प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 १/१५ pp. ३-४
  • सर्वोत्कृष्ट जीवनशैलीमा एकताबद्ध

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सर्वोत्कृष्ट जीवनशैलीमा एकताबद्ध
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको परिवारले बहुमूल्य एकताको आनन्द उठाउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • एकता—साँचो उपासनाको चिनारी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • साँचो मसीही एकता—कसरी?
    हाम्रो राज्य सेवकाई—२००३
  • हाम्रो समयमा उपासनामा एकता—यसको अर्थ के हो?
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 १/१५ pp. ३-४

सर्वोत्कृष्ट जीवनशैलीमा एकताबद्ध

विश्‍व जनसंख्या यही दरले वृद्धि हुने हो भने पृथ्वीमा छ अरब मानिसहरू पुग्न धेरै बेर लाग्ने छैन। सबै मानिसहरूको पुर्खा एउटै भए तापनि अधिकांशले तिनीहरू सबै एउटै विश्‍वव्यापी परिवारको भाग हुन्‌ र बुद्धिमान्‌ तथा मायालु सृष्टिकर्ताप्रति जवाफदेही छन्‌ भनी मानि लिंदैनन्‌। यही दुःखद अवस्थाले गर्दा राष्ट्र, जाति तथा संस्कृतिहरूबीच विभाजन र वैमनस्य ल्याएको हो।

वर्तमान विश्‍व परिस्थिति हेर्दा विश्‍वव्यापी एकता असम्भव देखिएला। द कोलम्बिया हिस्ट्री अफ द वर्ल्ड यसो भन्छ: “कसरी सँगै मिलेर बस्ने भन्‍ने महत्त्वपूर्ण प्रश्‍नबारे यस वर्तमान संसारसित एउटै नयाँ विचार छैन।”

तथापि, पृथ्वीका सबै मानिसहरूबीच एकता ल्याउन नयाँ विचार चाहिंदैन। एकताको मार्ग पवित्र धर्मशास्त्रमा बताइएको छ। यो पृथ्वी तथा यहाँका सबै थोकका रचनाकारको उपासनामा केन्द्रित छ। परमेश्‍वरका जनहरूमाझ विचार, उद्देश्‍य र जीवनशैलीमा अहिले नै साँचो एकता छ। दुई सय तेत्तीस मुलुकहरूमा ५० लाख भन्दा बढी संख्यामा भएका तिनीहरू परमेश्‍वरले चाहनुहुने जीवनशैली नै सबैभन्दा उत्तम मार्ग हो भन्‍ने विश्‍वासमा एकताबद्ध छन्‌। भजनरचयिताले जस्तै तिनीहरू पनि यस्तो प्रार्थना गर्छन्‌: “हे परमप्रभु, मलाई तपाईंको मार्ग सिकाउनुहोस्‌, म तपाईंको सत्यतामा हिंड्‌नेछु। तपाईंको नाउँको डर राख्न मेरो मन एक चित्तको पार्नुहोस्‌।”—भजन ८६:११.

शुद्ध उपासनामा यसरी मानिसहरू एकताबद्ध हुनेछन्‌ भनी अगमवक्‍ता यशैयाले धेरै पहिला भविष्यवाणी गरेका थिए। तिनले यसरी लेखे: “पछिल्ला दिनमा परमप्रभुको भवन बसालिएको पर्वत सबै पर्वतहरूभन्दा उच्च पारिनेछ। डाँड़ाहरूभन्दा माथि त्यो उच्च उठाइनेछ। सबै जातिहरू त्यहीतर्फ ओइरिएर आउनेछन्‌। जाति जातिका धेरै मानिसहरू त्यहाँ गएर भन्‍नेछन्‌, आऊ हामी परमप्रभुको पर्वतमा उक्लेर याकूबका परमेश्‍वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्नो मार्ग देखाउनुहुनेछ, र हामी उहाँको बाटोमा हिंड़नेछौं। किनकि शिक्षा चाहिं सियोनबाट, र परमप्रभुको वचन यरूशलेमबाटनै निस्कनेछन्‌।”—यशैया २:२, ३.

साँच्चै, यहोवाका साक्षीहरूको एकता अनुपम छ। विश्‍वभरि ८७,००० भन्दा बढी मण्डलीहरूका सभाहरूमा हप्तैपिच्छे तिनीहरूले एउटै आध्यात्मिक भोजन लिइरहेका हुन्छन्‌। (मत्ती २४:४५-४७) तथापि, १९९८ को बीचदेखि १९९९ को सुरुसम्ममा साक्षीहरूले आफ्नो एकता अर्को तरिकामा पनि प्रदर्शित गरे। त्यो हो, विश्‍वभरि आयोजित तीन दिने “परमेश्‍वरले चाहनुहुने जीवनशैली” अधिवेशनमा भेला भएर। यस्ता भेलाहरूमध्ये १३ वटा देशमा विभिन्‍न मुलुकका थुप्रै प्रतिनिधिहरू एकै ठाउँमा उपस्थित भए र यसलाई अन्तरराष्ट्रिय अधिवेशन भनियो। अरूलाई चाहिं जिल्ला अधिवेशन भनियो। तर यी सबै अधिवेशनहरूले प्रस्तुत गरेको आध्यात्मिक कार्यक्रम एउटै हुनुका साथै लाभदायक थियो।

यहोवाबाट सिकाइन यी आनन्दित अनि भद्र पहिरन लगाएका मानिसहरू सभागृह तथा रंगशालाहरूमा ओइरिरहेको दृश्‍य एकदमै मनोरम थियो! सं.रा.अ.-को मिशिगनमा आयोजित अन्तरराष्ट्रिय अधिवेशनमा उपस्थित एक प्रतिनिधिको अभिव्यक्‍ति साह्रै उपयुक्‍त थियो। तिनले भनिन्‌: “गणतन्त्र चेक, बार्बाडोस, नाइजेरिया, हंगेरी, बेलायत, हल्याण्ड, इथियोपिया, केन्या तथा थुप्रै अन्य मुलुकका हाम्रा भाइहरूले एकअर्कालाई अंकमाल गरेको देख्न पाउनु साँच्चै आनन्दमय थियो! आपसी प्रेम तथा महान्‌ परमेश्‍वर यहोवाप्रतिको प्रेमले एकतामा बाँधिएर हर्षका आँसु बगाइरहेको हेर्न पाउनु एउटा उल्लासमय कुरा थियो।” संसारभरिका लाखौं मानिसहरूले आनन्द उठाएको अधिवेशन कार्यक्रमबारे अर्को लेखमा छलफल गरिनेछ।

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने