प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 १/१५ pp. ८-९
  • ‘वचन प्रचार गर्दा’ स्फूर्ति पाइन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘वचन प्रचार गर्दा’ स्फूर्ति पाइन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आनन्दको स्रोत
  • स्फूर्ति पाएका सेवकहरू
  • स्फूर्ति पाउनेहरू
  • स्फूर्ति दिने काम
    हाम्रो राज्य सेवकाई—२००३
  • “मकहाँ आओ र म तिमीहरूलाई स्फूर्ति दिनेछु”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • आध्यात्मिक कुराहरूमा स्फूर्ति पाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • “जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 १/१५ pp. ८-९

“मकहाँ आओ, म तिमीहरूलाई विश्राम [“स्फूर्ति,” NW] दिनेछु”

‘वचन प्रचार गर्दा’ स्फूर्ति पाइन्छ

उहाँ एउटा विशेष कार्यभार पूरा गर्न अग्रसर सिद्ध पुरुष हुनहुन्थ्यो। उहाँको सिकाउने तरिका यति प्रभावकारी थियो कि “भीड़ उहाँका शिक्षाले छक्क परे।” (मत्ती ७:२८) उहाँ अथक प्रचारक पनि हुनुहुन्थ्यो। उहाँले आफ्नो समय, शक्‍ति तथा स्रोतसाधन मुख्यतया परमेश्‍वरको राज्यको प्रचार गर्न खर्च गर्नुभयो। वास्तवमा, एक जना अतुलनीय प्रचारक अनि शिक्षकको हैसियतमा येशूले आफ्नो जन्मभूमिको सम्पूर्ण इलाकामा यात्रा गर्नुभयो।—मत्ती ९:३५.

येशूले अविलम्ब पूरा गर्नुपर्ने कार्यहरू भनेकै आफ्ना सहमानवहरूलाई “राज्यको सुसमाचार” प्रचार गर्नु र यस कार्यलाई विश्‍वव्यापी तवरमा सञ्चालन गर्न आफ्ना चेलाहरूलाई प्रशिक्षण दिनु थियो। (मत्ती ४:२३; २४:१४; २८:१९, २०) प्रचारकार्यको गम्भीर जिम्मेवारी छिटोभन्दा छिटो अनि बृहत्‌ रूपमा पूरा गर्नुपर्ने यस कार्यको बोझले के येशूका असिद्ध अनि सीमित योग्यता भएका चेलाहरू हतोत्साहित भए?

कदापि भएनन्‌! आफ्ना चेलाहरूलाई थप खेतालाहरूको लागि “फसलका प्रभु” यहोवा परमेश्‍वरलाई प्रार्थना गर्ने निर्देशन दिनुभएपछि येशूले तिनीहरूलाई, मानिसहरूलाई शिक्षा दिन पठाउनुभयो। (मत्ती ९:३८; १०:१) त्यसपछि उहाँका अनुयायी हुने जिम्मेवारी वहन गर्दा अनि प्रचार कार्यमा लाग्दा साँचो छुटकारा र सान्त्वना पाउनेछौं भनी उहाँले आश्‍वासन दिनुभयो। येशूले यसो भन्‍नुभयो: “मकहाँ आओ, म तिमीहरूलाई विश्राम [“स्फूर्ति,” NW] दिनेछु।”—मत्ती ११:२८.

आनन्दको स्रोत

यो निमन्त्रणा कत्ति अनुकम्पापूर्ण, मायालु अनि दयालु छ! यसले आफ्ना चेलाहरूप्रति येशूको गहिरो चासो प्रकट गर्छ। परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्ने जिम्मेवारी पूरा गर्दा उहाँका चेलाहरूले स्फूर्ति पाउँछन्‌। यसले तिनीहरूलाई साँचो आनन्द तथा सन्तुष्टि दिन्छ।—यूहन्‍ना ४:३६.

येशू पृथ्वीमा आउनुभन्दा धेरै वर्ष पहिले परमेश्‍वरलाई चढाउने पवित्र सेवाको एउटा पक्ष आनन्द हुनुपर्छ भनेर धर्मशास्त्रले जोड दियो। भजनरचयिताले गाएको भजनले यस कुरालाई स्पष्ट पाऱ्‍यो: “हे सारा पृथ्वीका मानिस हो, परमप्रभुको जयजयकार मनाओ। आनन्दसाथ परमप्रभुको सेवा गर, भजन गाएर उहाँको सामने आओ।” (भजन १००:१, २) आज, सारा राष्ट्रका मानिसहरू यहोवामा रमाहट गर्छन्‌ र तिनीहरूको प्रशंसाका अभिव्यक्‍तिहरू विजयी सेनाका जयजयकारजस्तै छन्‌। परमेश्‍वरप्रति साँच्चै समर्पित व्यक्‍तिहरू ‘आनन्दसाथ भजन गाउँदै’ आउँछन्‌। अनि यसो गर्नु साँच्चै उपयुक्‍त पनि छ किनकि यहोवा “आनन्दित परमेश्‍वर” हुनुहुन्छ। उहाँप्रति समर्पित हुँदा निर्वाह गर्नुपर्ने दायित्वहरू पूरा गर्दा आफ्ना जनहरू आनन्दित भएको उहाँ चाहनुहुन्छ।—१ तिमोथी १:११, NW.

स्फूर्ति पाएका सेवकहरू

क्षेत्र सेवकाईमा कडा परिश्रम गर्दा थकित हुनुको साटो त्यसबाट स्फूर्ति पाउनु कसरी सम्भव छ? यहोवाको काम गर्नु येशूको लागि स्फूर्तिदायी भोजनजस्तै थियो। उहाँले यसो भन्‍नुभयो: “मलाई पठाउनेको इच्छा पूरा गर्नु, र उहाँको काम पूरा गर्नुनै मेरो भोजन हो।”—यूहन्‍ना ४:३४.

त्यसै गरी, आज पनि उत्साही मसीही प्रचारकहरूले “वचन प्रचार” गर्दा आनन्द प्राप्त गर्छन्‌। (२ तिमोथी ४:२) महिनामा ७० घण्टाभन्दा बढी समय प्रचार कार्यमा बिताउने एउटी अधबैंसे महिला, कनी यसो भन्छिन्‌: “सेवकाईमा व्यस्त भइसकेपछि दिनको अन्तमा थकित भए तापनि मलाई सन्तुष्ट अनि आनन्द महसुस हुन्छ।”

कसैले राज्य सन्देश सुन्‍न इन्कार गर्दा नि? कनी पुनः यसो भन्छिन्‌: “मानिसहरूले जस्तोसुकै प्रतिक्रिया देखाए तापनि सेवकाईमा भाग लिएदेखि मैले कहिल्यै पछुताउनु परेको छैन। आफूले गरिरेहको कार्यले यहोवालाई प्रसन्‍न तुल्याउँछ भनी जान्‍न पाउँदा अनि सत्यबारे बोल्न पाउँदा मलाई आनन्द लाग्छ किनकि यसो गर्दा बाइबलले प्रदान गर्ने अद्‌भुत आशा मेरो हृदयमा अझ बलियो हुन्छ।”

अन्य कतिपयले चाहिं परमेश्‍वरको सही ज्ञान प्राप्त गर्न अरूलाई मदत गर्दा आफ्नो जीवन अझ अर्थपूर्ण भएको महसुस गर्छन्‌। नियमित रूपमा प्रत्येक महिना ५० घण्टाभन्दा बढी समय प्रचार कार्यमा बिताउने मेलोनी नाउँ गरेकी एक युवती यसो भन्छिन्‌: “सेवकाई स्फूर्तिदायी छ किनकि यसले मेरो जीवनलाई लक्ष्य र उद्देश्‍य दिन्छ। सेवकाईमा भाग लिंदा व्यक्‍तिगत समस्या र दिन प्रतिदिन सामना गर्नुपर्ने तनाउहरू त्यति महत्त्वपूर्ण हुँदैनन्‌।”

यहोवाका साक्षीहरूको अर्की एक जोसिलो सेवक मिलिसेन्ट यस्तो टिप्पणी गर्छिन्‌: “मानवजातिको लागि यहोवाको उद्देश्‍य र पृथ्वीमा कसरी प्रमोदवन पुनर्स्थापित गरिनेछ भन्‍ने विषयमा सेवकाईमा मैले अरूलाई बताउन बिताएको हरेक दिन अर्थपूर्ण हुन्छ। यसो गर्दा दिनहुँ यहोवा मेरोलागि वास्तविक हुनुहुन्छ र यसले मलाई शान्ति र भित्री आनन्द दिन्छ, जुन अन्य स्रोतहरूबाट कदापि प्राप्त हुन सक्दैन।”

स्फूर्ति पाउनेहरू

राज्य प्रचारकहरूले निश्‍चय पनि मसीही सेवकाईबाट स्फूर्ति पाइरहेका हुन्छन्‌ अनि जीवनदायी सन्देश स्वीकार्नेहरूले यसबाट सन्त्वाना पाउँछन्‌। पोर्चुगलका एक जना शिक्षिकाले नन तथा पादरीहरूबाट प्रशिक्षण पाएकी भए तापनि चर्चले आफ्नो आध्यात्मिक आवश्‍यकतालाई पूरा गर्न नसकेको तिनले महसुस गर्थिन्‌। तिनका बाइबल प्रश्‍नहरू अनुत्तरित नै थिए। यहोवाका साक्षीसित नियमित तवरमा बाइबल अध्ययन गर्दै जाँदा तिनको धर्मशास्त्रीय अन्तरदृष्टि बढ्‌दै गयो। ती शिक्षिका निकै उत्साहित भइन्‌। तिनले यसो भनिन्‌, “मेरा एक-एक प्रश्‍नहरूको जवाफ बाइबलबाटै प्रमाणसहित चित्तबुझ्दो ढंगमा पाएकोले गर्दा म हेरक बुधबार अध्ययनको लागि उत्सुकतासाथ पर्खेर बस्थें।” आज यी महिला यहोवाका एक समर्पित सेवक भएकी छिन्‌ र तिनले बाइबल सत्यद्वारा अरूलाई पनि स्फूर्ति दिइरहेकी छिन्‌।

अतः स्पष्ट छ, प्रचार कार्यको गम्भीरता र विश्‍वव्यापी इलाकाको व्यापकताले यहोवाका साक्षीहरू अतालिएका छैनन्‌। न त भावशून्यताले न विरोधले नै तिनीहरूलाई निरुत्साहित गर्छ। राज्यको प्रचार गर्ने आफ्नो कार्यभारलाई पूरा गर्न तिनीहरूले यथासक्दो प्रयास गरेका छन्‌। तिनीहरूले मानिसहरूलाई जहाँ-जहाँ भेट्‌छन्‌, त्यहाँ-त्यहाँ सुसमाचार सुनाइरहेका छन्‌; जस्तै: संयुक्‍त राज्यको ट्रक बिसौनीमा (१), कोरियाको विमानस्थलमा (२), एण्डीजमा (३), लण्डनको बजारमा (४)। येशूका आधुनिक समयका अनुयायीहरूले आनन्दित भई विश्‍वव्यापी रूपमा यस इनामदायी कार्यमा भाग लिइरहेका छन्‌। अनि आफूले प्रतिज्ञा गरेझैं उहाँले तिनीहरूलाई स्फूर्ति दिनुभएको छ र तिनीहरूद्वारा अरू धेरैलाई स्फूर्ति दिइरहनुभएको छ।—प्रकाश २२:१७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने