प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 १/१५ pp. ८-९
  • “उत्कृष्ट योजना”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “उत्कृष्ट योजना”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सुसमाचार घोषणा गर्ने नयाँ तरिका
  • पर्दापछाडि
  • साक्षी दिने सशक्‍त औजार
  • प्रचार गर्ने तरिका—मानिसहरूलाई प्रचार गर्न हर माध्यम प्रयोग गर्दै
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • मसीही विश्‍वासको जाँच हुनेछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • सकेसम्म धेरै मानिसहरूलाई सुसमाचार सुनाउने
    हाम्रो राज्य सेवकाई—२००५
  • परमेश्‍वरको राज्यले १०० वर्ष पार गऱ्‍यो
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 १/१५ pp. ८-९

सिद्ध र पूरा निश्‍चय भएका होओ

“उत्कृष्ट योजना”

यहोवाका साक्षीहरूले आफ्नो आधुनिक इतिहासको प्रारम्भिक दिनहरूदेखि नै येशू ख्रीष्टको यस भविष्यवाणीमा उत्कट चासो लिंदै आएका छन्‌: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (मत्ती २४:१४) “आखिरी दिन” सुरु हुने समय अर्थात्‌ १९१४ नजिकिंदै जाँदा, पूरा निश्‍चयी हुँदै इमानदार बाइबल स्टुडेन्ट्‌सले धर्मशास्त्रमा आधारित विश्‍वव्यापी शैक्षिक कार्यक्रमको अभियान सुरु गरे। यस्तो अभियान पहिले कहिल्यै सुरु भएको थिएन।—२ तिमोथी ३:१.

पृथ्वीभरि सुसमाचार प्रचार गर्ने उद्देश्‍य हासिल गर्न यहोवाका यी सेवकहरूले नयाँ, साहसी तथा जीवन्त उपाय रचे। यसबारे अझै थाह पाउन आउनुहोस्‌, हामी विगतमा फर्कौं।

सुसमाचार घोषणा गर्ने नयाँ तरिका

कुरा सन्‌ १९१४ जनवरी महिनाको हो। न्यु योर्क शहरको एक अन्धकार सभागृहमा करिब ५,००० दर्शकहरूमाझ तपाईं पनि बसिरहनुभएको कल्पना गर्नुहोस्‌। तपाईंअघि एउटा ठूलो सेतो पर्दा टाँगिएको छ। एक जना सेतै कपाल फुलेका र जामा लगाएका पुरुष उक्‍त पर्दामा देखिन्छन्‌। यसअघि तपाईंले मूक चलचित्रहरू हेर्नुभएको थियो तर यो मानिस त बोल्न थाल्छ र तपाईं तिनको आवाज पनि सुन्‍न सक्नुहुन्छ। तपाईं नयाँ प्रविधि प्रयोग गरिएको पहिलो शोमा उपस्थित हुनुभएको छ र यहाँ दिइएको सन्देश विशिष्ट छ। उक्‍त वक्‍ता वाच टावर सोसाइटीका प्रथम अध्यक्ष चार्ल्स टेज रसल हुन्‌ र यो प्रस्तुति हो, “फोटो-ड्रामा अफ क्रिएसन।”

चलचित्रमार्फत थुप्रै मानिसकहाँ पुग्न सकिने कुरा सि. टि. रसलले बुझे। त्यसकारण, १९१२ मा तिनले “फोटो-ड्रामा अफ क्रिएसन” बनाउन थाले। अन्ततः रंगीन तथा ध्वनिसहितको यो कार्यक्रम आठ घण्टा लामो स्लाइड अनि चलचित्रमा परिणत भयो।

चार भागमा देखाउने गरी तयार पारिएको “फोटो-ड्रामा[मा]” दर्शकहरूले मानव सृष्टिदेखि ख्रीष्टको हजार वर्षे शासनको अन्तसम्म अर्थात्‌ पृथ्वी र मानिसजातिसम्बन्धी यहोवा परमेश्‍वरको उद्देश्‍यको पराकाष्ठा देखे। व्यापारिक प्रयोजनका लागि उक्‍त प्रविधि प्रयोग हुन अझै वर्षौं बाँकी थियो। यद्यपि, लाखौं व्यक्‍तिहरूले सित्तैमा “फोटो-ड्रामा अफ क्रिएसन” हेरे!

“फोटो-ड्रामा[का]” लागि सर्वोत्तम धुनहरू छानिनुका साथै ९६ वटा फोनोग्राफमा रेकर्ड गरिएका भाषणहरू तयार पारिएका थिए। विश्‍व इतिहासलाई चित्रित गर्ने यी स्टेरियोअप्टिकन स्लाइड राम्रा राम्रा चित्र कोरेर तयार पारिएका थिए। यसबाहेक, सयौं नयाँ चित्र कोर्नु र रंग भर्नु पनि आवश्‍यक परेको थियो। केही रंगीन स्लाइड तथा फिलिमहरू त निकै दुःख गरेर हातैले तयार पारिएका चित्रहरू थिए। अनि यो एक पटक मात्र होइन बारम्बार गर्नुपऱ्‍यो र पछि यी चार भागका चलचित्रको २० प्रति तयार भए। यसरी हरेका दिन विभिन्‍न ८० शहरहरूमा “फोटो-ड्रामा[को]” एक एकवटा भाग देखाउन सकिने भयो!

पर्दापछाडि

“फोटो-ड्रामा” देखाइँदा पर्दापछाडि के भइरहेका हुन्थे? एक बाइबल स्टुडेन्ट एलिस होफ्म्यानले भनिन्‌, “भाइ रसल देखा पर्नुभएपछि चलचित्र सुरु हुन्थ्यो। उहाँ पर्दामा देखा पर्नुभएपछि उहाँको ओठ चल्थ्यो र फोनोग्राफ बज्न सुरु हुन्थ्यो . . . अनि हामीलाई उहाँको स्वर सुनेर रमाइलो लाग्थ्यो।”

टाइम ल्याप्स फोटोग्राफीलाई संकेत गर्दै जोल होफ्म्यानले यसो भने: “मैले आँखा झिमिक्कै नगरी एक टकसित सृष्टिका दिनहरूको चित्र हेरें। हामीले आफ्नैअघि लिली फूलहरू बिस्तारै ढकमक्क फुलेको देख्यौं।”

यहोवाका साक्षीहरूको परिचालक निकायका संगीत प्रेमी कार्ल एफ. क्लाइन अझै यसो भन्छन्‌: “यी चित्रहरू देखाइँदा नार्सिसस र ह्‍युमोरेस्केजस्ता उत्कृष्ट धुन पनि बजिरहेका हुन्थे।”

स्मरणीय घटनाहरू पनि भएका थिए। क्लेटन जे. वूडवर्थ जुनियर सम्झन्छन्‌, “कहिलेकाहीं हाँसो उठ्‌दा दुर्घटनाहरू पनि हुन्थें। एक पटक ‘चराजस्तै फुर्रर उडेर पहाडतिर भाग’ भन्‍ने धुन बज्दा पर्दामा जलप्रलयअघिको बडेमानको जनावर, जाइग्यान्टोसरस पो देखा पऱ्‍यो”!

नियमित “फोटो-ड्रामा अफ क्रिएसन[को]” अलावा “युरेका ड्रामा[का]” भागहरू पनि तयार भए। (पेटी हेर्नुहोस्‌।) एउटाचाहिं रेकर्ड गरिएको भाषणलगायत रेकर्ड गरिएका धुनहरूमा आधारित थियो। बाँकी अरूमा चाहिं रेकर्ड र स्लाइड दुवै थिए। “युरेका ड्रामा” चलचित्र नभए तापनि यो त्यति घना बस्ती नभएका ठाउँहरूमा सफलतासाथ देखाइए।

साक्षी दिने सशक्‍त औजार

सन्‌ १९१४ को अन्तसम्ममा उत्तर अमेरिका, युरोप र अस्ट्रेलियाका ९०,००,००० भन्दा बढी दर्शकहरूले “फोटो-ड्रामा” हेरे। थोरै भए तापनि बाइबल स्टुडेन्ट्‌सले यो नयाँ माध्यममार्फत पूरा निश्‍चयी हुँदै सुसमाचार घोषणा गर्न बन्द गरेनन्‌। प्रदर्शनका लागि उपयुक्‍त स्थानहरू बहालमा लिन तिनीहरूले राजिखुसीले चन्दा दिए। यसप्रकार, “फोटो-ड्रामा अफ क्रिएसन[ले]” दर्शकहरूलाई परमेश्‍वरको वचन तथा उद्देश्‍यहरूसित परिचित गराउन ठूलो काम गऱ्‍यो।

एक जना व्यक्‍तिले सि. टि. रसललाई यस्तो पत्र लेखे: “पहिलो पटक तपाईंहरूको ड्रामा हेर्न आएदेखि मेरो जीवनले नयाँ मोड लियो अथवा भनौं भने, बाइबलसम्बन्धी मेरो ज्ञानले नयाँ मोड लियो।” अर्को व्यक्‍तिले यसो भने: “म नास्तिकवादको दलदलमा धस्नै लागेको थिएँ तर गत गर्मी महिनामा यहाँ देखाइएको ‘फोटो-ड्रामा अफ क्रिएसनले’ गर्दा म जोगिएँ। . . . अहिले मसित संसारले दिन नसक्ने शान्ति छ र यो शान्तिलाई म जस्तोसुकै धनसम्पत्ति पाए तापनि साट्‌नेछैन।”

निकै अघिदेखि सोसाइटीको मुख्यालयका स्टाफ रहेका डेमेत्रियस पापाजर्जले यस्तो टिप्पणी गरे: “बाइबल विद्यार्थीहरूको सानो समूह र उपलब्ध न्यून आर्थिक साधनलाई विचार गर्दा ‘फोटो ड्रामा अफ क्रिएसन’ उत्कृष्ट कृति थियो। यसमा साँच्चै यहोवाको आत्मा थियो!”

[पृष्ठ ८, ९-मा भएको पेटी/चित्रहरू]

“युरेका ड्रामा”

“फोटो-ड्रामा[को]” पहिलो शो देखाइएको आठ महिनापछि सोसाइटीले यसको अर्को भाग “युरेका ड्रामा” पनि बनाउनुपर्ने आवश्‍यकता महसुस गऱ्‍यो। “फोटो-ड्रामा” ठूलठूला शहरहरूमा देखाइँदा यो “युरेका” उस्तै खालको सन्देशसहित गाउँ गाउँ र बस्तीहरूमा देखाइए। “युरेका ड्रामा[को]” एउटा खण्डलाई प्रचार गर्न “बहिनीहरूका लागि अद्वितीय अवसर” भनेर वर्णन गरिएको थियो। किन? किनकि “युरेका ड्रामा[को]” यस खण्डका फोनोग्राफ रेकर्डहरूको जम्मा तौल १४ किलो मात्र थियो। प्रदर्शनका लागि त फोनोग्राफ पनि बोक्नु पऱ्‍यो नि। त्यसकारण, त्यसको तौल अलग्गै।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने