प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 २/१५ pp. ३-४
  • धर्म असल वा खराब प्रभाव?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • धर्म असल वा खराब प्रभाव?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • धर्मको भूमिका—असल वा खराब?
  • के धर्मविनाको संसार नै राम्रो होला?
  • के धर्म मानव समस्याहरूको जड हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • साँचो धर्म कसरी चिन्‍न सक्छु?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • धर्मको नाउँमा गरिएका खराब कुराहरूको अन्त होला?
    धर्मको नाउँमा गरिएका खराब कुराहरूको अन्त होला?
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 २/१५ pp. ३-४

धर्म असल वा खराब प्रभाव?

“म मसीही धर्मप्रति ऋणी छु र विगत २,००० वर्षदेखि हामी बस्दै आएको संसार पनि मसीही धर्मप्रति ऋणी हुनुपर्छ जस्तो मलाई लाग्छ।”—प्राक्कथन, टु थाउजेन्ड यर्स्‌—द फर्स्ट मिलेनियम: द बर्थ अफ क्रिश्‍चियानिटी टु द क्रुसेड्‌स (अंग्रेजी)।

“मसीही धर्म[को]” उक्‍त समर्थन अंग्रेजी लेखक तथा प्रसारक मालभिन ब्रागले गरेका थिए। तिनका शब्दहरूले पृथ्वीका लाखौं बासिन्दाहरूको भावनालाई झल्काउँछ, जसले एउटा न एउटा धर्मप्रति त्यस्तै अत्यन्त ऋणी र वफादारिता महसुस गर्छन्‌। आफ्नो जीवनमा असल गर्न धर्मले ठूलो प्रभाव पारेको छ भन्‍ने कुरामा तिनीहरू विश्‍वस्त छन्‌। उदाहरणका लागि, इस्लाम धर्मले “महान्‌ सभ्यताको विकास गर्न प्रेरित गरेको छ . . . [जसले] सारा संसारलाई संवृद्ध बनाएको छ।”

धर्मको भूमिका—असल वा खराब?

तथापि, ब्रागका त्यसपछिका शब्दहरूले साधारणतया धर्मले साँच्चै असल प्रभाव पारेको छ कि छैन भन्‍ने सन्दर्भमा गम्भीर प्रश्‍न खडा गर्छ। तिनी यस प्रकार थप्छन्‌: “तर मसीही धर्मबाट म स्पष्टिकरण पनि चाहन्छु।” कुन विषयमा तिनी स्पष्टिकरण चाहन्छन्‌? तिनी यसो भन्छन्‌, “कट्टरता, दुष्टता, क्रूरता र जानाजानी बुझ पचाउने प्रवृत्तिले पनि मसीही धर्मको अधिकांश ‘इतिहासलाई’ चित्रण गर्छ।”

कट्टरता, दुष्टता, क्रूरता र जानाजानी बुझ पचाउने प्रवृत्तिले गर्दा इतिहासभरि नै संसारका अधिकांश धर्महरूको इज्जतमा कलंक लागेको छ भनी कोही-कोही भन्‍ने गर्छन्‌। तिनीहरूको विचारमा धर्म हेर्दा मात्र मानिसजातिको लागि उपकारी जस्तो देखिन्छ तर यसले ओढेको सद्‌गुण र पवित्रताको मुकुन्डोभित्र भने वास्तवमा यो कपट र झूटजस्ता कुराले भरिएको हुन्छ। (मत्ती २३:२७, २८) “सभ्यताको सन्दर्भमा धर्मको जति विशेष महत्त्व हाम्रो साहित्यमा अरू कुनै कुरा हुँदैन” भनी ए रेसानलिस्ट इन्साइक्लोपीडिया बताउँछ। यसमा अझै यसो भनिएको छ, “अनि इतिहासका पानाहरू पल्टाएर हेर्ने हो भने, धर्मको जस्तो बदनाम पनि अरू कुनै कुराको भएको छैन।”

आज कुनै पनि पत्र-पत्रिका पढ्‌नुहोस्‌, त्यहाँ तपाईंले एकापट्टि प्रेम, शान्ति तथा करुणाजस्ता कुराहरूको प्रचार-प्रसार गर्ने तर अर्कोतिर चाहिं घृणाको ज्वाला अझ दन्काउने र आफूले गरेको पाशविक द्वन्द्वलाई वैध तुल्याउन परमेश्‍वरको नाउँ पुकार्ने धार्मिक गुरुहरूको अनगिन्ती उदाहरणहरू पाउनुहुनेछ। त्यसैकारण धर्म भनेको जीवनलाई विध्वंस पार्ने प्रभाव हो भनेर थुप्रै मानिसहरूले महसुस गर्नु कुनै अचम्मलाग्दो कुरा होइन!

के धर्मविनाको संसार नै राम्रो होला?

अंग्रेजी दार्शनिक बर्ट्रान्ड रसेलजस्तै कोही-कोही त “सबै किसिमका धार्मिक विश्‍वास निमिट्यान्‍न [भइदिए]” बेस हुने थियो भन्‍ने निष्कर्षमा समेत पुगेका छन्‌। तिनीहरूको विचारमा, धर्मलाई निमिट्यान्‍न पार्नु नै सम्पूर्ण मानव समस्याहरूको एक मात्र स्थायी समाधान हो। तथापि, धर्मका समर्थकहरूले जत्तिकै धर्मलाई तिरस्कार गर्नेहरूले पनि असहिष्णुता र घृणा उत्पन्‍न गर्न सक्छन्‌ भन्‍ने तथ्यलाई तिनीहरू जानाजानी बिर्सन खोज्लान्‌। धर्मसम्बन्धी लेखक क्यारेन आम्सट्रङ हामीलाई यस प्रकार सम्झना दिलाउँछिन्‌: “एउटा सानो उदाहरण मात्र हेर्ने हो भने पनि, धर्म-निरपेक्ष विचारधारा धार्मिक युद्ध जत्तिकै घातक हुन [सक्छ] भन्‍ने कुरा हलोकस्टले देखाइसकेको छ।”— द ब्याटल फर गड—फन्डामेन्टालिजम्‌ इन्‌ जुडिजम्‌, क्रिश्‍चियानिटी एण्ड इस्लाम (अंग्रेजी)।

त्यसैले के धर्म असल प्रभाव हो वा यो वास्तवमा मानव समस्याहरूको जड हो? के सबै धर्म नामेट पार्नु नै ती समस्याहरूको समाधान हो त? यस विषयमा बाइबलले के भन्छ, अर्को लेखमा हेर्नुहोस्‌। जवाफले तपाईंलाई चकित पार्न सक्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने