प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 २/१५ pp. २-४
  • ध्यान दिएर चेताउनी सुन्‍नुहोस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ध्यान दिएर चेताउनी सुन्‍नुहोस्‌!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं खतरनाक इलाकामा हुनुहुन्छ?
  • खतरनाक इलाकाबाट टाढै रहनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • ज्वालामुखीको नजिकै बसोबास गर्दा
    ब्यूँझनुहोस्‌!—२००७
  • के तपाईं हाम्रो समयबारे सजग हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • बगिरहेको डरलाग्दो लाभाबाट हामी कसरी उम्क्यौं!
    ब्यूँझनुहोस्‌!—२००२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 २/१५ pp. २-४

ध्यान दिएर चेताउनी सुन्‍नुहोस्‌!

भ्वाङ्‌ग! जून ३, १९९१ का दिन जापानको फुगेन पर्वतबाट ज्वालामुखीको गडगडाहट आवाजसँगसँगै ग्याँस र खरानीको मुस्लो निस्क्यो। ग्याँस र खरानीको अत्यन्तै तातो मिश्रण ओरालोतिर बग्यो। यो विस्फोटनले ४३ जनाको ज्यान लियो। मुस्किलले बाँचेकाहरू पनि नराम्ररी जलेका थिए। कोही कोही “पानी, पानी” भन्दै कराए। मानिसहरूलाई मदत गर्न वारुणकर्मी र प्रहरीहरू हतारहतार त्यहाँ पुगे।

ज्वालामुखी विस्फोटन हुनुभन्दा दुई हप्ताअघि नै फुगेन पर्वतको चुचुरोमा लाभाको गुम्बज देखिएको थियो। तसर्थ, सम्बन्धित अधिकारी र त्यहाँ बसोबास गर्ने मानिसहरूलाई सचेत गराइसकेको थियो। उक्‍त विपत्ति हुनुभन्दा हप्ता दिनअघि नै मानिसहरूलाई त्यहाँबाट अन्यत्र सर्ने चेताउनी दिइसकेको थियो। विस्फोटन भएको अघिल्लो दिन मात्र प्रहरीले पत्रकारहरूलाई उक्‍त प्रतिबन्धित क्षेत्रमा प्रवेश निषेध गरेको थियो। तैपनि, त्यो साँझ त्यस खतरनाक क्षेत्रमै बसिरहेका ४३ जना मानिसहरूको ज्यान गयो।

यति धेरै मानिसहरूले किन त्यहाँ जाने जोखिम उठाए वा किन त्यहाँबाट अन्यत्र सरेनन्‌? घर छाडेर अन्यत्र सरिसकेका केही किसानहरू आफ्नो सरसामान र खेत हेर्न फर्केर आए। तीन जना ज्वालामुखी विशेषज्ञहरू तिनीहरूको अध्ययन कार्य पूरा गर्न सकेसम्म ज्वालामुखीको नजिकै गए। ज्वालामुखीबारे जानकारी हासिल गर्न केही पत्रकार तथा फोटोग्राफरहरूले निषेधित क्षेत्रमा प्रवेश गर्ने साहस गरे। पत्रकारहरूले भाडामा लिएका तीनवटा मोटरका चालकहरू पनि त्यहाँ थिए। प्रहरी र स्वयम्‌सेवक वारुणकर्मीहरू त्यहाँ खटाइएका थिए। त्यस खतरनाक इलाकामा जानुमा सबैको आ-आफ्नै कारण थियो तर सबैले ज्यान गुमाउनुपऱ्‍यो।

के तपाईं खतरनाक इलाकामा हुनुहुन्छ?

हामी सबै जागृत ज्वालामुखीको नजिकै बसोबास गर्दैनौं होला। यद्यपि, हामीले विश्‍वव्यापी विपत्तिको सामना गर्ने समय नजिकै छ र त्यसले गर्दा सारा विश्‍व नै खतरनाक इलाकामा पर्छ भने नि? भरपर्दो भविष्यसूचक जानकारीको स्रोतको रूपमा प्रमाणित एउटा पुस्तकले आउँदै गरेको विश्‍वव्यापी विनाशबारे हामीलाई यस्तो चेताउनी दिन्छ: “सूर्य अँध्यारो हुनेछ, र जूनले आफ्नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्नेछन्‌, तथा स्वर्गका शक्‍तिहरू डगमगाउनेछ, . . . पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्‌।” (मत्ती २४:२९, ३०) यो भविष्यवाणीमा ब्रह्‍माण्डको आकाशीय अद्‌भुत घटनाहरूले “पृथ्वीका सब जातिहरू[लाई]” असर गर्नेछ भनिएको छ। अर्को शब्दमा भन्‍ने हो भने, यो भविष्यवाणीले हामी प्रत्येकलाई असर गर्ने विपत्तिबारे बताउँछ।

यस्तो भरपर्दो भविष्यवाणी भएको पुस्तक हो, बाइबल। चाखलाग्दो कुरा के छ भने, माथि उल्लिखित शास्त्रपदको प्रसंगले विश्‍व विपत्तिअघि हुने घटनाहरूबारे विस्तृत विवरण दिन्छ। लाभाको गुम्बज र ज्वालामुखी विस्फोटन हुने संकेतहरूले शीम्बारा शहरका सम्बन्धित अधिकारीहरूलाई खतरनाक इलाका घोषणा गर्न मदत गरेझैं बाइबलले हामीलाई विपत्तिबाट बच्न सचेत र तयार रहने कारणहरू दिन्छ। फुगेन पर्वतमा भएको दुःखद्‌ घटनाबाट हामीले एउटा पाठ सिक्नुका साथै भविष्यमा हुने कुराहरूको गम्भीरता बुझ्नसक्छौं।

[पृष्ठ २-मा भएको चित्रको स्रोत]

COVER: Yomiuri/Orion Press/Sipa Press

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

Yomiuri/Orion Press/Sipa Press

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने