प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 ८/१ p. २८
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • आत्मिक संसारका शासकहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • सचेत रहनुहोस्‌! सैतानले तपाईंलाई निल्न खोज्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • ईश्‍वरीय शिक्षाको विरुद्धमा प्रेतहरूका शिक्षाहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 ८/१ p. २८

पाठकहरूका प्रश्‍नहरू

“मैले शैतानलाई स्वर्गबाट बिजुलीझैं खसिरहेको देखें” भनी येशूले आफ्ना चेलाहरूलाई भन्‍नुको अर्थ के थियो?

येशूले भर्खरै ७० जना चेलालाई छान्‍नुभएर “तिनीहरूलाई दुइ दुइ गरी आफू जान लाग्नुभएको हरेक शहर र गाउँमा आफूभन्दा अगाड़ि पठाउनुभयो।” ती ७० जना आफ्नो प्रचारकार्यको सफलताबाट खुसी हुँदै फर्के। तिनीहरूले भने, “हे प्रभु, तपाईंको नाउँले भूतहरू पनि हाम्रा वशमा आए।” त्यतिबेला येशूले भन्‍नुभयो: “मैले शैतानलाई स्वर्गबाट बिजुलीझैं खसिरहेको देखें।”—लूका १०:१, १७, १८.

झट्ट पढ्‌दा येशूले पहिल्यै भइसकेको घटनालाई सङ्‌केत गरिरहनुभएको थियो भन्‍ने लाग्न सक्छ। यद्यपि, येशूले माथि उल्लिखित शब्दहरू बोल्नुभएको ६० वर्षपछि वृद्ध प्रेरित यूहन्‍नाले पनि त्यस्तै शब्दहरू प्रयोग गरे। तिनले यस्तो लेखे: “त्यो अजीङ्‌गरजस्तै पशु तल फ्याँकियो त्यो वृद्ध साँप, दियाबल र शैतान भनिने, सारा संसारलाई ठग्ने, पृथ्वीतलमा फ्याँकियो, र त्यसका दूतहरू त्यसका साथसाथै फ्याँकिए।”—प्रकाश १२:९.

यूहन्‍नाले यी शब्दहरू लेख्दा शैतान अझै स्वर्गमै थियो। हामी कसरी थाह पाउन सक्छौं? किनभने प्रकाशको पुस्तक इतिहासको पुस्तक नभई भविष्यवाणीको पुस्तकको हो। (प्रकाश १:१) त्यसैले यूहन्‍नाको दिनसम्म शैतानलाई तल पृथ्वीमा फ्याँकिसकेको थिएन। वास्तवमा येशू १९१४ मा परमेश्‍वरको राज्यको राजा नियुक्‍त हुनुभएपछि मात्र त्यसलाई तल फ्याँकिएको हो भनी प्रमाणले देखाउँछ।a—प्रकाश १२:१-१०.

त्यसोभए येशूले किन शैतानलाई फ्याँकिने कुरा भइसकेको घटना जस्तै गरी बताउनुभएको त? कोही-कोही शास्त्रविद्‌हरूका अनुसार येशूले आफ्ना चेलाहरूले अनुचित घमन्ड देखाएकोले तिनीहरूलाई हप्काउनुभएको थियो। तिनीहरूका अनुसार उहाँले यसो भनिरहनुभएको थियो: ‘तिमीहरू दियाबलमाथि विजयी भयौ तर घमन्ड नगर। शैतान घमन्डी भयो र त्यो नै त्यसको पतनको सुरुवात थियो।’

हामीले यस विषयमा यस्तै हो भनेर ठोकुवा गरेर भन्‍न सक्दैनौं। तथापि, येशू आफ्ना चेलाहरूसँगै आनन्दित हुनुभएको र उहाँले शैतानको भावी पतनलाई सङ्‌केत गर्नुभएको हुन सक्छ। उहाँका कुनै पनि चेलालाई भन्दा येशूलाई दियाबलको क्रूर शत्रुताबारे राम्ररी थाह थियो। शक्‍तिशाली भूतहरू पनि आफ्ना असिद्ध मानव चेलाहरूको वशमा परेको कुरा सुन्दा येशू कत्ति खुसी हुनुभयो होला, कल्पना गर्नुहोस्‌ त! भूतहरू यस्तो वशमा परेको त प्रधान दूत माइकल अर्थात्‌ येशूले स्वर्गमा युद्धपछि शैतानलाई पृथ्वीमा फ्याँक्नुहुने कुराको पूर्वझलक मात्र थियो।

जब येशूले शैतान “खसिरहेको” देखें भनेर भन्‍नुभयो उहाँले सम्भवतः शैतानको खस्ने निश्‍चयतालाई जोड दिइरहनुभएको थियो। यो भविष्यमा हुने घटनाहरूलाई भूतकालमा बताइएको अन्य बाइबल भविष्यवाणीहरू जस्तै हो। उदाहरणका लागि, यशैया ५२:१३–५३:१२ मा मसीहको सन्दर्भमा गरिएको भविष्यवाणीमा भूत र भविष्यकाल दुवै प्रयोग गरिएको याद गर्नुहोस्‌। आफ्नो पिताको उद्देश्‍यअनुसार नै शैतानलाई स्वर्गबाट फ्याँकिने कुरामा येशूले आफ्नो विश्‍वस्तता पनि अभिव्यक्‍त गरिरहनुभएको थियो। परमेश्‍वरको आफ्नो तोकिएको समयमा शैतान अनि त्यसका प्रेतहरूलाई अगाध खाँदमा फ्याँकिने र पछि सदाको लागि नाश हुने कुरामा पनि येशू पक्का हुनुहुन्थ्यो।—रोमी १६:२०; हिब्रू २:१४; प्रकाश २०:१-३, ७-१०.

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ, अध्याय १० र प्रकाश—त्यसको चरमोत्कर्ष निकट! अध्याय २७ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने