प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 १०/१ पृ. २-४
  • प्रश्‍न धेरै चित्त बुझ्दा जवाफ थोरै

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न धेरै चित्त बुझ्दा जवाफ थोरै
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विश्‍वासमा एउटा अवरोध?
  • के भगवान्‌ले हामीलाई सजाय दिनुभएको हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • असाध्यै गाह्रो प्रश्‍न
    ब्यूँझनुहोस्‌!—२००७
  • कैयौं निर्दोषको ज्यान गयो!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • दुःखलाग्दा घटनाहरू आइपर्दा म कसरी त्यसको सामना गर्न सक्छु?
    ब्यूँझनुहोस्‌!—२००३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 १०/१ पृ. २-४

प्रश्‍न धेरै चित्त बुझ्दा जवाफ थोरै

नोभेम्बर १, १७५५ मा अल सेन्ट्‌स डे उत्सवको बिहान एउटा शक्‍तिशाली भूकम्पले लिस्वन शहरलाई हल्लायो जुन बेला त्यस शहरका अधिकांश बासिन्दाहरू चर्चमा थिए। हजारौं भवनहरू ढले अनि हजारौं मानिसहरू मारिए।

उक्‍त विपत्तिको केही समयपछि फ्रान्सेली लेखक भोल्टेरले आफ्नो पोइम सुर ला डाजासट्रा डे लेसबोन (लिस्वन विपत्तिबारे कविता) प्रकाशित गरे जसमा उनले यो दुर्गति मानिसहरूले गरेको पापको लागि परमेश्‍वरले दिनुभएको दण्ड हो भन्‍ने दाबीलाई इन्कार गरे। यस्ता विपत्तिजनक घटनाहरू मानव समझ अनि व्याख्याभन्दा परको कुरा हो भन्दै भोल्टेरले यस्तो लेखे:

प्रकृति लाटी छिन्‌, हामी तिनलाई व्यर्थमा प्रश्‍न गर्छौं;

मानिसजातिलाई जवाफ दिने एउटा ईश्‍वर हामीलाई चाहिएको छ।

निस्सन्देह, परमेश्‍वरबारे प्रश्‍न सोध्ने भोल्टेर पहिलो व्यक्‍ति थिएनन्‌। मानव इतिहासभरि नै विपत्ति अनि दुर्गतिले मानिसका मनमा धेरै प्रश्‍नहरूलाई जन्म दिएका छन्‌। हजारौं वर्ष पहिले कुलपिता अय्यूब जसले आफ्ना सबै छोराछोरी गुमाएको लगत्तै भयावह रोगको सिकार हुनुपऱ्‍यो, तिनले यस्तो प्रश्‍न गरे: “[परमेश्‍वरले] दु:ख भोग्नेहरू उज्यालो देख्न किन जन्मन [दिनुहुन्छ]? मनमा उदास हुनेहरूलाई जीवन किन [दिनुहुन्छ]?” (अय्यूब ३:२०) कष्ट अनि अन्यायको पराकाष्ठा नाघ्दा पनि कसरी एक जना असल अनि मायालु परमेश्‍वर चुपचाप हात बाँधेर बस्न सक्नुहुन्छ भन्‍ने प्रश्‍नले धेरैलाई सताउँछ।

अनिकाल, युद्ध, बिमारी अनि मृत्युको तीतो वास्तविकताको सामना गर्नुपर्दा धेरैले हाम्रो चिन्ता गर्नुहुने एक जना सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने विचारलाई ठाडै नकारिदिन्छन्‌। एक जना नास्तिकवादी दर्शनशास्त्रीले यसो भने: “एक जना बच्चाले कष्ट भोग्दा टुलुटुलु हेरिरहने परमेश्‍वरलाई कदापि निर्दोष मान्‍न सकिंदैन . . . यदि परमेश्‍वरको अस्तित्व नै छैन भने कुरा अर्कै हो।” दोस्रो विश्‍वयुद्धको दौडान घटेको होलोकस्ट अर्थात्‌ नाजी विध्वंसजस्ता घोर दुःखदायी घटनाहरूले पनि यही निष्कर्षमा पुऱ्‍याउँछ। एक जना यहूदी लेखकले एउटा खबर पत्रिकामा लेखेको यस टिप्पणीलाई ध्यान दिनुहोस्‌: “अस्वीचको पीडादायी घटनाले पनि मानव गतिविधिमा हस्तक्षेप गर्ने परमेश्‍वर हुनुहुन्‍न भन्‍ने कुरालाई छर्लङ्‌ग पारिदिन्छ।” सन्‌ १९९७ मा फ्रान्समा लिइएको सर्वेक्षणले रूवाण्डामा १९९४ मा घटेका जातीय संहार जस्ता घटनाहरूले क्याथोलिक धर्मको बाहुल्यता रहेको देशमा समेत ४० प्रतिशत मानिसहरू परमेश्‍वरको अस्तित्वमाथि शंका गर्छन्‌ भनी देखाउँछ।

विश्‍वासमा एउटा अवरोध?

परमेश्‍वरले किन नराम्रा कुराहरू रोक्न हस्तक्षेप गर्नुहुन्‍न? यो प्रश्‍न धेरैका लागि “विश्‍वासमा एउटा अवरोध” बनेर खडा भएको छ भनी एक जना क्याथोलिक अभिलेखकले भने। तिनी यस्तो प्रश्‍न गर्छन्‌: “लाखौं निर्दोष मानिसहरू मर्दा अनि असंख्य मानिसहरूको हत्या हुँदासमेत टुलुटुलु हेरेर बस्ने अनि यसलाई रोक्न केही कदम नचाल्ने परमेश्‍वरमाथि विश्‍वास गर्न सकिन्छ र?”

एउटा क्याथोलिक अखबार ला क्रोइक्स-को सम्पादकीयमा पनि यस्तै टिप्पणी गरिएको छ: “चाहे इतिहासमा घटेका दुःखदायी घटनाहरू होऊन्‌ या प्राविधिक विकासले निम्त्याएका वास्तविक जीवनका दुर्घटनाहरू, नियोजित अपराध अथवा प्रियजनको मृत्यु नै किन नहोस्‌, हरेक चोटि यी हताश आँखाहरूले आकाशतिर हेर्छन्‌। खै, कहाँ छन्‌ परमेश्‍वर? तिनीहरू जवाफ मागिरहेका छन्‌। अरूको रत्तीभर फिक्री नगर्ने तिनी त्यै भावशून्य ईश्‍वर होइनन्‌ र?”

पोप जोन पल द्वितीयले १९८४ को साल्भीफिकी डोलोरिस नामक आफ्नो प्रेरित पत्रमा यस विवादमाथि विचार गरे। उनले यस्तो लेखे: “संसारको अस्तित्वले परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरालाई बुझ्ने अनि उहाँको बुद्धि, शक्‍ति अनि महानतालाई बुझ्ने मानौं, हृदयको आँखा खोलिदिन्छ तर लाग्छ, दुष्ट्याइँ अनि पीडाले परमेश्‍वरका यी सबै छविहरूलाई बिस्तारै धमिलो पार्दैछ विशेष गरी निर्दोष मानिसहरूले बित्थामा पीडा भोग्दा, गल्ती गर्नेहरूले उचित सजाय नपाई एकपछि अर्को गल्ती गरिरहँदा परमेश्‍वरको त्यो छवि झनै धमिलिन्छ।”

मानिसहरूले भोग्नुपरिरहेका पीडा अनि बाइबलमा बताइएझैं एक जना प्रेमले भरपूर अनि सर्वशक्‍तिमान्‌ परमेश्‍वरको अस्तित्व, के यी दुई कुरा एकअर्कासित मेल खान्छन्‌? के उहाँले व्यक्‍तिगत अनि सामूहिक विपत्तिहरूलाई रोक्न हस्तक्षेप गर्नुहुन्छ? के उहाँले आज हाम्रो लागि केही कदम चाल्नुहुन्छ? भोल्टेरका शब्दहरूमा भन्‍ने हो भने, के यी प्रश्‍नहरूको “मानिसजातिलाई जवाफ दिने एउटा ईश्‍वर” हुनुहुन्छ? कृपया, जवाफको लागि अर्को लेख पढ्‌नुहोस्‌।

[पृष्ठ ३-मा भएका चित्रहरू]

सन्‌ १७५५ मा लिस्वनको विनाशले भोल्टेरलाई यस्ता विपत्ति मानव समझभन्दा बाहिरका कुरा हुन्‌ भन्‍ने निष्कर्षमा पुऱ्‍यायो

[स्रोत]

Voltaire: From the book Great Men and Famous Women; Lisbon: J.P. Le Bas, Praça da Patriarcal depois do terramoto de 1755. Foto: Museu da Cidade/Lisboa

[पृष्ठ ४-मा भएको चित्र]

रूवाण्डामा भएको जातीयसंहारको दुःखदायी नतिजाहरूको कारण धेरै जना परमेश्‍वरको अस्तित्वमाथि शंका गर्छन्‌

[स्रोत]

AFP PHOTO

[पृष्ठ २-मा भएको चित्र स्रोत]

COVER, children: USHMM, courtesy of Main Commission for the Prosecution of the Crimes against the Polish Nation

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने