प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 अगस्त p. १
  • स्फूर्ति दिने काम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्फूर्ति दिने काम
  • हाम्रो राज्य सेवकाई—२००३
  • मिल्दोजुल्दो सामग्री
  • “मेरो जुवा तिमी आफैले बोक”
    हाम्रो राज्य सेवकाई—२००८
  • “मकहाँ आओ र म तिमीहरूलाई स्फूर्ति दिनेछु”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • “मेरो जुवा सजिलो र मेरो भारी हलका छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • येशूले स्फूर्ति दिनुभयो
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००३
km03 अगस्त p. १

स्फूर्ति दिने काम

१ बाइबल सन्देश स्वीकार्ने र यो लागू गर्ने सबैलाई यसले स्फूर्ति दिन्छ। (भज. १९:७, ८) यसले तिनीहरूलाई झूटो शिक्षा र हानिकारक आनीबानीदेखि मुक्‍त हुन मदत गर्छ र भविष्यको लागि भरपर्दो आशा प्रदान गर्छ। तथापि, सुसमाचार स्वीकार्नेहरूले मात्र यसबाट लाभ उठाउने होइन। स्फूर्तिदायी बाइबल सत्य अरूलाई सुनाउनेहरू स्वयम्‌ले पनि स्फूर्ति प्राप्त गर्छन्‌।—हितो. ११:२५.

२ सेवकाईद्वारा उत्साहित बनाइएका: प्रचार गर्ने र चेला बनाउने काम समावेश भएको मसीही चेलाको जुवा स्वीकार्नेहरूले “आफ्ना आफ्ना आत्मामा विश्राम [स्फूर्ति, NW] पाउनेछन्‌” भनी येशूले भन्‍नुभयो। (मत्ती ११:२९) अरूलाई साक्षी दिंदा उहाँ स्वयम्‌ले पनि उत्साह प्राप्त गर्नुभयो। त्यो उहाँको लागि भोजनसरह थियो। (यूह. ४:३४) उहाँले ७० जना चेलाहरूलाई प्रचार गर्न पठाउनुहुँदा, तिनीहरूको प्रयासमा यहोवाले समर्थन गर्नुभएको देखेर तिनीहरू आनन्दित भए।—लूका १०:१७.

३ त्यस्तै गरी आज थुप्रै मसीहीहरू प्रचारकार्यमा भाग लिएर उत्साहित भएका छन्‌। एउटी बहिनीले यसो भनिन्‌: “सेवकाई स्फूर्तिदायी छ किनकि यसले मेरो जीवनलाई लक्ष्य र उद्देश्‍य दिन्छ। सेवकाईमा भाग लिंदा व्यक्‍तिगत समस्या र दिन प्रतिदिन सामना गर्नुपर्ने तनावहरू त्यति महत्त्वपूर्ण हुँदैनन्‌।” अर्का जोसिला सेवकले यसो भने: “सेवकाईले गर्दा . . . दिनहुँ यहोवा मेरो लागि वास्तविक हुनुहुन्छ र यसले मलाई शान्ति र भित्री आनन्द दिन्छ, जुन अन्य स्रोतहरूबाट कदापि प्राप्त हुन सक्दैन।” हामीले “परमेश्‍वरका सहकर्मी” हुन पाउने कत्ति ठूलो सुअवसर पाएका छौं!—१ कोरि. ३:९.

४ ख्रीष्टको जुवा सजिलो छ: मसीहीहरूलाई ‘कडा प्रयत्न गर्न’ आग्रह गरिए तापनि येशूले हामीले दिन सक्नेभन्दा बढ्‌ता माग गर्नुहुन्‍न। (लूका १३:२४) निस्सन्देह, उहाँले हामीलाई ‘उहाँसँगै मिलेर जुवा बोक्न’ मायालुपूर्वक आमन्त्रित गर्नुहुन्छ। (मत्ती ११:२९) अप्ठ्यारा परिस्थितिहरूसित संघर्ष गर्नै पर्ने व्यक्‍तिहरू आफूले चढाएको तनमनको सेवा, चाहे त्यो सीमित नै किन नहोस्‌ ती परमेश्‍वरलाई स्वीकार्य हुन्छ भनेर ढुक्क हुन सक्छन्‌।—मर्कू. १४:६-८; कल. ३:२३.

५ उहाँको नाउँको खातिर हामीले गर्ने जस्तोसुकै कामको मूल्यांकन गर्नुहुने परमेश्‍वरको सेवा गर्न पाउनु कत्ति स्फूर्तिदायी कुरा हो! (हिब्रू ६:१०) हामी सधैं उहाँलाई सबैभन्दा उत्तम कुरा चढाउने प्रयत्न गरिरहौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने