प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ६/१ pp. २९-३०
  • भलाइ गर्नमा हरेस नखानुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भलाइ गर्नमा हरेस नखानुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • असल गरिरहनको लागि मदत
  • असल कामहरू —‘प्रशंसा र आदरको’ कारण
  • परीक्षाहरूलाई हामीले कुन दृष्टिले हेर्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • “भलाइ” गरिरहनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००१
  • यहोवा हामीलाई परीक्षाहरू सहन मदत गर्नुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ६/१ pp. २९-३०

भलाइ गर्नमा हरेस नखानुहोस्‌

“अन्यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल गराओ” भनी प्रेरित पत्रुसले आग्रह गरे। (१ पत्रुस २:१२) “असल” भनी अनुवाद गरिएको युनानी शब्दले “सुन्दर, भद्र, आदरयोग्य, उत्कृष्ट” कुरालाई सङ्‌केत गर्छ। अहिलेको समयमा जनसाधारणहरूबाट भद्र वा आदरयोग्य आचरणको आशा गर्नु भनेको आकाशको फलजस्तै देखिन सक्छ। तैपनि आज यहोवाका जनहरू पत्रुसको आग्रहअनुसार गर्न सफल भएका छन्‌। वास्तवमा, संसारभर नै तिनीहरू आफ्नो असल आचरणको लागि प्रख्यात छन्‌।

यो “आखिरी दिनमा” हामीले सामना गर्ने तनाव र समस्याहरूलाई विचार गर्ने हो भने यो कुरा विशेष उल्लेखनीय छ। (२ तिमोथी ३:१) परीक्षाहरू हाम्रो दैनिक जीवनका भाग हुन्‌ र मसीही जीवन पद्धतिप्रतिको विरोध सामान्य हो। साथै, कुनै-कुनै परीक्षाहरू केही समयको लागि मात्र हुन्छन्‌ भने अरूचाहिं लामो समयसम्म जस्ताको तस्तै रहिरहन्छन्‌ वा बढ्‌दै समेत जान्छन्‌। तैपनि प्रेरित पावलले यस्तो सल्लाह दिए: “भलाइ गर्नमा हरेस नखाऔं, किनभने, यदि थाकेनौं भने, ठीक समयमा हामी कटनी गर्नेछौं।” (गलाती ६:९) दुःखदायी परीक्षाहरू र कठोर वैमनस्यताको सामु असल वा भलाइ गर्न र गरिरहन कसरी सम्भव छ र?

असल गरिरहनको लागि मदत

“भद्र, आदरयोग्य, उत्कृष्ट” हुनु भनेको स्पष्टतया व्यक्‍तिको भित्री अवस्था वा हृदयको गुण हो। त्यसैले परीक्षा वा कठिनाइहरूसामु असल आचरण कायम राख्नु भनेको आफसेआफ तुरुन्त हुने कुरा होइन तर जीवनका सबै पक्षहरूमा बाइबल सिद्धान्तहरू पछ्याउँदा र लागू गर्दा मात्र यसो गर्न सकिन्छ। यस सन्दर्भमा मदत गर्न सक्ने केही कुराहरू के-के हुन्‌? निम्न कुराहरू विचार गर्नुहोस्‌।

ख्रीष्टको मनोवृत्ति खेती गर्नुहोस्‌। अन्यायपूर्ण जस्तो देखिने कुरा सहन नम्रता चाहिन्छ। आफूलाई ठूलो ठान्‍ने व्यक्‍तिलाई दुर्व्यवहार सहन गाह्रो हुन्छ। तथापि, येशू “मृत्युसम्मै आज्ञाकारी हुनुभयो, . . . [र] आफूलाई होच्याउनुभयो।” (फिलिप्पी २:५, ८) उहाँको अनुकरण गर्दा हामी आफ्नो पवित्र सेवामा ‘शिथिल हुने वा थाक्ने’ छैनौं। (हिब्रू १२:२, ३) तपाईंको स्थानीय मण्डलीमा नेतृत्व लिनेहरूलाई खुसीसाथ सहयोग गरेर नम्रतापूर्वक आज्ञाकारिता अभ्यास गर्नुहोस्‌। (हिब्रू १३:१७) आफ्ना आवश्‍यकताहरूभन्दा अरूका आवश्‍यकताहरूलाई प्राथमिकता दिएर अरूलाई आफूभन्दा “श्रेष्ठ” ठान्‍न सिक्नुहोस्‌।—फिलिप्पी २:३, ४.

यहोवाले तपाईंलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुरा नबिर्सनुहोस्‌। यहोवाले “उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ” भन्‍ने कुराबारे हामी विश्‍वस्त हुनै पर्छ। (हिब्रू ११:६) उहाँ हाम्रो साँचो चासो राख्नुहुन्छ र हामीले अनन्त जीवन पाएको चाहनुहुन्छ। (१ तिमोथी २:४; १ पत्रुस ५:७) हामीप्रति परमेश्‍वरको प्रेमलाई कुनै पनि कुराले खोस्न सक्दैन भन्‍ने कुरा सम्झिरहँदा यसले हामीलाई परीक्षा आइपर्दा हरेस नखान मदत दिनेछ।—रोमी ८:३८, ३९.

यहोवामा पूर्ण भरोसा राख्नुहोस्‌। विशेष गरी कहिल्यै नटुङ्‌गिएला वा जीवनलाई नै खतरामा पार्ला जस्तो देखिने परीक्षाहरू आइपर्दा यहोवामाथि भरोसा राख्नु अत्यावश्‍यक छ। यहोवाले हामीलाई हाम्रो “शक्‍तिदेखि बाहिरको” परीक्षामा पर्न दिनुहुनेछैन र उहाँले सधैं “उम्कने बाटो” पनि दिनुहुन्छ भन्‍ने कुराबारे हामीमा दृढ भरोसा हुनै पर्छ। (१ कोरिन्थी १०:१३) हामी यहोवामा भरोसा राख्छौं भने मृत्युको डरलाई पनि साहसपूर्वक सामना गर्न सक्छौं।—२ कोरिन्थी १:८, ९.

प्रार्थनामा अटुटसँग लागिरहनुहोस्‌। हृदयदेखिको प्रार्थना महत्त्वपूर्ण छ। (रोमी १२:१२) निष्कपट प्रार्थना यहोवासित नजिक हुने एउटा तरिका हो। (याकूब ४:८) “हामीले उहाँसँग जे कुरा मागे पनि उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ” भन्‍ने कुरा हामीले व्यक्‍तिगत अनुभवद्वारा सिकेका छौं। (१ यूहन्‍ना ५:१४) हाम्रो निष्ठाको जाँचको रूपमा यहोवाले परीक्षा रहिरहन दिनुभयो भने पनि हामी धैर्य धारण गर्ने मदतको लागि उहाँलाई प्रार्थना गर्छौं। (लूका २२:४१-४३) हामी कहिले पनि एक्लै छैनौं र यहोवा हाम्रो पक्षमा हुनुभएकोले हामी सधैं विजयी हुनेछौं भन्‍ने कुरा प्रार्थनाले हामीलाई सिकाउँछ।—रोमी ८:३१, ३७.

असल कामहरू —‘प्रशंसा र आदरको’ कारण

बेलाबेलामा सबै मसीहीहरू “नाना किसिमका परीक्षाको तकलीफमा” पर्छन्‌। तैपनि, हामी “भलाइ गर्नमा हरेस” खानु हुँदैन। तनावमा हुँदा, तपाईंको विश्‍वासीपन अन्तमा “प्रशंसा, महिमा र आदरको” कारक हुनेछ भन्‍ने ज्ञानबाट बल पाउनुहोस्‌। (१ पत्रुस १:६, ७) तपाईंको विश्‍वास बलियो बनाउन यहोवाले गर्नुभएका सबै आध्यात्मिक प्रबन्धहरूबाट पूरापूर लाभ उठाउनुहोस्‌। तपाईंलाई व्यक्‍तिगत तवरमा हेरचाहको आवश्‍यकता पर्दा मसीही मण्डलीमा गोठाला, शिक्षक र सल्लाहकारहरूको रूपमा सेवा गर्नेहरूकहाँ जानुहोस्‌। (प्रेरित २०:२८) मण्डलीका सबै सभाहरूमा नियमित तवरमा उपस्थित हुनुहोस्‌, जसले हामीलाई ‘प्रेम र सुकर्ममा उत्तेजित गराउँछ।’ (हिब्रू १०:२४) दैनिक बाइबल पढाइ र व्यक्‍तिगत अध्ययन कार्यक्रमले तपाईंलाई चनाखो र आध्यात्मिक तवरमा बलियो रहन मदत गर्नेछ; अनि मसीही सेवकाईमा भाग लिंदा पनि यस्तै मदत पाउनुहुनेछ।—भजन १:१-३; मत्ती २४:१४.

तपाईंले यहोवाको प्रेम र हेरचाह जति धेरै अनुभव गर्नुहुन्छ, “सुकर्ममा जोशिलो” हुने तपाईंको इच्छा पनि त्यति नै बढ्‌नेछ। (तीतस २:१४) “अन्तसम्म स्थिर रहने चाहिंले उद्धार पाउनेछ” भन्‍ने कुरा नबिर्सनुहोस्‌। (मत्ती २४:१३) हो, ‘भलाइ गर्नमा हरेस नखान’ कटिबद्ध हुनुहोस्‌!

[पृष्ठ २९-मा भएको ठूलो अक्षरको क्याप्सन]

यहोवाले हामीलाई हाम्रो “शक्‍तिदेखि बाहिरको” परीक्षामा पर्न दिनुहुनेछैन र उहाँले सधैं “उम्कने बाटो” पनि दिनुहुन्छ भन्‍ने कुराबारे हामीमा दृढ भरोसा हुनै पर्छ

[पृष्ठ ३०-मा भएको चित्र]

ईश्‍वरतान्त्रिक क्रियाकलापहरूमा व्यस्त हुँदा यसले हामीलाई परीक्षाहरू सहनको लागि तयार बनाउन मदत गर्न सक्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने