प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 ७/१ pp. २२-२३
  • धेरै वर्षसम्म बाँच्ने रूखहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • धेरै वर्षसम्म बाँच्ने रूखहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • मिल्दोजुल्दो सामग्री
  • पहाडमा मतूशेलह
    ब्यूँझनुहोस्‌!—२००४
  • “परमप्रभुका वृक्षहरू तृप्त भएका हुन्छन्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • ‘यहोवाको ग्रहणयोग्य वर्षको घोषणा गर’
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • ‘ख्रीष्टको चालमा चल्नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 ७/१ pp. २२-२३

धेरै वर्षसम्म बाँच्ने रूखहरू

असाध्यै अग्लो ठाडो भीरमा तपाईंको घर बनाउन त्यति उपयुक्‍त नदेखिएला। तथापि, निकै अप्ठ्यारो स्थितिको बावजूद केही हिमाली रूखहरू त्यस्तो भीरमा त्यै पनि कठांग्रिने जाडोको मौसममा र गर्मीको सुक्खा मौसम सहेर बाँच्छन्‌।

साधारणतया, यी जबर रूखहरू समतल ठाउँहरूमा पाइने उस्तै जातका रूखहरूजस्तो भव्य हुँदैनन्‌। तिनीहरूका हाँगाहरू गाँठो परेका र बटारिएका हुनसक्छन्‌ अनि तिनीहरू त्यति अग्ला पनि हुँदैनन्‌। कुनैकुनै रूख प्रतिकूल मौसम र कम माटोको कारण छाँटिएको जस्ता पनि देखिनसक्छन्‌।

पृथ्वीको त्यस्तो प्रतिकूल वातावरणमा बाँच्नुपर्ने भएकाले ती रूखहरूको आयु कम होला भन्‍ने तपाईंलाई लाग्ला। तर वास्तविकता यसको विपरीत छ। मतूशेलह नाउँ गरेको एक जातको ब्रिस्टलकोन सल्ला, क्यालिफोर्नियाको ह्वाइट माउनटेन्समा ३,००० मिटरको उचाइमा पाइन्छ र यो ४,७०० वर्ष पुरानो अनुमान लगाएका छन्‌। गिनेस बूक अफ वर्ल्ड रेकर्ड १९९७ ले यो रूख यस ब्रह्‍माण्डकै सबैभन्दा पुरानो रूख भनेर उल्लेख गरेको छ। यी पुराना रूखहरूको अध्ययन गर्ने एड्‌मण्ड सुलम्यानले यसो भने: “ब्रिस्टलकोन सल्ला . . . प्रतिकूल मौसमकै कारण बाँच्छजस्तो देखिन्छ। ह्वाइट माउनटेनमा पाइने अन्य सबै सल्ला ३,००० मिटर उचाइमा पर्ने उजाड, सुक्खा पहाडी इलाकाहरूमा भेटिएका छन्‌।” अन्य सबैभन्दा पुरानो जातको सल्ला पनि त्यस्तै प्रतिकूल अवस्थामा हुर्कने गरेको सुलम्यानले पत्ता लगाए।

तिनीहरूले प्रतिकूल मौसमको सामना गर्नुपरे तापनि यी असाध्यै सहनशक्‍ति भएका रूखहरूले दुइटा कुराको भने पूर्णतया लाभ उठाउँछन्‌। अन्य घाँसपात नभएको एकान्त ठाउँमा उम्रने भएकाले तिनीहरू डढेलोबाट सुरक्षित छन्‌ किनभने हुर्किसकेका रूखहरूको निम्ति सबैभन्दा ठूलो खतरा भनेकै डढेलो हो। अनि तिनीहरूको जराले यस्तो बलियो गरी पक्रेको हुन्छ कि भुइँचालोले मात्र तिनीहरूलाई उखेल्नसक्छ।

बाइबलमा परमेश्‍वरका विश्‍वासी जनहरूलाई रूखसँग तुलना गरिएका छन्‌। (भजन १:१-३; यर्मिया १७:७, ८) विभिन्‍न परिस्थितिको कारण तिनीहरूले पनि प्रतिकूल अवस्थाको सामना गर्नुपर्ने हुनसक्छ। विशेष गरी, वर्षैपिच्छे सतावट, खराब स्वास्थ्यस्थिति वा गरिबीको चपेटामा पर्दा हाम्रो विश्‍वासको जाँच हुनसक्छ। यद्यपि, प्रतिकूल मौसमको सामना गर्नसक्ने रूखको रचनाकार, सृष्टिकर्ताले आफ्ना उपासकहरूलाई सम्हाल्ने आश्‍वासन दिनुभएको छ। स्थिर रहनेहरूको विषयमा बाइबल यस्तो प्रतिज्ञा गर्छ: “तिमीहरूलाई . . . उहाँ आफैले . . . स्थिर गराउनुहुनेछ र बलियो गराउनुहुनेछ।”—१ पत्रुस ५:९, १०.

बाइबलमा अनुवाद गरिएको युनानी शब्द “धीरज”-को अर्थ अक्सर ‘स्थिर, अटल रहिरहने वा लगनशील हुनु’ हो। हिमाली रूखहरूको जस्तै बलियो जरा हुनु धीरजको लागि महत्त्वपूर्ण छ। मसीहीहरूको हैसियतमा अटल रहन तिनीहरूले येशू ख्रीष्टमा बलियो गरी जरा गाडेको हुनुपर्छ। प्रेरित पावलले यस्तो लेखे: “जसरी प्रभु येशू ख्रीष्टलाई ग्रहण गऱ्‍यौं, त्यसैगरी उहाँमा जरा हालेका र बनिएका भएर, औ तिमीहरूलाई सिकाएबमोजिम तिमीहरूको विश्‍वासमा दृढ़ भएर, धन्यवादसाथ यसमा प्रशस्त हुँदै उहाँकै चालमा चल।”—कलस्सी २:६, ७.

पावलले बलियो आध्यात्मिक जरा हुनुपर्ने आवश्‍यकतालाई बुझेका थिए। तिनी आफैले पनि “शरीरमा एक किसिमको छेस्को[सित]” संघर्ष गर्नुपऱ्‍यो र आफ्नो सेवकाईभरि क्रूर सतावटको सामना गर्नुपऱ्‍यो। (२ कोरिन्थी ११:२३-२७; १२:७) तर परमेश्‍वरको बल पाएमा आफ्नो काममा लागिरहन सकिन्छ भन्‍ने कुरा तिनले पत्ता लगाए। त्यसैकारण त तिनले यस्तो घोषणा गरे: “जसले मलाई शक्‍ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्नसक्छु।”—फिलिप्पी ४:१३.

पावलको उदाहरणले देखाएअनुसार मसीही धीरज धारण गर्नु अनुकूल परिस्थितिमा भर पर्दैन। शताब्दीयौंसम्म प्रतिकूल मौसमको सामना गर्ने हिमाली रूखहरूजस्तै हामीले ख्रीष्टमा जरा गाड्यौं र परमेश्‍वरले दिनुहुने शक्‍तिमा भर पऱ्‍यौं भने हामी स्थिर रहनसक्छौं। यसबाहेक, अन्तसम्मै धीरजी भयौं भने अर्को ईश्‍वरीय प्रतिज्ञा पूरा भएको देख्न पाउने छौं: “जस्तो रूखको आयु हुन्छ, त्यस्तै मेरो प्रजाको आयु हुनेछ।”—यशैया ६५:२२; मत्ती २४:१३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने