प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ८/१५ pp. ३-४
  • किन भरोसाको यस्तो हाहाकार?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • किन भरोसाको यस्तो हाहाकार?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • समयको चिह्न
  • भरोसा पुनर्स्थापित हुनसक्छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • परमेश्‍वरको धार्मिकतामाथि हाम्रो भरोसा बलियो बनाउने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • यहोवा हाम्रो भरोसा हुनुपर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • हाम्रो बल, हाम्रो आशा, हाम्रो भरोसा
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ८/१५ pp. ३-४

किन भरोसाको यस्तो हाहाकार?

‘तपाईं अचेल कसैलाई भरोसा गर्न सक्नुहुन्छ?’ दिक्क भएका कुनै कुनै व्यक्‍तिले यस्तो प्रश्‍न सोधेको तपाईंले सुन्‍नुभएको होला। अथवा जीवनमा आइपरेका घटनाहरूले विचलित हुनुहुँदा तपाईंले नै यो प्रश्‍न सोध्नुभएको होला।

निस्सन्देह, संसारभरि नै संस्थान अनि मानिसहरूमा भरोसाको कमी छ। तिनीहरूमा भरोसाको कमी हुनु अनौठो होइन। के अधिकांश राजनीतिज्ञहरूले चुनावपूर्वका प्रतिज्ञाहरू पूरा गर्छन्‌ भनी कसैले आशा गर्छ? सन्‌ १९९० मा जर्मनीमा सर्वेक्षण लिइँदा १,००० विद्यार्थीहरूमध्ये १६.५ प्रतिशत विद्यार्थीहरू राजनीतिज्ञहरूले संसारका समस्याहरू समाधान गर्नसक्छन्‌ भनी विश्‍वस्त भएको पाइयो भने दुई गुणा बढी विद्यार्थीहरूले शंका व्यक्‍त गरेको पाइयो। अनि धेरैजसो विद्यार्थीहरूले राजनीतिज्ञहरूसँग समस्या समाधान गर्ने योग्यता नभएको साथै तिनीहरू समस्या समाधान गर्न इच्छुक छन्‌ भनेर आफू विश्‍वस्त नभएको पनि बताए।

स्टुटगार्टर नाक्रीटन नामक अखबार यस्तो गुनासो पोख्छ: “प्रायजसो राजनीतिज्ञहरूको दिमागमा पहिले आफ्नै स्वार्थ पूर्तिका कुरा आउँछ, त्यसपछि सायद मतदाताहरूको हितको कुरा।” यस कुरामा अन्य देशका मानिसहरू पनि सहमत छन्‌। दी युरोपियन नामक अखबार एउटा देशबारे यसो भन्छ: “किशोरकिशोरीहरूले राजनीतिज्ञहरूलाई आलोचनात्मक दृष्टिले हेर्नुका ठोस कारणहरू छन्‌ अनि तिनीहरूका बुज्रुकहरू पनि त्यस्तै दृष्टिकोण राख्छन्‌।” उक्‍त अखबारअनुसार ‘मतदाताहरूले राजनैतिक पार्टीहरूलाई पटक पटक पदच्युत गर्छन्‌।’ उक्‍त अखबारले अझ यसो भन्यो: “[त्यहाँका] युवायुवतीहरूसँग एकैछिन समय बिताउँदा पनि तिनीहरूमा भरोसाको कमी छ र तिनीहरूलाई केही कुराको वास्ता छैन भनेर तुरुन्तै थाह पाउन सकिन्छ।” यद्यपि, जनताको भरोसा जित्न नसके प्रजातान्त्रिक सरकार त्यति सफल हुनसक्दैन। भूतपूर्व अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीले एकचोटि यसो भनेका थिए: “प्रभावशाली सरकारको जग नै जनताको भरोसा हो।”

अकस्मात्‌ आर्थिक संकट आएको अनि रातारात लखपति बन्‍ने योजनाहरू टाट पल्टेको कारण थुप्रै मानिसहरू वित्तीय संसारमाथि भरोसा राख्न हिचकिचाउँछन्‌। एउटा अखबारले अक्टोबर १९९७ मा स्टक बजारमा आएको अनियन्त्रित उतारचढाउलाई “पत्याउनुपर्ने ठाउँमा पनि भरोसा नभएको” अनि “अविश्‍वास सबैमा सरेको जस्तो देखिन्छ” भन्यो। उक्‍त अखबारले “[एउटा एसियाली देशमा] यति साह्रो भरोसा हराएको छ कि सरकारको अस्तित्व नै . . . खतरामा छ” पनि भन्यो। यस अखबारले छोटकरीमा स्पष्टसित यसो भन्यो: “अर्थव्यवस्था भरोसामा अडेको हुन्छ।”

धर्मले पनि भरोसा प्रदान गर्नसकेको छैन। जर्मनीको क्राइष्ट इन डे गागेन्भार्ट नामक धार्मिक पत्रिका यस्तो दुःखद्‌ टिप्पणी गर्छ: “चर्चमाथि सर्वसाधारणको भरोसा हराउँदै गइरहेको छ।” चर्चमाथि अत्यन्तै वा अलि बढी भरोसा राख्ने जर्मनहरूको संख्या १९८६ देखि १९९२ मा ४० प्रतिशतबाट खस्केर ३३ प्रतिशत पुग्यो। भनौं भने, पहिलेको पूर्वी जर्मनीमा त घटेर २० प्रतिशतभन्दा कम पुग्यो। यसको विपरीत, पहिलेको पश्‍चिम जर्मनीमा चर्चमाथि अलिअलि भरोसा राख्ने वा पटक्कै नराख्नेहरूको संख्या ५६ प्रतिशतबाट बढेर ६६ प्रतिशत पुग्यो भने पहिलेको पूर्वी जर्मनीमा चाहिं ७१ प्रतिशत पुग्यो।

मानव समाजका तीन आधारस्तम्भ अर्थात्‌ राजनीति, अर्थतन्त्र र धर्मबाहेक अन्य क्षेत्रहरूमाथि पनि भरोसा हराउँदै गएको स्पष्ट छ। एउटा अर्को उदाहरण कानुन हो। अपराधीहरू उम्कन हुने बाटोहरू, उचित तरिकामा कानुन लागू गर्न नसक्नु र अदालतका शंकास्पद फैसलाहरूले मानिसहरूको भरोसालाई धक्का दिएको छ। टाइम पत्रिकाअनुसार “नागरिक र प्रहरीहरू यतिसम्म हताश भएका छन्‌ कि तिनीहरू खतरनाक अपराधीहरूलाई केही समयमै सडकमा खुला छोड्‌ने व्यवस्थाप्रति रत्तीभर पनि भरोसा राख्दैनन्‌।” प्रहरीहरू नै भ्रष्टाचारी र क्रूर भएकाले तिनीहरूमाथिको भरोसा पनि हराउँदै गइरहेछ।

असफल शान्ति वार्ताहरू र थामिएका युद्धहरू फेरि मच्चिनुले अन्तरराष्ट्रिय राजनीतिमाथि पनि भरोसाको कमी छ भनी देखाउँछ। संयुक्‍त राष्ट्र संघका लागि अमेरिकी राजदूत बिल रिचर्डसनले मध्यपूर्वी देशहरूमा शान्ति स्थापना गर्न नसक्नुको मुख्य कारण यसो भनेर औंल्याए: “भरोसाको कमी छ।”

अर्कोतर्फ, आफूलाई केही पर्दा बुझिदिने वा समस्याको चपेटामा मुछिंदा सान्त्वना दिने व्यक्‍ति अर्थात्‌ घनिष्ठ नातेदार र मित्रहरूमाथि पनि थुप्रै मानिसहरू त्यति भरोसा राख्दैनन्‌। यो परिस्थिति त हिब्रू अगमवक्‍ता मीकाले उल्लेख गरेजस्तै छ: “तिमीहरूका छिमेकीमाथि विश्‍वास नगर। तिमीहरूको हितका मितमाथि भरोसा नगर। तिमीहरूका काखको स्वास्नीदेखि पनि आफ्नो मुखको ढोका थुनी राख।”—मीका ७:५.

समयको चिह्न

जर्मन मनोवैज्ञानिक आर्थर फिसरले हालै यसो भने: “समाज र मानिसको जीवनमा उन्‍नति होला भन्‍ने भरोसा सबैतिरबाट हराउँदै गएको छ। समाजका संस्थाहरूले सहयोग गर्नसक्ने कुरामा युवायुवतीहरू शंका गर्छन्‌। चाहे राजनीति, धर्म वा अन्य कुनै संगठन नै किन नहोस्‌, तिनीहरू केहीमा पनि भरोसा राख्दैनन्‌।” समाजशास्त्री उलरि बेकले निकै अघिदेखिका अख्तियारवाला, संस्था र विशेषज्ञहरूप्रति “शंकालु दृष्टिकोण” राखिन्छ भन्‍नु कुनै छक्कलाग्दो कुरा होइन।

यस्तो शंकालु दृष्टिकोण राख्ने मानिसहरू हरेक अख्तियारबाट अलग रहन अनि तिनीहरूलाई अस्वीकार गर्न चाहन्छन्‌। अनि अरूको सल्लाह वा निर्देशनबिना आफै निर्णय गरेर व्यक्‍तिगत स्तरअनुरूप बाँच्न चाहन्छन्‌। कसै कसैले आफूलाई भरोसा नलागेका व्यक्‍तिहरूसँग व्यवहार गर्दा शंकालु नजरले हेर्ने मात्र होइन पटक्कै वास्ता नराख्ने पनि गर्छन्‌। यस्तो मनोवृत्तिले बाइबलमा उल्लेख गरिएको जस्तै डरलाग्दो वातावरण सृजना गर्छ: “आखिरी दिनमा डरलाग्दो समय आउनेछ। किनभने मानिसहरू स्वार्थी, धनका लोभी, अहंकारी, हठी, निन्दक, आमा-बाबुको आज्ञा पालन नगर्ने, बैगुणी, र अपवित्र, स्वाभाविक प्रेम रहितका, खुशी नहुने, अर्कालाई दोष लाउने, असंयमी, निष्ठुर, असल नरूचाउने, विश्‍वासघाती, उत्ताउला, दिमागी, परमेश्‍वरभन्दा बरु सुख-विलास निको मान्‍ने, भक्‍तिको भेष चाहिं लिने तर त्यसको शक्‍तिलाई इन्कार गर्ने हुनेछन्‌।” (२ तिमोथी ३:१-५; हितोपदेश १८:१) हो, आज भरोसाको हाहाकार हुनु समयको चिह्न अर्थात्‌ “आखिरी दिन[को]” चिह्न हो।

भरोसाको हाहाकार छाएको यस संसार अनि माथि उल्लेख गरिएजस्तै मानिसहरूको भीडमा जीवन त्यति रमाइलो हुनसक्दैन। तर परिस्थिति परिवर्तन हुनेछ भनेर विचार गर्नु मनासिब होला र? हाल व्याप्त भरोसाको हाहाकार थामिएला? थामिन्छ भने, कसरी अनि कहिले?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने