प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 १०/१५ p. २७
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • मिल्दोजुल्दो सामग्री
  • धार्मिक सहिष्णुता​​—⁠के भगवान्‌ यस्तै चाहनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • हाम्रा पाठकहरू सोध्छन्‌ . . .
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • के यहोवाका साक्षीहरू बेग्लै धर्म मान्‍ने मानिसहरू सँगसँगै मिलेर उपासना गर्छन्‌?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • उपासनास्थलको निर्माण तथा हेरविचार
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 १०/१५ p. २७

पाठकहरूका प्रश्‍नहरू

कुनै धार्मिक समूहबाट भवन किनेर त्यसलाई राज्यभवनमा परिणत गर्दा के यो अन्तरविश्‍वास सरह हुनेछ?

साधारणतया, यहोवाका साक्षीहरूले अन्य धार्मिक समूहहरूसित यस्तो कारोबार गर्दैनन्‌। तथापि, यस्तो कारोबार गर्नै पऱ्‍यो भने पनि यसलाई अन्तरविश्‍वास भन्‍न मिल्दैन। यसलाई केवल व्यापारिक कारोबारको रूपमा लिन सकिन्छ। यहोवाका साक्षीहरूको स्थानीय मण्डलीले अर्को धार्मिक समूहसित मिलेर दुवै समूहले प्रयोग गर्न मिल्ने उपासना थलो बनाउँदैनन्‌।

यहोवाको नजरमा कस्तो कुराचाहिं अन्तरविश्‍वास हुनेछ? प्रेरित पावलले दिएको निर्देशनलाई विचार गर्नुहोस्‌: “विश्‍वास नगर्नेहरूसँग समान भएर एउटै हलोमा नजोतियौ, किनकि धर्म र अधर्मको के संसर्ग हुन्छ? कि अँध्यारोसित उज्यालोको के संगति? औ ख्रीष्टको शैतानसित के सहमत? कि विश्‍वास गर्नेको विश्‍वास नगर्नेसित के हिस्सा? औ मूर्तिहरूसित परमेश्‍वरको मन्दिरको के सम्बन्ध? यसकारण, ‘तिनीहरूका बीचबाट निस्केर आओ, परमप्रभु भन्‍नुहुन्छ, ‘औ अशुद्ध कुरो नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु।’ ” (२ कोरिन्थी ६:१४-१७) “संसर्ग” र “संगति” शब्दद्वारा पावलले के भन्‍न खोज्दै थिए?

स्पष्टतः पावलले उल्लेख गरेको संसर्गमा मूर्तिपूजक तथा विश्‍वास नगर्नेहरूसितको उपासना र आध्यात्मिक गतिविधि समावेश छ। तिनले कोरिन्थका मसीहीहरूलाई ‘भूत-प्रेतहरूको टेबलबाट . . . नखान’ चेताउनी दिए। (१ कोरिन्थी १०:२०, २१) यसकारण, अन्तरविश्‍वास भनेको अन्य धार्मिक संगठनहरूले गर्ने उपासना वा आध्यात्मिक सरसंगतिमा भाग लिनु हो। (प्रस्थान २०:५; २३:१३; ३४:१२) अन्य कुनै धार्मिक संगठनले प्रयोग गरिरहेको भवन किन्‍नुको मुख्य उद्देश्‍य यसलाई राज्यभवनको लागि प्रयोग गर्नु मात्र हो। त्यसैले, राज्यभवनको रूपमा प्रयोग गर्नुअघि यस भवनबाट झूटो धर्मसित सम्बन्धित सबै कुरा हटाइन्छ। यसप्रकार सबै कुरा मिलाइसकेपछि भने यसलाई पूर्णतया उहाँको उपासनाको लागि यहोवालाई समर्पण गरिन्छ। साँचो उपासना र झूटो उपासनाबीच कुनै संसर्ग वा संगति छैन।

त्यस्तो भवन किन्‍ने सन्दर्भमा चाँजोपाँचो मिलाउँदा अर्को पक्षसित आवश्‍यकताभन्दा बढी हेलमेल गर्नु आवश्‍यक छैन र कारोबारसित सम्बन्धित कुरा मात्र उनीहरूसँग गर्नुपर्छ। “विश्‍वास नगर्नेहरूसँग समान भएर एउटै हलोमा नजोतियौ” भन्‍ने पावलको चेताउनीलाई मसीही मण्डलीका सदस्यहरूले मनमा राख्नुपर्छ। हामीले आफूलाई अर्कै धर्म मान्‍ने मानिसहरूभन्दा श्रेष्ठ नठाने तापनि हामी यस्ता मानिसहरूसित बढी घुलमिल हुँदैनौं वा उनीहरूको उपासनाप्रति आकर्षित हुँदैनौं।a

धार्मिक संगठनको भवन मण्डलीको लागि भाडामा लिने सन्दर्भमा चाहिं के भन्‍न सकिन्छ? भवन भाडामा लिनुको अर्थ साधारणतया त्यस्ता धार्मिक संगठनका सदस्यहरूसित बारम्बार भेट्‌नुपर्ने हुन्छ, जुन कुरादेखि हामी टाढै बस्नुपर्छ। एउटा अवसरको लागि मात्र यस्तो भवन भाडामा लिने भए तापनि प्राचीनहरूको निकायले निम्न कुराहरू विचार गर्नुपर्छ: के भवनभित्र वा बाहिर कुनै किसिमको मूर्ति तथा धार्मिक चिह्नहरू हुनेछन्‌? हामीले त्यस्तो भवन प्रयोग गऱ्‍यौं भने समुदायका मानिसहरूले के सोच्लान्‌? यो भवन प्रयोग गर्दा मण्डलीका कसै-कसैलाई ठेस पो पुग्ने हो कि? (मत्ती १८:६; १ कोरिन्थी ८:७-१३) प्राचीनहरूले यी विषयहरूमा विचारविमर्श गरेपछि त्यसैअनुरूप निर्णय गर्छन्‌। त्यसैले, यस्तो भवन किनेर त्यसलाई राज्यभवनमा परिणत गर्ने सन्दर्भमा तिनीहरूको आफ्नै अन्तस्करण अनि मण्डलीका भाइबहिनीहरूलाई पनि ध्यानमा राख्नै पर्छ।

[फुटनोट]

a यहोवालाई अस्वीकार्य संगठनहरूसितको व्यापारिक कारोबारबारे उचित जानकारीको लागि अप्रिल १५, १९९९ को प्रहरीधरहरा पृष्ठ २८ र २९ हेर्नुहोस्‌।

[पृष्ठ २७-मा भएको चित्र]

यो भवन पहिला यहूदीहरूको उपासना स्थल थियो, पछि यसलाई किनेर मर्मत-सम्भार गरी राज्यभवनको लागि प्रयोग गरियो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने