बाइबलमा पाइने अनमोल धन
यहोवाको बुद्धिको मोल गर्नुहोस्
यहोवाले सुलेमानलाई अतुलनीय बुद्धि दिनुभयो (१रा १०:१-३; w९९ ७/१ पृ. ३० अनु. ६)
यहोवाले सुलेमानलाई दिनुभएको बुद्धि देखेपछि सेबाकी महारानी चकित भइन् (१रा १०:४, ५; w९९ ११/१ पृ. २० अनु. ६)
यहोवाले सुलेमानलाई राजा नियुक्त गर्नुभएकोमा सेबाकी महारानीले उहाँको प्रशंसा गरिन् (१रा १०:६-९; w९९ ७/१ पृ. ३०-३१)
सेबाकी महारानीले जस्तै यहोवाले दिनुहुने बुद्धिको मोल गरेको हामी पनि कसरी देखाउन सक्छौँ? एउटा तरिका भनेको आफ्नो जीवनमा येसुको शिक्षा लागू गरेर अनि सकेसम्म उहाँको उदाहरण अनुकरण गरेर हो। (मत्ति १२:४२; १प २:२१) अर्को तरिका भनेको साक्षीकार्यमा भाग लिँदा उहाँको बुद्धिबारे अरूलाई बताएर हो।