प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 ११/१ पृ. ३-४
  • खस्कँदै गइरहेको नैतिक मूल्य तथा मान्यताहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • खस्कँदै गइरहेको नैतिक मूल्य तथा मान्यताहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के बाइबलको नैतिकता सान्दर्भिक छ?
  • के बाइबलको नैतिक सिद्धान्त नै सर्वोत्तम हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • मसीही नैतिकता सिक्नुहोस्‌ र सिकाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • नैतिक स्तर सिकाउनुको महत्त्व
    ब्यूँझनुहोस्‌!—२०१९
  • नैतिकता—तपाईं कहाँ पाउन सक्नुहुन्छ?
    ब्यूँझनुहोस्‌!—२००४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 ११/१ पृ. ३-४

खस्कँदै गइरहेको नैतिक मूल्य तथा मान्यताहरू

“त्यस्ता कुराहरू पहिले कहिल्यै हुने गर्दैनथे” भनी जर्मनीका चान्सलर हेल्मुट स्मीड्‌टले टिप्पणी गरे। तिनले हालै समाचारमा आइरहेको ठूलै बेइमानीमा संलग्न जनअधिकृतहरूको काण्डलाई संकेत गर्दैथे। तिनले यसो भने, “नैतिक स्तरहरू खस्कनुको कारण लोभ नै हो।”

थुप्रै मानिस तिनीसित सहमत हुनेछन्‌। सही र गलत छुट्याउन लामो समयदेखि निर्देशनको रूपमा धेरैले स्वीकार्दै आएको परमेश्‍वरको वचन बाइबलमा आधारित नैतिक मूल्य तथा मान्यताहरूको अहिले बेवास्ता गरिंदैछ। मसीहीधर्मको बाहुल्य रहेको देशहरूमा पनि प्रायः त्यस्तै अवस्था छ।

के बाइबलको नैतिकता सान्दर्भिक छ?

बाइबलको शिक्षामा आधारित नैतिकतामा इमानदारी र निष्ठा समावेश छन्‌। यद्यपि, ठगी, भ्रष्टाचार र छलछाम व्याप्त छन्‌। लण्डनको द टाइम्स-को रिपोर्टअनुसार केही गुप्तचरहरूले “जफत गरेको लागू पदार्थ फेरि अपराधीहरूलाई फिर्ता दिएर वा भूमिगत भएका मानिसहरूका प्रमाणहरू हराइदिएर १,००,००० पाउण्ड स्टर्लिंगसम्म कमाएका छन्‌।” भनिन्छ, अस्ट्रियामा बिमामा छलछाम गर्नु सामान्य कुरा हो। अनि जर्मनीमा हालै वैज्ञानिक समुदायहरू

अनुसन्धानकर्ताहरूले “जर्मनीको विज्ञान क्षेत्रमा भएको सबैभन्दा ठूलो ठगीको” प्रमाण पाएपछि स्तब्ध भए। “जर्मनीमा आनुवंशिक वैज्ञानिकहरूको अग्रज मानिने” एक प्राध्यापकमाथि ठूलो संख्यामा झूटो तथ्यांक निकालेको अभियोग लगाइयो।

आफ्नो पति वा पत्नीसित वफादार हुनु पनि बाइबल आधारित नैतिकतामा समावेश छ। किनकि विवाह स्थायी सम्बन्ध हो। तर सम्बन्ध विच्छेद गर्ने दम्पतीको संख्या बढ्‌दो छ। क्राइष्ट इन डेर गागेन्भार्ट नामक क्याथोलिक पत्रिकाअनुसार (समकालीन मसीही) “ ‘परम्परागत’ स्वीट्‌जरल्याण्डमा समेत झन्‌ धेरै विवाहहरू टुक्रिंदैछन्‌।” नेदरल्याण्ड्‌समा ३३ प्रतिशत विवाहहरूको अन्त सम्बन्ध विच्छेदमा हुन्छ। विगत केही वर्षमा जर्मनीमा भएका सामाजिक परिवर्तनहरू याद गर्ने एक महिलाले यस्तो चिन्ता व्यक्‍त गरिन्‌: “अहिले विवाहलाई पुरानो जमानाको कुराको रूपमा लिइन्छ। मानिसहरू अहिले जिन्दगीभरको लागि भनेर विवाह गर्दैनन्‌।”

अर्कोतर्फ, लाखौं मानिसहरू बाइबलमा सिकाइने नैतिक स्तरहरू विश्‍वासीलो र हाम्रो आधुनिक संसारका लागि पनि सान्दर्भिक छ भन्छन्‌। स्वीस-जर्मन सीमामा बस्ने एक दम्पतीले बाइबलको नैतिकताअनुरूप जीवन बिताउँदा परिवार सुखी भएको महसुस गरे। तिनीहरू भन्छन्‌, “जीवनको सबै पक्षको निम्ति एउटै मात्र निर्देशनपुस्तक छ। त्यो निर्देशनपुस्तक हो, बाइबल।”

तपाईंलाई कस्तो लाग्छ? के बाइबल मूल्यवान्‌ निर्देशन पुस्तक हुनसक्छ? के बाइबल आधारित नैतिकता आज पनि व्यावहारिक छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने