प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ८/१ p. २८
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • मिल्दोजुल्दो सामग्री
  • के परमेश्‍वरको नजरमा बहुविवाह स्वीकार्य छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • पारिवारिक जीवन कसरी सुखी बनाउन सक्नुहुन्छ?
    सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ८/१ p. २८

पाठकहरूका प्रश्‍नहरू

यहोवाले आफ्ना पुरातन सेवकहरू अर्थात्‌ इस्राएलीहरूलाई बहुविवाह गर्ने अनुमति दिनुभयो तर अहिले अनुमति दिनुहुन्‍न। के उहाँको स्तर परिवर्तन भइरहन्छ?

यहोवाले बहुविवाहको सन्दर्भमा आफ्नो दृष्टिकोण परिवर्तन गर्नुभएको छैन। (भजन १९:७; मलाकी ३:६) सुरुदेखि नै मानिसजातिका लागि उहाँले गर्नुभएको प्रबन्धको यो भाग थिएन र अहिले पनि होइन। हव्वालाई आदमकी पत्नीको रूपमा सृष्टि गर्नुहुँदा, यहोवाले एक जना पतिको लागि एउटी पत्नी हो भनेर आफ्नो ईश्‍वरीय स्तर सुनाउनुभयो। “यसैकारण मानिसले आफ्ना आमा-बाबुलाई छोड्‌छ, र आफ्नी स्वास्नीसँग मिलिरहन्छ, औ तिनीहरू एउटै जीउ हुन्छन्‌।”—उत्पत्ति २:२४.

येशू ख्रीष्ट यस पृथ्वीमा हुनुहुँदा, सम्बन्ध विच्छेद र पुनः विवाह गर्ने विषयमा सोध्नेहरूलाई जवाफ दिनुहुँदा उहाँले यस स्तरलाई फेरि दोहोऱ्‍याउनुभयो। उहाँले यसो भन्‍नुभयो: “के तिमीहरूले पढेका छैनौ, कि जसले बनाउनुभयो, उहाँले तिनलाई शुरूदेखिनै नर र नारी गरी बनाउनुभयो, र भन्‍नुभयो, यही कारण मानिसले आफ्ना आमा-बाबुलाई छोड़ेर आफ्नो स्वास्नीसँग मिलिरहन्छ, र ती दुइ जना एक शरीर हुनेछन्‌। र ती दुइ अब दुइ होइन, तर एउटै शरीर हुन्छन्‌।” येशूले अझै यसो भन्‍नुभयो: “जसले व्यभिचारको कारणबाहेक स्वास्नीलाई त्यागेर अर्कोसित विवाह गर्ला, त्यसले व्यभिचार गर्दछ, औ जसले त्याग गरेकीलाई विवाह गर्छ, त्यसले पनि व्यभिचार गर्दछ।” (मत्ती १९:४-६, ९) यसबाट यो कुरा छर्लंग हुन्छ, एक जना वा त्योभन्दा बढी पत्नीहरू ल्याउनु भनेको पनि व्यभिचारै हो।

त्यसोभए पुरातन समयमा बहुविवाह गर्ने अनुमति किन दिइयो त? नबिर्सनुहोस्‌, यहोवाले यो प्रचलन सुरु गर्नुभएको होइन। बाइबलमा उल्लिखित बहुविवाह गर्ने पहिलो व्यक्‍ति कयिनको सन्तान लेमेक थिए। (उत्पत्ति ४:१९-२४) यहोवाले नूहको दिनको जलप्रलय ल्याउनुहुँदा, नूह तथा तिनका तीन छोराहरू सबैको एउटै मात्र पत्नी थिए। बहुविवाह गर्नेहरू सबै जलप्रलयमा नाश भए।

शताब्दीयौंपछि यहोवाले इस्राएलीहरूलाई आफ्नो जनको रूपमा छान्‍नुहुँदा, एउटै मात्र पत्नी हुनु बढी चलनचल्ती भए तापनि बहुविवाह गर्ने चलन पनि सुरु भइसकेको थियो। एकभन्दा बढी पत्नी भएका परिवारहरू टुक्रोस भन्‍ने परमेश्‍वरले चाहनुभएन। बरु, उहाँले यस प्रचलनलाई कडिकडाइसाथ नियन्त्रित गर्नुभयो।—प्रस्थान २१:१०, ११; व्यवस्था २१:१५-१७.

बहुविवाह गर्ने प्रचलन धेरै लामो समयसम्म रहन दिइएन भन्‍ने कुरा विवाहसम्बन्धी यहोवाको मौलिक स्तरबारे येशूले उल्लेख गर्नुभएका कुराबाट मात्र होइन तर परमेश्‍वरको पवित्र आत्माबाट प्रेरणा पाएर प्रेरित पावलले लेखेका कुराबाट पनि स्पष्ट हुन्छ। तिनले यसो भने: “हरेक स्त्रीको आफ्नै पति होस्‌ र हरेक स्त्रीको आफ्नै पति होस्‌।” (१ कोरिन्थी ७:२) मसीही मण्डलीमा निरीक्षक वा सेवकाई सेवकको रूपमा नियुक्‍त भएको व्यक्‍ति “एउटै स्त्रीका पति” हुनै पर्छ भनेर लेख्ने प्रेरणा पनि पावलले पाए।—१ तिमोथी ३:२, १२; तीतस १:६.

यसरी, लगभग २,००० वर्षअघि मसीही मण्डलीको स्थापनासँगसँगै बहुविवाह गर्ने प्रचलनलाई यहोवाले अन्त गर्नुभयो। त्यतिखेर, विवाहको निम्ति स्तर परमेश्‍वरले सुरुमा पुरुष र स्त्री सृष्टि गर्नुहुँदा जस्तो थियो त्यस्तै भयो: एउटा पति, एउटी पत्नी। आज सारा संसारभरि परमेश्‍वरका जनहरूमाझ यही स्तर छ।—मर्कूस १०:११, १२; १ कोरिन्थी ६:९, १०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने