प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 ४/१ p. ३
  • ६६६ एउटा रहस्य मात्र होइन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ६६६ एउटा रहस्य मात्र होइन
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • मिल्दोजुल्दो सामग्री
  • जंगली जनावर र त्यसको चिह्नलाई चिन्‍ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • दुइटा डरलाग्दा जनावरहरूसित मुकाबिला
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • प्रकाशको किताबले परमेश्‍वरका शत्रुहरूबारे के बताउँछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • यहोवा ‘छिट्टै हुन लागेका कुराहरूको’ रहस्य खोल्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 ४/१ p. ३

६६६ एउटा रहस्य मात्र होइन

“त्यस पशुको नाउँ अथवा त्यसको नाउँको संख्याको छाप नभईकन कुनै मानिसले किन्‍न अथवा बेच्न नपाओस्‌। यसैमा ज्ञान छ। जसको समझ छ, त्यसले त्यो जानवारको संख्या गनोस्‌, किनकि यो एउटा मानिसको संख्या हो, र त्यसको संख्या छ सय छयसठ्ठी हो।”—प्रकाश १३:१७, १८.

“जंगली जनावर[को]” रहस्यमय चिह्न वा नाउँसित सम्बन्धित भविष्यवाणीले जति चासो र उत्सुकता जगाएको बाइबल विषयहरू अरू कमै होलान्‌—त्यो संख्या हो, ६६६। टेलिभिजन र इन्टरनेटका साथै चलचित्र, किताब तथा पत्रिकाहरूमा त्यस जनावरको चिह्न, एउटा कहिल्यै नटुङ्‌गिने टीकाटिप्पणीको विषय भएको छ।

कोही-कोही ६६६ भनेको बाइबलअनुसार ख्रीष्ट विरोधीको चिह्न हो भन्‍ने विश्‍वास गर्छन्‌। अरू भने यसले एक प्रकारको अनिवार्य चिनारीलाई देखाउँछ भन्छन्‌, जस्तै कुनै व्यक्‍ति त्यस जनावरको सेवक हो भनी चिनाउने टाटु वा डिजिटल कोड राखेर खोपिएको माइक्रोचिप। अरू कतिपय भने ६६६ क्याथोलिक पोपतन्त्रको चिह्न हो भनेर विश्‍वास गर्छन्‌। तिनीहरूले पोपको औपचारिक पदवी, भिकारियस फिली डे-को (परमेश्‍वरको पुत्रको पादरी) रूपमा भएका अक्षरहरूलाई रोमी संख्याहरूले रूपान्तर गरेर अंकहरू अलि तलमाथि गरेर ६६६ संख्या निकालेका छन्‌। साथै यस्तो दाबी गर्नेहरू पनि छन्‌, रोमी सम्राट्‌ डायोक्लिसियनको ल्याटिन नाउँ र नेरो सिजरको हिब्रू रूपबाट त्यही नम्बर निकाल्न सकिन्छ।a

तथापि, यी काल्पनिक तथा कपोलकल्पित अर्थहरू बाइबलले त्यस जनावरको चिह्नबारे बताउने कुराहरूभन्दा एकदमै फरक छन्‌ र यो कुरा हामी अर्को लेखमा देख्नेछौं। परमेश्‍वरले यस वर्तमान रीतिरिवाजको अन्त गर्नुहुँदा त्यो चिह्न भएकाहरूले उहाँको क्रोध भोग्नुपर्नेछ भनेर चाहिं बाइबलले प्रकट गर्छ। (प्रकाश १४:९-११; १९-२०) तसर्थ, ६६६ को अर्थ बुझ्नु भनेको एउटा अचम्मको रहस्य सुल्झाउनु मात्र होइन। खुसीको कुरा, यहोवा परमेश्‍वर जो प्रेमको मूर्त रूप र आध्यात्मिक ज्योतिको स्रोत हुनुहुन्छ, उहाँले यो महत्त्वपूर्ण विषयबारे आफ्ना सेवकहरूलाई अन्धकारमा छोड्‌नुभएको छैन।—२ तिमोथी ३:१६; १ यूहन्‍ना १:५; ४:८.

[फुटनोट]

a संख्यासम्बन्धी छलफलको लागि अक्टोबर ८, २००२ ब्यूँझनुहोस्‌! हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने