस्तकले पनि यो विश्‍वको एक जना महान्‌ रचनाकार हुनैपर्ने कारण बुझाउन यस्तै तर्क पेश गरेको थियो। यो विश्‍व सृष्टि गरिएकै हुनुपर्छ। प्रेरित पावलले लेखे: “किनभने हरेक घर कुनै नकुनै मानिसबाट बनिएको हुन्छ, तर सबै थोक बनाउने ता परमेश्‍वरनै हुनुहुन्छ।” (हिब्रू ३:४) ‘मानव निर्मित वस्तुहरूसित प्रकृतिका कार्यहरू कसरी तुलना गर्न सकिन्छ र,’ भन्दै कोही कोही यस उपमासित सहमत नहोलान्‌। तथापि, उपरोक्‍त विचारप्रति सबै वैज्ञानिकहरू सहमत छैनन्‌। “जीवरसायन प्रणालीहरू निर्जीव तत्त्वहरू होइनन्‌” भनेर स्वीकार्दै लीहाइ विश्‍वविद्यालयका जीवरसायनशास्त्रका सह-प्राध्यापक मीकल बीही सोध्छन्‌: “के जीवित्‌ जीव रसायन प्रणालीहरूको बौद्धिक रचना हुनसक्छ?” आनुवंशिक इञ्जिनियरिङजस्ता प्रविधिहरू मार्फत वैज्ञानिकहरूले अहिले जीवित्‌ तत्त्वहरूमा आधारभूत परिवर्तनहरूको रचना गर्दैछन्‌ भनेर पनि तिनी प्रष्ट्याउँछन्‌। स्पष्टतः जीवित्‌ तथा निर्जीव दुवैको रचना गर्न सकिन्छ, निर्माण गर्न सकिन्छ। सूक्ष्मदर्शक यन्त्रद्वारा जीवित्‌ कोषहरूको संसार छानबिन गर्दा बीही यी कोषहरूमा अन्योन्याश्रित तत्त्वहरूबाट बनेको उदेकलाग्दो जटिल प्रणाली पाइएको बताउँछन्‌। अनि तिनको निष्कर्ष? “कोषको जाँचपड्‌ताल अर्थात्‌ जीवनको अणु अणुको जाँचपड्‌ताल गर्न लगाइएको अथक प्रयासहरूको परिणामले स्पष्टतया एउटै निष्कर्षमा पुऱ्‍याउँछ। त्यो हो, ‘रचना!’ ”

त्यसैगरि, ब्रह्‍माण्डीय विज्ञान शास्त्री तथा भौतिकशास्त्रीहरूले पनि संसार र ब्रह्‍माण्डलाई गहिरिएर नियालेका छन्‌ र विस्मयकारी तथ्यहरू पत्ता लगाएका छन्‌। उदाहरणका लागि, कुनै पनि ब्रह्‍माण्डीय मानहरूमा नगन्य परिवर्तन मात्र भयो भने पनि ब्रह्‍माण्ड जीवनरहित हुने थियो भनेर तिनीहरूले अहिले पत्ता लगाएका छन्‌।a ब्रह्‍माण्डीय विज्ञान शास्त्री ब्रान्डन कार्टर यी तथ्यहरूलाई विस्मयकारी संयोगहरू भन्छन्‌। तर तपाईंले रहस्यमयी, एकअर्कासित सम्बद्ध संयोगहरू एकपछि अर्को गर्दै भेट्टाउनुभयो भने यसको पछाडि कोही न कोही अवश्‍य हुनुपर्छ जस्तो के तपाईंलाई लाग्दैन?

वास्तवमा यी सब जटील प्रणालीहरू तथा सटीक “संयोगहरू” पछाडि एक जना महान्‌ रचनाकार हुनुहुन्छ। तर को? “वैज्ञानिक तवरमा रचनाकार पत्ता लगाउनु निकै कठिन हुनसक्छ,” प्राध्यापक बीही स्वीकार्छन्‌ र यसको जवाफ दिने जिम्मेवारी “दर्शनशास्त्र तथा धर्मशास्त्रलाई” सुम्पन्छन्‌। तपाईंलाई यो प्रश्‍न अप्रासंगिक लागेको होला। तथापि, तपाईंलाई चाहिरहेको सामान कसैले राम्ररी पोको पारेर उपहारस्वरूप दियो भने त्यो पठाउने व्यक्‍ति को होला भनेर के तपाईं थाह पाउन चाहनुहुन्‍न र?

लाक्षणिक अर्थमा भन्‍ने हो भने, हामीले पनि यस्तै एउटा उपहार पाएका छौं। हामीलाई जीवित्‌ रहन र जीवनको आनन्द उठाउन चाहिने अद्‌भुत चीजहरू त्यस उपहारमा छन्‌। जीवन धान्‍न चाहिने हरेक कुराले सुसज्जित त्यो उपहार हो, यो पृथ्वी। हामीलाई यी उपहारहरू दिने को हुनुहुन्छ के यो थाह पाउनुपर्ने होइन र?

खुसीको कुरा, यो पोका पठाउनुहुनेले पोकासँगसँगै एउटा लिखित सन्देश पनि पठाउनुभएको छ। यो “सन्देश” माथि उद्धृत बुद्धिले भरिपूर्ण पुरातन पुस्तक बाइबल हो। बाइबलको पहिलो पानामै सरल तथा स्पष्ट तरिकामा यो उपहार दिनुहुने को हुनुहुन्छ, यसरी जवाफ दिएको छ: “आदिमा परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।”—उत्पत्ति १:१.

आफ्नो “सन्देशमा” सृष्टिकर्ताले आफ्नो परिचय यस नाउँद्वारा दिनुभएको छ: “आकाश सृष्टि गरेर . . . पृथ्वी र त्यसबाट उत्पन्‍न हुनेलाई फैलाउनुहुने, र त्यसमा भएका मानिसहरूलाई सास . . . दिनुहुने, परमेश्‍वर परमप्रभु [“यहोवा,” NW] यसो भन्‍नुहुन्छ।” (यशैया ४२:५) हो, ब्रह्‍माण्ड अनि पृथ्वी, पुरुष तथा स्त्री रचना गर्नुहुने सृष्टिकर्ताको नाउँ हो, यहोवा। तर यहोवा को हुनुहुन्छ? उहाँ कस्तो प्रकारको परमेश्‍वर हुनुहुन्छ? अनि पृथ्वीका सबै मानिसले उहाँको कुरा किन सुन्‍नुपर्ने हो?

[फुटनोट]

a “मानहरू” विश्‍वभरि परिवर्तन नहुने परिमाणहरू हुन्‌। प्रकाशको गति र पिण्ड तथा गुरुत्वबीचको सम्बन्ध यसका दुइटा उदाहरणहरू हुन्‌।

[पृष्ठ ३-मा भएको चित्र]

आंकोर वाट मानिसले बनाएका थिए

[पृष्ठ ४-मा भएको चित्र]

उपहार पाउनुहुँदा त्यो पठाउने को हुनुहुन्छ, के तपाईं थाह पाउन चाहनुहुन्‍न र?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने