प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 १२/१ p. २९
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • मिल्दोजुल्दो सामग्री
  • “समुद्रको सम्पत्ति”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • नामिबियाको बदलिंदो आकृति
    ब्यूँझनुहोस्‌!—२००१
  • मित्रता कायम गर्न आफू पनि मित्र बन्‍नुपर्छ
    तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
  • के तपाईंलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 १२/१ p. २९

पाठकहरूका प्रश्‍नहरू

प्रकाश २०:८ बाट के हामी अन्तिम परीक्षामा शैतानले ठगेका मानिसहरूको संख्या एकदमै धेरै हुनेछ भन्‍ने निष्कर्षमा पुग्नु उचित हुनेछ?

हजार वर्षीय मसीह राज्य शासनको अन्तमा शैतानले पृथ्वीका बासिन्दाहरूमाथि अन्तिम आक्रमण गर्नेछ भनी प्रकाश २०:८ ले बताउँछ। शैतानबारे उक्‍त पद यसो भन्छ: “हजार वर्ष बितेपछि शैतान त्यसको कैदबाट छुट्‌नेछ, र पृथ्वीको चारै दिशामा भएका देश देशका मानिसहरूलाई ठग्न, अर्थात्‌ गोग र मागोगलाई लडाइँमा जम्मा गर्नालाई निस्केर आउनेछ। तिनका संख्या समुद्रका बालुवा जतिकै हुनेछ।”

वैज्ञानिक प्रणाली तथा साधनहरूको क्षेत्रमा निकै प्रगति भए तापनि “समुद्रका बालुवा” कति छ अथवा त्यसको संख्या कति छ भनेर कसैलाई थाह छैन। यसैकारण, उक्‍त अभिव्यक्‍तिले अनिर्धारित संख्यालाई बुझाउँछ भन्‍न सकिन्छ। तर के यसले विशाल, एकदमै धेरै, अनुमानै गर्न नसकिने संख्या भन्‍ने अर्थ बुझाउँछ वा यसले केवल कति हो भनेर थाह नभए तापनि अलि धेरै नै भन्‍ने अर्थ बुझाउँछ?

बाइबलमा “समुद्रका बालुवा जतिकै” भन्‍ने अभिव्यक्‍ति धेरै तरिकाहरूमा प्रयोग गरिएको छ। उदाहरणका लागि, उत्पत्ति ४१:४९ मा हामी यस्तो लेखिएको पाउँछौं: “यूसुफले समुद्रका बालुवासरी प्रशस्त मात्रामा अनाजहरू सञ्चय गरे। यहाँसम्म कि ती अग्घोर प्रशस्त भएको कारणले तिनले हिसाब राख्न पनि छोड़िदिए।” यहाँ गन्‍न नसकिने कुरामा जोड दिइएको छ। त्यस्तै गरी, यहोवाले यसो भन्‍नुभयो: “जसरी आकाशका तारा गन्‍नसकिंदैन त्यसरीनै म मेरो दास दाऊदको र मेरो सेवा गर्ने लेवी पूजाहारीहरूको सन्तानको संख्या बढ़ाउनेछु।” आकाशका तारा र समुद्रका बालुवा असंख्य छन्‌ भन्‍ने कुरामा कुनै शंका नभएझैं यहोवाले दाऊदको विषयमा गर्नुभएको प्रतिज्ञा पनि अवश्‍य पूरा गर्नुहुनेछ।—यर्मिया ३३:२२.

“समुद्रको बालुवा जतिकै” भन्‍ने अभिव्यक्‍तिले अक्सर निकै धेरै र अत्यधिक परिमाण वा मात्राजस्तो कुरालाई बुझाउँछ। मिकमाशमा भेला भएका “समुद्रको किनारका बालुवा जतिकै अनगन्ती” पलिश्‍ती सेनाहरू देखेर गिलगालमा भएका इस्राएलीहरू तर्सिए। (१ शमूएल १३:५, ६; न्यायकर्ता ७:१२) अनि “परमेश्‍वरले सुलेमानलाई ज्यादै बुद्धि र ज्ञान, औ समुद्रको किनारका बालुवा जत्तिकै समझशक्‍ति दिनुभयो।” (१ राजा ४:२९) हरेक अवसरमा थुप्रै कुरा बताइएको भए तापनि त्यसको एउटा सीमा थियो।

“समुद्रका बालुवा जतिकै” भन्‍नाले अचाक्ली धेरै नभई ठूलो संख्यालाई बुझाउँछ। यहोवाले अब्राहामलाई यसो भन्‍नुभयो: “तेरो सन्तानको वृद्धि गरेर आकाशका तारा र समुद्र किनारका बालुवासरह तुल्याउनेछु।” (उत्पत्ति २२:१७) अब्राहामको नाति याकूबलाई यो प्रतिज्ञा दोहोऱ्‍याउनुहुँदा यहोवाले “पृथ्वीको धूलोसरह” भन्‍ने अभिव्यक्‍ति प्रयोग गर्नुभयो, जुन अभिव्यक्‍तिलाई याकूबले “समुद्रका बालुवासरह” भनी पुनः दोहोऱ्‍याए। (उत्पत्ति २८:१४; ३२:१२) घटनाक्रमले देखाएअनुसार येशू ख्रीष्टबाहेक अब्राहामको “वंश[मा]” १,४४,००० जना रहेछन्‌ र यसैलाई येशूले “सानो बगाल” भनेर सम्बोधन गर्नुभयो।—लूका १२:३२; गलाती ३:१६, २९; प्रकाश ७:४; १४:१, ३.

यी उदाहरणहरूबाट हामी के सिक्छौं? “समुद्रका बालुवा जतिकै” भन्‍ने अभिव्यक्‍तिले सधैं असीमित, अत्यन्त धेरै संख्या भन्‍ने अर्थ मात्र बुझाउँदैन; न त यसले सधैं अत्यधिक वा अचाक्ली ठूलो भन्‍ने अर्थ नै बुझाउँछ। यसले अक्सर ठूलो तर अज्ञात संख्यालाई संकेत गर्छ। त्यसैकारण, परमेश्‍वरका जनहरूमाथि अन्तिम आक्रमण गर्न शैतानलाई साथ दिने विद्रोही भीड अचाक्ली ठूलो त होइन तर जे होस्‌ खतरा साबित हुन सक्ने ठूलै संख्या हुनेछ। तथापि, अहिलेको लागि भने त्यो संख्या कति हो सो थाह छैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने