प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ११/१५ pp. ३-४
  • के तपाईंलाई रक्षा गर्ने स्वर्गदूत छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई रक्षा गर्ने स्वर्गदूत छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • स्वर्गदूतहरूप्रति मोहित
  • के प्रत्येक व्यक्‍तिलाई सुरक्षा दिन स्वर्गदूत खटाइएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • स्वर्गदूतहरूले तपाईंलाई कसरी मदत गर्नसक्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • स्वर्गदूतहरू—“सेवा गर्ने आत्मा”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • परमेश्‍वरका स्वर्गदूतहरूबाट मदत
    महान्‌ शिक्षकबाट सिकौं
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ११/१५ pp. ३-४

के तपाईंलाई रक्षा गर्ने स्वर्गदूत छ?

के तपाईं आफ्नो रक्षा गर्ने स्वर्गदूत छ भनेर विश्‍वास गर्नुहुन्छ? थुप्रै मानिसहरू आफूलाई रक्षा गर्ने स्वर्गदूत छ भनी विश्‍वास गर्छन्‌। त्यसैकारण त पश्‍चिम क्यानाडाकी एउटी आइमाईसँग स्वर्गदूतहरूसित सम्पर्क राख्नसक्ने विशेष वरदान छ भनिन्छ। तपाईंले उनलाई आफ्नो पूरा नाउँसहित २०० क्यानेडियन डलर दिनुभयो भने, तपाईंलाई तपाईंको रक्षा गर्ने स्वर्गदूतसँग सम्पर्क गराउनसक्ने दाबी उनी गर्छिन्‌। सर्वप्रथम, उनी मैनबत्तीको ज्वाला एकटक लाएर हेर्दै ध्यान गर्छिन्‌। त्यसपछि, तिनी दर्शन देख्छिन्‌ र तपाईंलाई रक्षा गर्ने स्वर्गदूतले तिनी मार्फत तपाईंलाई सन्देश दिन्छ। यसको अलावा, त्यस आइमाईले तपाईंलाई रक्षा गर्ने स्वर्गदूतको रूपरंग कोरेर पनि देखाउँछिन्‌।

कसै कसैलाई यो फ्रान्सेली राजा लुइस नवौंको कथाजस्तै लाग्नसक्छ। भनिन्छ, तिनले प्रधान स्वर्गदूत माइकलको पखेटाबाट खसेका अति महँगा प्वाँखहरू किनेका थिए। यस कथाबारे शंका गरिए तापनि थुप्रैले उक्‍त क्यानेडियाली आइमाईको दाबी भने सहजै स्वीकार्छन्‌।

स्वर्गदूतहरूप्रति मोहित

हालसालै स्वर्गदूतहरूप्रति असाध्यै चासो बढेको छ। टेलिभिजन, चलचित्र, पत्रिका अनि समाचारपत्रहरूमा स्वर्गदूतहरूले गम्भीर बिरामीलाई ढाडस दिएको, शोकसन्तप्त व्यक्‍तिहरूप्रति संवेदना व्यक्‍त गरेको, मानिसलाई बुद्धि दिएको र मृत्युको मुखबाट जोगाएको चर्चा गरिन्छ। संयुक्‍त राज्यमा करिब दुई करोड दर्शकहरूले मानिसको जीवनमा स्वर्गदूतहरूको हस्तक्षेपबारे साप्ताहिक टेलिभिजन धारावाहिक हेर्छन्‌। एउटा पुस्तकभण्डारले स्वर्गदूतहरूसित सम्बन्धित ४०० भन्दा बढी पुस्तकहरू सूचिबद्ध गरेको छ।

हालै प्रकाशित पुस्तकले युद्धमा रक्षक स्वर्गदूतहरूले सेनाहरूलाई कसरी बचाए भन्‍ने अनुभवहरू बताएको छ। गाडीको बम्परमा टाँसिएका सन्देशहरूअनुसार चालकहरूलाई रक्षक स्वर्गदूतहरूले बचाएका थिए। संगठन, सम्मेलन र गोष्ठीहरूले स्वर्गदूतहरूबारे अध्ययन गर्ने प्रोत्साहन दिन्छन्‌ अनि अध्ययन गर्नाले मानिसहरूले स्वर्गदूतहरूसँग सम्पर्क राख्ने मदत पाउँछन्‌ भन्छन्‌।

इलेन फ्रिमेन स्वर्गदूतबारे तीन पुस्तकहरूकी लेखिका र खासगरि स्वर्गदूतहरूसित सम्बन्धित पत्रिकाकी प्रकाशक हुन्‌। तिनी भन्छिन्‌: “मलाई लाग्छ, स्वर्गमा जति स्वर्गदूतहरू छन्‌, यस पृथ्वीमा पनि त्यति नै रक्षक स्वर्गदूतहरू छन्‌। तिनीहरूको कर्तव्य स्वर्गमा परमेश्‍वरको प्रशंसा गर्नु मात्र नभई पृथ्वीका मानिस तथा अन्य प्राणीहरूको राम्ररी रेखदेख गर्नु हो। हामी गर्भमा आउने बित्तिकै हाम्रो रक्षा गर्न एउटा स्वर्गदूत खटाइन्छ। त्यसले हामी आमाको गर्भमा हुर्केको, गर्भाशयमा बढेको, जन्मेको अनि संसारमा जीवन बिताएका क्षणहरू नियाल्दै अन्ततः हामीलाई यस संसारबाट स्वर्गको महिमामा नलगुञ्जेल हाम्रो रेखदेख गर्छन्‌।” यस कुराले रक्षक स्वर्गदूतहरूप्रति राखिने लोकप्रिय धारणालाई राम्ररी वर्णन गर्छ।

वर्तमान दुःखदायी अनि कठिन समयमा हाम्रो सुरक्षा गर्ने रक्षक स्वर्गदूत छ भनेर विश्‍वास गर्नु निकै सान्त्वनादायी कुरा हो। यसबारे परमेश्‍वरको वचन बाइबलले के भन्छ? के हामीले स्वर्गदूतहरूसँग सम्पर्क राख्ने कोसिस गर्नुपर्ने हो? तिनीहरूले हाम्रो नैतिक स्तर र धार्मिक विश्‍वासहरूको देखभाल गर्छन्‌? हामी तिनीहरूबाट कस्तो मदत पाउने आशा गर्नसक्छौं? यसपछिको लेखले यी प्रश्‍नहरूको जवाफ दिनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने