प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ५/१५ p. ३
  • धनसम्पत्ति र बुद्धि भएका राजा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • धनसम्पत्ति र बुद्धि भएका राजा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • के धनसम्पत्तिले सुखी बनाउनसक्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • के राजा सुलेमानको धनबारे बढाइ-चढाइ कुरा गरिएको हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • तिनी तपाईंको लागि राम्रो उदाहरण हुन्‌ वा चेतावनीका पात्र?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • सुलेमान बुद्धिमानीसाथ शासन गर्छन्‌
    बाइबल—यसले दिने सन्देश के हो?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ५/१५ p. ३

धनसम्पत्ति र बुद्धि भएका राजा

के धनसम्पत्तिले सुखी बनाउनसक्छ जस्तो तपाईंलाई लाग्छ? कसैले ठूलो धनराशी दिए के तपाईं खुसी हुनुहुन्‍न र? सायद हुनुहुनेछ। तपाईं त्यो पैसा कसरी खर्च गर्ने भनेर सोच्न थाल्नुहुन्छ होला।

हुन पनि, जीवन आरामदायी र रमाइलो बनाउन थुप्रै कुराहरू पैसा नभई कहाँ पाइन्छ र। रोगबिमार लाग्नु वा जागिर खुस्कनुजस्ता आकस्मिक समस्याहरू आइपर्दा पैसाले “सुरक्षा” पनि दिनसक्छ।—उपदेशक ७:१२, NW.

तर पैसा र सुखबीच के सम्बन्ध छ? अरू थुप्रै मानिसहरूले जस्तै के तपाईं पनि धनसम्पत्तिले सुख किन्‍न सकिन्छ भन्ठान्‍नुहुन्छ? यी प्रश्‍नहरूको जवाफ पाउन गाह्रो छ किनकि पैसाजस्तो सुख तौलन सकिंदैन। सुख तराजुमा जोख्न सकिने चीज होइन।

यसबाहेक, कति धनी मानिसहरू सुखी देखिन्छन्‌ भने कति चाहिं दुःखद्‌ परिस्थितिमा हुन्छन्‌। गरिबहरू पनि त्यस्तै छन्‌। अनि कति चाहिं धनसम्पत्ति भएर पनि अझ धेरै भए झन्‌ सुखी हुन्थें भन्ठान्छन्‌।

यस्ता विषयहरूमा लेख्नेहरूमध्ये प्राचीन इस्राएलका राजा सुलेमान पनि हुन्‌। तिनीजस्तो धनी मानिस त आजसम्म पनि कोही छैन। तपाईं बाइबल पुस्तक पहिलो राजाको अध्याय १० मा तिनको असीमित धनसम्पत्तिबारे पढ्‌न सक्नुहुन्छ। उदाहरणका लागि, पद १४ को निम्न कुरा ध्यान दिनुहोस्‌: “सुलेमानकहाँ वर्षेनि आउने गरेको सुनको तौल छ सय छियासट्ठी तोड़ा थियो।” अहिले त्यति सुनको परिमाण २५ टन बराबर हुन्छ र त्यसको मूल्य २०,००,००,००० अमेरिकी डलरभन्दा बढी पर्छ!

यद्यपि, सुलेमानसित त्यति बिघ्न धनसम्पत्ति मात्र होइन परमेश्‍वरले दिनुभएको बुद्धि पनि थियो। बाइबल भन्छ: “सुलेमान राजाले धन-सम्पत्ति र बुद्धिमा संसारका सबै राजाहरूलाई जिते, औ परमेश्‍वरले तिनको हृदयमा हालिदिनुभएको बुद्धि सुन्‍नलाई सारा संसारले तिनको दर्शन खोज्दथिए।” (१ राजा १०:२३, २४) सुलेमानको बुद्धिबाट हामी पनि फाइदा उठाउनसक्छौं किनकि बाइबलमा तिनले लेखेका कुराहरू पनि समावेश गरिएका छन्‌। धनसम्पत्ति र सुखबीचको सम्बन्धबारे तिनी के भन्छन्‌, अब हामी हेरौं।

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

Die Heilige Schrift - Übersetzt von Dr. Joseph Franz von Allioli बाट लिइएको। Druck und Verlag von Eduard Hallberger, Stuttgart

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने