प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 १०/१५ p. ३
  • के दुष्ट शक्‍तिहरू सक्रिय छन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के दुष्ट शक्‍तिहरू सक्रिय छन्‌?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • मिल्दोजुल्दो सामग्री
  • यो संसारको शासक वास्तवमा को हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • दुष्ट्याइँको हार भलाइको जित
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • पृथ्वीको रहस्यमय शासकको पर्दाफास
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • दुष्टताको कारण उदाङ्‌ग!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 १०/१५ p. ३

के दुष्ट शक्‍तिहरू सक्रिय छन्‌?

“संसार एकदमै अलमल्लमा परेको छ, मानौं अदृश्‍य शक्‍तिहरू जानाजानी सबै आकस्मिक प्रस्थान द्वारहरू बन्द गर्न प्रयासरत छन्‌।”—झाँ-क्लोडे सोलेरी, पत्रकार।

‘मानिसहरूले महसुस गरिरहेको असहाय अवस्थाले दुष्ट शक्‍तिहरू सक्रिय रहेको बोध गराउँछ।’—जोसेफ बार्टोन, इतिहासकार।

सेप्टेम्बर ११, २००१ मा भएको त्रासदीय आक्रमणले थुप्रै मानिसलाई सोच्न बाध्य तुल्यायो। फाइनान्सियल टाइम्स-मा माइकल प्रोसेले यस्तो उल्लेख गरे: “कुनै जन्तुलेसमेत त्यस्तो बर्बरतापूर्ण कार्य गर्नेछैन वा गर्नै सक्दैन।” न्यु योर्क टाइम्स-को सम्पादकीयले यस्तो आक्रमण गर्न योजना बनाउनु मात्र जरुरी नभई “त्यस आक्रमणलाई कार्यान्वयन गर्ने हदसम्म पुग्न कत्तिको घृणा पलाएको होला भनी विचार गर्नु पनि त्यत्तिकै महत्त्वपूर्ण छ” भन्‍ने दृष्टिकोण प्रस्तुत गऱ्‍यो। “यो घृणा सामान्य युद्धमा प्रकट गरिने घृणाभन्दा कैयौं गुणा धेरै छ र त्यसको कुनै सीमा छैन अनि कुनै पनि सम्झौताले त्यसलाई रोक्न सक्दैनथ्यो।”

विभिन्‍न धर्म मान्‍ने मानिसहरू यी सबैको पछाडि कुनै अनिष्टकारी शक्‍ति हुनुपर्छ भनी सोच्न थालेका छन्‌। बोस्नियामा भएको साम्प्रदायीक दंगाका प्रत्यक्षदर्शी सरायभोका एक जना व्यापारीले यसो भने: “यो बोस्नियाली युद्धको वर्षदिनपछि मलाई यसपछाडि शैतानकै हात छ भन्‍ने लागेको छ। यो त पूर्णतया पागलपन थियो।”

दियाबलमाथि विश्‍वास गर्नुहुन्छ कि गर्नुहुन्‍न भन्‍ने प्रश्‍न गर्दा इतिहासकार झाँ डेलुमोले यस्तो जवाफ दिए: “आफू जन्मेदेखि भएका र भइरहेका घटनाहरू जस्तै: ४ करोड मानिसहरूको ज्यान गएको दोस्रो विश्‍वयुद्ध, अस्वीच तथा अन्य मृत्यु शिविरहरू, कम्बोडियामा भएको जातीय संहार, चाउचेस्कको शासनकालमा भएको रक्‍तपातपूर्ण अत्याचार अनि संसारभर विभिन्‍न ठाउँमा सरकारहरू स्थापना गर्न दिइएको शासनाहरूलाई नियाल्दा म त्यस्तो दुष्ट शक्‍ति हुनुपर्छ भन्‍ने कुरालाई इन्कार गर्न सक्दिनँ। यस्ता त्रासदीपूर्ण घटनाहरू गनेर साध्यै छैन। . . . त्यसैले मलाई लाग्छ त्यस्ता कार्यहरूलाई ‘पैशाचिक’ भन्‍नु उचितै हो। त्यस्ता कार्यहरूलाई पैशाचिक भन्‍ने बित्तिकै लामालामा सिङ भएका अनि बीचमा फाटेको खूर भएका दियाबलले प्रेरित गरेको भन्‍ने बुझाउन खोजिएको होइन बरु, संसारमा सक्रिय रहेको प्रभावकारी अनि दुष्ट शक्‍ति दियाबलले प्रेरित गरेको भन्‍न खोजेको मात्र हो।”

ज्याँ डेलुमोले जस्तै थुप्रै मानिसहरूले आज मानव समाजमा परिवारदेखि अन्तरराष्ट्रिय तवरमै भइरहेका यस्ता भयानक कुराहरूलाई “पैशाचिक” कार्य भनेर वर्णन गरिरहेका छन्‌। तर यसको अर्थ के हो? के त्यस्ता डरलाग्दा घटनाहरूलाई कुनै काल्पनिक दुष्ट शक्‍तिले मात्र प्रेरित गरेको हो वा अमानवीय हिंसा गर्न उक्साउने साँच्चै केही दुष्ट शक्‍तिहरू छन्‌? के त्यस्ता कार्यहरू दुष्टहरूको राजकुमार शैतान अर्थात्‌ दियाबलको दिमागको उपज हो?

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

Children: U.S. Coast Guard photo

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने