प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 ७/१ pp. ३-४
  • बाइबल बुझ्नको लागि मदत

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल बुझ्नको लागि मदत
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • मिल्दोजुल्दो सामग्री
  • फिलिपले एथियोपियाका अख्तियारवालालाई बप्तिस्मा दिन्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • फिलिप—जोसिलो सुसमाचारक
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • के तपाईँलाई थाह थियो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • “येसुको सुसमाचार” सुनाउँदै
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 ७/१ pp. ३-४

बाइबल बुझ्नको लागि मदत

बाइबलको तुलनामा अरू कुनै पुस्तक आउन सक्दैन। यसका लेखकहरू परमेश्‍वरबाट प्रेरणा पाएको दाबी गर्छन्‌ र तिनीहरूको दाबी सही भएको बाइबलमा यथेष्ट प्रमाण छन्‌। (२ तिमोथी ३:१६) अन्य कुराहरूका साथै बाइबलले मानिसजातिको सुरुआत, हामी यहाँ किन छौं र हाम्रो भविष्य कस्तो छ जस्ता कुराहरूबारे बताउँछ। यो हामीले जाँच्नै पर्ने पुस्तक हो!

तपाईंले बाइबल पढ्‌ने प्रयास गर्नुभएको होला तर बुझ्न गाह्रो लागेको हुनसक्छ। सायद प्रश्‍नहरूको जवाफ कहाँ खोज्ने भनेर अन्योलमा पर्नुभएको हुनसक्छ। तर, यस्तो महसुस गर्ने तपाईं मात्र होइन। प्रथम शताब्दीका एक मानिसले पनि तपाईंले जस्तै महसुस गरेका थिए। तिनी रथमा चढेर यरूशलेमबाट आफ्नो देश एथियोपिया फर्किरहेका थिए। एथियोपियाका यस अधिकारीले झन्डै सात सय वर्षअघि लेखिएको बाइबलको भविष्यसूचक पुस्तक, यशैया ठूलो स्वरमा पढ्‌दै थिए।

अचानक, रथसँगसँगै दौडिरहेका मानिसले तिनलाई बोलाए। त्यो मानिस येशूको चेला फिलिप थिए र तिनले उक्‍त एथियोपियालीलाई यस्तो प्रश्‍न गरे: “के तपाईंले पढ़िरहनुभएको कुरा बुझ्नुहुन्छ?” एथियोपियालीले यस्तो उत्तर दिए: “कसैले नबताईकन म कसरी बुझौंला र?” त्यसपछि तिनले फिलिपलाई आफ्नो रथमा चढ्‌न आग्रह गरे। अनि फिलिपले त्यस मानिसलाई त्यो विवरण राम्ररी बुझाउनुका साथै “येशूको सुसमाचार बताइदिए।”—प्रेरित ८:३०-३५.

धेरै वर्षअघि फिलिपले एथियोपियाका मानिसलाई परमेश्‍वरको वचन बुझ्न मदत गरेझैं आज यहोवाका साक्षीहरूले पनि मानिसहरूलाई बाइबल बुझ्न मदत गर्छन्‌। तिनीहरूले तपाईंलाई पनि खुसीसाथ मदत दिनेछन्‌। साधारणतया, आधारभूत धर्मशास्त्रीय शिक्षाहरूबाट सुरु गरेर क्रमबद्ध तरिकामा बाइबल अध्ययन गर्नु बेस हुन्छ। (हिब्रू ६:१) बिस्तारै बुझ्दै जानुभएपछि तपाईंले प्रेरित पावलले भनेका “खँदिलो खानेकुरा” अर्थात्‌ गहिरा गहिरा सत्य कुरा बुझ्न सक्नुहुनेछ। (हिब्रू ५:१४) तपाईंले अध्ययन गर्नुहुने बाइबल नै भए तापनि अन्य साहित्यहरू अर्थात्‌ बाइबल अध्ययन सहायकहरूमार्फत विविध विषयमा बाइबल विवरण कहाँ छन्‌ भनी पत्ता लगाउन र बुझ्न मदत पाउन सक्नुहुन्छ।

साधारणतया तपाईंलाई पायक पर्ने समय र ठाउँमा अध्ययनको प्रबन्ध मिलाउन सकिन्छ। कसैकसैले त टेलिफोनद्वारा अध्ययन गर्छन्‌। यो अध्ययन, कक्षाकोठामा जस्तो गरिंदैन। बरु, तपाईंको परिस्थितिअनुसार प्रबन्ध मिलाइन्छ र यसमा तपाईंको पृष्ठभूमि तथा शैक्षिक योग्यतालाई पनि ध्यानमा राखिन्छ। त्यस्तो बाइबल अध्ययनको लागि तपाईंले कुनै शुल्क तिर्नु पर्दैन। (मत्ती १०:८) कुनै परीक्षा हुँदैन र तपाईंलाई अप्ठ्यारोमा पारिने छैन। तपाईंका प्रश्‍नहरूको जवाफ दिइनेछ र परमेश्‍वरसँग कसरी घनिष्ठ हुन सकिन्छ भन्‍ने कुरा तपाईंले सिक्नुहुनेछ। तर तपाईंले बाइबल अध्ययन गर्नुपर्ने कारण के हो? बाइबल अध्ययनले तपाईंको जीवन कसरी अझ आनन्दित बनाउनसक्छ, केही कारणहरू विचार गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने