प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ५/१५ p. ३१
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको दयाले हामीलाई निराशाबाट जोगाउँछ
    सन्‌ १९९३ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
  • पाप स्वीकार्दा आध्यात्मिक निवारण पाइन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • राजा दाउदको पाप
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • जीवनमा आउने परिवर्तनहरूको सामना गर्नुपर्दा परमेश्‍वरको आत्मामा भर पर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ५/१५ p. ३१

पाठकहरूका प्रश्‍नहरू

व्यभिचार गरेकोमा दाऊद र बेतशेबालाई किन मारिएन तर उनीहरूको नवजात शिशुचाहिं किन मर्नुपऱ्‍यो?

मोशालाई दिइएको व्यवस्थामा यस्तो कुरा उल्लेख गरिएको थियो: “कोही पुरुष अर्काकी स्वास्नीसँग सम्भोग गरिरहेको फेला पऱ्‍यो भने ती दुवैलाई मार्नुपर्छ। यसरी इस्राएलबाट यस्तो खराबी हटाउनू।” (व्यवस्था २२:२२) यदि यहोवा परमेश्‍वरले व्यवस्थाअनुसार दाऊद र बेतशेबाले गरेको पापसम्बन्धी न्यायिक मामिलाको छिनोफानो गर्ने काम मानव न्यायकर्ताहरूलाई सुम्पनुभएको भए व्यभिचार गरेका ती दुवै जना मारिन सक्थे। मानव न्यायकर्ताहरूले मानिसको हृदय पढ्‌न नसक्ने हुँदा गल्ती गर्ने व्यक्‍तिको प्रमाणित भइसकेको गलत आचरणको आधारमा उनीहरूले न्याय सुनाउनुपर्थ्यो। व्यभिचार गर्नेहरूलाई मृत्युदण्ड दिइन्थ्यो। इस्राएलका न्यायकर्ताहरूलाई त्यस्तो पाप क्षमा गर्ने अधिकार दिइएको थिएन।

अर्कोतर्फ, साँचो परमेश्‍वर मानिसको हृदय पढ्‌न र क्षमा दिनुपर्ने आधार भेट्‌नुभएको खण्डमा पापहरू क्षमा गर्न सक्नुहुन्छ। त्यस घटनामा यहोवाले राज्यको करार बाँध्नुभएको दाऊद मुछिएको कारण उहाँले अपवाद स्वरूप त्यस मामिलामा आफैले निर्णय गर्न रोज्नुभयो। (२ शमूएल ७:१२-१६) “सारा पृथ्वीका न्यायकर्ता[सित]” यस्तो छनौट गर्न सक्ने अधिकार छ।—उत्पत्ति १८:२५.

दाऊदको हृदय जाँच्नुहुँदा यहोवाले के पाउनुभयो? भजन ५१ को शीर्षकमुनिका शब्दहरूले, यस भजनले “बेतशेबासँग गएकोमा नातान अगमवक्‍ता उनीकहाँ आएपछि” दाऊदले पोखेका भावनाहरू प्रकट गर्छ भनी बताउँछ। भजन ५१:१-४ यसो भन्छ: “तपाईंको करुणाअनुसार ममाथि अनुग्रह गर्नुहोस्‌, हे परमेश्‍वर। तपाईंको कोमल कृपाअनुसार मेरा अपराधहरू मेटिदिनुहोस्‌। मेरो अधर्मबाट मलाई सफासँग धुनुहोस्‌, र मेरो पापबाट मलाई शुद्ध गर्नुहोस्‌। किनकि म आफ्ना अपराधहरू स्वीकार गर्छु। मेरो पाप सदा मेरै सामनेमा छ। तपाईंको विरुद्धमा, केवल तपाईंकै विरुद्धमा मैले पाप गरेको छु।” साँचो पश्‍चात्तापको प्रमाणस्वरूप यहोवाले दाऊदको हृदयमा यो तीव्र पश्‍चात्ताप देख्नुभएको हुनुपर्छ र गल्ती गर्नेहरूलाई दया देखाउनुपर्ने आधार छ भनी निर्णय गर्नुभएको हुनुपर्छ। त्यसबाहेक, स्वयम्‌ दाऊद पनि एक जना दयालु व्यक्‍ति थिए र यहोवा दयालु व्यक्‍तिलाई दया देखाउनुहुन्छ। (१ शमूएल २४:४-७; मत्ती ५:७; याकूब २:१३) तसर्थ, दाऊदले आफ्नो पाप स्वीकार्दा नातानले तिनलाई यसो भने: “परमप्रभुले तपाईंको पापको फल अर्कोमाथि हालिदिनुभयो। तपाईं मर्नुहुनेछैन।”—२ शमूएल १२:१३.

दाऊद र बेतशेबा आफ्नो पापका सम्पूर्ण परिणामहरूबाट बच्ने थिएनन्‌। नातानले दाऊदलाई यसो भने: “यस कामद्वारा तपाईंले परमप्रभुलाई तिरस्कार गर्नुभयो, यसैले तपाईंबाट जन्मेको छोरो चाहिं मर्नेछ।” उनीहरूको छोरा सिकिस्त बिरामी पऱ्‍यो र सात दिनसम्म दाऊद उपवास बस्नुका साथै शोक गरे पनि बालकको मृत्यु भयो।—२ शमूएल १२:१४-१८.

किन छोरा मर्नुपरेको होला भनेर कसै-कसैलाई बुझ्न गाह्रो लाग्न सक्छ किनभने व्यवस्था २४:१६ यसो भन्छ: “बाबुहरूलाई छोरा-छोरीहरूका निम्ति र छोरा-छोरीहरूलाई बाबुहरूका निम्ति नमार्नू।” तर मानव न्यायकर्ताहरूले त्यो मामिला सँभालेको भए आमाबाबुका साथै पेटमा भएको बच्चाको पनि ज्यान जान सक्थ्यो भन्‍ने कुरा हामीले भुल्नु हुँदैन। छोरा गुमाउनुपरेको पीडाले दाऊदलाई तिनले बेतशेबासँग गरेको पापसित यहोवा कत्ति अप्रसन्‍न हुनुभयो भन्‍ने कुरा बुझ्न मदत गरेको हुनुपर्छ। यहोवाले एकदम न्यायसंगत ढङ्‌गमा त्यस मामिला सुल्झाउनुभयो भन्‍ने कुरामा हामी विश्‍वस्त हुन सक्छौं किनभने “परमेश्‍वरको मार्ग सिद्ध छ।”—२ शमूएल २२:३१.

[पृष्ठ ३१-मा भएको चित्र]

दाऊदले साँचो पश्‍चात्ताप देखाए

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने