प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 ७/१५ pp. २६-२७
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले तपाईँलाई स्वतन्त्रता दिनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • स्वर्ण वर्ष र भविष्यमा पाइने स्वतन्त्रता
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 ७/१५ pp. २६-२७

पाठकहरूका प्रश्‍नहरू

लेवी अध्याय २५ मा उल्लेख गरिएको विशेष उत्सवको प्रबन्धले कुन कुराको पूर्व चित्रण गर्छ?

मोशाको व्यवस्थाले “सातौं वर्षमा भूमिलाई विशेष विश्राम होस्‌” भन्‍ने करार बाँधेको थियो। त्यस वर्षबारे इस्राएलीहरूलाई यस्तो आज्ञा दिइएको थियो: “तिमीहरूले खेत नरोप्नू, दाखबारी नछिंवल्नू, तिमीहरूको फसलमा आफै उम्रेको उब्जनी नकाट्‌नू, नछिंवलेको बोटका दाखहरू जम्मा नगर्नू। भूमिलाई त्यो विशेष विश्रामको वर्ष होस्‌।” (लेवी २५:४, ५) तसर्थ, प्रत्येक सातौं वर्ष भूमिको लागि विश्रामको वर्ष हुनुपर्थ्यो। अनि सातौं विश्राम वर्ष पछिको अर्थात्‌ ५० औं वर्षमा विशेष उत्सव हुन्थ्यो। उक्‍त वर्षमा के-के गरिन्थ्यो?

यहोवाले मोशाद्वारा इस्राएलीहरूलाई यसो भन्‍नुभयो: “पचासौं वर्षलाई पवित्र मान्‍नू, र सारा देशका बासिन्दाहरूलाई स्वतन्त्रताको घोषणा गर्नू। त्यो तिमीहरूकालागि विशेष-उत्सव होस्‌, र हरेक मानिस आफ्ना जग्गा-जमीन र आफ्ना परिवारमा फर्कोस्‌। त्यो पचासौं वर्ष तिमीहरूको निम्ति विशेष उत्सव हुनेछ। त्यो वर्ष तिमीहरूले केही नरोप्नू, औ आफै उम्रेका अन्‍न-बालीहरूको कटनी नगर्नू, नछिंवलेका लहराहरूबाट दाखहरू जम्मा नगर्नू।” (लेवी २५:१०, ११) भूमिको लागि लगातार दुई वर्षसम्म हुने विश्राम वर्षको दोस्रो वर्षमा विशेष उत्सव पर्थ्यो। तर बासिन्दाहरूलाई यसले स्वतन्त्रता दिन्थ्यो। अनि दासत्वमा बेचिएका यहूदीहरूलाई मुक्‍त गर्नुपर्थ्यो। बाध्य भएर आफ्ना पैतृक सम्पत्ति बेच्नु परेकाहरूको परिवारलाई उक्‍त सम्पत्ति फिर्ता गरिन्थ्यो। विशेष उत्सव पुरातन इस्राएलको लागि पुर्स्थापना र मुक्‍तिको वर्ष हुन्थ्यो। यसले मसीहीहरूको लागि कुन कुराको पूर्व चित्रण गर्छ?

प्रथम पुरुष आदमको विद्रोहले मानिसजातिलाई पापको दासत्वमा राख्यो। मानिसजातिलाई पापको बन्धनबाट स्वतन्त्र तुल्याउने परमेश्‍वरको प्रबन्ध येशू ख्रीष्टको छुडौतीको बलिदान हो।a (मत्ती २०:२८; यूहन्‍ना ३:१६; १ यूहन्‍ना २:१, २) मसीहीहरूलाई कहिले पापको व्यवस्थाबाट मुक्‍त गरिन्छ? अभिषिक्‍त मसीहीहरूलाई सम्बोधन गर्दै प्रेरित पावलले यसो भने: “ख्रीष्ट येशूमा जीवनको आत्माको व्यवस्थाले मलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्र गराएको छ।” (रोमी ८:२) स्वर्गीय जीवनको आशा हुनेहरूले पवित्र आत्माद्वारा अभिषिक्‍त हुँदा यो स्वतन्त्रता प्राप्त गर्छन्‌। तिनीहरूको शरीर हाड-छालाले बनेको र तिनीहरू असिद्ध भए तापनि परमेश्‍वरले तिनीहरूलाई धर्मी ठहराउनुहुन्छ अनि आफ्ना आत्मिक पुत्रहरूको रूपमा ग्रहण गर्नुहुन्छ। (रोमी ३:२४; ८:१६, १७) अभिषिक्‍तहरूको लागि समूहगत रूपमा मसीही विशेष उत्सव सा.यु. ३३ पेन्तिकोसमा सुरु भयो।

पार्थिव प्रमोदवनमा अनन्त जीवनको आशा हुने “अरू भेडा[बारे]” के भन्‍न सकिन्छ? (यूहन्‍ना १०:१६) अरू भेडाहरूको लागि ख्रीष्टको हजार वर्षीय शासन पुनर्स्थापना र मुक्‍तिको समय साबित हुनेछन्‌। यस हजार वर्षीय विशेष उत्सवको दौडान येशूले विश्‍वासी मानिसजातिहरूको लागि आफ्नो छुडौतीको बलिदानका लाभहरू कार्यान्वयन गर्नुहुनेछ र पापका असरहरू हटाइदिनुहुनेछ। (प्रकाश २१:३, ४) ख्रीष्टको हजार वर्षीय शासनको अन्तसम्ममा मानिसजाति मानव सिद्धतामा पुग्नेछन्‌ र तिनीहरूले पाएको जन्मजात पाप र मृत्युबाट पूर्णतया छुटकारा पाउनेछन्‌। (रोमी ८:२१) यो उद्देश्‍य प्राप्त भएपछि मसीही उत्सवको अन्त हुनेछ।

[फुटनोट]

a वास्तवमा “बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्नलाई” येशू पठाइएको थियो। (यशैया ६१:१-७; लूका ४:१६-२१) उहाँले आध्यात्मिक मुक्‍तिबारे घोषणा गर्नुभयो।

[पृष्ठ २६-मा भएको चित्र]

हजार वर्षीय उत्सव—“अरू भेडा[ को]” लागि पुनर्स्थापना अनि मुक्‍तिको समय हो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने