प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 ११/१ पृ. ३-४
  • सक्षम नेताको खोजी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सक्षम नेताको खोजी
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “नेता जोसुकै होस्‌, हामीले चित्त बुझाएर बस्नुपर्छ”—वा कुनै विकल्प छ?
  • को हुन्‌ त आजका सक्षम नेता?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • असल नेतृत्व हामी कहाँ पाउन सक्छौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • तपाईँ कुन नेतालाई छान्‍नुहुन्छ?—यसबारे बाइबल के भन्छ?
    थप लेखहरू
  • सर्वोत्तम नेता ख्रीष्टलाई पछ्याउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 ११/१ पृ. ३-४

सक्षम नेताको खोजी

“कृपया छोडिदिनुस्‌, अब हामीलाई पुगिसक्यो। बिन्ती छ, छोडिदिनुस्‌!”—अलिभर क्रमवेल; बेलाइती सांसदका सदस्य लियोपोल्ड एमरीद्वारा उद्धृत।

दोस्रो विश्‍वयुद्ध सुरु भएको आठ महिना भइसकेको थियो र यसले पुऱ्‍याएको क्षतिको कुनै लेखाजोखा थिएन। युद्धमा बेलाइत तथा यसका सहयोगी राष्ट्रहरूको हार होलाजस्तो देखिन्थ्यो। लियोपोल्ड एमरी र सरकारमा रहेका अन्य व्यक्‍तिहरूको विचारमा एउटा नयाँ नेताको आवश्‍यकता थियो। त्यसैकारण, सन्‌ १९४० मे ७ तारिखका दिन हाउस अफ कमन्स्‌मा श्री. एमरीले माथि उद्धृत शब्दहरू प्रधानमन्त्री नेभिल चेम्बरलेनलाई भनेका थिए। तीन दिनपछि श्री. चेम्बरलेनले आफ्नो पदत्याग गरे र तिनको ठाउँमा विन्स्टन चर्चिल आए।

मानिसजाति कसै न कसैले नेतृत्व लिएको चाहन्छ तर जो पायो त्यै नेता भएर हुँदैन। परिवारमै पनि पत्नी तथा छोराछोरी खुसी हुने हो भने, बुबा नेतृत्व लिन सक्षम हुनै पर्छ। त्यसकारण, राष्ट्र वा विश्‍वको नेतृत्व गर्ने व्यक्‍ति झनै कत्ति सक्षम हुनुपर्छ होला, कल्पना गर्नुहोस्‌ त! त्यसैले त सक्षम नेताहरू भेट्टाउन यतिबिघ्न गाह्रो हुनु कुनै अचम्मलाग्दो कुरा होइन।

फलस्वरूप, हजारौं वर्षको दौडान अनगन्ती राज्याभिषेक, विद्रोह, अचानक सरकार परिवर्तन, नियुक्‍ति, चुनाव, हत्या तथा शासन परिवर्तनजस्ता घटनाहरू भएका छन्‌। राजा, प्रधानमन्त्री, राजकुमार, राष्ट्रपति, महासचिव तथा तानाशाहहरू सत्तामा आए र गए। अप्रत्याशित परिवर्तनहरूले शक्‍तिशाली शासकहरूलाई समेत पाखा लगाए। (पृष्ठ ५ को “अचानक सत्ताच्युत” भन्‍ने पेटी हेर्नुहोस्‌।) तरैपनि, सक्षम र स्थायी नेता पाउन सकिएको छैन।

“नेता जोसुकै होस्‌, हामीले चित्त बुझाएर बस्नुपर्छ”—वा कुनै विकल्प छ?

त्यसैकारण, सक्षम नेता पाउने सन्दर्भमा धेरै मानिसहरूले आशा मार्नु कुनै अनौठो कुरा होइन। कुनै-कुनै देशमा मानिसहरू कत्तिको विरक्‍त र निराश भएका छन्‌ भन्‍ने कुरा विशेष गरी चुनावको दौडान छर्लङ्‌ग हुन्छ। अफ्रिकाका पत्रकार, जेफ हिलले यस्तो लेखे: “मानिसहरूले आफ्नो जीवनको दयनीय अवस्थालाई परिवर्तन गर्न असहाय महसुस गरेको बेला विरक्‍तता वा [भोट हाल्न] अनुपस्थित हुने कुरा व्यापक रूपमा हुनेगर्छ। . . . अफ्रिकामा मानिसहरूले भोट नहाल्नुको अर्थ उनीहरू सन्तुष्ट छन्‌ भन्‍ने नहुन सक्छ। बरु, त्यो त आफ्नो दयनीय अवस्थाप्रति कसैले वास्ता गर्दैनन्‌ भनी महसुस गर्ने व्यक्‍तिहरूले मदतको लागि गरेको पुकारा हो।” त्यस्तै गरी, संयुक्‍त राज्य अमेरिकाको एउटा अखबारका स्तम्भकारले आउनै लागेको चुनावबारे यस्तो लेखे: “चुनावको लागि एक जना योग्य उम्मेदवार उठेको म चाहन्छु।” तिनले थप्दै भने: “त्यस्तो उम्मेदवार छँदै छैन। वास्तवमा कहिल्यै हुने पनि छैन। नेता जोसुकै होस्‌, हामीले चित्त बुझाएर बस्नुपर्छ।”

के मानिसजातिसामु कुनै विकल्प नभएकोले असिद्ध नेताहरूमै “चित्त बुझाएर” बस्नुपर्ने हो? आफ्नो अधीनमा भएका आमजनताका आवश्‍यकताहरू पूरा गर्न मानव नेताहरू असफल भए भन्दैमा के हामीले सक्षम नेता कहिल्यै पाउनेछैनौं भन्‍ने कुरा प्रमाणित हुन्छ र? अहँ, हुँदैन। सक्षम नेताबाट उत्कृष्ट नेतृत्व पाउन सकिन्छ। मानिसजातिको आदर्श नेता को हुन्‌ र तिनको नेतृत्वले कसरी तपाईंलगायत सम्पूर्ण पृष्ठभूमिका लाखौं मानिसहरूलाई लाभ पुऱ्‍याउँछ, त्यसबारे अर्को लेखमा छलफल गरिनेछ।

[पृष्ठ ३-मा भएका चित्रहरू]

माथि बायाँ: नेभिल चेम्बरलेन

माथि दायाँ: लियोपोल्ड अमरी

तल: विन्स्टन चर्चिल

[स्रोत]

Chamberlain: Photo by Jimmy Sime/Central Press/Getty Images; Amery: Photo by Kurt Hutton/Picture Post/Getty Images; Churchill: The Trustees of the Imperial War Museum (MH 26392)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने