प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ११/१५ p. ३
  • के त्यो शत्रु साँच्चै छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के त्यो शत्रु साँच्चै छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मिल्दोजुल्दो सामग्री
  • यो संसारको शासक वास्तवमा को हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • बाइबल प्रश्‍नहरूको जवाफ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • अनन्त जीवनको एउटा शत्रु
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • येशूले जस्तै “शैतानको विरोध” गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ११/१५ p. ३

के त्यो शत्रु साँच्चै छ?

के तपाईंले शैतान शब्द सुन्‍नुभएको छ? तपाईंलाई यसको अर्थ के हो जस्तो लाग्छ? मानिसहरूलाई खराब काम गर्न लोभ्याउने दुष्ट मान्छे वा दुष्ट स्वर्गदूत? के शैतानसित डराउनुपर्छ? के शैतानको कुरा गर्नु समयको बरबादी मात्र हो? त्यो केवल एउटा अन्धविश्‍वास वा दन्त्यकथा मात्र हो कि? अथवा शैतान मानिसमा हुने दुष्टता मात्रै पो हो कि?

शैतान को हो भन्‍ने विषयमा मानिसहरूको बेग्लाबेग्लै सोचाइ हुनु कुनै अचम्म होइन। यसो विचार गर्नुहोस्‌, आफ्नो परिचय लुकाउन खप्पीस छट्टूलाई चिन्‍न कत्ति गाह्रो होला! जसरी होस्‌ आफ्नो सही चिनारी लुकाउन सधैं नकाब लगाउँछ भने त झन्‌ कहाँ चिन्‍न सकिन्छ र? शैतानले वास्तवमा यस्तै गरिरहेको छ भनेर बाइबल बताउँछ। शैतानबारे बाइबल यसो भन्छ: “शैतान पनि आफैलाई ज्योतिर्मय स्वर्गदूतहरूको भेषमा परिवर्तन गर्दछ।” (२ कोरिन्थी ११:१४) दुष्ट शैतानले अरूलाई बहकाउन आफू असल भएको स्वाँग पार्छ। अनि त्यो वास्तवमा छँदै छैन भनेर मानिसहरूलाई विश्‍वास गराउन सकियो भने त त्यसलाई अरू के चाहियो र?

त्यसोभए, शैतान वास्तवमा को हो? शैतानको सुरुवात कसरी भयो अनि कहिले भयो? त्यसले आज मानिसहरूलाई कसरी आफ्नो फन्दामा पार्छ? त्यसको फन्दामा नपर्न हामीले गर्न सक्ने केही छ कि? शैतानको सुरुवात कसरी भयो भन्‍ने विषयमा बाइबलले सही जानकारी दिन्छ अनि यहाँ सोधिएका प्रश्‍नहरूको ठिक जवाफ पनि दिन्छ।

[पृष्ठ ३-मा भएको चित्र]

जसरी होस्‌ आफ्नो सही चिनारी लुकाउन सधैं नकाब लगाउँछ भने त झन्‌ कहाँ चिन्‍न सकिन्छ र?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने