प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 १२/१५ p. ३०
  • के तपाईंलाई सम्झना छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई सम्झना छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • पन्तियस पिलातस तिनी को थिए?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • आरमागेडोन उज्ज्वल भविष्यको थालनी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • के आरमागेडोनको युद्ध इजरायलमा सुरु हुनेछ?—यसबारे बाइबल के भन्छ?
    थप लेखहरू
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 १२/१५ p. ३०

के तपाईंलाई सम्झना छ?

के तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अंकहरू पढेर आनन्द उठाउनुभयो? उसोभए, तपाईं यी प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ कि:

• पहिलो पाप अर्थात्‌ आदमको अनाज्ञाकारितालाई किन वंशानुगत रोगसँग तुलना गर्न सकिन्छ?

आदमले आफ्ना सन्तानमा पाप सारिदिएकोले यसलाई एउटा रोगसँग तुलना गर्न सकिन्छ। त्यसैकारण कुनै-कुनै बच्चालाई आफ्ना आमाबाबुको वंशानुगत रोग लागेजस्तै हामी पापी छौं अर्थात्‌ हामीमा खोट छ।—८/१५, पृष्ठ ५.

• आज संसारमा हिंसा व्याप्त हुनुका मुख्य कारणहरू के-के हुन्‌?

मानिसहरूको हृदयमा हिंस्रक झुकाव हालिदिएर शैतानले मानिसहरूलाई यहोवाबाट विमुख पार्ने कोसिस गर्छ। कल्पनै गर्न नसकिने हदसम्मको क्रूर र काटमार गर्न सुऱ्‍याउने चलचित्र, संगीत तथा कम्प्युटर गेमहरूमार्फत शैतानले मानिसहरूलाई यहोवाबाट विमुख पार्ने कोसिस गर्छ। हिंसा व्याप्त हुनुको अर्को कारण सञ्चारमाध्यममा देखाइने हिंसा पनि हो।—९/१, पृष्ठ २९.

• पन्तियस पिलातस को थिए?

पिलातस मध्यम वर्गीय रोमी परिवारका थिए। तिनी सेनामा भर्ती भएका हुन सक्छन्‌। रोमी सम्राट्‌ टाइबेरियसले पिलातसलाई इस्वी संवत्‌ २६ मा यहूदिया प्रान्तको बडा-हाकिम नियुक्‍त गरेका थिए। येशूको पूर्पक्षको बेला यहूदी नेताहरूले उहाँमाथि लगाएको आरोप तिनले नै सुनेका थिए। भीडलाई खुसी पार्न तिनले येशूलाई मार्ने अनुमति दिए।—९/१५, पृष्ठ १०-१२.

• मत्ती २४:३ मा उल्लेख गरिएको “चिह्न” के हो?

मत्ती २४:३ मा उल्लेख गरिएको चिह्नले एउटा मात्र नभई थुप्रै चिह्नहरूलाई सङ्‌केत गर्छ। जस्तै—युद्ध, अनिकाल, रूढी र भैंचालो इत्यादि। यी चिह्नहरू देखेर येशूका चेलाहरूले उहाँको ‘उपस्थिति’ र ‘जगत्‌को अन्तको चिह्नको’ अर्थ बुझ्न सक्ने थिए।—१०/१, पृष्ठ ४-५.

• प्रथम शताब्दीमा प्रवासी यहूदीहरू प्यालेस्टाइन बाहिर कुन-कुन ठाउँमा बस्थे?

सिरिया, एसिया माइनर, बेबिलोन र मिश्रमा यहूदीहरूको ठूलै बस्ती थियो भने, रोमी साम्राज्यमा पर्ने युरोपमा यहूदीहरूको स-सानो समुदाय थियो।—१०/१५, पृष्ठ १२.

• कुनै मसीहीले हातहतियार बोक्नुपर्ने जागिर खाएमा के उसले आफ्नो अन्तस्करणलाई सफा राख्न सक्ला?

बन्दुक अथवा अरू हातहतियार बोक्नुपर्ने जागिर खाने कि नखाने भन्‍ने कुरा व्यक्‍तिगत निर्णयको कुरा हो। तरैपनि, हातहतियार बोक्नुपर्ने जागिर खाएको छ र हतियार चलाउनुपर्ने अवस्था आइपऱ्‍यो भने हामी रक्‍तदोषी हुने वा घाइते हुन सक्ने सम्भावना हुन्छ। यस्तो जागिर खाने मसीहीले मण्डलीमा विशेष सुअवसरहरू पाउनेछैनन्‌। (१ तिमोथी ३:३, १०)—११/१, पृष्ठ ३१.

• “आरमागेडोन” शब्द “मगिद्दोको पर्वत” भन्‍ने अभिव्यक्‍तिबाट लिइएको हुनाले आरमागेडोनको युद्ध मध्यपूर्वको कुनै पर्वतमा हुने हो?

अहँ, होइन। मगिद्दोको पर्वत भन्‍ने त्यस्तो कुनै पर्वत छैन। तर इस्राएलको बेंसीमा एउटा ढिस्को मात्र छ। त्यहाँ “पृथ्वीका राजाहरू, र तिनका फौजहरू” अटाउन सक्दैनन्‌। परमेश्‍वरको महायुद्ध पृथ्वीभरि लडिनेछ र यसले सबै युद्धहरूको अन्त गरिदिनेछ। (प्रकाश १६:१४, १६; १९:१९; भजन ४६:८, ९)—१२/१, पृष्ठ ४-७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने