प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 १/१५ p. ३१
  • विशेष घोषणा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विशेष घोषणा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • मिल्दोजुल्दो सामग्री
  • कानुनी संस्थानभन्दा परिचालक निकाय कसरी फरक छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • सञ्चालक-समिति सँग आज सहयोग गर्न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • “विश्‍वासी र बुद्धिमान्‌ दास”-को भूमिका
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • ख्रीष्ट र उहाँका विश्‍वासी दासप्रति वफादार हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 १/१५ p. ३१

विशेष घोषणा

अक्टोबर ७, २००० का दिन वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ पेन्सल्भेनियाको वार्षिक सभाको अन्तमा परिचालक निकायका सभापति, जोन इ. बारले विशेष घोषणा गरे। उक्‍त घोषणा थिओडर जारास र डानियल सिडलिकको भाषणमा आधारित थियो।—यस पत्रिकाको पृष्ठ १२-१६ र २८-३१ हेर्नुहोस्‌।

उल्लेखनीय बुँदा प्रस्तुत गर्दै भाइ बारले यसो भने: “ ‘विश्‍वासी र बुद्धिमान्‌ दास’ र त्यसको परिचालक निकायलाई कानुनी संस्थालाई भन्दा उच्च तथा अत्यन्तै विस्तृत जिम्मेवारी सुम्पिएको छ। कानुनी संस्थाहरूको बडापत्रमा उल्लेख गरिएका कामकुराहरूको उद्देश्‍य सीमित छ। तथापि, हाम्रा मालिक, येशू ख्रीष्टले विश्‍वासी दासहरूलाई आफ्नो सम्पूर्ण ‘सम्पत्तिमाथि’ अथवा यस पृथ्वीमा राज्यसम्बन्धी कामकुरा गर्न नियुक्‍त गर्नुभएको छ।”—मत्ती २४:४५-४७.

पेन्सल्भेनिया संस्थाको सम्बन्धमा भाइ बारले अझै यसो भने: “सन्‌ १८८४ मा स्थापित भएदेखि वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ पेन्सल्भेनियाले हाम्रो आधुनिक इतिहासमा निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। तापनि, यो आवश्‍यक परेको बेला ‘विश्‍वासी र बुद्धिमान्‌ दासले’ प्रयोग गर्ने कानुनी संस्था मात्र हो।”

भाइ सिडलिक र भाइ जारासले आ-आफ्नो भाषणमा “विश्‍वासी र बुद्धिमान दास[लाई]” प्रभुको सम्पूर्ण पार्थिव सम्पत्तिमाथि नियुक्‍त गरिएको भए तापनि उक्‍त दास वर्गलाई “अरू भेड़ा[मध्येबाट]” सुयोग्य पुरुषहरूलाई केही खास प्रशासकीय जिम्मेवारी वहन गर्न दिनदेखि वञ्चित गर्दैन भनेर व्याख्या गरेका थिए। (यूहन्‍ना १६:१०) यहोवाका साक्षीहरूले प्रयोग गर्ने कानुनी संस्थाका सम्पूर्ण वा कुनै कुनै डाइरेक्टर अभिषिक्‍त मसीहीहरू नै हुनुपर्छ भन्‍ने कुनै धर्मशास्त्रीय आधार पनि छैन।

हालै, यहोवाका साक्षीहरूको परिचालक निकायका केही खास सदस्यहरूले संयुक्‍त राज्यमा “विश्‍वासी र बुद्धिमान दास[ले]” प्रयोग गर्ने सम्पूर्ण संस्थानबाट डाइरेक्टर तथा अफिसरको पदबाट स्वेच्छाले राजीनामा दिएको कुरा भाइ बारले श्रोताहरूलाई बताए। यिनीहरूको ठाउँमा अरू भेडा वर्गका जिम्मेवार भाइहरूलाई नियुक्‍त गरियो।

यो निर्णय वास्तवमा लाभकारी छ। यसो गर्दा परिचालक निकायका सदस्यहरूले आध्यात्मिक आहार तयार पार्न र विश्‍वव्यापी भ्रातृत्वको आध्यात्मिक आवश्‍यकता पूरा गर्न अझ धेरै समय दिनसक्नेछन्‌।

अन्तमा, सभापतिले हर्षित श्रोताहरूलाई यसो भने: “विभिन्‍न कानुनी तथा प्रशासकीय मामिलाहरू अनुभवी निरीक्षकहरूलाई सुम्पिएको भए तापनि . . . यिनीहरू सबैले परिचालक निकायको आध्यात्मिक निर्देशनको अधीनमा रहेर काम गर्नेछन्‌। . . . यहोवामाथि भर पर्दै उहाँको इच्छा पूरा गर्न, उहाँको महान्‌ नाउँको आदर अनि महिमा गर्न हामी सबैको एकताबद्ध प्रयासमाथि उहाँले आशिष्‌ दिऊन्‌ भनेर उहाँलाई प्रार्थना गर्छौं।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने